विश्वकपको रौनकमा नेपाली सेलिब्रेटीहरु पनि रम्दै, अधिकांश सेलिब्रेटीको रोजाईमा मेस्सी

काठमाडौं । विश्वकप फुटबलको रौनकले ठण्डी मुलुक मानिएको रुसलाई तताइरहदा विश्वको ध्यान पनि उतै केन्द्रित छ । विश्ववासीलाई नै लठ्याउने शक्ति रहेको विश्वकप फुटबलका कारण फुटबलप्रेमी मुलुक पनि नेपाल पनि अछुतो छैन् । गाउँठाउँ विश्कपकै चर्चा छ , टोल शहर जताततै माहौल विश्वकपकै छ । यही माहौलबाट नेपाली सेलिब्रेटीहरु पनि टाढा रहन सकेका छैनन् ।

रुसमा जारी विश्वकप २०१८ को पहिलो चरणको खेल समाप्त भएपछि यस्को पारो अब झन बढेको छ । केहीको रोजाईमा परेको टोलीहरु बाहिरिदै गर्दा केहीको रोजाई अझै मैदानमा छन् । अब सुरु हुने नकआउट चरणका खेलहरुले विश्वकपको गर्मागर्मी अझै बढ्ने निश्चित हुँदा नेपाली सेटिब्रेटीहरु पनि विश्वकप फुटवललाई लिएर निकै उत्साहित देखिन्छन् ।

कतिपय कलाकारहरुले त आफूले समर्थन गरेको टिमको जर्सी लगाएर सामाजिक सञ्जालमा फोटो समेत सार्वजनिक गरेका छन् । केही कलाकारले आफ्नो मनपर्ने टिम र खेलाडीको समर्थनका लागि स्टाटस र क्याप्सन राख्दै समर्थन जनाएका छन् । खेलाडीको समर्थन र अड्कलबाजी यतिबेला हाम्रा सेलिब्रेटीहरुको सामाजिक सञ्जाल पनि रङ्गिन छन् ।

विश्वकपले नेपाली फिल्म क्षेत्रका कलाकारलाई पनि छोप्दा उनीहरुले खुलेरै आफूलाई मन पर्ने टिमलाई समर्थन गरिरहेका छन् । सदाबहार अभिनेता भुवन केसी अहिले छोरा अनमोललाई लिएर फुटबल खेलको विषयमा ‘क्याप्टेन’ चलचित्र बनाइरहेका छन् । उनी र छोरा अनमोल पनि अर्जे्िन्टनाका समर्थक हुन् ।

चिया पसलदेखि सार्वजनिक स्थलहरू जताततै विश्वकपकै चर्चा छ । कोही आफनो टिमले राम्रो खेल्दा दङग छन् त कोही समर्थन गरेका टिमबाट निराश पनि छन् । त्यस्तै नायक अनुप विक्रम शाही र गायक राजेशपायल राई, निमार्ता संघ तथा चलत्रिचसंघका पूर्व अध्यक्ष राजकुमार राई लगायत अन्य सेलिबे्रटिहरु पनि आफुलाई विश्वकप फुटबलले छोएको बताउछन् ।

हुन पनि फुटबललाई संसारका सबै मानिसले बुझ्ने साझा र सरल भाषाकोरुपमा पनि सम्मान गरिन्छ । यही शक्तिको आकर्षणले अहिले नेपाली सेलिब्रेटीहरु पनि लठ्ठ छन् ।

विश्वकप फुटबल : नेपाली कलाकार कसको पक्षमा ?

अधिकांश नेपाली सेलिब्रेटीको रोजाईमा अर्जेन्टिना र लियोनल मेस्सी

  • अनमोल केसी – नायक, टिम अर्जेन्टिना, खेलाडी मेस्सी
  • प्रदीप खड्का – नायक, टिम ब्राजिल, खेलाडी नेयमार
  • आर्यन सिग्देल – नायक, टिम ब्राजिल, खेलाडी नेयमार
  • खगेन्द्र लामिछाने – कलाकार, टिम ब्राजिल, खेलाडी मेस्सी
  • केकी अधिकारी – नायिका, टिम अर्जेन्टिना, खेलाडी मेस्सी
  • बर्षा राउत – नायिका, टिम ब्राजिल, खेलाडी नेयमार
  • ऋचा शर्मा – नायिका, टिम जर्मनी, खेलाडी क्रिस्टियानो रोनाल्डो
  • बेनिशा हमाल – नायिका, टिम ब्राजिल ,खेलाडी नेयमार
  • झरना थापा ­ नायिका र निर्देशक,  टिम अर्जे्न्टिना , खेलाडी मेस्सी
  • रमेश उप्रेती – नायक, टिम अर्जेन्टिना , खेलाडी मेस्सी
  • दीपकराज गिरी – कलाकार, टिम अर्जेन्टिना, खेलाडी मेस्सी
  • दीपेन्द्र के खनाल – निर्देशक,  टिम अर्जेन्टिना, खेलाडी मेस्सी
  • निश्चल बस्नेत – निर्देशक र कलाकार,  टिम ब्राजिल,  खेलाडी नेयमार
  • प्रदीप भट्टराई – निर्देशक,  टिम अर्जेन्टिना,  खेलाडी क्रिस्टियानो रोनाल्डो
  • मिलन चाम्स – निर्देशक,  टिम स्पेन,  खेलाडी मेस्सी
  • सुदर्शन थापा – निर्देशक, टिम जर्मनी , खेलाडी क्रिस्टियानो रोनाल्डो
  • प्रमोद खरेल – गायक, टिम अर्जेन्टिना, खेलाडी मेस्सी
  • अर्जुन पोखरेल – संगीतकार, टिम अर्जेन्टिना ,खेलाडी मेस्सी

यसमा तपाइको मत

मनोरंजन बाट अन्य

प्रभाससँग भएका पाँच सर्वाधिक महँगा बस्तुहरू,जीमखानकै डेढ करोड भारू !

तेलेगु सुपरस्टार प्रभासले सन् २००० मा ‘एश्वर’ सिनेमाबाट डेब्यू गर्दै आफ्नो सिनेमा यात्रा सुरू गरेका थिए। सन् २०१५ मा रिलिज भएको ‘बाहुबली’ सिनेमाले उनलाई भारतभर र भारतीय सिनेमाका पारखी दर्शकहरूमाझ बृहत चर्चा दिलायो। आज यी...

मलाइका र अर्जुनको ‘अफेयर’ले सलमानलाई किन टाउको दुखाइ ?

नयाँदिल्ली : अभिनेत्री मलाइका अरोरा र अर्जुन कपुरको ‘अफेयर’ले यतिबेला बलिउड बजार तातेको छ । दुबैजना केही समययता डिनर, पार्टी लगायत सार्वजनिक कार्यक्रममा संगै देखिँदैआएका छन् । अर्का अभिनेता सलमान खानलाई भने उनीहरुको निकटता चित्त...

निर्मलाका हत्यारा नपक्रने, होटलमा बसेका जोडी किन पक्रने ? प्रहरीलाई ज्योति मगरको प्रश्न,

लोक गायिका ज्योती मगरले प्रहरीले होटलमा बसेका जोडीलाई बिनासित्ती पक्रेको भन्दै प्रहरीमाथि आक्रोश पोखेकी छिन। ठूलाबडाले ठूला-ठूला तारे होटलमा मोज मस्ती गर्दा नपक्रने तर सामान्य जोडीलाई पक्रने गरेको भन्दै उनले प्रहरीमाथि व्यंग्य गरेकी हुन्।...

महेश बाबूको जोडी बन्दै कट्रिना केफ !

बलिउड अभिनेत्री कट्रिना केफका वर्ष २०१८ मा २ वटा फिल्महरु रिलिज भएका थिए । फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मा अभिनेता आमिर खानका साथ र अर्को फिल्म ‘जीरो’ मा अभिनेता शाहरुख खानका साथ कट्रिनाले स्क्रिन...

राजकुमार हिरानीमाथि यौन दुर्व्यवहारको आरोप !

बलिउडमा ‘मि टू’को प्रकरण हाबी छ । केहि समय अगाडि चर्किएको यो अभियान विचमा सिथिल बनेको थियो । अब, फेरि यो प्रकरण चर्किज थालेको छ । आइतबार बलिउडका सफल निर्देशक राजकुमार हिरानीमाथि उनीसँगै काम...

‘सिरियल किसर’इमरान हाश्मी चुम्बनको प्रश्नले किन दिक्क छन् ?

नायक इमरान हाश्मीको नाम सुन्ने वित्तिकै दर्शकको दिमागमा उनले चुम्बन गरेका चलचित्रको याद आउँछ । यसैले, इमरानलाई बलिउडका ‘सिरियल किसर’को उपमा समेत दिइएको छ । तर, नायक हाश्मीले बलिउडमा अन्य थुप्रै चलचित्रमा पनि काम...

भ्यालेन्टाइन डेमा बिहे गर्दै बर्षा र संजोग

लामो समयदेखि प्रेममा रहेको जोडी नायिका बर्षा राउत र नायक संजोग कोइरालाले भ्यालेन्टाइन डेको दिनमा बिहे गर्ने भएका छन् । यो जोडीले केही समयदेखि बिहेको तयारी समेत गरेको थियो । नायिका बर्षा राउतले आफूहरुले बिहे...

६ जनासँगको अफेयरपछि विवाह

मुम्बई : बलिउडकी अभिनेत्री विपाशा वसुले ७ जनवरीमा आफ्नो ३९औं जन्मदिन मनाएकी छन्। विपाशा फिल्ममा आउनुभन्दा पहिले सुपर मोडल थिइन्। विपाशालाई हरर फिल्मका लागि स्मरण गरिन्छ। अहिलेसम्म विपाशाले धेरै हरर फिल्ममा काम गरेकी छन्।...

तोडफोड भएपछि रोकियो ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’को शो

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’को शो रद्द भएको छ । कोलकक्ताको हलमा विरोध प्रदर्शन तथा तोडफोड भएपछि उक्त चलचित्रको शो रोकिएको हो । यो चलचित्र पूर्व प्रधानमन्त्री मनमोहन सिंहको जीवनीमा आधारित...

देशभर मल्टिप्लेक्स नै मल्टिप्लेक्स, टार्गेट भाटभटेनी

चलचित्र हेर्ने दर्शकले अत्याधुनिक र सुविधासम्पन्न हलको खोजी गर्न थालेपछि अहिले हल संचालकहरु वाध्य भएर आफ्नो हलको पूर्ननिर्माणमा लागेका छन् । साथमा, अहिले मल्टिप्लेक्स हल निर्माणमा समेत बाढी आएको छ । अहिले देशभर मल्टिप्लेक्स हल...