कोरियामा बृहत् रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

 

        नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाको आयोजनामा सौल स्थित नेपाल हाउसको हलमा बृहत् रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सस्थाका अध्यक्ष रामचन्द्र शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि इतर आवाज साहित्य समाजका अध्यक्ष तथा प्रखर कवि पराजित पोमु रहनुभएको थियो । सस्थाका बरिष्ट उपाध्यक्ष राम केसी नयनको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रममा नेपाली साहित्य समाज कोरियाका अध्यक्ष यल जी बिवस, अन्तरास्ट्रिय साहित्य समाज कोरियाका वरिष्ठ उपाध्यक्ष डी आर न्यौपाने सुर्य , विश्व साहित्य समाज कोरियाका सचिव खेम पुन ,प्रखर गजलकार नवीन नेपाल ,इतर साहित्य समाजका अध्यक्ष पराजित पोमु, साहित्यकार मिलन कान्छा किराँती , ओ एस नेपालका पत्रकार हरी अधिकारी , एन आर एन कोरियाकी अध्यक्ष लक्ष्मी लामा ( गुरुङ ) लगायतले मन्तब्य राख्नुभएको थियो । यसैबिच नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले ३ जना श्रस्टालाई सम्मान गरेको छ ।

     बिगत लामो समयदेखि प्रवासमा रहेरपनि वहाँहरूले नेपाली साहित्यमा गर्नुभएको अतुलनिय योगदानको उच्च कदर गर्दै चर्चित मुक्तककार सन्तोष अम्गाईँ , गजलकार तथा मुक्तककार डीआर न्यौपाने सुर्य र मुक्तककार संजय घिमीरे लाई सम्मान गरेको हो। कार्यक्रममा गोपाल न्यौपाने , जनक सन्याल , तपेन्द्र बिष्ट , खगेन्द्र खत्री, संजय खनाल, सरोज भण्डारी , नवीन नेपाल , राम के सी नयन , बि पी सागर, ए बी इन्द्र , सङ्कर बि क ,गोपीकृष्ण लामीछाने लगायत करिब १०० जनाले रचना वाचन गर्नुभएको थियो । यसै क्रममा प्रमुख अतिथिको मन्तब्य राख्दै इतर आवाजका अध्यक्ष पराजित पोमुले नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखा नेपाली साहित्यको बिकास बिस्तारका निम्ति सकृय भएर लागेकोमा खुशी ब्यक्त गर्नुका साथै अाफू र आफ्नो सस्थाको तर्फबाट साथ सल्लाह सुझावको लागि सदैब तत्पर रहेको पनि बताउनु भयो यसैबिच नेसास कोरियाका अध्यक्ष यल्जी बिवस तथा साहित्यकार मिलन किरातीले कार्यक्रम एतिहासिक भएकोमा खुशी ब्यक्त गर्दै आयोजक सस्थाप्रति आभार तथा आगामी कार्यक्रमका लागि शुभकामना पनि दिनुभयो । सस्थाका अध्यक्ष रामचन्द्र शर्माले ब्यस्तताका बाबजुत पनि कार्यक्रममा उपस्थित भएर कार्यक्रम भब्य बनाइदिनुभएकोमा समस्त सबैमा हार्दिक आभार ब्यक्त गर्नुको साथै आगामी दिनमा यस्तै साथ मायाको अपेक्षा रहेको बताउनु भयो । कार्यक्रममा सुन्ने सुनाउने स्रष्टाहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको संयाेजन सस्थाका सचिव जनक सन्यालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सस्थाका महासचिव भोजराज घोडासैनीले गर्नुभएको थियो ।

यसमा तपाइको मत

साहित्य बाट अन्य

केजिएफले कमायो २०० करोड,शाहरूखको ‘जिरो’ले सय करोड पनि पुर्याएन !

कन्नड सिनेमा ‘केजिएफ’ले केहि दिनभित्रै विश्वव्यापीरूपमा २०० करोड भारूको आँकडा पार छनक देखाउँदा शाहरुख अभिनित ‘जिरो’लाई सय करोड कमाउन कठिन हुने भएको छ। बलिउड बजार विश्लेषक तरण आदर्शले दुई भागको यस सिनेमाले हिन्दी डबमा ४०...

थेगु नेपाली सेल्टरमा बिदाइ तथा अन्तर्कृया कार्यक्रम सप्पन्न

जनवरी ४, २०१९ , थेगु। गत आईतवार थेगु स्थित थेगु नेपाली सेल्टरमा बिदाइ तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । थेगु स्थित थेगु नेपाली मन्चका कार्यकरी समिती सदस्य तथा मन्चका सदस्य संस्था नेपाली परोपकारी समाज...

तमु धीं दक्षिण कोरियाले काजल गुरुङको साथमा तमु ल्होसार/ल्होछार भव्यताका साथ मनायो

  बोम्जन गुरुङ, सउल । ०८ जनवरी २०१९ सदाको वर्षमा झैँ अंग्रेजी नयाँ वर्षको जनवरी महिनाको पहिलो आइतबार ल्होसार/ल्होछार मनाउँदै आएको तमु धीं दक्षिण कोरियाको परम्परा अनुसार यो वर्ष पनि २०१९ जनवरी ०६ तारिक आइतबारका दिन सउल...

किन रेल चढेर फेरि बेइजिङ आए किम जोङ उन?

उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार बिहान रेल चढेर चीनको राजधानी बेइजिङ पुगेका छन्। समाचार संस्था रोयर्टर्सले मंगलबार बिहान बेइजिङमा भारी सुरक्षाका साथ मोटरकेड देखिएको र यो किमको हुनसक्ने बताएको छ। यसअघि सोमबार चीन र...

सुनिल क्षत्रीले तोडे मेस्सीको रेकर्ड, ५५ वर्षपछि एसिया कपमा भारतको पहिलो जित

भारतीय फुटबलमा ‘गोल मेसिन’ का नामले परिचित सुनिल क्षेत्रीको दुई गोलको सहयोगमा भारतले थाइल्याण्डलाई ४–१ ले हराउँदै एसिया कपमा विजयी सुरुवात गरेको छ ।भारतले सन् १९६४ पछि पहिलो पटक एसिया कप फुटबलमा जित हात...

चीन भ्रमणमा सावधानी अपनाउन चेतावनी

बासिङटन : अमेरिकाले आफ्ना नागरिकलाई चीन भ्रमणमा जाँदा सावधानी अपनाउन अनुरोध गरेको छ । क्यानडाली नागरिकहरूलाई चीनले दुराशयपूर्ण तरिकाबाट हिरासतमा लिएको भन्दै अमेरिकी भनाइ सार्वजनिक भएको हो । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको पछिल्लो ट्राभल...

संकटकाल लगाउने ट्रम्पको धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘डेमोक्रेट्स’पार्टीका विधायकलाई लक्षित गर्दै मेक्सिकोको सिमानामा पर्खाल लगाउन तयार नभए अमेरिकामा संकटकाल घोषणा गर्ने चेतावनी दिएका छन्। मेक्सिकोको सीमामा पर्खाल लगाउन ट्रम्पले पहिलेदेखि कोष स्थापना गर्नुपर्ने प्रस्ताव गर्दै आएका छन्। पर्खाल...

पछि हटे ट्रम्प,सिरियाबाट सेना फर्काउन समय लाग्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट आफ्ना सेना फिर्ता गर्न अझै केही समयावधि लाग्ने संकेत गरेका छन् । बिहीबार उनले सम्बोधन गर्दै केही अवधिपछि फिर्ता हुने बताएका हुन् । यसको लागि ट्रम्पले समय तालिका सार्वजनिक गरेका...

डेनमार्कमा रेल दुर्घटना , ६ जनाको मृत्यु

डेनमार्क : डेनमार्कमा बुधबार भएको एउटा रेल दुर्घटनामा कम्तिमा ६ को मृत्यु भएको छ । यो दुर्घटनामा अन्य कयौँ घाइते र हताहत भएको आशंका गरिएको छ।  दुर्घटना डेनमार्कको जील्याण्ड र फिनिया टापुहरु जोड्ने पुलमा भएको...

‘इन्टरनेटका पिता’ ल्यारी रोबर्टस्को निधन

इन्टरनेटका प्रतिपादक मानिने अमेरिकी वैज्ञानिक ल्यारी रोबर्टस्को ८१ वर्षको उमेरमा निधन भएको छ । इन्टरनेटको पहिलो प्रारुपको डिजाइन तथा निर्माण गरेका रोबर्टस्को गत २६ डिसेम्बरमा हृदयाघातका कारण निधन भएको हो । सन् १९६० को दशकमा उनले...