हेर्नुहोस्, त्रिविको चरम लापरबाही – ट्रान्सक्रिप्ट लगेको एक वर्षपछि फेल

काठमाडौं ४ भदौ । त्रिभुवन विश्वविद्यालयको लापरबाहीले सयौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । त्रिविले सुरुमा स्नातकोत्तर तहमा जिपिए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट दिएको थियो । केही विद्यार्थी त्यसकै आधारमा छात्रवृत्तिमा विदेशमा पढिरहेका छन् । तर, अहिले जिपिए ३.० भन्दा कम ल्याउने विद्यार्थीलाई फेल भएको भन्दै त्रिविले ट्रान्सक्रिप्ट दिन रोकेपछि सयौँ विद्यार्थी आक्रोशित बनेका छन् । जबकि, उनीहरूसँग प्रत्येक सेमेस्टरमा पास भएको ग्रेडसिट छ ।

परीक्षासम्बन्धी त्रिविले तयार पारेको कार्यविधिबारे विद्यार्थी, प्राध्यापकदेखि परीक्षा नियन्त्रण कार्यालयसम्म बेखबर रहेका कारण यस्तो झमेला आएको हो । कार्यविधिमा विषयगत रूपमा पास हुन जिपिए २.७, तर औसतमा उपाधि पाउन जिपिए ३.० ल्याउनुपर्ने व्यवस्था छ । स्रोतका अनुसार सेमेस्टर सुरु हुँदा कार्यविधि नबनेको र पढाइ सुरु भएपछि बनेको कार्यविधिमा त्रिविका प्राध्यापक तथा विद्यार्थी बेखबर भएका हुन् ।

त्रिविले ०७० देखि केन्द्रीय विभागहरूमा सेमेस्टर प्रणाली सुरु गरेको थियो । चार सेमेस्टर पढिसकेर शोधपत्रसमेत तयार गरी ट्रान्सक्रिप्ट लगेको झन्डै एक वर्षमा मात्र फेल भएको खबर पाएपछि विद्यार्थी आक्रोशित भएका हुन् । सेमेस्टर प्रणालीको डिन कार्यालयबाट परीक्षाको काम सञ्चालन हुँदै आएको छ । डिन कार्यालयहरूले परीक्षामा पास भएको ग्रेडसिट दिएको र त्यसका आधारमा परीक्षा नियन्त्रण कार्यालयले ट्रान्सक्रिप्ट जारी गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

नौ महिनापछि त्रिविले रोक्यो ट्रान्सक्रिप्ट
त्रिवि डिन कार्यालयले स्नातकोत्तर तहमा प्रत्येक विषयमा जिपिए २.७ ल्याउनेलाई विषयगत रूपमा उत्तीर्ण भएको ग्रेडसिट दिएको थियो । पहिलोपटक नौ महिनापहिले कुल जिपिए २.७ ल्याउने विद्यार्थीलाई समेत ट्रान्सक्रिप्ट जारी गरेको थियो ।

परीक्षा नियन्त्रक जोशीले पत्रकारितालगायत विषयमा नौ महिनादेखि नै ट्रान्सक्रिप्ट जारी भएको र अहिले डिन कार्यालयबाट पास हुन कुल जिपिए ३.० ल्याउनुपर्ने जानकारी आएपछि रोकेको बताए । जिपिए २.७ ल्याउनेले समेत यसअघि नै ट्रान्सक्रिप्ट लगिसकेका छन् ।

स्रोतका अनुसार उत्तीर्ण भएर ट्रान्सक्रिप्ट लिएर विदेशमा छात्रवृत्तिमा पढिरहेका विद्यार्थीसमेत संकटमा परेका छन् । त्रिविका मानविकी, विज्ञान, व्यवस्थापनलगायत संकायमा यस्तो समस्या पाइएको हो । त्रिवि सेमेस्टरको पहिलो र दोस्रो ब्याचमा बढी समस्या देखिएको हो ।
नयाँपत्रिकाबाट

 

यसमा तपाइको मत

समाचार बाट अन्य

सिन्धुलीको दूधौलीमा भोलि सार्वजनिक बिदा

२ मङ्सिर, सिन्धुली । हरिबोधनी एकादशी तथा तुलसी विवाहको दिन यही मङ्सिर ३ गते दूधौली नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । उक्त नगरपालिकामा दनुवार समुदायको बाहुल्यता रहेको र सो समुदायले यस दिनलाई हरिबोधनी अर्थात बड्की...

ट्रकले च्यापिएर हेटौंडामा दुईजनाको मृत्यु

२ मंसिर, हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-९ पशुपति नगरमा ट्रकले च्यापिएर दुईजनाको मृत्यु भएको छ । बाराबाट मकै बोकेर आएको ना६ख ७०१७ नम्बरको ट्रक पल्टिदा मोटरसाइकल र अटो च्यापिएका थिए । सोही दुर्घटनामा घाइते भएका...

हिउँदे अधिवेशनको पहिलो बैठकको एजेण्डा चिकित्सा शिक्षा विधेयक !

२ मंसिर, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक संसदको आगामी अधिवेशनको पहिलो बैठकमै पेश गर्ने निर्णय गरेको छ । समितिको आइतबार बसेको बैठकले मंसिर ९ गतेबाट दफावार छलफल सुरु गर्ने निर्णय...

शिक्षक पेशा छाडेर तरकारीखेती

२ मङ्सिर, सुर्खेत । लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट छन् । ५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२ वर्ष भयो । यसमा उनलाई गर्व लागेको छ । विसं २०५३...

‘पञ्चायती’ मा युवतीमाथि बलत्कारको माग !

२ मंसिर, काठमाडौं । पञ्चायती (गाउँका भद्रभलाद्मीको सभा) मै एक युवतीलाई सार्वजनिक बलात्कार गर्नुपर्ने माग राखिएको छ । त्यसको विरोध गर्दा एक सांसद कुटिएका छन् । सर्लाहीको कविलासी नगरपालिका-६ मदनपुरमा शुक्रबार बसेको पञ्चायतीमा राष्ट्रियसभा सदस्य...

सीमा समस्या समाधानको माग गर्दै स्थानीय तह धाउँदै डडेल्धुराका महिला

२ मंसिर, डडेल्धुरा । सीमाको समस्या झेल्दै आएका स्थानीयले समस्या समाधान गरिदिन अनुरोध गर्दै स्थानीय तहमा धाउन थालेका छन् । डडेल्धुराको परशुराम नगरपालिका सीमा क्षेत्रका महिलाहरु सामुहिक रुपमा सीमासँग जोडिएका आफ्ना समस्या समाधानको माग गर्दै...

‘यू-टर्न’ नलिनेहरु नेता नै होइनन्ः इमरान खान

२ मंसिर, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ‘यू-टर्न’ लिन नसक्ने नेता कहिल्यै सफल नहुने बताएका छन् । पत्रकारहरुसँगको कुराकानीमा प्रधानमन्त्री खानले भने, ‘यू-टर्न नलिने कहिल्यै सफल नेता हुँदैन र जसले ‘यू-टर्न’ लिन जान्दैन...

लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार शुरु

२ मंसिर, रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा पूर्वीय दर्शनको विविधता विषयमा छलफल गर्न शनिबारदेखि अन्तर्राष्ट्रिय सेमिनार शुरु भएको छ । नेपाल र चीनका दुई विश्वविद्यालयको आयोजनामा एशियाली प्राकृतिक दर्शनको विविधिकरण विषय सेमिनार शुरु भएको हो...

रुकुम पश्चिममा गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या

२ मंसिर, रुकुम । रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको...

बदलियो किलोग्रामको परिभाषा, हाम्रो जीवनमा के असर गर्छ ?

२ मंसिर, काठमाडौं । वैज्ञानिकहरुले किलोग्राम (केजी)को परिभाषा परिवर्तन गरेका छन् । नयाँ परिभाषालाई ५० भन्दा बढी देशले सर्वसम्मतीले अनुमति दिइसकेका छन् । पहिले यसलाई प्लाटिनमबाट बनेको एक सिलको वजनसँग परिभाषित गरिन्थ्यो जसलाई ‘ली ग्रान्ड...