डडेल्धुरामा विद्यार्थी भन्दा शिक्षक धेरै, चार शिक्षक तीन विद्यार्थी 🤣🤣

डडेल्धुरा ३, भदौ । कक्षा ५ सम्म रहेको पूर्णागिरि प्राथमिक विद्यालय जिलोडा डडेल्धुरामा चार शिक्षक छन् । विद्यार्थी भने तीन जना मात्र । सदरमुकामबाट तीन किलोमिटर दुरीको सो विद्यालयमा ती विद्यार्थी नआएको महिनौं भइसकेको शिक्षकहरु बताउँछन् ।

गाउँनजिकै विद्यालय भए पनि आफ्ना बालबालिका निजी विद्यालयमा पढाउन थालेपछि समस्या उत्पन्न भएको विद्यालयका शिक्षिका कल्पना ओझा बताउँछन् । उक्त विद्यालयमा भर्ना भएका केही शारीरिक रुपले अपाङ्गता भएका बालबालिका सदरमुकामको बालमन्दिरमा राखिएको विद्यालय निरीक्षक नारायण भट्टले बताए ।

जिल्लाका धेरैजसो ग्रमीण क्षेत्रका प्राथमिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून छन् । विभिन्न कारण र बालबालिकाले धेरै टाढाको विद्यालयसम्म जान आउन समस्या हुने हुँदा समायोजनमा कठिनाइ भएको विद्यालय निरीक्षक भट्टको भनाइ छ ।

पूर्णागिरिमा मात्रै होइन सदरमुकाम नजिकैको असिग्राम प्राथमिक विद्यालयको अवस्था पनि त्यस्तै छ । कक्षा ५ सम्म सञ्चालनमा भइरहेको सो विद्यालयमा १४ विद्यार्थी भर्ना भएका छन् । शिक्षक ६ जना छन् । प्रत्येक कक्षामा दुई÷तीनजना विद्यार्थी मात्रै विद्यालयमा पढ्न आउने गरेको शिक्षक बताउँछन् ।

यी विद्यालय प्रतिनिधि मात्रै हुन् । डडेल्धुरामा यस्ता विद्यालय छन् जहाँ वषौंदेखि विद्यार्थीको अनुपातमा शिक्षक बढी छन् । अभिभावकले सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण र बालबालिकालाई निजी विद्यालयमा भर्ना गर्ने प्रवृत्तिले थोरै बालबालिका भर्ना भएका असिग्राम प्राथमिक विद्यालयका प्रधानाध्यापक, शुरतबहादुर रावल बताउँछन् । शिक्षा निमायवली २०५९ अनुसार पहाडी जिल्लामा एक शिक्षकका लागि ४५ विद्यार्थी हुनुपर्ने प्रावधान छ ।

विद्यार्थी नभएका यस्ता विद्यालयको नाममा वर्षेनी शिक्षकको तलबभत्तामा ठूलो धनराशि खर्च भइरहेको छ । विद्यार्थी कम भएका विद्यालयलाई समायोजन गरी शिक्षक र विद्यार्थीको अनुपात कायम गर्ने स्थानीय जनप्रतिनिधिको भनाइ छ । सामुदायिक विद्यालयमा पढाइको गुणस्तर नभएको भन्दै दुर्गम गाउँका मानिस बालबालिकालाई सदरमुकामका निजी विद्यालयमा पढाइरहेका छन् ।

 

यसमा तपाइको मत

समाचार बाट अन्य

सिन्धुलीको दूधौलीमा भोलि सार्वजनिक बिदा

२ मङ्सिर, सिन्धुली । हरिबोधनी एकादशी तथा तुलसी विवाहको दिन यही मङ्सिर ३ गते दूधौली नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । उक्त नगरपालिकामा दनुवार समुदायको बाहुल्यता रहेको र सो समुदायले यस दिनलाई हरिबोधनी अर्थात बड्की...

ट्रकले च्यापिएर हेटौंडामा दुईजनाको मृत्यु

२ मंसिर, हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-९ पशुपति नगरमा ट्रकले च्यापिएर दुईजनाको मृत्यु भएको छ । बाराबाट मकै बोकेर आएको ना६ख ७०१७ नम्बरको ट्रक पल्टिदा मोटरसाइकल र अटो च्यापिएका थिए । सोही दुर्घटनामा घाइते भएका...

हिउँदे अधिवेशनको पहिलो बैठकको एजेण्डा चिकित्सा शिक्षा विधेयक !

२ मंसिर, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक संसदको आगामी अधिवेशनको पहिलो बैठकमै पेश गर्ने निर्णय गरेको छ । समितिको आइतबार बसेको बैठकले मंसिर ९ गतेबाट दफावार छलफल सुरु गर्ने निर्णय...

शिक्षक पेशा छाडेर तरकारीखेती

२ मङ्सिर, सुर्खेत । लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट छन् । ५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२ वर्ष भयो । यसमा उनलाई गर्व लागेको छ । विसं २०५३...

‘पञ्चायती’ मा युवतीमाथि बलत्कारको माग !

२ मंसिर, काठमाडौं । पञ्चायती (गाउँका भद्रभलाद्मीको सभा) मै एक युवतीलाई सार्वजनिक बलात्कार गर्नुपर्ने माग राखिएको छ । त्यसको विरोध गर्दा एक सांसद कुटिएका छन् । सर्लाहीको कविलासी नगरपालिका-६ मदनपुरमा शुक्रबार बसेको पञ्चायतीमा राष्ट्रियसभा सदस्य...

सीमा समस्या समाधानको माग गर्दै स्थानीय तह धाउँदै डडेल्धुराका महिला

२ मंसिर, डडेल्धुरा । सीमाको समस्या झेल्दै आएका स्थानीयले समस्या समाधान गरिदिन अनुरोध गर्दै स्थानीय तहमा धाउन थालेका छन् । डडेल्धुराको परशुराम नगरपालिका सीमा क्षेत्रका महिलाहरु सामुहिक रुपमा सीमासँग जोडिएका आफ्ना समस्या समाधानको माग गर्दै...

‘यू-टर्न’ नलिनेहरु नेता नै होइनन्ः इमरान खान

२ मंसिर, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ‘यू-टर्न’ लिन नसक्ने नेता कहिल्यै सफल नहुने बताएका छन् । पत्रकारहरुसँगको कुराकानीमा प्रधानमन्त्री खानले भने, ‘यू-टर्न नलिने कहिल्यै सफल नेता हुँदैन र जसले ‘यू-टर्न’ लिन जान्दैन...

लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार शुरु

२ मंसिर, रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा पूर्वीय दर्शनको विविधता विषयमा छलफल गर्न शनिबारदेखि अन्तर्राष्ट्रिय सेमिनार शुरु भएको छ । नेपाल र चीनका दुई विश्वविद्यालयको आयोजनामा एशियाली प्राकृतिक दर्शनको विविधिकरण विषय सेमिनार शुरु भएको हो...

रुकुम पश्चिममा गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या

२ मंसिर, रुकुम । रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको...

बदलियो किलोग्रामको परिभाषा, हाम्रो जीवनमा के असर गर्छ ?

२ मंसिर, काठमाडौं । वैज्ञानिकहरुले किलोग्राम (केजी)को परिभाषा परिवर्तन गरेका छन् । नयाँ परिभाषालाई ५० भन्दा बढी देशले सर्वसम्मतीले अनुमति दिइसकेका छन् । पहिले यसलाई प्लाटिनमबाट बनेको एक सिलको वजनसँग परिभाषित गरिन्थ्यो जसलाई ‘ली ग्रान्ड...