रविन्द्र मिश्रको प्रेमपत्र उज्वल थापालाई : नयाँ यात्राका लागि शुभकामना !

२८ पुस,२०७५ काठमाडौं । उज्जव थापाको नेतृत्वमा पार्टी फुटाएपछि विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रको प्रतिक्रिया सार्वजनिक भएको छ, जसले उनले छु्टिटएका मित्रहरुलाई प्रेमपत्र नाम दिएका छन् ।

फेसबुकमा सार्वजनिक गरेको प्रेमपत्रमा मिश्र निकै भावुक बनेका छन् ।

यस्तो छ उनको प्रेमपत्रः

हामीबीच राजनीतिक प्रेम विवाह भएको थियो । तर हामीले अरूले गरिदिएको बखानको भरमा प्रभावित भएर एक-अर्कालाई राम्ररी नचिनिकनै विवाह गरेछौं । विवाह लामो समय टिक्न सकेन । तर यो बीचमा हामीले एकअर्काबाट धेरै सिक्यौं ।

खासगरी गत आम निर्वाचनपछिको एक वर्षमा पार्टीको केन्द्रीय समितिमा विद्यमान ‘अत्यन्तै प्रतिकूलता’का बीच पनि हामीले ठूलै उपलव्धि हासिल गर्यौं । आफूलाई राष्ट्रिय राजनीतिको केन्द्रमा लेरायौं । सञ्चार माध्यमका कयौं बहसहरू हाम्रो प्रतिनिधित्वबिना अपुरो देखिन थाले । राजनीतिक बहसहरूमा अबको विकल्प हामी नैं हौं भन्ने निष्कर्षहरु निकालिन थाले । देशभरी संगठनहरु विस्तार हुन थाले ।

हामीले ‘कल्याणकारी लोकतन्त्र’को दर्शनलाई आम सर्वसाधारणसम्म पुर्यायौं, शिक्षा र स्वास्थ मूलरूपमा राज्यको दायित्व हो भन्ने धारणालाई स्थापित गर्यौ । सुसंस्कृत र मूल्यमान्यतायुक्त पार्टी नबनि देश बन्दैन भन्ने विश्वास जगायौं । आम सर्वसाधारणले हामीलाई पत्याए र साथ पनि दिए ।

तर लक्ष्यमा समानता भएरमात्र नपुग्ने रहेछ । लक्ष्यमा पुग्ने विचार र व्यवहारमा पनि समानता चाहिने रहेछ। दूर्भाग्यवश, लक्ष्य प्राप्त गर्ने हाम्रा वैचारिक चक्र र व्यवहारमा यति धेरै अन्तर रहेछन् कि हामीले जतिसुकै प्रयास गर्दा पनि ती एकवद्ध हुने संभावनै रहेनछ । त्यसैले तपाईंहरू अनायासै घर छोडेर जानुभयो ।

सामाजिकरुपमा असल र भद्र देखिने हामीहरू समेत गलत निर्देशकहरुका कारण राजनीतिक मञ्चमा फरक पात्र बन्न सक्दा रहेछौं भन्ने अनुभूति भएको छ । हामी छुट्टीएको देखेर यहाँ रमाउनेहरु धेरै छन् । मन दुखाउनेहरु अझ धेरै छन् । हामी सबैलाई थाहा छ, हामीबीच अभियानकेन्द्रीत समूह मात्र बन्ने की राष्ट्रिय राजनीतिमा सुसंस्कृत नेतृत्वदायी भूमिका निर्वाह गरेर देश रूपान्तरण गर्ने पार्टी बनाउने भन्नेमा मतभेद थियो । त्यो मतभेद छलफलबाट टुङ्गिन नसकिने तहको थिएन । तर तपाईंहरू जानुभयो र गएदेखि नै आरोपै आरोप लगाउनुभयो  ।

मलाई ती पीडादायी आरोपहरूको भन्दा पनि हाम्रो सामूहिक लक्ष्य र त्यसमा पुग्नसक्ने आघातका बारे चिन्ता छ । हाम्रै जीवनकालमा यो देशको रूपान्तरण नहेरी मर्नु पर्ला भन्ने चिन्ता छ । पुष ३० गतेका लागि तय गरिएको हाम्रो भेटमा आत्मै पखालेर मनका पीडा पोखुँला भन्ने र दिनढाडै व्यक्तिगतरूमा मेरो र संगठनात्मकरूपमा पार्टीको ढाडमा हानिएको छुरीले पारेको घाउमा मल्हम लगाउँला भन्ने सोच थियो । तर अलि ढिलोसम्म पर्खिएछु, तपाईंहरू थाहै नदिइ हिँडि हाल्नुभयो ।

अब एकपल्ट भेटेर प्रेम र भ्रमका कुरा गर्ने मन छ । लक्ष्य बोकेरमात्र नहुने रहेछ, लक्ष्यमा पुग्ने शैलि र चरित्रका बारे गफ गर्ने मन छ । जीवन धेरै बाँकी छ, यात्रा लामो छ । तर देश रूपान्तरणको गन्तव्य भने मैले बदलिँदो परिवेशका कारण झन, झन छोटो देख्न थालेको छु । त्यो नजिकै देखिन थालेको गन्तव्यलाई म विगार्ने पक्षमा छैन । सिँगो देश बनाउन साऽऽऽनो मुटु लिएर हुन्न । देश बनाउन देशभन्दा ठूलो मुट चाहिन् । सँगसँगै इमानदारी, क्षमता, समूहमा काम गर्ने ढंग पनि चाहिन्छ । धेरै कुरा चाहिन्छ ।

दुःख छ तर कुनै आग्रह, पुर्वाग्रह, ईर्ष्या, द्वेष छैन । कहिल्यै नआवोस् पनि । दुःखहरूचाहिँ कहिलेकाहिँ अभिव्यक्त हुनेछन् । त्यसमा अन्यथा नसम्झिदिनुहोला । तपाईंहरूले हालैका दिनहरुमा व्यक्त गरेका दुःखलाई पनि मैले अन्यथा लिएको छैन ।

छिटै बसेर चिया खाउँला । मिलेमा लामो समयदेखि जाने भनेर नगएको ओम आध्या रिसोर्ट जाउँला । के थाहा पुनर्मिलन भई पो हाल्छ कि । घाम भर्खर उदाएको अवस्था हो, बादल लाग्दैमा त्यसलाई अस्ताएको भन्न मिल्दैन। अन्यथा, हामीमा समयले लेराउने सुझबुझसँगै बाटो फेरी एकै ठाउँमा मिसिएछ भने सँगै यात्रा गरूँला । तपाईंहरूलाई नयाँ यात्राका लागि धेरैधेरै शुभकामना ! सबैको जय होस्, नेपालको जय होस् !स्रोत : www.onlinekhabar.com 

यसमा तपाइको मत

समाचार बाट अन्य

सिस्नु हानाहान गरी सङ्क्रान्ति मनाउँदै

१ माघ, जाजरकोट । परापूर्वकालदेखि जाजरकोटका गाउँगाउँमा सिस्नु हानाहान गरी माघे सङ्क्रान्ति मनाउने कार्य शुरु भएको छ । चेली, बुहारीले टाढाटाढाबाट माइती घरमा गएर मिठो, मसिनो खाने चलनसमेत रहेको छ । मङ्गलबार बिहानैदेखि जिल्लाको पूर्वी...

निर्मला हत्यामा आधारित बन्यो चलचित्र ‘कोपिला’

काठमाण्डु। बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको घटना अब फिल्मको पर्दामा देख्न पाइने भएको छ । शिवम् अधिकारीको निर्देशनमा फिल्म बनेको हो । सोमबार भरतपुरमा एक कार्यक्रम गर्दै फिल्मको ईन्डक्ल्याप गरिएको छ...

विवेकशील साझा र नयाँ शक्तिबीच एकता हुनसक्ने सम्भावना

काठमाण्डौ – विवेकशील साझा पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यले विवेकशील नेपाली दलसँग गरिएको पार्टी एकता नै भावनात्मक हुन नसक्दा फुटको नियति भोग्नु परेको बताउनु भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो...

१३ वर्षीया बालिका बलात्कार पछि हत्या गर्ने दम्पतीलाई जन्मकैदको फैसला

सुनसरी :धरानकी अनुसा राई हत्या प्रकरणमा जिल्ला अदालत सुनसरीले २ जनाविरुद्ध जन्म कैदको फैसला सुनाएको छ । १३ वर्षीया बालिका राईको बलात्कार पछि हत्या अभियोगमा धरान–१६ का वलिमान राई र उनकी श्रीमती पदमकु मारी राईविरुद्ध...

प्रभाससँग भएका पाँच सर्वाधिक महँगा बस्तुहरू,जीमखानकै डेढ करोड भारू !

तेलेगु सुपरस्टार प्रभासले सन् २००० मा ‘एश्वर’ सिनेमाबाट डेब्यू गर्दै आफ्नो सिनेमा यात्रा सुरू गरेका थिए। सन् २०१५ मा रिलिज भएको ‘बाहुबली’ सिनेमाले उनलाई भारतभर र भारतीय सिनेमाका पारखी दर्शकहरूमाझ बृहत चर्चा दिलायो। आज यी...

कोमल वलीका नाममा नेकपाभित्र लफडा !

१ माघ, काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष प्रदेश कमिटीहरु गठनको निर्णय संशोधन गर्न तयार नभएपछि नेकपा स्थायी कमिटीले बनाएको कार्यदल अवरुद्ध अवस्थामा पुगेको छ । शुरुदेखि नै काम गर्न...

पत्रकारको हत्यामा दोषी ठहरिए राम रहीम

दुई महिला बलात्कार मुद्दामा २० वर्ष जेल सजाय पाएका डेरा सच्चा सौदा प्रमुख राम रहीम पत्रकार रामचन्द्र छत्रपतिको हत्यामा दोषी ठहरिएका छन्। भारत चुकुलाको विशेष सिबिआइ अदालतले रहीमका साथै कुलदीप सिंह, निर्मल सिंह र कृष्णलाललाई...

दुई अस्पताल खारेजीको तयारी, आन्दोलन गर्ने कांग्रेको चेतावनी

काठमाडौं : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका पूर्वसभापतिको नाममा स्थापित अस्पताललाई सरकारले विघटन गर्न खोजेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताललाई सरकारले विघटन...

स्मार्ट लाइसेन्सको प्रिन्ट गुणस्तरीय नभएको निश्कर्ष

१ माघ, काठमाडौं । यातायात व्यवस्था विभागले आउटसोर्सिङ गरेर छापिएको स्मार्ट लाइसेन्स गुणस्तरीय नभएको निश्कर्ष निकालेको छ । त्यसैका अधारमा तत्कालका लागि आउटसोर्सिङ कम्पनी मालिका इन्कर्पोरेटमार्फत हुने छपाइ रोकिएको छ । कम्पनीले करिब ४ लाख...

मलाइका र अर्जुनको ‘अफेयर’ले सलमानलाई किन टाउको दुखाइ ?

नयाँदिल्ली : अभिनेत्री मलाइका अरोरा र अर्जुन कपुरको ‘अफेयर’ले यतिबेला बलिउड बजार तातेको छ । दुबैजना केही समययता डिनर, पार्टी लगायत सार्वजनिक कार्यक्रममा संगै देखिँदैआएका छन् । अर्का अभिनेता सलमान खानलाई भने उनीहरुको निकटता चित्त...