अनुहारमा डण्डिफोरले आएर हैरान हुनुहुन्छ ? हटाउने सजिलो तरिका सहित जानी राखौ, कुन रोगका कारण कहाँ आउँछ डण्डिफोर ?

अधिकांस किशोर र वयस्कलाई डण्डिफोरको समस्या हुने गर्दछ । हर्मोनल परिवर्तन र बाह्य कारकतत्व डण्डिफोरको साधारण कारण हुन्। यो अप्रिय स्थितीको असर तपाईंको आन्तरिक स्वास्थ्यमा पनि पर्न सक्छ ।

डण्डिफोर विशेषगरी अनुहारमा आउने गर्दछ । यही डण्डिफोर तपाईंको आन्तरिक स्वास्थ्यको चित्रणसमेत हो । कुनै व्यक्तिहरुलाई डण्डिफोरले निकै सताइरहेको हुन्छ, यसको कारण बारे थाहा नभएर उचित उपचार पनि गर्न सकिरहेका हुँदैनन् ।

आज हामी तपाईंलाई डण्डिफोरको वास्तविक कारण पत्ता लगाउनमा सहयोग पुर्याउँछौं । यसले तपाईंलाई डण्डिफोरको निदान गर्नमा पक्कै पनि सहयोगी भूमिका खेल्नेछ ।

राती चिल्लो पदार्थको सेवन गरेमा शरिरभित्र टोक्सिन निर्माण हुने गर्दछ । यस कारण यो स्थानमा डण्डिफोर नआओस् भन्ने चाहनुहुन्छ भने स्वस्थ र सक्रिय जीवनशैलीद्वारा आफ्नो फोक्सोलाई स्वस्थ राख्नुहोस् ।

गालामा डण्डिफोरः

गालाको डण्डिफोर श्वास प्रणालीसँग सम्बन्धित हुने गर्दछ । प्रदुषित हावामा सास लिएका कारण तपाईंको गालामा पिम्पल्स देखिने गर्दछ । धुम्रपान अथवा निष्क्रिय धुम्रपान पनि यसको मुख्य कारण बन्ने गर्दछ । प्रदुषण यसको लागि अर्को कारण हो । यसका साथै मोबाइल फोनको प्रयोग पनि डण्डिफोरको कारण बन्ने गर्दछ ।

तपाईंको मोबाइलमा एकत्रित भएको किटाणुको फोहोर तपाईंको अनुहारमा सर्ने गर्दछ । सधैं आफ्नो मोबाइललाई नियमित रुपमा सफा गर्ने बानी बसाल्नुहोस् ।

चिउँडोमा डण्डिफोरः

चिउँडोमा डण्डिफोर सानो आन्द्रासँग सम्बन्धित हुने गर्दछ । आफ्नो आहारबाट तारेको भुटेको र मसालेदार भोजनको जाँच गरेर तपाईं आफ्नो पाचनमा सुधार ल्याउन सक्नुहुन्छ ।

यसका साथै यस्तो खाद्य पदार्थलाई आफूसँगै नराख्नुहोस् जसले तपाईंको पिम्पलको लागि एक ट्रिगरको रुपमा काम गर्दछ ।

ओठको आसपास डण्डिफोरः

ओठको वरिपरि डण्डिफोरको अर्थ पाचन प्रणालीमा गडबडी हो । यदि तपाईं पेटमा दुखाई र कब्जियतलाई पटक–पटक अनुभव गरिरहनुभएको छ भने तपाईं निकै संवेदनशील र कमजोर हुनुहुन्छ ।

तपाईंले आफ्नो शरिरमा चिन्तित हुन आवश्यक छ । आफ्नो आहारामा फाइबरयुक्त खानेकुरा संलग्न गर्नुहोस् । र प्रत्येक खाना पछि एक कप ग्रिन टी पिउनुहोस् ।

निधारमा डण्डिफोरः

निधारमा डण्डिफोरका कारण पाचनमा गडबडी अथवा आहारमा पानीको कमीका आउने गर्दछ । पाचनमा गडबडी र आहारमा पानीको कमीले शरिरमा टक्सिनको निर्माण हुने गर्दछ ।

यसबाट बच्न चाहनुहुन्छ भने आफ्नो आहारमा एन्टीअक्सीडेन्टयुक्त खाद्य पदार्थका साथै ग्रीन टी र पानीलाई भरपुर मात्रामा समावेश गर्नुहोस् । यसका साथै सोडा र डेरी उत्पादनको सेवन कम गर्नुहोस् ।

आँखाको बिचमा र नाकको माथि डण्डिफोरः

यो ठाउँमा डण्डिफोर आइरहन्छ भने तपाईंको फोक्सोसम्बन्धि रोग छ भन्ने बुझ्नुहोस् । खानाको गलत बानी व्यवहार, राती ढिलासम्म खाना खाने अथवा खानामा पनिर अथवा क्रिमको मात्रा बढि हुनु हो ।

बंगाराको रेखामा डण्डिफोरः

थुप्रै महिलाहरु महिनावारीको क्रममा बंगाराको लाइनमा डण्डिफोर नोटिस गर्ने गर्दछन् । अनुहारको यो हिस्सा हर्मोनसँग सम्बन्धित हुन्छ ।

र कुनै पनि प्रकारको हर्मोनल परिवर्तन अथवा असन्तुलन डण्डिफोरको कारण बन्ने गर्दछ । यो ठाउँमा डण्डिफोरको सम्भावना कम गर्नको लागि शरिरलाई चाहिने पानी पिउनुहोस् र पर्याप्त निदाउनुहोस् ।

नाकको आसपास डण्डिफोरः

अचानक नाकको वरिपरि टूलो र सुन्निएको डण्डिफोर हुनु प्रजनन प्रणालीमा परिवर्तन हुनु अथवा अण्डाशयसँग जोडिएको रोग हुनसक्छ । नाकमा डण्डिफोर हृदय प्रणालीको समस्याको संकेत पनि हुनसक्छ । मुटुमा भिटामिन बी र प्रोटिनको कमी पनि हुनसक्छ ।

तपाईंको छालामा पोषक तत्व र ब्लड सर्कुलेसनको कमीबाट पनि ग्रस्त हुन्छ । यो समस्याबाट बच्नको लागि आफ्नो आहारमा भिटामिन बी, हरियो तरकारी, फलफूल, माछाको मात्रा बढाउनुहोस् ।

यसमा तपाइको मत

स्वास्थ्य बाट अन्य

बत्तिसपुतलीमा जुवाखालबाट समातिएका १३ व्यापारी को-को हुन् ? (सूची)

२ कात्तिक, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले चलाएको जुवा अपरेशनका क्रममा बत्तिसपुतली क्षेत्रबाट १३ जना व्यापारी पक्राउ परेका छन् । शनिबार राति मिराज होटलमा जुवा खलिरहेका वेला बत्तिसपुतली तथा कमलपोखरी क्षेत्रका १३ व्यापारी रंगेहात...

सिन्धुलीको दूधौलीमा भोलि सार्वजनिक बिदा

२ मङ्सिर, सिन्धुली । हरिबोधनी एकादशी तथा तुलसी विवाहको दिन यही मङ्सिर ३ गते दूधौली नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । उक्त नगरपालिकामा दनुवार समुदायको बाहुल्यता रहेको र सो समुदायले यस दिनलाई हरिबोधनी अर्थात बड्की...

ट्रकले च्यापिएर हेटौंडामा दुईजनाको मृत्यु

२ मंसिर, हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-९ पशुपति नगरमा ट्रकले च्यापिएर दुईजनाको मृत्यु भएको छ । बाराबाट मकै बोकेर आएको ना६ख ७०१७ नम्बरको ट्रक पल्टिदा मोटरसाइकल र अटो च्यापिएका थिए । सोही दुर्घटनामा घाइते भएका...

हिउँदे अधिवेशनको पहिलो बैठकको एजेण्डा चिकित्सा शिक्षा विधेयक !

२ मंसिर, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक संसदको आगामी अधिवेशनको पहिलो बैठकमै पेश गर्ने निर्णय गरेको छ । समितिको आइतबार बसेको बैठकले मंसिर ९ गतेबाट दफावार छलफल सुरु गर्ने निर्णय...

शिक्षक पेशा छाडेर तरकारीखेती

२ मङ्सिर, सुर्खेत । लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट छन् । ५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२ वर्ष भयो । यसमा उनलाई गर्व लागेको छ । विसं २०५३...

‘पञ्चायती’ मा युवतीमाथि बलत्कारको माग !

२ मंसिर, काठमाडौं । पञ्चायती (गाउँका भद्रभलाद्मीको सभा) मै एक युवतीलाई सार्वजनिक बलात्कार गर्नुपर्ने माग राखिएको छ । त्यसको विरोध गर्दा एक सांसद कुटिएका छन् । सर्लाहीको कविलासी नगरपालिका-६ मदनपुरमा शुक्रबार बसेको पञ्चायतीमा राष्ट्रियसभा सदस्य...

सीमा समस्या समाधानको माग गर्दै स्थानीय तह धाउँदै डडेल्धुराका महिला

२ मंसिर, डडेल्धुरा । सीमाको समस्या झेल्दै आएका स्थानीयले समस्या समाधान गरिदिन अनुरोध गर्दै स्थानीय तहमा धाउन थालेका छन् । डडेल्धुराको परशुराम नगरपालिका सीमा क्षेत्रका महिलाहरु सामुहिक रुपमा सीमासँग जोडिएका आफ्ना समस्या समाधानको माग गर्दै...

‘यू-टर्न’ नलिनेहरु नेता नै होइनन्ः इमरान खान

२ मंसिर, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ‘यू-टर्न’ लिन नसक्ने नेता कहिल्यै सफल नहुने बताएका छन् । पत्रकारहरुसँगको कुराकानीमा प्रधानमन्त्री खानले भने, ‘यू-टर्न नलिने कहिल्यै सफल नेता हुँदैन र जसले ‘यू-टर्न’ लिन जान्दैन...

लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार शुरु

२ मंसिर, रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा पूर्वीय दर्शनको विविधता विषयमा छलफल गर्न शनिबारदेखि अन्तर्राष्ट्रिय सेमिनार शुरु भएको छ । नेपाल र चीनका दुई विश्वविद्यालयको आयोजनामा एशियाली प्राकृतिक दर्शनको विविधिकरण विषय सेमिनार शुरु भएको हो...

रुकुम पश्चिममा गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या

२ मंसिर, रुकुम । रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको...