निकिता जी र म राम्रो साथि मात्र हो – रबि लामिछाने

काठमाडौँ – डिभोर्स पछी अझै बढी चर्चामा आएका चर्चित पत्रकार रवी लामिछाने र चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलले आफुहरु राम्रो साथी मात्र भएको बताएका छन् । उनीहरुले शुक्रवार एक्कासी मिडियामा आफुहरुको विवाह भएको भन्ने खबरहरु बाहिरिएपछी मेरोफिल्मसंग कुरा गर्दै भने, ‘हामीहरु राम्रो साथि मात्रै हौँ ।’

‘वहाँको पनि भर्खरै डिभोर्स भएको र मेरो पनि डिभोर्स भएको केही महिना मात्र भएका कारण यो हल्ला बाहिरिएको हो । अर्को कुरा हामी एकै अपार्टमेन्टमा बस्छौँ । फ्लोर फरक छ । छिमेकी भएपछी देख भेट नहुने कुरा भएन । तल माथी हुँदा देख भेट हुन्छ नहुने होइन । हाम्रो राम्रोसंग चिनजान भएको भर्खरै १-२ महिना मात्र भयो होला । पहिला पत्रकार रवी लामिछाने भनेर चिन्थेँ अहिले हामी राम्रो साथि हौँ । रवी जीको भलो नचाहनेहरुले उहाँलाई नराम्रो देखाउन यो कुराहरु गरेका हुन् जस्तो मलाई लाग्छ’, अध्यक्ष पौडेलले भनिन् । हुन त रवी जीको चर्चा धेरै भएर पनि होला यी कुराहरु आएको । नत्र डिभोर्स मेरो पनि भएको छ ।

यता लामिछानेको भनाई पनि निकिताको भन्दा फरक थिएन । उनले ती समाचारहरु देख्ने बित्तिकै फेसबुकमा लामो स्टाटस पोस्ट गरेका छन् । उनले आफ्नो जीवन कै सबै भन्दा तल्लो स्तरको पहिलो र अन्तिम स्टाटस भन्दै आफ्नो बिगतका बारेमा स्टाटसमा लेखेका छन् । मेरो फिल्मसंगको कुराकानीमा उनले भने, ‘निकिता जी र म राम्रो साथी हौँ । हामि निकै नजिक छौँ । बिहे नै भएको भन्ने कुरा त कि निकिता जी ले भन्नु पर्यो कि मैले । हामी दुवैले भनेका छैनौँ । मलाई चाहनेहरु, मेरो शुभचिन्तकहरुको ध्यान डाइभर्ट गर्नका लागि नियोजित ढंगबाट ती समाचारहरु आएका हुन् । यदी बिहे नै गर्ने हो भने भनेरै गर्छौँ । लुकाउन आवश्यक केही छैन । म सार्वजनिक व्यक्ति हुँ आफ्नै काममा ब्यस्त छु । मैले बाँकी मेरो कुराहरु मेरो फेसबुक स्टाटसमा लेखेको छु । त्यही नै सत्य हो ।’

यसमा तपाइको मत

विशेष बाट अन्य

बिद्यार्थी द्वारा निर्मित चलचित्र पाइलाको शिर्ष गित “पहिलो पाइला” सार्बजनिक (भिडियो सहित)

काठमाडौं – कक्षा १२ मा पढ्दै आएका २ युवाले आफ्नै लगानीमा निर्माण गरेको चलचित्र पाहिलाको पहिलो गित “पहिलो पहिला” सार्बजनिक भएको छ । उक्त गितमा परिवार प्रतिको मायालाइ समाबेश गर्दै बिद्यार्थी जीवनमा आउने धेरै...

‘देउवा र पौडेलबीच कस्तो लभ पर्‍यो थाहा भएन’-सिटौलाको टिप्पणी

   काठमाडौं : पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता राचन्द्र पौडेलबीच ‘लभ’ परेको कुरा आफूलाई जानकारी नभएको नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले बताएका छन्। महासमिति बैठकबारे जानकारी दिन बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन सिटौलाले सभापति देउवाको...

सन्दीप लामिछाने फेरि मेलबर्न स्टार्सको प्लेईङ–११ मा

काठमाडौं–नेपालका लेग स्पिन सन्दीप लामिछाने अष्ट्रेलियामा जारी बिग बास लिगको दोसो खेलमा पनि सुरुवाती टोलीमा परेका छन् । सन्दीपलाई मेलबर्न स्टार्सले होबार्ट हरिकेन्सबीचको खेलमा पनि प्लेईङ–११ मा राखेको हो । मेलबर्न र होबार्टबीचको खेल भर्खर...

मलेसिया रोजगारी खुलाउने तयारी, म्यानपावरको धरौटी रकम तीन करोड

काठमाडौं– नेपाली कामदारका लागि हाल रोकिएको मलेसियाको रोजगारी खुलाउने प्रयास अन्तिम अवस्थामा पुगेको सरकारले जनाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०१९ को जनवरीबाटै मलेसियाको रोजगारी खोल्नेगरी गृहकार्य भइरहेको जानकारी दिएको हो...

तीव्र गतिको इन्टरनेट भएका देशहरु, कुन कुन हुन् ? नेपालको अवस्था कस्तो ?

विश्वको इन्टरनेट स्पिड पछिल्लो समयमा वृद्धि हुँदै गएको रिपोर्टले देखाएको छ । स्पिडटेष्ट डट नेटले प्रकाशित गरेको सन् २०१८ को विश्वको इन्टरनेट गतिको प्रतिवेदनले विश्वमा मोबाइल तथा फिक्स्ड ब्रोडब्याण्ड दुवै इन्टरनेटको डाउनलोड तथा अपलोड...

क्रिकेट खेलाडी सागर पुन घाइते,६ महिना मैदान बाहिर

६ पुस, काठमाडौं । नेपाली क्रिकेट खेलाडी सागर पुन करिब ६ महिना मैदान बाहिर रहने भएका छन् । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको क्वालिफायरमा ललितपुरविरुद्धको खेलमा घाइतेभएपछि उनले खेल गुमाएका थिए । उनको दाहिने...

सन्दीपको डेब्यू : सन्दीप आवद्ध टिम मेलबर्न स्टार्स खेल्दै,

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने आवद्ध टिम मेलबर्न स्टार्सले बिग बास लिगमा आज (शुक्रबार) आफ्नो पहिलो खेल खेल्दैछ । अष्ट्रेलियाको क्यानबेरास्थित मनुका ओभलमा सिड्नी थन्डर्ससँग मेलबर्नले पहिलो खेल खेल्दै यो सिजनको...

कांग्रेसभित्र लफ़डै ‘लफडा’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेतृत्वका बीच विधानको ‘लफडा’ मिलाउन विकल्पै विकल्पमा छलफल चल्दै आए पनि सहमति जुट्न सकेको छैन । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल समूहका नेताहरु आ...

नेकपा बैठकमा विष्णु रिमालले भने-आत्मनिन्दक हुन आवश्यक छैन

५ पुस, काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य विष्णु रिमालले पार्टी नेतृत्व आत्मानिन्दक हुन आवश्यक नभएको बताएका छन् । केही दिनदेखि जारी नेकपाको स्थायी कमिटी बैठकमा नेताहरुले सरकार र पार्टी नेतृत्वको चर्को आलोचना गर्दै आएका...

ओली–प्रचण्डको प्रतिवेदन ‘अराजनीतिक’, आलोचना गर्न भीम रावलले मागे थप समय !

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेता भीम रावलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीको कडा आलोचना गरेका छन् । ओली– प्रचण्डको कार्यशैलीमाथि धेरै प्रश्न गर्ने ठाउँ भएको भन्दै...