महिलामाथि हुने हिंसाको प्रमुख कारण बारे मुख खोले डा. बाबुराम भट्टराईले

महिलालाई हेर्ने दृष्टिकोण र महिलाको सामाजिक भूमिकालाई ठीक ढंगले परिभाषित गर्ने पाटोमा रहेको त्रुटि नै मुख्य रूपमा महिलामाथि हुने हिंसाको प्रमुख कारण हो

केही समययता नेपालमा महिला हिंसाका घटना बढिरहेका छन्, यो अत्यन्तै चिन्ताको विषय हो । सामान्य रूपमा महिलामाथिको हिंसा विविध रूपमा हुने गरेको सबैलाई थाहा भएकै विषय हो । तर, केही समययता मुख्य रूपमा लैंगिक हिंसाले बलात्कारको रूप अत्यन्त भयंकर ढंगले लिएको छ, जुन चिन्ताजनक छ ।

सामान्य अवस्थाका महिला मात्र नभएर अत्यन्त कलिलो उमेरका बालबालिका र अत्यन्त पाको उमेरका वृद्धामाथि समेत बलात्कार हुने र त्यो कुकृत्य पराया परचक्रीका साथै आफन्त र रगतका नाताबाटै समेत हुने गरेका धेरै घटना प्रकाशमा आएका छन् । यससँगै राज्यको उच्च ओहदामा रहेका सुरक्षा अधिकारीसमेत यस्ता घटनामा मुछिएका कुराले विषयवस्तुलाई अत्यन्त गम्भीर बनाएको छ। बलात्कारका घटना अहिले एक्कासि बढेका हुन् अथवा अहिले प्रकाशमा आउने क्रमचाहिँ बढेको हो? बलात्कार वास्तवमा के हो ? भन्ने विषयमा हामीले ठीक ढंगले बुझ्नु आवश्यक छ ।

जतिवेलादेखि मानव जातिको विकास भयो, त्यतिवेलादेखि नै लैंगिक श्रम विभाजन पनि भयो । त्यसयता महिला र पुरुषबीचको सम्बन्धमा लैंगिक भेद गर्ने र महिलाको लैंगिक भूमिकालाई अपहेलना र अपव्याख्या गर्दै जाने प्रचलन बढ्दै गएको पाइन्छ । समाजका विभिन्न चरण खासगरी दासयुग र सामन्तवादी युगलाई नियाल्दा महिलालाई एउटा यौनवस्तुका रूपमा, सन्तान उत्पादनको साधनका रूपमा मात्रै लिने प्रचलन बढेर गयो ।

त्यो समयमा महिलालाई बलात्कार गर्नु सामान्य हो भन्ने रूपमा पुरुषले ग्रहण गर्थे । सायद त्यतिवेला बलात्कार भनिएन पनि होला । पौराणिक कथामा आफूलाई भगवान् भन्नेहरूले समेत जबर्जस्ती करणी, बलात्कार गरेका घटना हामीले सुन्छौँ । यसो हुँदै आउँदा यसका रूपहरू समयक्रमअनुसार फरक–फरक हुँदै गए पनि महिलालाई हेर्ने दृष्टिकोण र महिलाको सामाजिक भूमिकालाई ठीक ढंगले परिभाषित गर्ने पाटोमा रहेको त्रुटि नै मुख्य रूपमा महिलामाथि हुने हिंसाको प्रमुख कारणको रूपमा हामीले मान्नुपर्ने हुन्छ ।

खासगरी पुरानो युगमा जतिवेला विज्ञानको आविष्कार भइसकेको थिएन, त्यतिवेला महिला र पुरुषको लिंगभेदका सामाजिक भूमिकाबारे पुरुषको मात्र यौनचाहना हुन्छ, पुरुषको वीर्यले मात्र सन्तान उत्पादनमा भूमिका खेल्छ र महिलाले गर्भाशय मात्र प्रदान गर्छन् भन्ने अर्थमा गलत ढंगले परिभाषित गरियो । त्यस अर्थमा पुरुषले यौन सम्बन्धमा पूर्ण रूपमा आफ्नो एकाधिकार कायम गर्ने र महिलालाई सन्तान उत्पादनको भाँडो, वस्तुका रूपमा मात्रै बुझ्ने एउटा प्रवृत्ति बन्यो ।

वैज्ञानिक रूपमा पनि त्यो अल्पबुझाइ थियो भने सामाजिक, सांस्कृतिक रूपमा पनि त्यो विभेद थियो । त्यस कारणले गर्दा महिलाका यौन चाहनालाई कहिल्यै स्थान दिइएन । वंश निर्माण गर्ने, सन्तान उत्पादन गर्ने, मानव जातिको निरन्तरता दिने क्रममा महिलाको भूमिकालाई ठीक ढंगले स्वीकार गरिएन, परन्तु पूर्ण रूपले पुरुषको एकाधिकार कायम गरियो ।

हाम्रो खासगरी हिन्दू समाजमा महिलाको विवाह हुँदा उसको गोत्र नै स्थानान्तरण गरेर पुरुषको गोत्रमा पठाइदिने जुन चलन छ, महिलाको सन्तान उत्पादनमा कुनै मौलिक भूमिका हुँदैन भन्ने अर्थमा त्यसो गरिएको थियो । तर, आज विज्ञानले सन्तान उत्पादनमा महिला र पुरुषको ५०÷५० प्रतिशत भूमिका हुन्छ भनेर प्रमाणित गरेको छ । पुरुषको वीर्य र महिलाको डिम्बबाट जुन जिन सन्तानमा सर्छ, त्यसमा आमा र बाबुको बराबर भूमिका हुन्छ ।

तर, यो युगमा आइपुग्दा पनि महिलालाई वैज्ञानिक ढंगले बुझ्ने रूपमै त्रुटि रहेको म पाउँछु । त्यससँगसँगै सामाजिक, सांस्कृतिक रूपमा सुरुदेखि नै एउटा दासीका रूपमा महिलालाई विभेद गरिएको संस्कार अद्यावधि कायमै छ । यसरी वैज्ञानिक रूपमै महिलाको भूमिकालाई अस्वीकार गर्नु, न्यूनीकरण गर्नु, सामाजिक–सांस्कृतिक रूपमा अहिले पनि महिलालाई यौनदासीका रूपमा ग्रहण गर्नु, सत्ता–सम्पत्तिबाट महिलालाई पूर्ण रूपले वञ्चित गर्नु जस्ता कारणले गर्दा नेपाल जस्तो समाजमा महिलामाथि यस प्रकारका जघन्य अपराध भइरहेका छन् ।

त्यसैले सबैभन्दा पहिले हामीले यसको कारक तत्व बुझ्नुपर्छ । विगतमा मानिस सामाजिक, धार्मिक, सांस्कृतिक मर्यादामा रहेर बसेको हुनाले प्रायः यस्ता घटना हुँदैनथे । आधुनिक लोकतन्त्रमा विकसित समाजमा महिला र पुरुषको बराबरको अधिकार स्वीकार गरिन्छ, तसर्थ त्यस्ता समाजमा पनि यस्ता घटना क्रमशः कम हुँदै गएका छन् ।

हाम्रो समाज जहाँ पुराना मूल्य–मान्यताका आस्था भत्किएका छन् र नयाँ वैज्ञानिक संस्कार, संस्कृति र आस्था पनि निर्माण भइसकेको छैन, यस्तो संक्रमणकालीन अवस्थामा महिला बढी लैंगिक हिंसाको सिकार भएको देखिन्छ । यसप्रति हामी अत्यन्त गम्भीर बन्नुपर्छ । नेपालको सन्दर्भमा अहिले पछिल्लो चरणमा महिलामाथि जुन हिंसाका घटना भएका छन्, यसलाई हामीले अन्त्य गर्नैपर्छ ।

पहिलो, महिला र पुरुषको यौन र लिंगसम्बन्धी बुझाइको अन्तरलाई प्रस्ट पार्नुपर्छ । महिला–पुरुष लिंग भनेको प्राकृतिक रूपमा श्रम विभाजन हो भने यौन भनेको लिंगको विभाजनका आधारमा देखिने यौनिक प्रवृत्ति, चाहना र भूमिकाको अभिव्यक्ति हो । सबैभन्दा पहिले लिंगभेद हुन्छ तर यौनिक रूपमा उनीहरूबीच चाहना र भूमिका बराबर हुन्छन् । त्यस हिसाबले उनीहरूमा विभेद गरिनुहुँदैन । असमानता होइन, लैंगिक भिन्नता मात्र हो भन्ने कुरालाई हामीले बुझ्ने र बुझाउने गर्नुपर्छ ।

दोस्रो, अहिलेको आधुनिक लोकतान्त्रिक युगमा महिला र पुरुषले प्राकृतिक रूपमा सन्तान उत्पादनको भूमिकादेखि लिएर समाज निर्माण, आर्थिक विकास र समृद्धि, राजनीति र राज्यसत्ताका सबै अंगमा बराबर भूमिका खेल्न सक्छन् भन्ने मान्यता हामीले स्वीकार गर्नुपर्छ । राजनीतिक रूपमा महिला र पुरुषलाई बराबर ढंगले स्थान दिने हो भने महिलामाथि पुरुषले एकाधिकार जमाउने र बल प्रयोग गरेर हिंसात्मक गतिविधि गर्न सक्दैन ।

तेस्रो, हाम्रा धार्मिक, सांस्कृतिक संस्कार जुन महिलाविरोधी छ, महिलालाई यौन शोषण गर्ने र महिलाको यौनिक आकांक्षालाई निषेध गरेर पुरुषको एकाधिकार जमाउने जुन प्रवृत्ति छ, त्यसलाई हामीले सामाजिक, सांस्कृतिक क्रान्तिमार्फत अन्त्य गर्नुपर्छ । महिलामा पनि पुरुषजत्तिकै यौन चाहना हुने र यो उनीहरूको आफ्नो अधिकारको कुरा पनि भएकाले कुनै पनि पुरुषले महिलालाई एकतर्फी रूपमा यौन शोषण गर्ने अधिकार प्राप्त गर्न सक्दैन ।

यदि त्यस्तो गर्छ भने त्यो अपराध हो भन्ने कुरा स्वीकार गर्नुपर्छ । त्यसैले आजकल विकसित समाजमा लोग्नेले पनि श्रीमतीको सहमतिविना यौन सम्बन्ध राख्नु हुँदैन भन्ने मान्यता स्थापित भएको छ र यदि पतिले पनि जबर्जस्ती करणी गर्छ भने त्यो अपराध हुन्छ भनेर सभ्य समाजले कानुनी रूपमै परिभाषित गरेको छ । हाम्रो देशमा पनि हालसालै बनाइएको फौजदारी र देवानी संहितामा श्रीमान्ले समेत श्रीमतीको इच्छाविपरीत जबर्जस्ती गर्न हुँदैन भन्ने प्रावधान राखिएको छ । यसलाई गम्भीरतापूर्वक स्थापित गर्नुपर्छ । त्यसका निम्ति बृहत् रूपमा राजनीतिक, सामाजिक, सांस्कृतिक अभियान चलाउनुपर्छ ।

चौथो, हाम्रो जस्तो देशमा अहिले यस्ता विकृति बढ्नुको पछाडिको कारणमा हाम्रै सामाजिक, आर्थिक संरचना भत्किएर खासगरी युवामा निराशा, पलायन, कुण्ठा बढ्दै जानु पनि हो । यस्ता कुण्ठा पोख्न महिलामाथि भौतिक ढंगले आक्रमण गर्ने र यौनजन्य अपराध गर्ने प्रवृत्ति पनि बढ्दो छ । यसलाई ठीक ढंगले सम्बोधन गर्नुपर्छ । यस सँगसँगै जोडिएको डिजिटल प्रविधिमार्फत अश्लील चित्र, अश्लील भिडियो व्यापक रूपमा प्रसारित भएको छ ।

त्यसको पहुँचका कारणले गर्दा पनि मानिसमा अनावश्यक ढंगले यौनिक उत्तेजना बढ्ने र त्यसको अभिव्यक्ति महिलामाथि बलात्कारको हदसम्म जाने प्रवृत्ति पनि थपिन पुगेको छ । यस्ता कुरालाई हामीले कडाइपूर्वक निषेध गर्नुपर्छ । त्यस्ता अश्लील तस्बिर, भिडियोलाई सरकारले नियम बनाएर रोक्न सक्नुपर्छ । पाचौँ, महिलामाथि जुन ढंगले अहिले हिंसा भइरहेको छ, सत्तामा रहनेले आफ्नो सत्ता र शक्तिको दुरुपयोग अथवा सम्पत्तिको दुरुपयोग गरेर महिलामाथि अनावश्यक ढंगले दबाब दिने प्रवृत्ति बढेको हामी पाउँछौँ ।

राजनीतिक रूपमा महिला र पुरुषलाई बराबर ढंगले स्थान दिने हो भने महिलामाथि पुरुषले एकाधिकार जमाउन र बल प्रयोग गरेर हिंसात्मक गतिविधि गर्न सक्दैन

कार्यालयमा पनि उपल्लो दर्जाका कर्मचारीले आफूभन्दा तल्लो दर्जाका महिला कर्मचारीलार्ई दबाबमा पारेर यौनजन्य क्रियाकलाप गर्ने प्रवृत्ति पाइन्छ । यस्तै शान्ति–सुरक्षाको जिम्मा लिएको प्रहरीका अधिकारीसमेतले पनि त्यस्तो प्रकारको यौनहिंसा गरेको घटना बाहिर आएका छन्। राजनीतिक नेतृत्व पनि यसबाट अछुत छैन ।

पछिल्लो चरणमा दैनिकजसो महिला हिंसाका घटना हामी सुनिरहेका छौँ । त्यसमध्ये कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण एउटा केस स्टडीका रूपमा पनि आएको छ । एउटा बालिकामाथि बलात्कार र हत्या भएको दुई महिना भइसक्दा पनि राज्यले त्यसका अपराधीको किटान गर्न सकेको छैन अथवा त्यसलाई ढाकछोप गर्ने प्रयत्न गरेको छ । यो अत्यन्तै गम्भीर प्रकृतिको विषय हो ।

सरकारले बनाएको छानबिन टोलीमा रहेका कानुनी पृष्ठभूमिका व्यक्तिबाट अपराधी चिनिएको तर अपराधी लुकाउन खोजिएको र प्रतिवेदनलाई पनि लुकाउन खोजिएको भन्ने भनाइ आउनु अत्यन्त गम्भीर विषय हो । सत्ताको दुरुपयोग गरेर महिलामाथि यस प्रकारको हिंसा गरिन्छ, न्यायको मार्ग रोकिन्छ भने यो अत्यन्त गम्भीर विषय हो । महिलामाथि जुन प्रकारको विभेद, शोषण र बलात्कार जस्ता जघन्य अपराध भएका छन्, यसलाई एउटा राष्ट्रिय लज्जाको विषय मानेर यसको अन्त्य गर्नका निम्ति राजनीतिक, कानुनी, प्रशासनिक सबै क्षेत्रले कडा कदम चाल्नुपर्छ ।

पुरुषप्रधान सोच एकातिर छ भने नियम कानुन बने पनि त्यसको कार्यान्वयन गर्ने ठाउँमा (प्रशासन, अड्डा, अदालत, शान्ति सुरक्षा लागू गर्ने ठाउँ) पुरुषको बाहुल्य छ । त्यस कारणले गर्दा पनि महिलामाथि हुने यस्ता हिंसा र अपराधको ठीक ढंगले छानबिन गरी अपराधीलाई कारबाही गर्नुको साटो कुनै न कुनै बहानामा त्यसलाई ढाकछोप गर्ने, अल्झाउने प्रवृत्ति बढेर गएको छ ।

त्यसैले हामीले महिलालाई राज्यका सबै अंगमा बराबर अधिकार दिनुपर्छ, सम्पत्तिमाथि पूर्ण अधिकार दिनुपर्छ भन्ने जुन नयाँ संवैधानिक र कानुनी व्यवस्था गरेका छौँ, त्यसलाई कडाइसाथ कार्यान्वयन गरी महिला र पुरुषलाई पूर्ण रूपले सबै क्षेत्रमा समान व्यवहार हुने परिस्थिति सिर्जना गर्नुपर्छ । यसरी मात्रै हामीले सभ्य र सुसंस्कृत समाज निर्माण गर्न सक्छौँ ।

नँया पत्रिका बाट साभार

यसमा तपाइको मत

स्वास्थ्य बाट अन्य

सिस्नु हानाहान गरी सङ्क्रान्ति मनाउँदै

१ माघ, जाजरकोट । परापूर्वकालदेखि जाजरकोटका गाउँगाउँमा सिस्नु हानाहान गरी माघे सङ्क्रान्ति मनाउने कार्य शुरु भएको छ । चेली, बुहारीले टाढाटाढाबाट माइती घरमा गएर मिठो, मसिनो खाने चलनसमेत रहेको छ । मङ्गलबार बिहानैदेखि जिल्लाको पूर्वी...

निर्मला हत्यामा आधारित बन्यो चलचित्र ‘कोपिला’

काठमाण्डु। बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको घटना अब फिल्मको पर्दामा देख्न पाइने भएको छ । शिवम् अधिकारीको निर्देशनमा फिल्म बनेको हो । सोमबार भरतपुरमा एक कार्यक्रम गर्दै फिल्मको ईन्डक्ल्याप गरिएको छ...

विवेकशील साझा र नयाँ शक्तिबीच एकता हुनसक्ने सम्भावना

काठमाण्डौ – विवेकशील साझा पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यले विवेकशील नेपाली दलसँग गरिएको पार्टी एकता नै भावनात्मक हुन नसक्दा फुटको नियति भोग्नु परेको बताउनु भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो...

१३ वर्षीया बालिका बलात्कार पछि हत्या गर्ने दम्पतीलाई जन्मकैदको फैसला

सुनसरी :धरानकी अनुसा राई हत्या प्रकरणमा जिल्ला अदालत सुनसरीले २ जनाविरुद्ध जन्म कैदको फैसला सुनाएको छ । १३ वर्षीया बालिका राईको बलात्कार पछि हत्या अभियोगमा धरान–१६ का वलिमान राई र उनकी श्रीमती पदमकु मारी राईविरुद्ध...

कोमल वलीका नाममा नेकपाभित्र लफडा !

१ माघ, काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष प्रदेश कमिटीहरु गठनको निर्णय संशोधन गर्न तयार नभएपछि नेकपा स्थायी कमिटीले बनाएको कार्यदल अवरुद्ध अवस्थामा पुगेको छ । शुरुदेखि नै काम गर्न...

पत्रकारको हत्यामा दोषी ठहरिए राम रहीम

दुई महिला बलात्कार मुद्दामा २० वर्ष जेल सजाय पाएका डेरा सच्चा सौदा प्रमुख राम रहीम पत्रकार रामचन्द्र छत्रपतिको हत्यामा दोषी ठहरिएका छन्। भारत चुकुलाको विशेष सिबिआइ अदालतले रहीमका साथै कुलदीप सिंह, निर्मल सिंह र कृष्णलाललाई...

दुई अस्पताल खारेजीको तयारी, आन्दोलन गर्ने कांग्रेको चेतावनी

काठमाडौं : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका पूर्वसभापतिको नाममा स्थापित अस्पताललाई सरकारले विघटन गर्न खोजेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताललाई सरकारले विघटन...

स्मार्ट लाइसेन्सको प्रिन्ट गुणस्तरीय नभएको निश्कर्ष

१ माघ, काठमाडौं । यातायात व्यवस्था विभागले आउटसोर्सिङ गरेर छापिएको स्मार्ट लाइसेन्स गुणस्तरीय नभएको निश्कर्ष निकालेको छ । त्यसैका अधारमा तत्कालका लागि आउटसोर्सिङ कम्पनी मालिका इन्कर्पोरेटमार्फत हुने छपाइ रोकिएको छ । कम्पनीले करिब ४ लाख...

१२ वर्षपछि जापान जाँदै वायुसेवा निगमको जहाज

काठमाडौं : वायुसेवा निगमले १२ वर्षपछि पुनः जापान उडानको तयारी थालेको छ । सातामा दुईवटा उडान गरिरहेको निगमले जहाजको संख्या कम भएकै कारण १३ वर्षसम्म गरेको नियमित उडानलाई बन्द गरेको थियो । निगमले सन् १९९४...

बाइडबडी विमान प्रकरणमा देउवाकाे संलग्नताबारे छानबिन गर्न कांग्रेस नेता पाैडेलको माग

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बाइडबडी विमान खरिद प्रकरणमा संलग्न रहे/नरहेको बारे छानबिन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारसँग माग गर्नु भएको छ । कांग्रेस वरिष्ठ नेता पौडेलले सभापति देउ वाले आफू त्यस प्रकरणमा...