जवानीमै कपाल फुल्यो ? यसरी गर्नुस समाधान

कपाल फुल्नु एउटा प्राकृतिक प्रक्रिया हो । सामान्यतया यसले उम्मेर छिप्पिन थालेको संकेत गर्छ । तर, आजकाल कम उमेरमै धेरै मानिसहरुका कपाल सेताम्य हुन थालेका छन् ।

खासगरी गुणस्तरहीन स्याम्पु र सौन्दर्यका साधनको प्रयोगले समयभन्दा अगाडि नै धेरैको कपाल फुल्ने गरेको हो । केहीमा भने वंशाणुगत कारणले पनि कपाल चाँडै फुल्छ । यस्तै, थाइराइडले पनि यो समस्या निम्त्याउन सक्छ ।

कपालको जरामा मेलेनिन नामक कपाल रङ्गाउने कोषिकाले पिगमेन्ट बनाउन छोडेमा कपाल फुल्ने वा सेतो हुने हो । कपाल फुल्यो भन्दैमा आत्तिइहाल्नु पर्दैन । बजारमा उपलब्ध विभिन्न साधनहरुको प्रयोगद्वारा पनि कपाल फुल्ने समस्यालाई कम गर्न सकिन्छ । साथै, सेतो कपाललाई हटाउन वा लुकाउन पनि सकिन्छ ।

कपाल फुल्नबाट कसरी रोक्ने ?

कपाललाई विभिन्न तरीकाले सेतो हुनबाट रोक्न सकिन्छ । विशेषगरी, सन्तुलित र पोषणयुक्त खानेकुराको सेवनद्वारा कपाल सेतो हुनबाट रोक्नुका साथै कपाललाई स्वस्थ राख्न सकिन्छ ।

त्यसको लागि प्रोटिन, भिटामिन तथा फलफुल, सागसब्जी, अन्न लगायतका पोषक खानेकुरा खान जरुरी छ । पर्याप्त मात्रामा पानीको सेवन गर्नुपर्छ । भिटामिन ए, सी, ई, बी १२, कपर, आइरन, फोलिक एसिड लगायतका मिनरल्स तथा जिङ्कको उचित मात्रामा सेवन गर्नुपर्छ । त्यस्तै, बोयोटिन (भिटामिन एच) को सेवन गर्नुपर्छ । यसले कपाललाई स्वस्थ राख्नुका साथै कपालको प्राकृतिक रङ्ग कायम राख्न मद्दत गर्छ ।

कपाललाई फुल्नबाट रोक्नका लागि गुणस्तरहीन स्याम्पू प्रयोगबाट बच्नुपर्छ । किनकी खराब स्याम्पूमा सल्फेट, फस्फेट, क्लोरिन, तथा अमोनियमको मात्रा धेरै हुन्छ, जसले कपाल रुखो तथा कमजोर बनाउने गर्छ । र, कपाल फुल्ने सम्भावना निम्त्याउँछ ।

बरु कपाललाई स्वस्थ राख्न कपालको नियमित मालिस गर्नु पर्छ । यसबाट कपालको जरामा रक्तप्रवाह हुने गर्छ । जसले कपाललाई स्वस्थ राख्छ । विशेषगरी बदाम, नरिवल वा तोरीको तेलले कपालको जरामा मालिश गर्नुपर्छ ।

एक अध्ययनका अनुसार धुमपान नगर्ने व्यक्तिको तुलनामा धुमपान गर्ने व्यक्तिको कपाल चाँडै सेतो हुने गर्छ । साथै, उनीहरुको कपाल रुखो तथा सुख्खा हुनुका साथै कमजोर हुने गर्छ ।

कपालमा कलर

कपाल कलर गरेर, हाइलाइट गरेर, मेहेन्दी लगाएर तथा प्राकृतिक वस्तुले धोएर पनि कपाल सेतो हुनबाट बच्न सकिन्छ । ४० प्रतिशतभन्दा बढी फुलेमा कपालमा चारैतिरबाट कलर गर्नुपर्छ । कलर सेमी-पर्मानेन्ट वा पर्मानेन्ट दुवै गर्न सकिन्छ ।

सेमी-पर्मानेन्ट कलर केही हप्ता टिक्छ भने पर्मानेन्ट कलर लामो समय टिक्छ । पर्मानेन्ट कलर कपाल नकाटेसम्म रहिरहन्छ ।

यसबाहेक, कपाललाई ड्राई गरेर वा हाईलाइट गरेर पनि सेतो लुकाउन सकिन्छ । मेहेन्दीको प्रयोग गर्ने त छँदैछ । मेहेन्दीमा कुनै प्रकारको केमिकल्सको प्रयोग नहुने भएकाले कपाललाई कुनै क्षति गर्दैन । मेहेन्दीले कपाललाई चम्किलो बनाउनुका साथै नरम बनाउन मद्दत गर्छ । त्यसबाहेक, हेयर मस्काराको प्रयोग तथा जरामा लगाउने कन्सिलरको प्रयोगद्वारा पनि सेतो कपालबाट छुट्कारा पाउन सकिन्छ ।

त्यति मात्र हैन, घरमै उपलब्ध सामग्रीको प्रयोगबाट पनि चाहेजस्तो कपाल पाउन सकिन्छ । केही विधीहरु यसप्रकार छन् ः

१. आधा कप रोजमेरी वा कपुरको पत्ता पानीको भाँडोमा करिब तीस मिनेटसम्म उमाल्नुस । उक्त जडिबुटीलाई छानेर पानीलाई चिसो हुन दिनुस । पानी चिसो भएपछि प्राकृतिक स्याम्पुको प्रयोगले कपाल धुनुस । यो विधि हप्तामा कम्तिमा एकपटक अपनाउनाले कपाललाई प्राकृतिक रङ्ग प्रदान गर्छ ।

२. थोरै अमलालाई नरिवल तेलमा तबसम्म उमाल्नुस, जबसम्म तेल कालो हुँदैन । अब यो मिश्रणलाई चिसो भएपछि कपालको जरामा लगाउनुस । र, औलाको सहायताले मालिस गरेपछि कपाल धुनुस ।

३. ओख्खर पनि कपालको लागि राम्रो मानिन्छ । केही कालो ओखरलाई एक भाँडो पानीमा भिजाएर त्यसलाई करिब १५ मिनेट उमाल्नुस । उक्त पानी चिसो भएपछि ओख्खरलाई निकालेर कपाल धुनुपर्छ । यो प्रक्रियालाई सातामा करिब दुईपटक दोहोर्‍याउनुपर्छ ।

४. प्रत्येक साता कम्तिमा एक घण्टा प्राकृतिक तेलले कपालको मालिस गर्नु पर्दछ । त्यस्तै, कपालमा कलर गर्न तथा डाई गर्न हेयर स्पेसलिस्टको सहायता लिनुपर्छ । त्यस्तै, नुहाउँदा स्याम्पूको प्रयोग गरेपछि कन्डिसनरको प्रयोग गर्नुपर्छ, जसले कपाल चम्किलो हुनुका साथै स्वस्थ रहने गर्छ । साथै, कपाल क्षति हुनबाट समेत जोगाउँछ ।

सेतो कपाललाई कहिल्यै पनि काट्नु तथा चुँड्नु हुँदैन । अन्यथा, कपाल फुल्ने समस्या तीव्र हुने गर्छ । र, कपाल फुल्दैमा आत्तिइहाल्नु पर्दैन । विभिन्न उपाय प्रयोग गरेर पनि यो समस्यालाई क्षणभरमै कम गर्न सकिन्छ ।

कपाल फुल्नुको सही कारण पत्ता लगाउनु आवश्यक छ । कपाल आणुवंशिक कारणले पनि फुल्न सक्छ । त्यस्तै, थाइराइडसम्बन्धी समस्या, तनाव, रक्तअल्पता, पिट्युटरी ग्रन्थिको समस्याका कारण पनि कपाल फुल्ने वा सेतो हुन सक्छ ।

गोराहरुको ३५ वर्षको उमेरमा नै कपाल फुल्ने गर्छ भने एसियाली र अफ्रिकनहरुमा ४० वर्षको उमेरदेखि नै कपाल फुल्ने गर्छ । त्यसैले, यदि कुनै कारणवस मानिसको उमेर अगावै कपाल फुल्न थालेमा तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ ।

http://onlinekhabar.com

यसमा तपाइको मत

स्वास्थ्य बाट अन्य

पत्रकार रवि लामिछानेले डिजिटल अस्पताल बनाउदै !के के छन् त योजना ?

रास्कोट सामुदायिक अस्पताललाई अब नमुना डिजिटल अस्पतालको रुपमा विकास गरिने पत्रकार रवि लामिछाने बताएका छन् । उनले अस्पताल बनाउनका लागि पार्टीको झण्डा नबोक्न सबैलाई आग्रह गरे । तीन तहका सर कार एक, हामी एक...

राजधानीमा स्वाइनफ्लुकाे संत्रास : केहीको मृत्यु, दर्जनौँ संक्रमित

 स्वाईन फ्लुको नामले चिनिने एच वान एन वान भाइरसको कारण राजधानीमा केही बिरामीको मृत्यु भएको र दर्जनौको संख्यामा बिरामीहरु बिभिन्न अस्पतालमा भर्ना भएको पाइएको छ ।बिषेश गरी जाडोको मौसम मा देखापर्ने यो भाइसरका...

स्मार्टफोनको बढी प्रयोगले के-के गर्छ असर ?

नेपालीमा एउटा उखान छ, बाँदरको हातमा नरिवल । अहिले स्मार्टफोनको हकमा ठ्याक्कै यो उखान मिल्छ । हत्केलाभरको यो प्रविधि खासमा हाम्रो दैनिक जीवनका लागि एक अभिन्न सहयोगी बनेको छ । कसैसँग सम्पर्क गर्नु परेमा,...

भान्टाः ग्याष्ट्रिकदेखि मधुमेहसम्मको औषधी

भान्टा विश्वभरको भान्सामा प्रयोग हुने तरकारी हो । बहुगुणी भान्टा नेपालमा पनि सहजै उपलब्ध हुन्छ । यसलाई ऐगल्पान्ट, औवरजीन, मेलोनजेन, ग्वाइना, स्कवास, गार्डेनऐग जस्ता नामले पनि चिन्ने गरिन्छ । भाण्टा विभिन्न रंग र आकारका...

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले गर्यो अहिले सम्मकै दूर्लभ शल्यक्रिया

२८ पौष ,२०७५  काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले कपिलवस्तुका ४४ वर्षीय एक बिरामीको कलेजोको वरिपरि पलाएको ट्युमर (हेमान्जिओमा) को शल्यक्रिया गरी निकालेको छ । अस्पतालमा कार्यरत वरिष्ठ शल्यचिकित्सक प्रा.डा. रमेशसिंह भण्डारीको नेतृत्वमा गत साता...

९ खराव वानी, जसले चाडै बुढो बनाउँछ

बुढो हुनु एक स्वभाविक जीवन-चक्र हो । हामी यौवन, युवाबाट गुज्रदै बुढ्यौलीमा प्रवेश गछौर्ै । बुढ्यौली, हामीले झेल्नैपर्छ । भोग्नैपर्छ । तर, हामीकहाँ बुढ्यौली जीवन निकै पट्यारलाग्दो, दिक्कलाग्दो हुनेगर्छ । तर, कतिपयले बुढ्यौलीलाई सहज बनाउँछ...

जैविक खानेकुराः भान्साको आवश्यक्ता

अहिले हामी दोधारमा छौं, खानेकुरालाई लिएर । हामीलाई थाहा छ, बाँच्नका लागि खानेकुरा खानुपर्छ । हामीलाई थाहा छ, निरोगी रहन खानेकुरा खानुपर्छ । र, हामीलाई यो कुरा पनि थाहा छ कि, खानेकुराकै कारण हामी...

माघे संक्रान्ति किन र कसरी मनाउने ? (भिडियो सहित)

हाम्रा पूर्खाहरुले यो पर्व मनाउने चलन त्यसै सुरु गरेका होइनन् । माघे संक्रान्ति मनाउनुको खास अर्थ छ, सामाजिक, आर्थिक सबै दृष्टिले । यो पर्व स्वास्थ्य र समाजसँग पनि एकाकार छ । माघे संक्रान्ति भनेको जाडो...

क्यान्सरको लक्षण पनि हुनसक्छ लगातारको खोकी

चिसोमा खोकी लाग्छ, रुघा लाग्छ । हामी ठान्छौं, चिसोको कारण यस्तो भयो । स्वभाविक हो, चिसोले खोकीको मसस्या निम्त्याउँछ । तर, खोकी लाग्नुमा चिसो मात्र कारण हुँदैन । यदि लगातार खोकी लाग्छ भने शंका गर्नुपर्ने...

स्वदेशी औषधि उद्योगलाई विशेष संरक्षण,प्रभावकारी व्यवस्थापन गर्ने !

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वदेशी औषधि उद्योगलाई विशेष संरक्षण गर्दै औषधिको प्रभावकारी व्यवस्थापन गर्ने भएको छ। उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको अध्यक्षतामा आइतबार बसेको औषधि परामर्श परिषद्को १५ औँ बैठकमा...