हेलिकप्टर दुर्घटना अपडेट: पाइलटसहित ६ जनाको मृत्यु, एक महिलाको जीवितै उद्धार

२३ भदौ २०७५ काठमाडौं । नुवाकोटको मेघान जङ्गलमा आज विहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना हुँदा पाइलट निश्चल केसीसहित ६ जनाको मृत्यु भएको छ । एक जनाको जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

“घटनास्थल नजिकै रहेको प्रहरी घटनास्थल पुगेर उद्धार गरिरहेको छ,” जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख बसन्त कुँवरले भने, “६ जनाको शव भेटिएको छ भने एक जना महिलालाई गम्भीर अवस्थामा जिवितै फेला पारिएको  छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीका अनुसार घाइते अवस्थामा भेटिएकी महिला आनी डोल्मालाई पनि तत्काल उद्धार गर्न कठिन रहेको छ । ५५ सय मिटर उचाइमा रहेको उक्त दुर्घटनास्थलमा हेलिकप्टर ल्याण्ड हुन नसक्दा थप उद्धार गर्न कठिनाई भएको प्राधिकरणले जनाएको छ ।

गोरखाको सामागाउँबाट ६ जना यात्रु बोकेर काठमाडौँ आउँदै गरेको निजी हेलिकप्टर कम्पनी अल्टिच्युड एअरको हेलिकप्टर धादिङ र नुवाकोटको सिमानामा रहेको मेघानमा दुर्घटनामा परेको हो ।
हेलिकप्टर बिहान ७ः४५ बजेबाट सम्पर्कविहीन भएको थियो । बिरामीको आफन्तसँगको कुराकानीका आधारमा कल लोकेशनका आधारमा सम्भावित दुर्घटनास्थल पत्ता लगाइएको थियो ।

त्रिभुवन विमानस्थलका महाप्रवन्धक क्षेत्रीका अनुसार हेलिकप्टर बिहानै ८ः२० मा अवतरण भइसक्नुपर्ने थियो । एयर ट्राफिकसँग उक्त हेलिकप्टरको अन्तिम पटक ८ः०५ मा सम्पर्क भएको थियो

यसमा तपाइको मत

समाचार बाट अन्य

म एकैचोटि चूचूरोमा टेक्ने प्रयास गरेको छैन , त्यसैले मेरो दावेदारी प्राकृतिक छ ।

स्याङ्जा परिवारको दशौं अधिवेशन सम्बन्धि संस्थाका का.अध्यक्ष वाई.बि. मगर संग कामना न्यूज़का संवाददाताले गर्नूभएको अन्तर संवाद । सर नमस्कार , कामना न्यूज़मा तपाईलाइ स्वागत छ । हजूर नमस्कार अनि धन्यवाद सर। स्याङ्जा परिवारको का.अध्यक्ष हूनूहून्छ । अधिवेशन...

सांगीतिक आकाशका ६ नक्षत्र हरु तीन ध्रुब बाट कोरियामा भेट हुदै,आकाश रमाइलो पार्न कोरियाका ताराहरुले सघाउने

  सि.पी.मगर -सौल,कोरिया       नेपाली सांगीतिक आकाशका ६ उज्याला नक्षत्र हरु कार्यक्रमको शिलशिलामा कोरियामा भेट्ने भएका छ्न।अमेरिका बाट चर्चित आधुनिक तथा सुफि गायक (सुन साइली)हेमन्त राना ,भारत मुम्बई बाट बिश्व बिख्यात डान्सर तेरिया मगर (डि आइ...

वीर अस्पतालको इमरजेन्सी स्वयमसेवकको भरमा मनोमानी , स्वास्थ्यकर्मी कमाउ अड्डामा

३ असोज, २०७५ काठमाडौं । देशकै जेठो वीर अस्पतालको आकस्मिक कक्षमा चिकित्सक र स्वास्थ्यकर्मीको अभाव भएपछि बिरामीको बिचल्ली हुन थालेको छ । एकातिर आकस्मिक कक्षमै स्वास्थ्यकर्मी अभाव छ भने अर्कोतिर अस्पतालकै कमाउ अड्डामा स्वास्थ्यकर्मीको...

मगर संघ कोरियाको छुसक धमाकाले कोरियाको माहौल तताउदै

  सि.पी.मगर-सौल दक्षिण कोरिया         नेपाल मगर संघ दक्षिण कोरियाले आयोजना गरेको “छुसक सांगीतिक धमाका-२०१८”ले कोरियाको सामाजिक सांगीतिक माहौल रोचकता साथ तताउदै गइरहेको छ।सामाजिक तथा सृजनात्मक क्रियाकलापमा सधै सबै भन्दा अब्बल संस्थाको रुपमा स्थापित मगर संघले...

स्याङ्जा परिवारको १०औं केन्द्रिय अधिवेशन सेप्टेम्बर २५ मा हुने

  बोम्जन गुरुङ, सउल । “स्याङ्जाली एकता उपकारी मन, सद्भाव सँगै बिताऔं परदेशी जीवन” भन्ने मूल नारालाई अनुशरण गर्दै सन् १९९७ मा स्थापित दक्षिण कोरियामा अग्रणी र क्रियाशील संस्थाहरु मध्ये एक स्याङ्जा परिवार दक्षिण कोरिया केन्द्रिय...

प्यूठानका विद्यार्थी जब काँप्ने, चिच्चाउने, छटपटिने गर्न थालेपछि … (भिडियोसहित)

१ असोज,२०७५ प्यूठान । प्यूठानको एक विद्यालयका विद्यार्थीहरुमा एक्कासी काँप्ने, चिच्चाउने, छटपटिने र बेहोस हुने समस्या देखा परेको छ । गौमुखी गाउँपालिका-७ नारिकोटस्थित अमृत जीवन माध्यमिक विद्यालयका विद्यार्थीहरुमा यस्तो समस्या देखिएको हो । १० देखि...

स्याङ्जा परिवारको “छैटौं रेसुङ्गा भलिबल कप २०१८” मा शानदार सहभागिता ।

बोम्जन गुरुङ, सउल ।        दक्षिण कोरियामा सन् २०१७ मा स्थापित भलिवलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहेर गुल्मी सम्पर्क समिति दक्षिण कोरियाद्वारा आयोजनामा “छैटौं रेसुङ्गा भलिबल कप २०१८” मैत्रीपुर्ण भलिबल प्रतियोगिता हुने...

सेप्टेम्बर २४ मा सउल साहित्यमय हुने

भिराट पराजुली , दक्षिण काेरिया एकै क्षण पनी सबैलाइ छलेर बस्नूपर्छ यहाँ । २४ घण्टै मेशिंन सरी चलेर बस्नूपर्छ यहाँ ।। प्रदेशीने ज़िन्दगीनी खै कस्तो कस्तो । दिनरात घरकै सम्झनामा जलेर बस्नू पर्छ यहाँ...

कोरियाको थेगु सहरमा मिष्ठान्न दर सहित,तिज धमका-२०१८ भब्यताका साथ सम्पन्न

मेघ काफ्ले , दक्षिण काेरिया       स्याङ्जा परिवार दक्षिण कोरिया थेगु साखाद्वारा नेपाली नारिहरुको महान चाड हरितालिका तिज विभिन्न मिष्ठान्न दर सहित सेप्टेम्बर ९ तारिख थेगुको सङ्स सहरमा भब्यताका साथ सम्पन्न भएको छ ।...

कोरियाको थेगु सहरमा मिष्ठान्न दर सहित,तिज धमका-२०१८ भब्यताका साथ सप्पन्न

   मेघ काफ्ले , दक्षिण काेरिया     स्याङ्जा परिवार दक्षिण कोरिया थेगु साखाद्वारा नेपाली नारिहरुको महान चाड हरितालिका तिज विभिन्न मिष्ठान्न दर सहित सेप्टेम्बर ९ तारिख थेगुको सङ्स सहरमा भब्यताका साथ सम्पन्न भएको छ । परदेशी...