जैविक खानेकुराः भान्साको आवश्यक्ता

अहिले हामी दोधारमा छौं, खानेकुरालाई लिएर । हामीलाई थाहा छ, बाँच्नका लागि खानेकुरा खानुपर्छ । हामीलाई थाहा छ, निरोगी रहन खानेकुरा खानुपर्छ । र, हामीलाई यो कुरा पनि थाहा छ कि, खानेकुराकै कारण हामी रोगी हुन्छौं ।

खानेकुरामा भेद छ । स्वास्थ्य, सन्तुलित र सुपाच्य खानेकुराले शरीरलाई निरोगी बनाउँछ । ठिक त्यसैगरी खराब खानेकुराले पाचन यन्त्रलाई बोझिलो बनाउँछ ।

त्यसो भए कस्तो खानेकुरा खाने त ?

हामी फटाफट भन्न सक्छौं, जैविक खानेकुरा खानुपर्छ । हामीलाई थाहा नभएको होइन, स्वास्थ्य जीवनका लागि जैविन खानेकुराको विकल्प छैन । तर, थाहा हुँदाहुँदै पनि हामी विषाक्त खानेकुराको शिकार भइरहेका छौं ।

हामीले लिने हरेक गाँसमा विषको मात्र पनि छ भन्ने थाहा हुँदा हुँदै पनि हामी वाध्य छौं । किनभने हामी बजारमुखी छौं । आफ्नै खेतीपाती छैन । भएपनि, जैविक खेतीपाती छैन । यही कारण हामी उमेर नपुग्दै विभिन्न रोगले थलिदै गएका छौं । जीवनलाई पूर्ण भोग गर्न नपाई अस्पताल धाउन थालेका छौं ।

अहिले हामी फलफूल खान्छौं, सागसब्जी खान्छौं, दाल चामल खान्छौं । यी सबै खानेकुरा विषाक्त छन् । बिज भण्डारण गर्न, नर्सरी राख्न, उमार्न, फलाउन र फेरी भण्डारण गर्न । यी सबै प्रक्रियाका लागि किटनासक औषधी, रासयनिक मलखाद आदिको प्रयोग गरिन्छ । यसरी हाम्रो भान्सा विषभण्डार बन्दैछ ।

जैविक खानेकुराको आवश्यक्ता

प्राकृतिक रुपमा शुद्ध एवं ताजा आहार नै जैविक आहार हो । यस्ता आहारमा कुनै पनि किसिमको रसायन तथा किटनाशक औषधीको प्रयोग गरिएको हुँदैन । यो स्वाद तथा सुगन्धले पनि भरिपूर्ण हुन्छ । प्रोटिन, भिटामिन, मिनरल्स लगायतका पोषक तत्व पनि यसमा प्रचुर मात्रामा पाइन्छ । त्यसैले, आजकलको आधुनिक जीवनशैलीमा विभिन्न रोगको जोखिम कम गर्न पनि मानिसहरु जैविक आहारतिर केन्दि्रत हुन थालेका छन् ।

जैविक खाद्य पर्दाथको बारेमा गरिएको एक शोधबाट विभिन्न किसिमका रोचक जानकारी प्राप्त भएको छ । दुई देशका प्रसिद्ध संस्थानले मिलेर सम्पन्न गरेको उक्त शोधले जनाए अनुसार जैविक भोजनको सेवन गरेर विभिन्न किसिमका गम्भीर रोगको जोखिमलाई कम गर्न सकिन्छ । केही विशेष प्रकारका क्यान्सरको जोखिमलाई २५ प्रतिशतसम्म कम गर्न सकिन्छ ।

झण्डै पाँच वर्ष लगाएर दुई देशका करिब करिब ७० हजार जनताहरुमा यो शोध गरिएको थियो । जसमा जैविक खाद्य अन्तर्गत दूध देखि लिएर चकलेट, वाइन लगायत १६ श्रेणीका खाद्य पदार्थको परीक्षण गरिएको थियो ।

फ्रान्सको ‘सेन्टर अफ रिर्सच इन इपिडिमियोलोजी एण्ड इस्टेस्टिक्स’ तथा अमेरिकाको ‘हर्वाड टीएच चान स्कुल अफ हेल्थ’ले मानिसहरुमा जैविक खाद्य पदार्थको असरबारे शोध गरेका थिए । शोधका अनुसार जैविक खाद्यको प्रयोगले स्तन क्यान्सर, प्रोस्टेट, कोलोरेक्टल क्यान्सर, लिम्फोमा (सेतो रक्तकोषिकाको क्यान्सर) लगायत ७० भन्दा बढी प्रकारका क्यान्सरको खतरा कम गर्न सकिन्छ ।

दुवै संस्थानको शोध ‘जामा इन्टरनेशनल मेडिसिन जर्नल’ मा प्रकाशित गरिएको थियो । शोधका अनुसार जैविक फलफुल तथा सागसब्जी तथा अन्य खाद्य पदार्थमा किटनाशक तथा अन्य हानीकारक रसायन हुँदैन । जसले गर्दा यी खाद्य पदार्थको सेवनले क्यान्सरको जोखिम कम हुने गर्छ ।

पछिल्लो समय खेतलाई उर्बरा बनाउन कयौ रसायनिक पदार्थ तथा किटनाशक औषधीको प्रयोग हुने गर्छ । जबकी, जैविक खेतीमा कुनै पनि रसायनको प्रयोग गरिदैन ।

पछिल्ला केही वर्षहरुमा मानिसको आर्कषण यस्ता खाद्य पदार्थमा बढी रहेको छ । अन्य खाद्य पदार्थको तुलनामा यस्ता खाद्य पदार्थको मुल्य धेरै हुदाँ समेत मानिसहरुको आर्कषण यस्तै खाद्य पदार्थतफ बढिरहेको छ । किनकी मानिसलाई विश्वास छ, यस्ता खाद्य पर्दाथको सेवनले स्वास्थ्यलाई निकै फाइदा गर्छ ।

बेलायतको ‘इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर’ले ग्लाइफोजेट, मेलाथियान तथा डायजिनानलाई क्यान्सरको कारक मानेको छ । यस्तै अन्य केही रसायनले एण्डोक्राइन ग्रन्थीलाई असर पार्दछ र इस्ट्रोजेन हर्मोनको रुपमा काम गर्न हुदाँ यसलाई यसलाई स्तन क्यान्सरको जोखिम बढाउने कारक पनि मानिन्छ । रसायनको खतरालाई मध्यनजर गरेर केही विशेषज्ञ मान्छन्, कि जैविक खाद्यले शरीरलाई सिधा सिधा कुनै लाभ नपुर्‍याए पनि घातक रसायनको प्रभावबाट शरीरलाई बचाउन भने अवश्य मद्दत गर्छ ।

‘हार्वड टीएच चान स्कुल अफ पब्लिक हेल्थ’ का डा. फ्रैंक बी हु ले भने, ‘ प्रायोगिक दृष्टिले हेर्ने हो भने यी अध्ययनका नतिजा प्रारम्भिक चरणका छन् । यसैको आधारमा मात्र मानिसहरुलाई आˆनो खानपानको तरीका बदल्न सल्लाह दिन सकिन्न । यति भन्न सकिन्छ की जो मानिस क्यान्सर जस्तो प्राणघातक रोगबाट बच्न चाहन्छन्, उनीहरुले भने धेरै भन्दा धेरै फलफूलको सेवन गर्न जरुरी छ ।

डा. फैंकले यस विषयमा व्यापक शोध आवश्यक रहेको औल्याए ।

फ्रान्सको संस्थान ‘सेन्टर फर रिर्सच इन इपिडिमियोलोजी एण्ड स्ेटेटिस्टिक्स’का शोधकर्ता जुलिया बाडीले भने जैविक खानपानले क्यान्सरको खतरालाई कम गरेपनि यसको नतिजा यति राम्रो होला भन्ने आफूले कल्पना पनि नगरेको बताइन् । उनले भनिन्,’ यो अध्ययनले कुनै ठोश प्रमाण दिदैन । तथापी, यति भन्न सकिन्छ कि यस्ता खानाको सेवनले क्यान्सर जस्तो प्राणघातक रोगबाट अवश्य बच्न सकिन्छ’ ।

http://onlinekhabar.com/

यसमा तपाइको मत

स्वास्थ्य बाट अन्य

पत्रकार रवि लामिछानेले डिजिटल अस्पताल बनाउदै !के के छन् त योजना ?

रास्कोट सामुदायिक अस्पताललाई अब नमुना डिजिटल अस्पतालको रुपमा विकास गरिने पत्रकार रवि लामिछाने बताएका छन् । उनले अस्पताल बनाउनका लागि पार्टीको झण्डा नबोक्न सबैलाई आग्रह गरे । तीन तहका सर कार एक, हामी एक...

राजधानीमा स्वाइनफ्लुकाे संत्रास : केहीको मृत्यु, दर्जनौँ संक्रमित

 स्वाईन फ्लुको नामले चिनिने एच वान एन वान भाइरसको कारण राजधानीमा केही बिरामीको मृत्यु भएको र दर्जनौको संख्यामा बिरामीहरु बिभिन्न अस्पतालमा भर्ना भएको पाइएको छ ।बिषेश गरी जाडोको मौसम मा देखापर्ने यो भाइसरका...

स्मार्टफोनको बढी प्रयोगले के-के गर्छ असर ?

नेपालीमा एउटा उखान छ, बाँदरको हातमा नरिवल । अहिले स्मार्टफोनको हकमा ठ्याक्कै यो उखान मिल्छ । हत्केलाभरको यो प्रविधि खासमा हाम्रो दैनिक जीवनका लागि एक अभिन्न सहयोगी बनेको छ । कसैसँग सम्पर्क गर्नु परेमा,...

भान्टाः ग्याष्ट्रिकदेखि मधुमेहसम्मको औषधी

भान्टा विश्वभरको भान्सामा प्रयोग हुने तरकारी हो । बहुगुणी भान्टा नेपालमा पनि सहजै उपलब्ध हुन्छ । यसलाई ऐगल्पान्ट, औवरजीन, मेलोनजेन, ग्वाइना, स्कवास, गार्डेनऐग जस्ता नामले पनि चिन्ने गरिन्छ । भाण्टा विभिन्न रंग र आकारका...

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले गर्यो अहिले सम्मकै दूर्लभ शल्यक्रिया

२८ पौष ,२०७५  काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले कपिलवस्तुका ४४ वर्षीय एक बिरामीको कलेजोको वरिपरि पलाएको ट्युमर (हेमान्जिओमा) को शल्यक्रिया गरी निकालेको छ । अस्पतालमा कार्यरत वरिष्ठ शल्यचिकित्सक प्रा.डा. रमेशसिंह भण्डारीको नेतृत्वमा गत साता...

९ खराव वानी, जसले चाडै बुढो बनाउँछ

बुढो हुनु एक स्वभाविक जीवन-चक्र हो । हामी यौवन, युवाबाट गुज्रदै बुढ्यौलीमा प्रवेश गछौर्ै । बुढ्यौली, हामीले झेल्नैपर्छ । भोग्नैपर्छ । तर, हामीकहाँ बुढ्यौली जीवन निकै पट्यारलाग्दो, दिक्कलाग्दो हुनेगर्छ । तर, कतिपयले बुढ्यौलीलाई सहज बनाउँछ...

जवानीमै कपाल फुल्यो ? यसरी गर्नुस समाधान

कपाल फुल्नु एउटा प्राकृतिक प्रक्रिया हो । सामान्यतया यसले उम्मेर छिप्पिन थालेको संकेत गर्छ । तर, आजकाल कम उमेरमै धेरै मानिसहरुका कपाल सेताम्य हुन थालेका छन् । खासगरी गुणस्तरहीन स्याम्पु र सौन्दर्यका साधनको प्रयोगले समयभन्दा...

माघे संक्रान्ति किन र कसरी मनाउने ? (भिडियो सहित)

हाम्रा पूर्खाहरुले यो पर्व मनाउने चलन त्यसै सुरु गरेका होइनन् । माघे संक्रान्ति मनाउनुको खास अर्थ छ, सामाजिक, आर्थिक सबै दृष्टिले । यो पर्व स्वास्थ्य र समाजसँग पनि एकाकार छ । माघे संक्रान्ति भनेको जाडो...

क्यान्सरको लक्षण पनि हुनसक्छ लगातारको खोकी

चिसोमा खोकी लाग्छ, रुघा लाग्छ । हामी ठान्छौं, चिसोको कारण यस्तो भयो । स्वभाविक हो, चिसोले खोकीको मसस्या निम्त्याउँछ । तर, खोकी लाग्नुमा चिसो मात्र कारण हुँदैन । यदि लगातार खोकी लाग्छ भने शंका गर्नुपर्ने...

स्वदेशी औषधि उद्योगलाई विशेष संरक्षण,प्रभावकारी व्यवस्थापन गर्ने !

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वदेशी औषधि उद्योगलाई विशेष संरक्षण गर्दै औषधिको प्रभावकारी व्यवस्थापन गर्ने भएको छ। उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको अध्यक्षतामा आइतबार बसेको औषधि परामर्श परिषद्को १५ औँ बैठकमा...