एमालेका वडाध्यक्षको आतंक, विपक्षीमाथि अन्धाधुन्ध हतियार प्रहार, ४ जना घाइते

रौतहट । वडाध्यक्षले सडक विस्तारको नाममा आफनो वडाका एकै परिवारका ४ जना माथी धारिलो हतियार प्रहार गरेका छन् । रौतहटको बौधिमाई नगरपालिकाको वडा नं ७ का वडा अध्यक्ष बिजय कुशवाहाले सडक विस्तार गर्नको लागि आफ्नो बिपक्षीको जग्गामा जर्बजस्ती डोजर चलाएर खेतबाट माटो खनिएको बिषयमा विवाद हुदा वडाअध्यक्ष कुशवाहाले धारिलो हथियार प्रहार गरी गम्भिर घाईते बनाएका हुन् ।

वडाध्यक्षको बिपक्षी भएको कारणले खेत अगाडि सडक बिस्तार गर्न कागजाती हिसाबले पनि सबै ठाउँ भन्दा बढी चौडा रहेको भनी जग्गा धनी शिव गोबिन्द कुशवाहाले १ महिना अगाडि रोक लगाएका थिए । रोकाको लागि जिल्ला अदालतबाट आदेश पत्र पठाई सो विवादित कामलाई हेर्नका लागि प्रहरी चौकी बंकुलको प्रहरी पूर्व ईन्चार्ज दिनानाथ यादबको नेतृत्वमा खटाईएको थियो ।

तर त्यो बेला पनि वडाअध्यक्ष कुशवाहाले कुनै वास्ता नगरी ईन्चार्ज यादव समेत सँग झगडा गरेको पीडित गोबिन्दले बताए । केही दिन यता देखि सडक विस्तार कार्य धेरै विवाद पश्चात रोकिएको थियो । पुन: सोही बिषयलाई लिएर शनिवार सडक ढलाईको वेला पीडित शिव गोबिन कुशवाहा विवाद मिलाएपछि मात्र काम अगाडी बढाउनु होला भन्न खोज्दा वडाअध्यक्ष कुशवाहाले आफ्नो ५० जनाको समूहमा आएर शिव गोविन्द कुशवाहा, महानन्द कुशवाहा, रामेश्वर कुशवाहा लगायत ४ जनालाई धारिलो हथियार प्रहार गरि ज्यान लिने गरी टाउ र शरीरको विभिन्न भागमा गम्भिर घाउ बनाएको पीडित कुशवाहाले बताए।

वडाध्यक्ष बिजय कुशवाहा गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए । जुन आशले स्थानीयहरु भोट दिएको थियो ठिक त्यसको बिपरीत काम गर्न थालेको र दिन्हु बढ्दै आतङ्गको कारण त्यहाँका स्थानीयवासी त्रसित बनेका छन् ।

यसमा तपाइको मत

फिचर बाट अन्य

सिन्धुलीको दूधौलीमा भोलि सार्वजनिक बिदा

२ मङ्सिर, सिन्धुली । हरिबोधनी एकादशी तथा तुलसी विवाहको दिन यही मङ्सिर ३ गते दूधौली नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । उक्त नगरपालिकामा दनुवार समुदायको बाहुल्यता रहेको र सो समुदायले यस दिनलाई हरिबोधनी अर्थात बड्की...

ट्रकले च्यापिएर हेटौंडामा दुईजनाको मृत्यु

२ मंसिर, हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-९ पशुपति नगरमा ट्रकले च्यापिएर दुईजनाको मृत्यु भएको छ । बाराबाट मकै बोकेर आएको ना६ख ७०१७ नम्बरको ट्रक पल्टिदा मोटरसाइकल र अटो च्यापिएका थिए । सोही दुर्घटनामा घाइते भएका...

शिक्षक पेशा छाडेर तरकारीखेती

२ मङ्सिर, सुर्खेत । लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट छन् । ५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२ वर्ष भयो । यसमा उनलाई गर्व लागेको छ । विसं २०५३...

‘पञ्चायती’ मा युवतीमाथि बलत्कारको माग !

२ मंसिर, काठमाडौं । पञ्चायती (गाउँका भद्रभलाद्मीको सभा) मै एक युवतीलाई सार्वजनिक बलात्कार गर्नुपर्ने माग राखिएको छ । त्यसको विरोध गर्दा एक सांसद कुटिएका छन् । सर्लाहीको कविलासी नगरपालिका-६ मदनपुरमा शुक्रबार बसेको पञ्चायतीमा राष्ट्रियसभा सदस्य...

सीमा समस्या समाधानको माग गर्दै स्थानीय तह धाउँदै डडेल्धुराका महिला

२ मंसिर, डडेल्धुरा । सीमाको समस्या झेल्दै आएका स्थानीयले समस्या समाधान गरिदिन अनुरोध गर्दै स्थानीय तहमा धाउन थालेका छन् । डडेल्धुराको परशुराम नगरपालिका सीमा क्षेत्रका महिलाहरु सामुहिक रुपमा सीमासँग जोडिएका आफ्ना समस्या समाधानको माग गर्दै...

‘यू-टर्न’ नलिनेहरु नेता नै होइनन्ः इमरान खान

२ मंसिर, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ‘यू-टर्न’ लिन नसक्ने नेता कहिल्यै सफल नहुने बताएका छन् । पत्रकारहरुसँगको कुराकानीमा प्रधानमन्त्री खानले भने, ‘यू-टर्न नलिने कहिल्यै सफल नेता हुँदैन र जसले ‘यू-टर्न’ लिन जान्दैन...

लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार शुरु

२ मंसिर, रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा पूर्वीय दर्शनको विविधता विषयमा छलफल गर्न शनिबारदेखि अन्तर्राष्ट्रिय सेमिनार शुरु भएको छ । नेपाल र चीनका दुई विश्वविद्यालयको आयोजनामा एशियाली प्राकृतिक दर्शनको विविधिकरण विषय सेमिनार शुरु भएको हो...

रुकुम पश्चिममा गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या

२ मंसिर, रुकुम । रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको...

बदलियो किलोग्रामको परिभाषा, हाम्रो जीवनमा के असर गर्छ ?

२ मंसिर, काठमाडौं । वैज्ञानिकहरुले किलोग्राम (केजी)को परिभाषा परिवर्तन गरेका छन् । नयाँ परिभाषालाई ५० भन्दा बढी देशले सर्वसम्मतीले अनुमति दिइसकेका छन् । पहिले यसलाई प्लाटिनमबाट बनेको एक सिलको वजनसँग परिभाषित गरिन्थ्यो जसलाई ‘ली ग्रान्ड...

२४ घण्टामा १० सवारी दुर्घटना, ६ जनाको मृत्यु

२ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । अन्य ९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । भक्तपुरको मध्यपुर...