बुसान तिज धमाका -२०१८ भब्यताका साथ सम्पन्न

  केसव रीमाल
नेपाली नारी हरूको महान चाड हरितालिका तिज को अवसरमा नेपाली सम्पर्क समिती (NCC)बुसान तथा गैर आवाशिय नेपाली संगठन (NRNA) बुसान शाखा ले संयुक्त रूपमा आयोजना गरेको बुसान तिज धमाका -2018 यही सेप्टेम्वर 9 तारिख का दिन भब्यताका साथ सम्पन्न भयको छ ।

     बुसान सहर को छोर्याङ यक YMCA हल को 17 औ तलामा उक्त कार्यक्रम को आयोजना गरियको थियो । नेपाली सम्पर्क समिती दक्षिणी कोरिया बुसान का अध्यक्ष श्री संगित अधिकारी ज्यू को अध्यक्षतामा भएको उक्त कार्यक्रममा  प्रमुख अथिती NRNA बुसान का पुर्व अध्यक्ष तथा समाजसेवी रबिन राई रहनुभयको थियो । साथै उक्त कार्यक्रम को बिशेष अतिथी NRNA बुसान का अध्यक्ष उमेश मेङ्वाङ राई रहनुभयको थियो भने अतिथि हरूमा Ncc  का केन्द्रीय सचिव नबिन केसी , Ncc बुसानका सल्लाहकार बसन्तराज घिमिरे ,NRNA दक्षिण कोरिया का उपाध्यक्ष साजन शर्मा , पत्रकार महासंघ दक्षिण कोरियाका खेम कार्की प्रवाशी नेपाली महिला संघ बुसान कि अध्यक्ष प्रतिमा आलेमगर , आ.ज महासंघ कोरियाका बरिष्ट उपाध्यक्ष मिलन सोझे राई , कि .रा.या.बुसानका अध्यक्ष आनन्द राई , मगर संघ किम्हे का प्रतिनिधि  दिप थापा मगर लगायत बुसान आसपास क्षेत्रका बिभिन्न संघ-संस्थाका प्रतिनिधि तथा बुसान ,किम्हे तथा गजेदो क्षेत्रबाट नेपालीहरूको बाक्लो उपस्थिती समेत रहेको थियो । बुसान तथा आसपासको क्षेत्रमा छरियर रहनुभयका प्रवाशी नेपाली महिलाहरूको उल्लेख्य उपस्थित रहेको उक्त कार्यक्रममा कलाकारहरूको बेजोड प्रस्तुती समेत रहेको थियो । उक्त कार्यक्रम मा कलाकारहरू उमेश मेङ्वाङ राई , आशिस ठकुरी , शिला मास्के , मदन गिरी , रामबाबु राई लगायतका स्थानिय कलाकारहरूले आफ्नो बेजोड प्रस्तुती प्रस्तुत गरेका थिय । Ncc बुसानका उपाध्यक्ष बिविन्द्र राई को स्वागत मन्तव्य बाट सुरू भयको उक्त कार्यक्रममा सञ्जिव राई ले शुभकामना मन्तव्य राख्नुभयको थियो भने कार्यक्रम को सञ्चालन Ncc बुसान का महासचिव प्रेम लामिछाने ले गर्नुभयको थियो ।

यसमा तपाइको मत

समाचार बाट अन्य

सिन्धुलीको दूधौलीमा भोलि सार्वजनिक बिदा

२ मङ्सिर, सिन्धुली । हरिबोधनी एकादशी तथा तुलसी विवाहको दिन यही मङ्सिर ३ गते दूधौली नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । उक्त नगरपालिकामा दनुवार समुदायको बाहुल्यता रहेको र सो समुदायले यस दिनलाई हरिबोधनी अर्थात बड्की...

ट्रकले च्यापिएर हेटौंडामा दुईजनाको मृत्यु

२ मंसिर, हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-९ पशुपति नगरमा ट्रकले च्यापिएर दुईजनाको मृत्यु भएको छ । बाराबाट मकै बोकेर आएको ना६ख ७०१७ नम्बरको ट्रक पल्टिदा मोटरसाइकल र अटो च्यापिएका थिए । सोही दुर्घटनामा घाइते भएका...

हिउँदे अधिवेशनको पहिलो बैठकको एजेण्डा चिकित्सा शिक्षा विधेयक !

२ मंसिर, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक संसदको आगामी अधिवेशनको पहिलो बैठकमै पेश गर्ने निर्णय गरेको छ । समितिको आइतबार बसेको बैठकले मंसिर ९ गतेबाट दफावार छलफल सुरु गर्ने निर्णय...

शिक्षक पेशा छाडेर तरकारीखेती

२ मङ्सिर, सुर्खेत । लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट छन् । ५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२ वर्ष भयो । यसमा उनलाई गर्व लागेको छ । विसं २०५३...

‘पञ्चायती’ मा युवतीमाथि बलत्कारको माग !

२ मंसिर, काठमाडौं । पञ्चायती (गाउँका भद्रभलाद्मीको सभा) मै एक युवतीलाई सार्वजनिक बलात्कार गर्नुपर्ने माग राखिएको छ । त्यसको विरोध गर्दा एक सांसद कुटिएका छन् । सर्लाहीको कविलासी नगरपालिका-६ मदनपुरमा शुक्रबार बसेको पञ्चायतीमा राष्ट्रियसभा सदस्य...

सीमा समस्या समाधानको माग गर्दै स्थानीय तह धाउँदै डडेल्धुराका महिला

२ मंसिर, डडेल्धुरा । सीमाको समस्या झेल्दै आएका स्थानीयले समस्या समाधान गरिदिन अनुरोध गर्दै स्थानीय तहमा धाउन थालेका छन् । डडेल्धुराको परशुराम नगरपालिका सीमा क्षेत्रका महिलाहरु सामुहिक रुपमा सीमासँग जोडिएका आफ्ना समस्या समाधानको माग गर्दै...

‘यू-टर्न’ नलिनेहरु नेता नै होइनन्ः इमरान खान

२ मंसिर, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ‘यू-टर्न’ लिन नसक्ने नेता कहिल्यै सफल नहुने बताएका छन् । पत्रकारहरुसँगको कुराकानीमा प्रधानमन्त्री खानले भने, ‘यू-टर्न नलिने कहिल्यै सफल नेता हुँदैन र जसले ‘यू-टर्न’ लिन जान्दैन...

लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार शुरु

२ मंसिर, रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा पूर्वीय दर्शनको विविधता विषयमा छलफल गर्न शनिबारदेखि अन्तर्राष्ट्रिय सेमिनार शुरु भएको छ । नेपाल र चीनका दुई विश्वविद्यालयको आयोजनामा एशियाली प्राकृतिक दर्शनको विविधिकरण विषय सेमिनार शुरु भएको हो...

रुकुम पश्चिममा गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या

२ मंसिर, रुकुम । रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको...

बदलियो किलोग्रामको परिभाषा, हाम्रो जीवनमा के असर गर्छ ?

२ मंसिर, काठमाडौं । वैज्ञानिकहरुले किलोग्राम (केजी)को परिभाषा परिवर्तन गरेका छन् । नयाँ परिभाषालाई ५० भन्दा बढी देशले सर्वसम्मतीले अनुमति दिइसकेका छन् । पहिले यसलाई प्लाटिनमबाट बनेको एक सिलको वजनसँग परिभाषित गरिन्थ्यो जसलाई ‘ली ग्रान्ड...