अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ महिनामा यात्रुबाटै ३५ किलो सुन जफत,८ दिनमै २ हजार बोतल रक्सी बरामद

३० पुस, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तोकिएभन्दा बढी परिमाणमा ल्याइएको ३५ केजी सुन बरामद गरेको छ । विदेशबाट आएका यात्रुहरुले तोकिएको भन्दा बढी सुन ल्याएपछि ६ महिनाभित्रै ३५ केजी सुन बरामद भएको प्रमुख भन्सार अधिकृत चुँडाराज सापकोटाले जानकारी दिए ।

हाल विदेशबाट आउने नेपालीले अधिकतम् ५० ग्रामसम्मको गहना लगाएर वा लिएर आउन पाउँछन् भने सय ग्रामसम्म काँचो सुन भन्सार तिरेर भित्र्याउन सक्छन् ।

यो नियम मिच्दै विमानस्थलमा तोकिएभन्दा बढी परिमाणमा सुन लिएर आउने यात्रुको गहना र सुन विमानस्थल भन्सार कार्यालयले जफत गर्ने गरेको छ । यसरी जफत हुने सुन  राष्ट्र बैंकको खातामा जम्मा गरिन्छ भने सुन ल्याउने यात्रुले सुनको मूल्य बराबरको धरौटी रकम पनि राख्नुपर्छ ।

जसमा विमानस्थल भन्सारका प्रमुखले बिगोबापत तिर्नुपर्ने रकमको निरुपण गर्छन् । सो बिगो रकमसिहत जफत भएको सुनलाई सरकारको रावश्व खातामा जम्मा गर्ने गरिएको छ ।

‘परिमाणभन्दा बढी सुन ल्याएपछि जफत गरेर सोही मूल्य बराबरको बिगो पनि तिराइन्छ,’ सापकोटाले भने,’यसलाई अपराध नै मानेर भन्सारबाटै न्यायिक निरुपण गरिन्छ ।’

यसरी गरिने न्यायिक निरुपण चित्त नबुझेकाहरु राजश्व न्यायधीकरणमा मुद्दा लिएर जान सक्छन् ।
नियमअनुसर विदेशमा काम गरेर फर्किने नेपाली कामदारले १०० ग्रामसम्म काँचो सुन ल्याउन पाउँछन् । त्यसका लागि कर तिर्नुपर्छ ।

५० ग्रामसम्म काँचो सुन ल्याउँदा एक ग्रामको ५२० रुपैयाँका हिसावले कर तिर्नुपर्ने हुन्छ । यसअनुसार १० ग्रामको ५२ सय र ५० ग्रामको २६ हजार भन्सार लाग्छ ।

५० ग्रामभन्दा बढी सुन ल्याएमा भने बढी ल्याइएको सुनमा प्रतिग्राम ६२० रुपैयाँ कर लाग्नेछ । यसअनुसार ५० ग्रामबाट बढेर १० ग्राम बढी सुन ल्याएमा थप ६२ सय र ५० ग्राम ल्याएमा थप ३१ हजार रुपैयाँ भन्सार तिर्नुपर्छ ।

१०० ग्राम सुन ल्याउने हो भने पहिलो ५० ग्राममा २६ हजार रुपैयाँ र पछिल्लो ५० ग्राममा ३१ हजार भन्सार तिर्नुपर्छ । सय ग्रामभन्दा बढी सुन ल्याएमा जफत हुन्छ । ठूलो परिमाणमा सुनको गहना लगाएर आउँदा पनि जफत गरिन्छ ।

यसैगरी सरकारले विमानस्थलमा पछिल्ला दिनमा भन्सार जाँचमा निकै कडाइ गरेपछि करिब ८ दिनको बीचमै २ हजार बोतल रक्सी बरामद भएको छ । सरकारले विदेशबाट बढीमा एक लिटर वा एक बोतल रक्सी लिएर आउन सकिने गरी झिटीगुन्टा आदेश जारी गरेको छ ।

तर, विदशेबाट फर्किनेहरुले ‘ड्युटी फ्रि’ सुविधाको फाइदा उठाउँदै धेरै परिमाणमा रक्सी ल्याउने गरेका थिए । तर, त्यसले राजश्व उठ्तीमा प्रभाव परेको निश्कर्ष निकाल्दै सरकारले रक्सीमा पनि निकै कडाइ गरेको छ ।

जसको प्रभाव स्वरुप करिब हप्ता दिनमै २ हजार बोतल रक्सी बरामद भएको सापकोटाले जानकारी दिए । ‘पछिल्लो दिनमा जफत हुने क्रम घटेको छ,’ सापकोटाले भने,’तोकिएभन्दा बढी ल्याउनेलाई कुनै छुट दिएका छैनौं ।’

यसरी जफत हुने रक्सी र अन्य सामानलाई एक कानुनी तवरको समितिले मूल्यांकन गरेर लिलामीमा बिक्री गर्ने गरेको छ । सो बिक्रीबाट प्राप्त आय सरकारी राजश्व खातामै जम्मा हुन्छ ।

यसमा तपाइको मत

समाचार बाट अन्य

सिस्नु हानाहान गरी सङ्क्रान्ति मनाउँदै

१ माघ, जाजरकोट । परापूर्वकालदेखि जाजरकोटका गाउँगाउँमा सिस्नु हानाहान गरी माघे सङ्क्रान्ति मनाउने कार्य शुरु भएको छ । चेली, बुहारीले टाढाटाढाबाट माइती घरमा गएर मिठो, मसिनो खाने चलनसमेत रहेको छ । मङ्गलबार बिहानैदेखि जिल्लाको पूर्वी...

निर्मला हत्यामा आधारित बन्यो चलचित्र ‘कोपिला’

काठमाण्डु। बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको घटना अब फिल्मको पर्दामा देख्न पाइने भएको छ । शिवम् अधिकारीको निर्देशनमा फिल्म बनेको हो । सोमबार भरतपुरमा एक कार्यक्रम गर्दै फिल्मको ईन्डक्ल्याप गरिएको छ...

विवेकशील साझा र नयाँ शक्तिबीच एकता हुनसक्ने सम्भावना

काठमाण्डौ – विवेकशील साझा पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यले विवेकशील नेपाली दलसँग गरिएको पार्टी एकता नै भावनात्मक हुन नसक्दा फुटको नियति भोग्नु परेको बताउनु भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो...

१३ वर्षीया बालिका बलात्कार पछि हत्या गर्ने दम्पतीलाई जन्मकैदको फैसला

सुनसरी :धरानकी अनुसा राई हत्या प्रकरणमा जिल्ला अदालत सुनसरीले २ जनाविरुद्ध जन्म कैदको फैसला सुनाएको छ । १३ वर्षीया बालिका राईको बलात्कार पछि हत्या अभियोगमा धरान–१६ का वलिमान राई र उनकी श्रीमती पदमकु मारी राईविरुद्ध...

प्रभाससँग भएका पाँच सर्वाधिक महँगा बस्तुहरू,जीमखानकै डेढ करोड भारू !

तेलेगु सुपरस्टार प्रभासले सन् २००० मा ‘एश्वर’ सिनेमाबाट डेब्यू गर्दै आफ्नो सिनेमा यात्रा सुरू गरेका थिए। सन् २०१५ मा रिलिज भएको ‘बाहुबली’ सिनेमाले उनलाई भारतभर र भारतीय सिनेमाका पारखी दर्शकहरूमाझ बृहत चर्चा दिलायो। आज यी...

कोमल वलीका नाममा नेकपाभित्र लफडा !

१ माघ, काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष प्रदेश कमिटीहरु गठनको निर्णय संशोधन गर्न तयार नभएपछि नेकपा स्थायी कमिटीले बनाएको कार्यदल अवरुद्ध अवस्थामा पुगेको छ । शुरुदेखि नै काम गर्न...

पत्रकारको हत्यामा दोषी ठहरिए राम रहीम

दुई महिला बलात्कार मुद्दामा २० वर्ष जेल सजाय पाएका डेरा सच्चा सौदा प्रमुख राम रहीम पत्रकार रामचन्द्र छत्रपतिको हत्यामा दोषी ठहरिएका छन्। भारत चुकुलाको विशेष सिबिआइ अदालतले रहीमका साथै कुलदीप सिंह, निर्मल सिंह र कृष्णलाललाई...

दुई अस्पताल खारेजीको तयारी, आन्दोलन गर्ने कांग्रेको चेतावनी

काठमाडौं : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका पूर्वसभापतिको नाममा स्थापित अस्पताललाई सरकारले विघटन गर्न खोजेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताललाई सरकारले विघटन...

स्मार्ट लाइसेन्सको प्रिन्ट गुणस्तरीय नभएको निश्कर्ष

१ माघ, काठमाडौं । यातायात व्यवस्था विभागले आउटसोर्सिङ गरेर छापिएको स्मार्ट लाइसेन्स गुणस्तरीय नभएको निश्कर्ष निकालेको छ । त्यसैका अधारमा तत्कालका लागि आउटसोर्सिङ कम्पनी मालिका इन्कर्पोरेटमार्फत हुने छपाइ रोकिएको छ । कम्पनीले करिब ४ लाख...

मलाइका र अर्जुनको ‘अफेयर’ले सलमानलाई किन टाउको दुखाइ ?

नयाँदिल्ली : अभिनेत्री मलाइका अरोरा र अर्जुन कपुरको ‘अफेयर’ले यतिबेला बलिउड बजार तातेको छ । दुबैजना केही समययता डिनर, पार्टी लगायत सार्वजनिक कार्यक्रममा संगै देखिँदैआएका छन् । अर्का अभिनेता सलमान खानलाई भने उनीहरुको निकटता चित्त...