कोरियाको थेगु सहरमा मिष्ठान्न दर सहित,तिज धमका-२०१८ भब्यताका साथ सम्पन्न

मेघ काफ्ले , दक्षिण काेरिया

      स्याङ्जा परिवार दक्षिण कोरिया थेगु साखाद्वारा नेपाली नारिहरुको महान चाड हरितालिका तिज विभिन्न मिष्ठान्न दर सहित सेप्टेम्बर ९ तारिख थेगुको सङ्स सहरमा भब्यताका साथ सम्पन्न भएको छ । परदेशी भुमिमा आफ्नो मौलिकता र परम्परालाई आत्मसात गर्दै दिदिबहिनी तथा दाजुभाइहरुलाई एकै थलोमा जमघट गराई दुख पीडालाई एकैछिन भएनी भुलाउने प्रयासअनुरुप राखिएको कार्यक्रमलाई साथ दिन सउल देखि स्याङ्जा परिवार दक्षिण कोरियाका पदाधिकारी, सल्लाहकार र सक्रिय सदस्य त्यसैगरी स्याङ्जा परिवार किम्हे बुसान शाखाबाट र थेगु नजिक आसपासमा रहेका नेपाली तथा गैर नेपालिहरुको बाक्लो उपस्थितिले कार्यक्रम हल खचाखच भरिएको थियो।

   

 दिउँसो १बजेबाट औपचारिक कार्यक्रम संचालन स्याङ्जा परिवार थेगु शाखाका सचीव मेघ काफ्लेले गर्नुभएको थियो वहाँलाई प्रत्यक्ष साथ केन्द्रिय सचिब बोम्जन गुरुङ र बुसान साखाका सचिब सन्तोष पोख्ररेलले दिनुभएको थियो।थेगु शाखाका अध्यक्ष बिरेन्द्र कुमार नौभाग्यकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीमा डा.राजेश चन्द्र जोशी, बिशिस्ट अतिथीहरुमा डा.रोशन शर्मा पौडेल,स्याङ्जा परिवार दक्षिण कोरियाका भुतपुर्व अध्यक्ष गुप्त गुरुङ , डा.मदुसुदन आत्रयलगायत हुनुहुन्थ्यो भने विशेष अथितिहरुमा स्याङ्जा परिवारका केन्द्रिय कार्यवाहक अध्यक्ष yb मगर,केन्द्रिय सल्लाहकार तथा निवर्तमान उपाध्यक्ष हिमानी गुरुङ,मगर संघ केन्द्रका उपाध्यक्ष तथा मगर संघ थेगु साखाका संरक्षक नगेन्द्र मगर रअथितिहरुमा विभिन्न पेशामा आवद्ध बुद्धिजीवी मानुभावहरु रहनु भएको थियो ।

       समिक्षा थापा मगरकाे स्वागत नृत्य बाट सुरूभएकाे कार्यक्रममा शुभकामना केन्द्रिय अध्यक्ष श्री वाइ बि राना ज्युले दिनुभएको थियो।विशिस्ट अथिती डा.रोशन शर्मा पौडेल र कार्यक्रमका प्रमुख अथिति डा.राजेश चन्द्र जोशिले सम्पूर्ण नेपालीहरुमा तिजको शुभकामना दिनुभएको थियो।तेसैगरी यसै संस्थाका बरिस्ठ सल्लाहकार तथा कार्यक्रम संयोजक श्री रमेश मस्राङ्गी रानाज्युले कार्यक्रम तयारी देखि लिएर सम्पूर्णमा तिजको शुभकामना अत्यन्तै मिठास शैलिमा दिनु भएको थियो,अन्तमा यस कार्यक्रमका सभापति श्री बिरेन्द्र कुमार नौभाग्यले सबैमा तिजको शुभकामना सहित कार्यक्रम औपचारिक रुपमा सम्पन्न भएको घोषणा लगत्तै अनौपचारिक कार्यक्रम कुशल संचालक श्री रुबिन रेग्मी र्यपार ज्युले गर्नुभयाे।

    Dj मा पुर्ण साथ कबिन मानन्धरको रहेको थियो भने विभिन्न मिष्ठान्न दरमा:-खसीको मासु भुटुवा चिकेन रोस्ट सेलरोटी जेरि दहि अचार र विविध परिकारको स्वादमा रमाइरहेको बेला सुरुको प्रस्तुति जोशिलो युवा गायक सुमन चापागाईंले हङकङको साडिले नेपालको धुलो उडायो लगायत अन्य गितहरु गाएर दर्शकहरूलाई मनोरञ्जन दिदै कार्यक्रम हल नै संगीतमय बनेको थियो त्यसपछि लोप हुँदै गएको लाखे नाच को प्रस्तुति मारुनीमा मोहन वोस्ती र जोकरको भुमिका गम्भीर रानाले गर्नुभएको थियो बाध्यबादक ढोलकमा कलाकार मित्र मगर र भुवन आले ज्युले झ्याली बजाएर साथ दिनुभएको थियोे निकै अचम्म मान्दै परदेशको ठाउँमा भएनी गाउको झल्को मेटाउने खाल्को यो लाखे नाचले दर्शकको मन जितेको थियो।

     गायक सर्जक अमृत बिस्वकर्माज्युले हरे शिव राम, आधिखोला तरेसी भन्ने गित गाएर दर्शकहरुलाई मीठो खानाको स्वादमा गित संगीतमा झुम्न बाध्य पार्नु भएको थियो। डान्सर सुश्री मुस्कान नौभाग्यले नृत्य प्रस्तुत गर्नु भएको थियोे।करिब दिउँसो ३बजेतिर दर्शकहरु तिजको दर खाइसकेर बसेको बेला गायक श्री मित्र मगरज्युले कार्यक्रमको हल नै रौनक बनाएको थियो लरक्कै लर्क्यो रातो सारि भुइँमा बोलको गीतमा सारि र विभिन्न पहिरनमा आउने महिला दिदिबहिनीहरु नाचेर कार्यक्रमको छुट्टै साङ्गेतिक माहोल तातेको थियो।लगत्तै टिपिकल सालैजो गितमा झन कुर्सीमा बसेर हेरिरहेका दर्शकहरु सबैलाई उठ्न बाध्य पारेको थियो र अन्तमा झ्याउरे गीत हावा चल्यो सरर डाडैको वर भन्ने बोलको गितमा प्रस्तुति दिदा दर्शकहरू रुमाल नै फरर पारेर नाचेको देख्न पाइन्थ्यो। बिचबिचमा चर्चित युवा र्यपार रुबिन रेग्मिले विभिन्न सायरी मुक्तक र्याप दिदै कार्यक्रममा थप शोभा बढाएको थियो भने चर्चित कलाकारहरुले आफ्नो नृत्य देखाउदै दर्शकको मन जितेको थियो करिब ४बजेतिर यसै कार्यक्रमका अतिथी गायिका रमिला गौतमको प्रस्तुतिले थप उचाइमा लगेको थियोे महिला दिदीबहिनी तथा पुरुष दाजुभाइहरु रुपैको चलायो फाँसी,पापी माया बोल्दैन नहासी लगायत अरु थुप्रै प्रस्तुति दिएर कार्यक्रम हल नै तातेको थियो र चर्चित डान्सर अनिता राई नौभाग्यले पनि आफ्नो नृत्य देखाएर झुम्म पारेको थियो र साझ करिब ५ बजेतिर यसै कार्यक्रमका चर्चित गायिका शान्ति गुरुङ स्टेजमा आउनासाथ दर्शकहरु नाच्नलाइ तम्तयार भएर नजिक नजिक सरेको देखिन्थ्यो सुरुमा अल्लि अल्लि पातली अल्लि अल्लि मोटि,माइतीघरको कुकुर नि पियारोभन्ने बोलको गित संगै दर्शकहरु बेस्सरी कम्मर मर्काइ मर्काइ नाचेको देख्न सकिन्थ्यो अन्तमा गायिका शान्ति गुरुङले नै गाउनुभएको सालैजो पर्ख नानी गित गाएर सम्पूर्ण हलमा उपस्थित दर्शकहरुलाई नचाउन सफल भएकी थिइन। समग्रमा कार्यक्रम धेरै रमाइलो भएको र खानामा पनि मिस्ठान्न स्वाद पाईएको कुरो दर्शकहरु स्वयंले बताएका थिए

अनन्तमा:हामी विशेष आभार अनि धन्यवाद दिन चाहन्छौं कुसल कार्यक्रम संयोजक रमेश राना,हल व्यवस्थापक नगेन्द्र मगर,हरेक सामग्रीको लेख सहित उपलब्ध गराउने केन्द्रिय सचिब बोम्जन गुरुङ,लेशन गुरुङ,धर्म गुरुङ्,जिबलाल काफ्ले,युवराज गुरुङ,नरेन्द्र गुरुङ,दिपक नेपालि,बिष्णु वाग्ले,सपना शर्मा,चिरन पान्डे(तारा रेस्टुरेन्टका संचालक),खाना व्यवस्थापनका पिताम्बर रेग्मि,महेश रेग्मि,आशिष् गुरुङ ,सुर्य प्र. काफ्ले,मिलन राना,सन्तोष बिस्वकर्मा,नाचगानमा मित्र मगर,शान्ती गुरुङ ,रुबिन रेग्मी र्यापर ,केन्द्र बाट अघिल्लो दिनमै आइ सहयोग गरिदिनुहुने  हिमानी गुरुङ, बिपना गुरुङ ,स्याङ्जा परिवार केन्द्रिय कमिटी ,स्याङ्जा परिवार किम्हे/ बुसान साखा,थेगु आसपास हुनुहुने संघ सस्थाका प्रमुखहरु,बुद्धिजीवी मानुभावहरु,GME Remitance ,NLIC Nepal,woori bank बाट सिर्जना आत्रय ज्ञावलि र कार्यक्रमको सुरुवात देखि अन्त सम्म साथ दिनुहुने सम्पूर्ण स्याङ्जाली तथा गैर स्याङ्जाली मानुभावहरुलाई जो जसले कार्यक्रमलाई सहज र सफल बनाउन तनमनधन दिएर सहयोग गर्नुका साथै कार्यक्रममा आई सोभा बढाई दिनु भयो।

 

 

 

 

 

हार्दिक हार्दिक धन्यवाद।

स्याङ्जा परिवार थेगु साखा(समस्त स्याङ्जा परिवार )दक्षिण,कोरिया ।

यसमा तपाइको मत

समाचार बाट अन्य

सिन्धुलीको दूधौलीमा भोलि सार्वजनिक बिदा

२ मङ्सिर, सिन्धुली । हरिबोधनी एकादशी तथा तुलसी विवाहको दिन यही मङ्सिर ३ गते दूधौली नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । उक्त नगरपालिकामा दनुवार समुदायको बाहुल्यता रहेको र सो समुदायले यस दिनलाई हरिबोधनी अर्थात बड्की...

ट्रकले च्यापिएर हेटौंडामा दुईजनाको मृत्यु

२ मंसिर, हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-९ पशुपति नगरमा ट्रकले च्यापिएर दुईजनाको मृत्यु भएको छ । बाराबाट मकै बोकेर आएको ना६ख ७०१७ नम्बरको ट्रक पल्टिदा मोटरसाइकल र अटो च्यापिएका थिए । सोही दुर्घटनामा घाइते भएका...

हिउँदे अधिवेशनको पहिलो बैठकको एजेण्डा चिकित्सा शिक्षा विधेयक !

२ मंसिर, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक संसदको आगामी अधिवेशनको पहिलो बैठकमै पेश गर्ने निर्णय गरेको छ । समितिको आइतबार बसेको बैठकले मंसिर ९ गतेबाट दफावार छलफल सुरु गर्ने निर्णय...

शिक्षक पेशा छाडेर तरकारीखेती

२ मङ्सिर, सुर्खेत । लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट छन् । ५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२ वर्ष भयो । यसमा उनलाई गर्व लागेको छ । विसं २०५३...

‘पञ्चायती’ मा युवतीमाथि बलत्कारको माग !

२ मंसिर, काठमाडौं । पञ्चायती (गाउँका भद्रभलाद्मीको सभा) मै एक युवतीलाई सार्वजनिक बलात्कार गर्नुपर्ने माग राखिएको छ । त्यसको विरोध गर्दा एक सांसद कुटिएका छन् । सर्लाहीको कविलासी नगरपालिका-६ मदनपुरमा शुक्रबार बसेको पञ्चायतीमा राष्ट्रियसभा सदस्य...

सीमा समस्या समाधानको माग गर्दै स्थानीय तह धाउँदै डडेल्धुराका महिला

२ मंसिर, डडेल्धुरा । सीमाको समस्या झेल्दै आएका स्थानीयले समस्या समाधान गरिदिन अनुरोध गर्दै स्थानीय तहमा धाउन थालेका छन् । डडेल्धुराको परशुराम नगरपालिका सीमा क्षेत्रका महिलाहरु सामुहिक रुपमा सीमासँग जोडिएका आफ्ना समस्या समाधानको माग गर्दै...

‘यू-टर्न’ नलिनेहरु नेता नै होइनन्ः इमरान खान

२ मंसिर, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ‘यू-टर्न’ लिन नसक्ने नेता कहिल्यै सफल नहुने बताएका छन् । पत्रकारहरुसँगको कुराकानीमा प्रधानमन्त्री खानले भने, ‘यू-टर्न नलिने कहिल्यै सफल नेता हुँदैन र जसले ‘यू-टर्न’ लिन जान्दैन...

लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार शुरु

२ मंसिर, रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा पूर्वीय दर्शनको विविधता विषयमा छलफल गर्न शनिबारदेखि अन्तर्राष्ट्रिय सेमिनार शुरु भएको छ । नेपाल र चीनका दुई विश्वविद्यालयको आयोजनामा एशियाली प्राकृतिक दर्शनको विविधिकरण विषय सेमिनार शुरु भएको हो...

रुकुम पश्चिममा गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या

२ मंसिर, रुकुम । रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको...

बदलियो किलोग्रामको परिभाषा, हाम्रो जीवनमा के असर गर्छ ?

२ मंसिर, काठमाडौं । वैज्ञानिकहरुले किलोग्राम (केजी)को परिभाषा परिवर्तन गरेका छन् । नयाँ परिभाषालाई ५० भन्दा बढी देशले सर्वसम्मतीले अनुमति दिइसकेका छन् । पहिले यसलाई प्लाटिनमबाट बनेको एक सिलको वजनसँग परिभाषित गरिन्थ्यो जसलाई ‘ली ग्रान्ड...