स्याङ्जा परिवारको “छैटौं रेसुङ्गा भलिबल कप २०१८” मा शानदार सहभागिता ।

बोम्जन गुरुङ, सउल ।

       दक्षिण कोरियामा सन् २०१७ मा स्थापित भलिवलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहेर गुल्मी सम्पर्क समिति दक्षिण कोरियाद्वारा आयोजनामा “छैटौं रेसुङ्गा भलिबल कप २०१८” मैत्रीपुर्ण भलिबल प्रतियोगिता हुने भएको छ । यस प्रतियोगितामा स्याङ्जा परिवारले दृढ संकल्पका साथ शानदार सहभागिता जनाउने भएको छ ।

     यही आउँदो २३ सेप्टेम्बर २०१८ सञ्चालन हुन गईरहेको सो प्रतियोगिता सउलस्थित (हल फिक्स हुन बाँकी, केहि दिनमा अपडेट गरिने कृपया हाम्रो न्युज  अपडेट हेर्दै गर्नुहोला ) मा हुने भएको हो । प्रतियोगितामा विभिन्न संस्था र समूह-ग्रुप गरि जम्मा १९ टिमले सहभागिता जनाउने भएको छ । यस प्रतियोगितामा विजेताले ट्रफी र प्रमाणपत्र सहित नगद १३ लाख वन र उप-विजेताले १० लाख वन र सेमिफाइनलिष्ट दुई टिमले नगद ३ लाख ५० हजारको दरले पुरस्कार राशी हात पार्नेछ । खेल अवधिभर एकजना उत्कृष्ट खेलाडीले ट्रफी,नगद र प्रमाणपत्र प्राप्त गर्नेछ ।

     यस सिजनको छैटौं अर्थात् अन्तिम प्रतियोगिताको उपाधि चुम्न साथै सफलताको सुनौलो इतिहास दोहोर्याउनका निमित्त स्याङ्जा परिवार भलिवल टिम तम्तयार छ । विगतमा जस्तै हामी सबैको माया र हौसलाले हाम्रो स्याङ्जा परिवारको टिम निश्चय नै शृंखलाबद्व रुपमा उपाधि चुम्न सफल हुनेछ यसर्थ समग्र स्याङ्जाको शानसँगै हाम्रा स्याङ्जाली खेलाडीहरुको हौसलाको लागि खेलमैदानमा सबैको उत्साहजनक तथा महत्वपूर्ण उपस्थितिको निमित्त विनम्र आग्रह गर्दै स्याङ्जाली खेलाडीहरुलाई विजयको निमित्त अग्रिम अनेकौं शुभकामना छ । विश्वस्त छौं, सम्पूर्ण खेलप्रेमी महानुभावहरुले होस्टेमा हैसे गरेर समग्र स्याङ्जाको गरिमा अझै उचाईमा पुर्याउन सबैले महत्वपूर्ण भूमिका खेल्नुहुनेछ ।

    स्मरण रहोस , यो सिजनको शुरुवाती प्रतियोगिता “प्रथम पुन समाज २०१८” को उपाधि विजेता (प्रथम) र दोश्रो प्रतियोगिता बाग्लुङ सम्पर्क समितिद्वारा आयोजित “छैटौं ढोरपाटन कप-२०१८” मा उपविजेता (द्वितीय), ०८ जुलाई २०१८ मा ख्वाङ्जु नेपाली सामुदायिक समिति र ख्वाङ्जु नेपाली भलिवल टिम दक्षिण कोरियाद्वारा संयुक्त रुपमा आयोजित “ख्वाङ्जु नेपाली नकआउट भलिवल प्रतियोगिता २०१८” को उपाधि विजेता (प्रथम) र म्याग्दी प्रवासी संघ (मोना) कोरियाद्वारा आयोजित “म्याग्दी रनिङ कप-२०१८” को उपाधि (प्रथम), “प्रथम नेपाल कोरिया भलिवल कप २०१८ को उपाधि (प्रथम) शानदार रुपमा चुमिसकेको छ । यसरी स्याङ्जा परिवारले निरन्तर शृंखलाबद्व रुपमा उपाधि सुरक्षित पार्दै पुरस्कारमा कब्जा जमाउदै आइरहेको छ । यसका साथै गत २६ अगष्ट २०१८ मा स्याङ्जा परिवारद्वारा तेश्रो स्याङ्जा कप २०१८ मैत्रीपूर्ण भलिवल प्रतियोगिताको आयोजना गरि भव्य रुपमा सु-सम्पन्न गरिसकेको छ ।

“स्याङ्जा परिवार भलिवल टिम-२०१८” छैटौं रेसुङ्गा भलिबल कप २०१८ का लागि ।

खेल संयोजक – लेसन गुरुङ

स्याङ्जाली रेफ्री/एम्पायर – डिल्लु बिरकट्टा मगर

टिम क्याप्टेन – अमित राना

स्पाईकर – कुमार गुरुङ

स्पाईकर – सुजन गुरुङ

स्पाईकर – विक्रम कुँवर

स्पाईकर – सुमन नेपाली

स्पाईकर – उत्तम थापा मगर

स्पाईकर – संगम अधिकारी

स्पाईकर – विशाल सारु

लिबेरो – धन राना मगर

लिफ्टर – राम गुरुङ

भलिवल प्रतियोगिता हुने मिति, समय र स्थान :

मिति : २०१८ सेप्टेम्बर २३ तारिक आईतबार ।

समय : दिनको ठीक १०:०० बजे ।

स्थान : हल फिक्स हुन बाँकी

स्याङ्जा परिवारको टि-शर्ट लगाएर खेलमैदानमा स्याङ्जाली खेलाडीहरुलाई हौसला प्रदान गर्नुहुन/खेलको मनोरञ्जन लिनुहुन सम्पुर्ण स्याङ्जाली तथा खेलप्रेमी महानुभावहरुमा संस्थाले हार्दिक आग्रह गरेको छ ।

सो खेलमैदानमा नेपाली स्वादिष्ट खाजाका परिकारहरु र मनोरञ्जनात्मक प्रस्तुति रहनेछ । बाँकी विस्तृत जानकारीका लागि ब्यानरको अपडेट हेर्दै हेर्नुहोला । अन्ततः यो सिजनको “छैटौं रेसुङ्गा भलिबल कप २०१८” प्रतियोगिता आयोजना गर्ने गुल्मी सम्पर्क समितिलाई कार्यक्रम सभ्य र भव्यताको साथ कार्यक्रम सफलताको शुभेच्छा सहित हार्दिक शुभकामना व्यक्त गरेको छ ।

यसमा तपाइको मत

समाचार बाट अन्य

म एकैचोटि चूचूरोमा टेक्ने प्रयास गरेको छैन , त्यसैले मेरो दावेदारी प्राकृतिक छ ।

स्याङ्जा परिवारको दशौं अधिवेशन सम्बन्धि संस्थाका का.अध्यक्ष वाई.बि. मगर संग कामना न्यूज़का संवाददाताले गर्नूभएको अन्तर संवाद । सर नमस्कार , कामना न्यूज़मा तपाईलाइ स्वागत छ । हजूर नमस्कार अनि धन्यवाद सर। स्याङ्जा परिवारको का.अध्यक्ष हूनूहून्छ । अधिवेशन...

सांगीतिक आकाशका ६ नक्षत्र हरु तीन ध्रुब बाट कोरियामा भेट हुदै,आकाश रमाइलो पार्न कोरियाका ताराहरुले सघाउने

  सि.पी.मगर -सौल,कोरिया       नेपाली सांगीतिक आकाशका ६ उज्याला नक्षत्र हरु कार्यक्रमको शिलशिलामा कोरियामा भेट्ने भएका छ्न।अमेरिका बाट चर्चित आधुनिक तथा सुफि गायक (सुन साइली)हेमन्त राना ,भारत मुम्बई बाट बिश्व बिख्यात डान्सर तेरिया मगर (डि आइ...

वीर अस्पतालको इमरजेन्सी स्वयमसेवकको भरमा मनोमानी , स्वास्थ्यकर्मी कमाउ अड्डामा

३ असोज, २०७५ काठमाडौं । देशकै जेठो वीर अस्पतालको आकस्मिक कक्षमा चिकित्सक र स्वास्थ्यकर्मीको अभाव भएपछि बिरामीको बिचल्ली हुन थालेको छ । एकातिर आकस्मिक कक्षमै स्वास्थ्यकर्मी अभाव छ भने अर्कोतिर अस्पतालकै कमाउ अड्डामा स्वास्थ्यकर्मीको...

मगर संघ कोरियाको छुसक धमाकाले कोरियाको माहौल तताउदै

  सि.पी.मगर-सौल दक्षिण कोरिया         नेपाल मगर संघ दक्षिण कोरियाले आयोजना गरेको “छुसक सांगीतिक धमाका-२०१८”ले कोरियाको सामाजिक सांगीतिक माहौल रोचकता साथ तताउदै गइरहेको छ।सामाजिक तथा सृजनात्मक क्रियाकलापमा सधै सबै भन्दा अब्बल संस्थाको रुपमा स्थापित मगर संघले...

स्याङ्जा परिवारको १०औं केन्द्रिय अधिवेशन सेप्टेम्बर २५ मा हुने

  बोम्जन गुरुङ, सउल । “स्याङ्जाली एकता उपकारी मन, सद्भाव सँगै बिताऔं परदेशी जीवन” भन्ने मूल नारालाई अनुशरण गर्दै सन् १९९७ मा स्थापित दक्षिण कोरियामा अग्रणी र क्रियाशील संस्थाहरु मध्ये एक स्याङ्जा परिवार दक्षिण कोरिया केन्द्रिय...

प्यूठानका विद्यार्थी जब काँप्ने, चिच्चाउने, छटपटिने गर्न थालेपछि … (भिडियोसहित)

१ असोज,२०७५ प्यूठान । प्यूठानको एक विद्यालयका विद्यार्थीहरुमा एक्कासी काँप्ने, चिच्चाउने, छटपटिने र बेहोस हुने समस्या देखा परेको छ । गौमुखी गाउँपालिका-७ नारिकोटस्थित अमृत जीवन माध्यमिक विद्यालयका विद्यार्थीहरुमा यस्तो समस्या देखिएको हो । १० देखि...

सेप्टेम्बर २४ मा सउल साहित्यमय हुने

भिराट पराजुली , दक्षिण काेरिया एकै क्षण पनी सबैलाइ छलेर बस्नूपर्छ यहाँ । २४ घण्टै मेशिंन सरी चलेर बस्नूपर्छ यहाँ ।। प्रदेशीने ज़िन्दगीनी खै कस्तो कस्तो । दिनरात घरकै सम्झनामा जलेर बस्नू पर्छ यहाँ...

कोरियाको थेगु सहरमा मिष्ठान्न दर सहित,तिज धमका-२०१८ भब्यताका साथ सम्पन्न

मेघ काफ्ले , दक्षिण काेरिया       स्याङ्जा परिवार दक्षिण कोरिया थेगु साखाद्वारा नेपाली नारिहरुको महान चाड हरितालिका तिज विभिन्न मिष्ठान्न दर सहित सेप्टेम्बर ९ तारिख थेगुको सङ्स सहरमा भब्यताका साथ सम्पन्न भएको छ ।...

कोरियाको थेगु सहरमा मिष्ठान्न दर सहित,तिज धमका-२०१८ भब्यताका साथ सप्पन्न

   मेघ काफ्ले , दक्षिण काेरिया     स्याङ्जा परिवार दक्षिण कोरिया थेगु साखाद्वारा नेपाली नारिहरुको महान चाड हरितालिका तिज विभिन्न मिष्ठान्न दर सहित सेप्टेम्बर ९ तारिख थेगुको सङ्स सहरमा भब्यताका साथ सम्पन्न भएको छ । परदेशी...

बुसान तिज धमाका -२०१८ भब्यताका साथ सम्पन्न

  केसव रीमाल नेपाली नारी हरूको महान चाड हरितालिका तिज को अवसरमा नेपाली सम्पर्क समिती (NCC)बुसान तथा गैर आवाशिय नेपाली संगठन (NRNA) बुसान शाखा ले संयुक्त रूपमा आयोजना गरेको बुसान तिज धमाका -2018 यही सेप्टेम्वर 9...