अन्तिम मिनेटमा सम्हालिन नसक्दा पाकिस्तानसँग हार्‍यो नेपाल

१९ भदौ, २०७५  ढाका । साफ च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुवात गरेको छ ।

मंगलबार भएको पहिलो खेलमा नेपाल इन्जुरी टाइममा गोल खाँदै पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित भएको हो । इन्जुरी टाइम सकिनै लाग्दा मोहम्मद अलीले हेड गोल गर्दै पाकिस्तानलाई जित दिलाएका हुन् ।

यसअघि ८२औं मिनेटमा नेपालका विमल घर्तीमगरले बराबरी गोल गरेका थिए । निराजन खड्काको हेड बलमा विमलले वान टच भली गोल गरेका हुन् ।

ढाकाको बंगबन्धु राष्ट्रिय रंगशालामा नेपालले पहिलो हाफमा पेनाल्टीमा गोल खाएको थियो । खेलको ३४ औं मिनेटमा कप्तान विराज महर्जनले डिबक्सभित्र फल गरेपछि पाकिस्तानले पेनाल्टी पायो । त्यसमा हसन नविद बासिरले सहजै गोल गरे ।

खेलको सुरुवातीमै नेपालले आत्रमक खेल खेलेको थियो । तर, गोल गर्न भने सकेन । खेलको २३ औं मिनेटमा पाकिस्तानका खेलाडीले पाएको राम्रो अवसर सदुपयोग गर्न सकेन ।

लगतै विमल घर्तीमगरले राम्रो बल निकालेका थिए । कप्तान विराज महर्जनले प्रहार पाकिस्तानका गोलकिपर युसाफ इजाज बुटलेसहजै नियन्त्रणमा लिएका थिए । खेलको ३३ औं मिनेटमा नवयुग श्रेष्ठले पाएको राम्रो अवसर सदुपयोग गर्न सकेनन् । उनले पोलभन्दा केहीमाथि प्रहार गरेका थिए । पहिलो हाफको अन्तिम समयमा नेपालले गोल गर्ने अर्को राम्रो अवसर गुमाएको थियो ।

दोस्रो हाफमा पनि आक्रमक खेल खेलेको थियो तर, पाएको मौकालाई गोलमा परिणत गर्न भने सकेन ।

खेलको ६७ औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा राष्ट्रिय टिममा लामो समयपछि परेका निराजन खड्का मैदानमा छिरे । घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका निराजनले खेलको ७१ औं मिनेटमा डिबक्स बाहिरबाट गरेको प्रहार साइडबार नजिकबाट बाहिरिएको थियो ।

७२ औं मिनेटमा भरत खवासको स्थानमा सुनिल बल मैदान प्रवेश गरे । लगतै पाकिस्तानले गोल गर्ने राम्रो अवसर खेर फाल्यो । नेपाली डिफेन्डर सबै अघि बढेको अवस्थामा पाकिस्तानका साहदुल्लाहले प्रहार गरेको बल बारमा लागेर बाहिरिएको थियो ।

खेलको अन्तिम समयमा सुजल श्रेष्ठले प्रहार गरेको बल पाकिस्तानका खेलाडीले उत्कृष्ट बचाउ गरेपछि नेपालले २-१ गोलको अग्रता बनाउनबाट चुकेको थियो ।

तर, अतिरिक्त समयमा नेपालविरुद्ध पाकिस्तानले गोल गर्दै २-१ को जित सुनिश्चित गरेको छ । नेपालले अब दोस्रो खेलमा सेप्टेम्बर ६ मा भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको मत

खेलकूद बाट अन्य

महिला टी-२० स्मास क्रिकेटः नेपालको लगातार दोस्रो जित

२९ पुस, काठमाडौं । महिला टी-२० स्मास क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । आइतबार भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो । मलेसियाले दिएको ६२ रनको लक्ष्य नेपालले १६.२...

डीएनए नमूना माग गर्दै रोनाल्डोविरुद्ध वारेन्ट जारी

२७ पुस, काठमाडौं । पोर्चुगलका कप्तान तथा युभेन्टसका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि लस भेगास प्रहरीले डीएनए नमूनाका लागि वारेन्ट जारी गरेको छ । एक अमेरिकी महिलाले लगाएको बलात्कार आरोपबारे छानबिन गरिरहेको प्रहरीले थप अनुसन्धानको लागि रोनाल्डोको...

कोपा डेल रे : आज हुँदैछन् यी ‘रोमाञ्चक’ चार खेल, को–को भिड्दैछन् त ?

काठमाडौँ – स्पेनिस फुटबल प्रतियोगिता कोपा डेल रेमा आज चार खेल हुँदैछन् । यस प्रतियोगिताअन्तर्तग अन्तिम १६ को पहिलो लेगका ४ खेल आज हुन लागेका हुन् । आज चार खेलभएपछि अर्कोदिन अन्य तीन खेल हुनेछ र...

एक दिवसीय र टी ट्वान्टी सिरिजको बन्द प्रशिक्षण शुरु

काठमाडौँ, पुस २५ संयुक्त अरब इमिरेट्स (युएई)सँगको एक दिवसीय र टी ट्वान्टी सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले बन्द प्रशिक्षण सुरू गरेको छ । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजदेखि बन्द प्रशिक्षण सुरू भएको...

क्रिकेटको कथामा फिल्म बनाउने पारस खड्काको घोषणा,

’एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस’ले अब चलचित्र निर्माण गर्ने भएको छ । एक्सपर्टले क्रिकेट सम्बन्धी चलचित्र निर्माण गर्न लागेको संस्थाका सद्धभावना दुत रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले बताए । सिड्नीमा आयोजित कार्यक्रममा...

‘क्रिकेट क्लिनिक’मा बालबालिकासँग यसरी रमाए पारस खड्का

 सिड्नी । नयाँ वर्षको आगमनसँगै अस्ट्रेलियामा नेपाली क्रिकेट प्रत्येक परिवारको कुराकानीको विषय भएको छ । खासगरी अस्ट्रेलियाका नेपाली क्रिकेट प्रेमीहरुसँग बलियो नाता गाँस्न यहाँ आइपुगेका नेपालको राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का सहितको टोलीले...

सुनिल क्षत्रीले तोडे मेस्सीको रेकर्ड, ५५ वर्षपछि एसिया कपमा भारतको पहिलो जित

भारतीय फुटबलमा ‘गोल मेसिन’ का नामले परिचित सुनिल क्षेत्रीको दुई गोलको सहयोगमा भारतले थाइल्याण्डलाई ४–१ ले हराउँदै एसिया कपमा विजयी सुरुवात गरेको छ ।भारतले सन् १९६४ पछि पहिलो पटक एसिया कप फुटबलमा जित हात...

बार्सिलोनाको जितमा मेस्सी र स्वारेजको गोल

२३ पुस, काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित हात पारेको छ । सोमबार बिहान भएको खेलमा बार्सिलोनाले गेटाफेलाई उसैको मैदानमा २–१ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी...

बंगालदेशमा पनि चम्किए सन्दीप, डेब्यु खेलमै दुई विकेट लिए

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटमा पनि चम्किएका छन् ।आइतबार सिलेट सिक्सर्सबाट बीपीएल खेलेका सन्दीपले आफ्नो डेब्यु खेलमै दुई विकेट लिन सफल भएका छन् । बिग ब्यास लिग...

क्रिकेटरले दुई वर्षको तलब पाउने,कस्ले कति पाउने ?

काठमाडौं : नेपाली क्रिकेट खेलाडीले पछिल्लो दुई वर्षदेखि रोकिएको मासिक तलब पाउने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेपछि घरेलु क्रिकेटको सबै जिम्मेवारी सम्हाल्दै आएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले खेलाडीको रोकिएको तलब...