बैदेशिक रोजगारीमा ठगीको अनौठो घटना, अष्ट्रेलियामा रोजगारीको सपनाले गुम्यो पैसा र इज्जत

अष्ट्रेलिया भन्नेवित्तीकै नेपालीको लागि बैदेशिक अध्ययनको लागि पहिलो गन्तब्य मुलुकमा रुपमा लिइन्छ। तर बैदेशिक अध्ययनको लागि लाइसेन्स लिएका केहि कन्सल्टेन्सीले ‘म्यानपावर’ को काम गर्न थालेपछि पछिल्लो समय बैदेशिक अध्ययन बिबादित बन्दै गएको छ।

यस्तैक्रममा काठमाडौंको एक कन्सल्टेन्सीले रोजगारीको लागि अष्ट्रेलिया पठाउछु भन्दै एक युवाबाट १७ लाख असुल गरेको पाइएको छ। काठमाडौंको इमरल्ड ईन्टरनेशनल कन्सलटेन्सी (लाईसेन्स नम्बर २४९) ले रोजगारीको लागि अष्ट्रेलिया पठाईदिने भनेकाले आफुले १७ लाख बुझाएको बिमल श्रेष्ठले बिजपाटी डटकमलाई बताए।

अष्ट्रेलिया जान नपाएपछि १७ लाख फिर्ता माग्दा कन्सल्टेन्सी संचालक सबिन गुरुङले आफु बिरुद झुटो मुद्दा दायर गरेर उल्टै फसाएको श्रेष्ठले बताए। ‘रोजगारीको लागि अष्ट्रेलिया पठाउछु भन्यो, बिश्वास गरेर पटक पटक गरि १७ लाख बुझाए, काम नभएपछि पैसा फिर्ता माग्दा कन्सल्टेन्सी संचालक गुरुङले उल्टै म बिरुद्द अदालतमा मुद्दा हालेर दुख दिएको छ’ श्रेष्ठले भने।

घटनाक्रम सुनाउदै श्रेष्ठ भन्छन, अष्ट्रेलियामा रोजगारीको अंग्रेजी भाषा परिक्षा (आइएलटिएस) को आवश्यकता पर्दैन भनेर कन्सल्टेन्सीका संचालक गुरुङलेले १७ लाख मागे। म अष्ट्रेलिया पुगेपछि मात्रै खाताको पैसा चलाउने सर्तमा सिटिजन बैंकमा संयुक्त खाता खोलेर उक्त पैसा जम्मा गरे। तर बिभिन्न बहाना बनाएर गुरुङले खाताको १७ लाख चलाए तर म अष्ट्रेलिया जान पाइन।

उनि अगाडी भन्छन, अष्ट्रेलिया नपठाउने भए पैसा फिर्ता गर्देउ भन्न पटक पटक सम्पर्क गर्न खोजे, कहिल्यै फोन उठेन। फोन नउठेपछि २०७४ साल चैत २१ मा बैदेशिक रोजगार विभागको उजुरी तथा अनुसन्धान शाखा, बुद्धनगरमा उजुरी दिए। त्यहि उजुरीको आधारमा उजुरी तथा अनुसन्धान शाखाले सञ्चालक गुरुङलाई ७ दिनभित्र उपस्थित हुन पत्र काटेता पनि उनी उपस्थित भएनन।

घटनाको बेलीबिस्तार लगाउदै श्रेष्ठले भने, शाखाले पुन २४ घण्टभित्र उपस्थित नभए धरौटि रकमबाट क्षतिपूर्ति दिने व्यहोरा सहितको पत्र काटेपछि गुरुङ बल्ल उपस्थित भए। गुरुङले पैसा लिएको स्वीकार गरेपछि शाखा र गुरुङबीच ४३ दिनसम्म छलफल चल्यो। अन्तमा उजुरी फिर्ता लिने सर्तमा गुरुङ ३ महिनापछिको म्यादमा चेक दिन तयार भए। र मैले चेक लिन नमानेपछि विवाद टुंगोमा लागेन।

तीन महिनापछिको म्यादमा चेक लिन नमानेपछि घटनाले अर्कै मोड लियो। संचालक गुरुङले जिल्ला अदालतमा २०७५ जेठ ३१ मा उल्टै श्रेष्ठ बिरुद्द मुद्दा दायर गरे। कन्सल्टेन्सीमा नै लेखापाल (एकाउन्टेन्ट) को काम गर्ने व्यक्ति भएको र बैंक खाता हिनामिना गरेको आरोप लगाएर गुरुङले श्रेष्ठ बिरुद्द अदालतमा मुद्दा दायर गरे।

आफुहरु दुवै जना कन्सल्टेन्सी संचालक भएको देखाउदै गुरुङले उल्टै श्रेष्ठलाई बैंक खाता दुरुपयोग गरेको आरोप लगाएर अदालतमा मुद्दा दायर गरे। तर बिमल श्रेष्ठले आफुलाई संचालक बनाएर फसाइएको भन्दै बिजपाटीसमक्ष गुनासो पोखेका छन।

यससम्बन्धमा कुराकानी गर्दा संचालक गुरुङले श्रेष्ठ र आफु मिलेर ३ बर्षदेखि साझेदारीमा कन्सल्टेन्सी संचालन गरेको बताए। २-४ लाखको लेनदेनमा कुरा नमिलेपछि श्रेष्ठले आफु बिरुद्द झुटो आरोप लगाएको गुरुङको दाबि छ। ‘यसभन्दाअघि पनि श्रेष्ठले अरु कन्सल्टेन्सीसंग यस्तै आरोप लगाएका थिए, अहिले मेरो बेइजत गर्न लागि परेका छन, श्रेष्ठ पार्टनर हुन भन्ने प्रमाण मसंग छ’ गुरुङले बताए। अहीले उक्त मुद्दाको तारेख चलिरहेको छ।

यसमा तपाइको मत

शिक्षा बाट अन्य

ठगी अभियोगमा एईसीसी ग्लोबलका सोनु अग्रवाल पक्राउ

२२ मंसिर,२०७५  काठमाण्डौं । ठगी र बैंकिङ कसुरसम्बन्धी अभियोगमा एईसीसी ग्लोबल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सोनु अग्रवाल पक्राउ परेका छन् । कन्सल्टेन्सीमा २५ प्रतिशत स्वामित्व रहेका सचिन उपाध्यायले सोनु अग्रवालका दाजु रञ्जित अग्रवालविरुद्ध ठगी अभियोगमा जाहेरी...

फोहोर सफा नगरेको भन्दै दलित विद्यार्थीलाई गरियो स्कुलबाटै निष्कासित

विद्यालय परिसरमा थुप्रिएको फोहोर सफा नगरेको भन्दै महोत्तरीमा एक विद्यार्थीलाई स्कुलबाटै निकालिएको छ । भँगहा नगरपालिका– ९ हरिनमरीस्थित जनता माविमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीय मुकेश मल्लिकलाई निष्कासन गरिएको हो । सो नगरपालिका शिक्षामन्त्री गिरिराजमणि...

कमेडी फिल्म खेल्दा गरियो स्कुलबाट निष्कासित

सानो कमेडी फिल्ममा अभिनय गरेकै कारण सिराहाको लहान नगरपालिका–८ स्थित मोडेल एजुकेशनल एकेडेमीले कक्षा १० मा अध्ययनरत एक छात्रालाई निष्कासन गरेको छ । सिराहा नगरपालिका–१८ माडर घर भएकी छात्रा संजना मण्डललाई उक्त निजी स्कुलले...

हेर्नुहोस्, त्रिविको चरम लापरबाही – ट्रान्सक्रिप्ट लगेको एक वर्षपछि फेल

काठमाडौं ४ भदौ । त्रिभुवन विश्वविद्यालयको लापरबाहीले सयौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । त्रिविले सुरुमा स्नातकोत्तर तहमा जिपिए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट दिएको थियो । केही विद्यार्थी त्यसकै आधारमा छात्रवृत्तिमा विदेशमा पढिरहेका छन् । तर,...

डडेल्धुरामा विद्यार्थी भन्दा शिक्षक धेरै, चार शिक्षक तीन विद्यार्थी 🤣🤣

डडेल्धुरा ३, भदौ । कक्षा ५ सम्म रहेको पूर्णागिरि प्राथमिक विद्यालय जिलोडा डडेल्धुरामा चार शिक्षक छन् । विद्यार्थी भने तीन जना मात्र । सदरमुकामबाट तीन किलोमिटर दुरीको सो विद्यालयमा ती विद्यार्थी नआएको महिनौं भइसकेको...

शिक्षक भट्टराई मृत अवस्थामा फेला

खोटाङ,३ भाद्र । बूढीगङ्गा गाउँपालिका–७ मोरङ निवासी शिक्षक राज भट्टराई आज आफ्नै कोठामा मृत फेला परेका छन्। दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा कार्यरत शिक्षक भट्टराई सात वर्षदेखि कार्यरत थिए । उनी बान्ता गरेको अवस्थामा मृत...

बालिकालाई हस्तमैथुन गराउने प्रधानाध्यापक थुनामा

पर्वत, भदौ २ । आफैँले अध्यापन गराउने बालिकामाथि अप्राकृति मैथुन गर्ने यहाँका एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन् । फलेबास नगरपालिका-६ स्थित माझीगाँउ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतका न्यायाधीश दयराम...

बन्दमा अधिकांश बिद्यालय बन्द, – मकवानपुरमा स्कुल बसनै जलाइयो

काठमाडौं– नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको देशभरी सामान्य प्रभाव परेको छ। तर बिद्यालय भने अधिकांश बन्द भएका छन्। राजधानीमा अधिकांश निजी बिद्यालयहरु बन्द छन्। बिद्यार्थीको सुरक्षाको कारण देखाउँदै उनीहरुले...

सिटीईभीटीको भर्ना प्रक्रियामा अवरोध गर्ने अखिल क्रान्तिकारीको चेतावनी

काठमाडौँ –भर्नाको मुखमा सिटिईभिटीले सबै कार्यक्रममा शूल्कवृद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ । प्राविधिक शिक्षाको एउटै मात्र संस्थाको रुपमा रहेको सिटिईभिटीको शूल्य वृद्धि गरेर गरिबका छोराछोरीलाई शिक्षाको पहुँचबाट टाढा राख्ने षड्यन्त्र गरेको...

प्रधानमन्त्रीले टेरेनन् सर्वाेच्चकाे अादेश, गृहमन्त्रीलार्इ निर्देशन दिदैँ लगाए प्रहरी

काठमाडाैँ । नेपाल विद्यार्थी संघले सरकारविरुद्ध माइतीघर मण्डलामा फेरि विरोध प्रदर्शन गरेको छ। गत असार २२ गते सर्वोच्च अदालतले माइतीघर लगायत उपत्यकाका अन्य क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णयमाथि रोक लगाउने अन्तरकालीन आदेश जारी...