सरकारले दुई महिनामा बाँड्यो पौने ३ करोड

-गंगामाया अधिकारीको खातामा एक करोड, सम्झौताअनुसार ०७१ मै दिनुपर्नेमा ढिलो भएकाले ब्याजबापत थप २० लाख

-आर्थिक सहायता माग्दै गृहमा ५ हजार निवेदन

आर्थिक वर्ष सुरु भएको पहिलो दुई महिनामै नेपाल सरकारले आफ्नो ढुकुटीबाट विभिन्न राजनीतिक दलका नेता, पार्टी कार्यालय तथा व्यक्तिका नाममा झन्डै ३ करोड रुपैयाँ बाँडेको छ । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७५/७६ को साउन र भदौमा आर्थिक सहायता बजेट शीर्षकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, संघीय संसद् सचिवालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत निकायका नाममा उक्त रकम निकासा भइसकेको छ ।

यस अवधिमा राज्यकोषबाट २ करोड ७९ लाख रुपैयाँ आर्थिक सहायताका लागि निकासा भइसकेको छ । यो रकम कांग्रेस नेता नरहरि आचार्यको उपचार, लामो समय अनशन बसेकी गोरखाकी गंगामाया अधिकारीलाई विशेष राहतदेखि एमाले पार्टी कार्यालय पर्साका नाममा समेत खर्च भएको छ ।

सार्वजनिक खर्च पुनरावलोकन आयोगलाई ७० लाख

सरकारले गर्ने खर्च पद्धति र प्रणालीमा सुधारका उपाय दिन गठित सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रशासनिक कार्य सञ्चालनका लागि ७० लाख २८ हजार रुपैयाँ रकमान्तर निकासा गरिएको छ । मंसिर मसान्तसम्म अवधि रहेको यस आयोगले सरकारलाई दुईवटा प्रतिवेदन दिनेछ । गत भदौ दोस्रो साता आयोग गठन भएको थियो ।

आर्थिक सहायता माग्दै गृह मन्त्रालयमा ५ हजार निवेदन

आर्थिक सहायता माग गर्दै गृह मन्त्रालयमा ५ हजार निवेदन परेको छ । सहायता माग्नेमा सत्तारुढ दलका नेता–कार्यकर्ता बढी छन् । सरकारले हरेक वर्ष दसैँअघि ‘विपन्न नागरिकलाई आर्थिक सहायता’को नाममा आफ्ना कार्यकर्तालाई लाखौँ पैसा बाँड्ने चलन नै बनेको छ । विगतको नजिर देखाउँदै यसपटक पनि सत्तारुढ दलका नेता–कार्यकर्ता लबिङमा लागेका हुन् ।

सहयोग रकम माग्दै मन्त्रालयमा सत्तारुढ दलका नेता–कार्यकर्ताको भिड नै लाग्ने गरेको गृहका एक अधिकारीले बताए । करिब ५ हजार निवेदन परिसकेको उनले जानकारी दिए ।

हरेक वर्ष दसैँको मुखमा विपन्न नागरिकलाई आर्थिक सहायताको नाममा कार्यकर्तालाई लाखौँ पैसा बाँड्ने गरिएको छ । विगतको नजिर देखाउँदै यसपटक पनि गृहमन्त्रीमाथि कार्यकर्ताले दबाब दिएका छन् ।

नेता र कार्यकर्ताबाट आर्थिक सहायताका लागि दबाब बढे पनि गृहले यसमा निर्णय गरेको छैन । गृहमन्त्रीका सल्लाहकार सूर्य सुवेदीले ठूलो संख्यामा आर्थिक सहायताका लागि सचिवालयमा निवेदन आएको बताए । तर, कुनै निर्णय नभएको बताए । मापदण्ड बनेपछि मात्र निर्णय हुने उनको भनाइ छ ।


मापदण्ड अलपत्र

गृहमन्त्री रामबहादुर थापा बादलको गृहसुधार योजनामा आर्थिक सहायता वितरणमा पारदर्शी मापदण्ड बनाउने कुरा उल्लेख छ । तर, ६ महिना बित्दा पनि मापदण्ड बन्न सकेको छैन । मापदण्डको मस्यौदा बने पनि त्यसलाई अन्तिम रूप दिन गृहमन्त्री र सचिवले चासो नदिएको एक कर्मचारीले बताए ।

आर्थिक सहायताका लागि ०६६ मा ‘नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायता’ कार्यविधि बनाइएको थियो । कार्यविधिअनुसार भिआइपीलाई निश्चित उपचार खर्च र विपन्न नागरिकलाई बाटो खर्च दिन सकिने उल्लेख छ । कार्यविधिमा विभिन्न जिल्लाबाट काठमाडौं आई बेखर्ची भएर घर फर्किन समस्या भएका विपन्न नागरिकलाई ५ हजार रुपैयाँसम्म दिन सक्ने प्रावधान छ ।

तर, कार्यविधिविपरीत गृह मन्त्रालयले कार्यकर्तालाई मन्त्रिपरिषद्बाट स्वीकृत नगराई एकै व्यक्तिलाई २०–२५ हजार रुपैयाँसम्म दिने गरेको छ । जुन रकम टाठा कार्यकर्ताले हात पार्ने गरेको गृहका एक अधिकारीले बताए । ‘विपन्नलाई दिने भनिएको १० हजार बाटो खर्च लिन कार चढेर कार्यकर्ता यहाँ आउँछन्,’ लामो समयदेखि गृहमा कार्यरत एक कर्मचारीले भने, ‘यस्तो सहायता कार्यकर्ताले मात्र पाउने गरेका छन् ।’

पहुँचवालालाई सहायता रोकिएन

केही पहुँचवाला व्यक्तिले भने मन्त्रिपरिषद्बाट निर्णय गराई नियमविपरीत आर्थिक सहायता लिइरहेका छन् । गम्भीर रोग लागेर उपचार गराउन नसक्ने नागरिकलाई स्वास्थ्य मन्त्रालयमार्फत सरकारले आर्थिक सहायता दिँदै आएको छ । तर, कतिपय सम्पन्न व्यक्तिले पनि विभिन्न बहानामा सरकारबाट स्वीकृत गराई १० लाख रुपैयाँसम्म लिने गरेका छन् ।

‘पहिलेजस्तो अहिले जथाभावी आर्थिक सहायता वितरण छैन,’ गृहका एक अधिकारी भन्छन्, ‘तर, अहिले केही व्यक्ति मन्त्रिपरिषद्बाट सीधै निर्णय गराएर पैसा लिन गृहमा आउन थालेका छन् ।

 

source – naya patrika

यसमा तपाइको मत

प्रमुख समाचार बाट अन्य

भ्याट फिर्ता माग्नेलाई पूर्व अर्थसचिवको प्रश्न : उपभोक्ताले के लाभ पाए ?

मूल्य अभिवृद्धि कर (भ्याट) भनेको वस्तु तथा सेवाको उपभोगमा लाग्ने कर हो । यो वैज्ञानिक कर प्रणाली हो । यसअघि मूल्य अभिवृद्धि कर ऐनकै अनुसूचीमा भ्याट फिर्ता हुने वस्तुको अनुसूची थियो । छुटका व्यवस्थाहरु...

सिन्धुलीको दूधौलीमा भोलि सार्वजनिक बिदा

२ मङ्सिर, सिन्धुली । हरिबोधनी एकादशी तथा तुलसी विवाहको दिन यही मङ्सिर ३ गते दूधौली नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । उक्त नगरपालिकामा दनुवार समुदायको बाहुल्यता रहेको र सो समुदायले यस दिनलाई हरिबोधनी अर्थात बड्की...

ट्रकले च्यापिएर हेटौंडामा दुईजनाको मृत्यु

२ मंसिर, हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-९ पशुपति नगरमा ट्रकले च्यापिएर दुईजनाको मृत्यु भएको छ । बाराबाट मकै बोकेर आएको ना६ख ७०१७ नम्बरको ट्रक पल्टिदा मोटरसाइकल र अटो च्यापिएका थिए । सोही दुर्घटनामा घाइते भएका...

शिक्षक पेशा छाडेर तरकारीखेती

२ मङ्सिर, सुर्खेत । लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट छन् । ५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२ वर्ष भयो । यसमा उनलाई गर्व लागेको छ । विसं २०५३...

‘पञ्चायती’ मा युवतीमाथि बलत्कारको माग !

२ मंसिर, काठमाडौं । पञ्चायती (गाउँका भद्रभलाद्मीको सभा) मै एक युवतीलाई सार्वजनिक बलात्कार गर्नुपर्ने माग राखिएको छ । त्यसको विरोध गर्दा एक सांसद कुटिएका छन् । सर्लाहीको कविलासी नगरपालिका-६ मदनपुरमा शुक्रबार बसेको पञ्चायतीमा राष्ट्रियसभा सदस्य...

सीमा समस्या समाधानको माग गर्दै स्थानीय तह धाउँदै डडेल्धुराका महिला

२ मंसिर, डडेल्धुरा । सीमाको समस्या झेल्दै आएका स्थानीयले समस्या समाधान गरिदिन अनुरोध गर्दै स्थानीय तहमा धाउन थालेका छन् । डडेल्धुराको परशुराम नगरपालिका सीमा क्षेत्रका महिलाहरु सामुहिक रुपमा सीमासँग जोडिएका आफ्ना समस्या समाधानको माग गर्दै...

‘यू-टर्न’ नलिनेहरु नेता नै होइनन्ः इमरान खान

२ मंसिर, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ‘यू-टर्न’ लिन नसक्ने नेता कहिल्यै सफल नहुने बताएका छन् । पत्रकारहरुसँगको कुराकानीमा प्रधानमन्त्री खानले भने, ‘यू-टर्न नलिने कहिल्यै सफल नेता हुँदैन र जसले ‘यू-टर्न’ लिन जान्दैन...

लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार शुरु

२ मंसिर, रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा पूर्वीय दर्शनको विविधता विषयमा छलफल गर्न शनिबारदेखि अन्तर्राष्ट्रिय सेमिनार शुरु भएको छ । नेपाल र चीनका दुई विश्वविद्यालयको आयोजनामा एशियाली प्राकृतिक दर्शनको विविधिकरण विषय सेमिनार शुरु भएको हो...

रुकुम पश्चिममा गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या

२ मंसिर, रुकुम । रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको...

बदलियो किलोग्रामको परिभाषा, हाम्रो जीवनमा के असर गर्छ ?

२ मंसिर, काठमाडौं । वैज्ञानिकहरुले किलोग्राम (केजी)को परिभाषा परिवर्तन गरेका छन् । नयाँ परिभाषालाई ५० भन्दा बढी देशले सर्वसम्मतीले अनुमति दिइसकेका छन् । पहिले यसलाई प्लाटिनमबाट बनेको एक सिलको वजनसँग परिभाषित गरिन्थ्यो जसलाई ‘ली ग्रान्ड...