विरहीको सयुंक्त संग्रह ‘हस्ताक्षर’ सार्वजनिक भएको केही घन्टामै निधन

कवि, फिल्म निर्माता, लेखक तथा निर्देशक गगन विरहीको कविता, गीत र मुक्तक सयुंक्त संग्रह ‘हस्ताक्षर’ सार्वजनिक भएको केही घन्टामै निधन भएको छ ।

पुस्तक विमोचन गर्दै गर्दा निमोनिया र मिर्गौलाको समस्याले सिकिस्त भएका विरही नर्भिक अस्पतालको शøयामा थिए । उनको यस संग्रहको विमोचन दुई हप्ताअघि नै गर्ने तयारी थियो । तर, उनी बिहीबारदेखि सिकिस्त भएपछि आइतबार अस्पतालमै कृति सार्वजनिक गरिएको हो । पहिले नै आन्द्राको ट्रान्स्पप्लान्ट गर्नुपर्ने भनिएको र क्यान्सरको लक्षण देखिएका उनलाई ५ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो ।

आइतबार कवि एवं संस्कृतविद् तुलसी दिवस, समालोचक अभि सुवेदी, शैलेन्द्र साकार, गीतकार दिनेश अधिकारी, गगन विरहीकी माता भवानी श्रेष्ठ, श्रीमती कल्याणी श्रेष्ठ तथा छोरी एलिना श्रेष्ठले संयुक्त रूपमा कृति विमोचन गरेका थिए ।

छोरी एलिना श्रेष्ठले बाहिरबाट आइसकेपछि ‘बाबुको इच्छा पूरा गरिनँ भने म बाँचेको सार हुने छैन’ भनेकाले हतार–हतार विमोचन गरिएको हो । कार्यक्रमा कृष्ण मल्ल, रवीन्द्र खड्का, आफन्तजन र अन्य सहित्यकार, कलाकार एवं पत्रकारको उपस्थिति थियो । उनका छोरा कृजन अस्ट्रेलियाबाट आउँदै गरेको परिवारले जनाएको छ । उनको यो पाँचौँ कृति हो । विरहीको कृति ‘हस्ताक्षर’ प्रकाशन संस्था शब्दपथले बजारमा ल्याएको हो । यसको मूल्य दुई सय रुपैयाँ छ ।

यसमा तपाइको मत

साहित्य बाट अन्य

सिन्धुलीको दूधौलीमा भोलि सार्वजनिक बिदा

२ मङ्सिर, सिन्धुली । हरिबोधनी एकादशी तथा तुलसी विवाहको दिन यही मङ्सिर ३ गते दूधौली नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । उक्त नगरपालिकामा दनुवार समुदायको बाहुल्यता रहेको र सो समुदायले यस दिनलाई हरिबोधनी अर्थात बड्की...

ट्रकले च्यापिएर हेटौंडामा दुईजनाको मृत्यु

२ मंसिर, हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-९ पशुपति नगरमा ट्रकले च्यापिएर दुईजनाको मृत्यु भएको छ । बाराबाट मकै बोकेर आएको ना६ख ७०१७ नम्बरको ट्रक पल्टिदा मोटरसाइकल र अटो च्यापिएका थिए । सोही दुर्घटनामा घाइते भएका...

हिउँदे अधिवेशनको पहिलो बैठकको एजेण्डा चिकित्सा शिक्षा विधेयक !

२ मंसिर, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक संसदको आगामी अधिवेशनको पहिलो बैठकमै पेश गर्ने निर्णय गरेको छ । समितिको आइतबार बसेको बैठकले मंसिर ९ गतेबाट दफावार छलफल सुरु गर्ने निर्णय...

शिक्षक पेशा छाडेर तरकारीखेती

२ मङ्सिर, सुर्खेत । लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट छन् । ५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२ वर्ष भयो । यसमा उनलाई गर्व लागेको छ । विसं २०५३...

‘पञ्चायती’ मा युवतीमाथि बलत्कारको माग !

२ मंसिर, काठमाडौं । पञ्चायती (गाउँका भद्रभलाद्मीको सभा) मै एक युवतीलाई सार्वजनिक बलात्कार गर्नुपर्ने माग राखिएको छ । त्यसको विरोध गर्दा एक सांसद कुटिएका छन् । सर्लाहीको कविलासी नगरपालिका-६ मदनपुरमा शुक्रबार बसेको पञ्चायतीमा राष्ट्रियसभा सदस्य...

सीमा समस्या समाधानको माग गर्दै स्थानीय तह धाउँदै डडेल्धुराका महिला

२ मंसिर, डडेल्धुरा । सीमाको समस्या झेल्दै आएका स्थानीयले समस्या समाधान गरिदिन अनुरोध गर्दै स्थानीय तहमा धाउन थालेका छन् । डडेल्धुराको परशुराम नगरपालिका सीमा क्षेत्रका महिलाहरु सामुहिक रुपमा सीमासँग जोडिएका आफ्ना समस्या समाधानको माग गर्दै...

‘यू-टर्न’ नलिनेहरु नेता नै होइनन्ः इमरान खान

२ मंसिर, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ‘यू-टर्न’ लिन नसक्ने नेता कहिल्यै सफल नहुने बताएका छन् । पत्रकारहरुसँगको कुराकानीमा प्रधानमन्त्री खानले भने, ‘यू-टर्न नलिने कहिल्यै सफल नेता हुँदैन र जसले ‘यू-टर्न’ लिन जान्दैन...

लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार शुरु

२ मंसिर, रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा पूर्वीय दर्शनको विविधता विषयमा छलफल गर्न शनिबारदेखि अन्तर्राष्ट्रिय सेमिनार शुरु भएको छ । नेपाल र चीनका दुई विश्वविद्यालयको आयोजनामा एशियाली प्राकृतिक दर्शनको विविधिकरण विषय सेमिनार शुरु भएको हो...

रुकुम पश्चिममा गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या

२ मंसिर, रुकुम । रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको...

बदलियो किलोग्रामको परिभाषा, हाम्रो जीवनमा के असर गर्छ ?

२ मंसिर, काठमाडौं । वैज्ञानिकहरुले किलोग्राम (केजी)को परिभाषा परिवर्तन गरेका छन् । नयाँ परिभाषालाई ५० भन्दा बढी देशले सर्वसम्मतीले अनुमति दिइसकेका छन् । पहिले यसलाई प्लाटिनमबाट बनेको एक सिलको वजनसँग परिभाषित गरिन्थ्यो जसलाई ‘ली ग्रान्ड...