खाली पेट यी खानेकुरा खाँदा हुनसक्छ अल्सर

कुनै पनि खानेकुरा खानु पर्छ त्यस्ता खानेकुराले स्वास्थ्यमा पुर्‍याउने फाइदा र बेफाइदाका बारेमा जानीराख्न आवश्यक छ । गलत समयमा खाएको यस्ता खानेकुराले अल्सर जस्ता जटिल समस्या समेत निम्त्याउन सक्छ ।

केरा

आइरन तथा पोटासियमले भरपूर केरा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले शरीरमा आइरनको कमी हुन पाउँदैन । तर खाली पेटमा केराको सेवनले भने स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्छ । त्यसैले विशेषज्ञहरु खाली पेटमा केरा नखान सुझाव दिने गर्छन् ।

खासगरी, माइग्रेन तथा एसिडिटीको समस्या भएकाहरुले त झन् खाली पेटमा केरा खानै नहुने उनीहरु बताउँछन् । भन्छन्, खाली पेटमा केरा खाएमा एसिडिटी बढ्ने गर्छ । साथै, गलत समयमा खाएमा भने यसले रगतमा हुने खनिज पदार्थको स्तरमा तलमाथि हुन सक्छ ।

अमिलो फलफुल

भिटामिन ‘सी’ले भरिपूर कागती, सुन्तला लगायतका अमिलो फल सबैको रोजाईमा पर्छ । विशेषगरी, जाडो मौसममा घाममा बसेर यस्ता फल खानुको मज्जा पनि बेग्लै हने गर्छ । शरीरलाई स्वस्थ राख्न पनि यस्ता फल निकै महत्वपूर्ण मानिन्छ । तर खाली पेटमा यस्ता फल सेवन गर्नाले एसिडिटीको समस्या निम्तिने गर्छ । त्यसैले, विशेषज्ञहरु यस्ता फल सेवन गर्न सल्लाह दिने गर्छन् ।

दही

क्याल्सियम र प्राटिनले भरिपूर्ण दहीमा स्वास्थयको लागि निक्ै फाइदाजनक मानिन्छ । दहीको सेवनले शरीरलाई उर्जा मिल्नुका साथै पाचन सम्बन्धि समस्यालाई कम गर्न मद्दत गर्छ ।

त्यतिमात्र हैन, यसले तनाव कम गर्नुका साथै गर्मी महिनामा दहीको सेवनले ठन्डा महसुस पनि हुन्छ । तर खाली पेटमा दहीको सेवन गर्नुले चाही स्वास्थ्य सम्बन्धि समस्या निम्त्याउन सक्छ । खाली पेटमा दहीको सेवनले शरीरमा एसिडिटीको स्तर बढ्नुका साथै चिसो लाग्ने गर्छ ।

टमाटर

सलाद तथा तरकारीमा प्रयोग गरिने टमाटमा एन्टी अक्सिडेन्ट तत्व प्रशस्त मात्रामा पाइन्छ । यसले क्यान्सर तथा मुटु रोगको जोखिम कम गर्नुका साथै छालालाई स्वस्थ राख्न मद्दत गर्छ । टमाटरमा भिटामिन सी, भिटामिन के , पोटासियम तथा फोलेट पनि पर्याप्त मात्रामा पाइन्छ । तथापी, खाली पेट तथा गलत समयमा टमाटरको सेवनले एसिडिटी हुनुका साथै पथ्थरी, ग्यास्टि्रक तथा अल्सरको जोखिम कयौ गुणा बढाउने गर्छ ।

चिया वा कफी

चिया वा कफी मन नपर्ने व्यक्ति कमै हुने गर्छन् । चिया वा कफीको सेवनले रिप|mेस महसुस हुन्छ । तर खाली पेटमा चिया वा कफीको सेवन भने शरीरको लागि घातक हुनसक्छ । यसको सेवनले शरीरमा एसिडिटीको समस्या बढ्नुका साथै पेट पोल्ने तथा अपचको समस्या निम्तने गर्छ । र, पछि गएर यो समस्या अल्सरमा परिणत हुनसक्छ ।

पिरो तथा मसलेदार खानेकुराको सेवन

अमिलो पिरो भननासाथ हामी नेपालीको मुख रसाउने गर्छ । यस्ता खानेकुराको सेवनले खानाको स्वाद समेत बढाउँछ । तर विहानीपख पिरो तथा मसलेदार खानाको सेवनले भने अल्सरको समस्या दुई गुणा बढाउने गर्छ । किनकी मसलेदार खानाको सेवनले शरीरमा एसिडको स्तर बढ्ने गर्छ, जसले शरीरको पाचन तन्त्रलाई प्रभावित पारेर पेटमा ऐठन हुने तथा पेट दुख्ने गर्दछ ।

औषधी

जुन सुकै स्वास्थ्य सम्बन्धि सामस्यामा पनि औषधी आवश्यक हुन्छ । तर खाली पेटमा यस्ता औषधीको सेवन अल्सर निम्त्याउन सक्छ । खासगरी, खाली पेटमा औषधीको सेवन गरेमा पेटमा एसिडको स्तर बढ्ने गर्छ । जसले गर्दा छाती पोल्ने तथा अमिलो डकार आएर अल्सरको समस्या निम्तिन सक्छ ।

http://onlinekhabar.com

यसमा तपाइको मत

जीवन शैली बाट अन्य

अँगालो हालेर सुताउने अनौठो जागिर ! घण्टाको ८ हजार:

 कसैले अंकमाल गरेर पनि पैसा कमाउँदो रहेछ । एकजना महिलाले पैसा कमाउनका लागि यो अनौठो कामको अन्वेषण गरेकी छन् । पछिल्लो समय एकजना महिला इन्टरनेटमा भाइरल बनिरहेकी छन् । उनले आफ्ना ग्राहकहरुलाई ओछ्यानमा...

साथीसँग सेक्स कि, सेक्सका लागि साथी ?

जब-जब मित्रताको कुरा आउँछ, हामी सुदामा र कृष्णजीको स्मरण गर्छौं । पौराणिक कथा अनुसार सुदामा अति गरिब पात्र । जबकी कृष्णजी सर्वशक्तिमान् । दुबैबीचको आत्मियतामा न सम्पति पर्खाल बन्यो, न शक्ति । किनभने उनीहरुको...

१० नारी, जसले घर-परिवारमा सुख भित्र्याउँछन्

नारी, अर्थात घरको शोभा । नारीले नै हो, घर-परिवारलाई सन्तुलित राख्ने । खुसी दिने । स्वस्थ्य बनाउने । सुख ल्याउने । हामीले नारीलाई दुर्गा अर्थात शक्ति, सरस्वती अर्थात कला, लक्ष्मी अर्थात समृद्धिको रुपमा पूज्छौं ।...

आमाबुवाकै कारण यस्तो समस्यले ग्रसित हुँदैछन् बालबालिका

तपाईंले ख्याल गर्नुभएकै होला, अहिलेका बच्चाको मुड ठिक छैन । क्षणमै रिसाउँछन् । क्षणमै खुसी हुन्छन् । अर्थात उनीहरुको मानसिकता स्थितर छैन । सानो कुरामा र्झकन्छन् । सानै कुरामा फुरुंग हुन्छन् । हुन त बच्चाको...

समलैगिंक हुनु कुनै अपराध होइनः श्रीधर रंगायन

समलिंगी हुनु अपराध हो ? यस सम्बन्धमा वहस निरर्थक छ । समलिंगीलाई अहिले पनि हाम्रो समाजले खुला मनले स्विकार्न सकिरहेको अवस्था छैन । जबकी समलिंगी हुनु एक प्राकृतिक प्रक्रिया नै हो । र, हरेक...

कपाल किन र्झछ ? यी हुन् ९ कारण

कपाल झरेर हैरान भइयो के गर्ने ? अहिले यस्तो गुनासो बाक्लिदै गएको छ । कपाल झर्नु एक प्राकृतिक प्रक्रिया हो । तर, अस्वभाविक रुपले कपाल र्झछ भने त्यो चिन्ताको विषय हो । कपाल झर्ने क्रम...

फ्रेन्ड्स विथ बेनिफिट्सः साथीसँग सेक्स कि, सेक्सका लागि साथी ?

जब-जब मित्रताको कुरा आउँछ, हामी सुदामा र कृष्णजीको स्मरण गर्छौं । पौराणिक कथा अनुसार सुदामा अति गरिब पात्र । जबकी कृष्णजी सर्वशक्तिमान् । दुबैबीचको आत्मियतामा न सम्पति पर्खाल बन्यो, न शक्ति । किनभने उनीहरुको...

माघे संक्रान्तिमा तिलको लड्डु र खिचडी खानुको वैज्ञानिक कारण

मकर संक्रान्तिको नामले समेत प्रचलित माघे संक्रान्तिका दिन घरघरमा खिचडीका साथमा तिल तथा गुडबाट बनेका परिकार सेवन गरिन्छ । यी खानपानसँग माघे संक्रान्तिको के सम्बन्ध छ ? किन तिलको लड्डु खाइन्छ ? किन खिचडी...

जाडोमा पनि झाडापखाला ? यसकारण खतरनाक !

झाडापखला भन्नसाथ बर्षायाम सम्झन्छौं । बर्षायाममा संक्रमित रोगको भय हुन्छ । खानेकुरा, पिउने पानीमा संक्रमण फैलन्छ । त्यही कारण झाडापखला लाग्छ । अहिले जाडो सिजन छ । जाडो सिजनमा पनि झाडापखाल हुनसक्छ । जाडोको महिनामा...

बहुपयोगी ज्वानोको झोल

भान्सामा प्रयोग हुने मसलामध्ये ज्वानो प्रमुख मानिन्छ । ज्वानोमा प्रशस्त मात्रामा क्याल्सियम पाइन्छ । यसलाई औषधिका रूपमा पनि समेत प्रयोग गर्न सकिन्छ । प्राय : सुत्केरी महिलालाई ज्वानो खुवाउने गरिन्छ । सुत्केरी अवस्थाका महिलालाई...