कांग्रेस नेताले एक एक गरी केलाय कम्युनिस्ट सरकारको हिसाबकिताब, एउटा पनि छैन राम्रो काम !

काठमाडौं । जनपक्षीय काम गर्न नसकेको भनेर चौतर्फी आलोचना भइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले कम्युनिस्ट सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको बताए ।

उनले कञ्चनपुरकी बालिका निर्मला पन्तका बलात्कारी–हत्यारालाई बचाउन सरकार नै लागिरहेको बताए । पार्टीको केन्द्रिय समिति, पदाधिकारी, अनुशासन समिति र संसदीय समिति सबै निर्वाचनमार्फत् चयन गर्नुपर्ने समेत उनले स्पष्ट पारेका छन् ।

शनिबार नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको दशैं, तिहार र छठलगायतका चाडपर्वको अवसरमा शुभकामना आदान–प्रदान आयोजित कार्यक्रममा नेता पौडेलले पार्टीभित्र अहिले आन्तरिक लोकतन्त्र सुदृढ गर्नुपर्ने मुख्य चूनौति रहेको बताए । उनले भने, ‘आन्तरिक लोकतन्त्र सुदृढ गर्नु अहिलेको चूनौति हो । त्यसैले हामीले अब सबै पदाधिकारी, केन्द्रिय समिति लगायतमा प्रत्यक्ष निर्वाचित प्रणाली स्थापित गर्नुपर्छ ।’

नेता पौडेलले पार्टीभित्र यतिबेला अनुशासन उल्लंघन भइरहेकोले अनुशासन कायम गर्नको लागि पनि शक्तिशाली अनुशासन आयोग गठन गर्नुपर्ने पनि धारणा अघि सारे । उनले थपे, ‘शक्तिशाली आयोग बनाउनुपर्छ र यसले सबैलाई अनुशासनको दायरामा राख्छ । सभापतिलाई समेत अनुशासनभित्र राख्न सक्नुपर्छ ।’ अब सभापतिले टिका लगाएर कोही पनि नियुक्त गर्न नहुने उनको भनाई छ ।

पार्टीभित्र बसेर गलत गर्ने र अनुशासन नमान्नेलाई कारबाही गर्न सक्ने मान्छे मात्रै अनुशासन समितिको नेतृत्वमा बस्नुपर्ने उनको भनाई छ । पार्टीलाई आगामी दिनमा कसरी अघि बढाउने भन्ने बारेमा आफूले यतिबेला छलफलमै रहेको पौडेलले सुनाए ।

उनले भने, ‘पार्टीको सबै विद्यानहरुलाई हुबहु लागु गर्न नसक्नु पार्टी नेतृत्वको कमजोरी हो । अब पार्टीको विधान नवौंपटक संशोधन हुँदैछ । यसमा कुनै विमति छैन ।’

उनले सत्तारुढ दल नेकपा र यसका नेताहरु अहिले पतनको बाटोमा अग्रसर रहेको आरोप लगाए । उनले भने, ‘अहिले सत्तारुढ दल नेकपाका नेताहरु पतनको बाटोमा छन् । सरकारले अहिलेसम्म एउटापनि राम्रो काम गर्न सकेको छैन । प्रधानमन्त्री ओलीले चुनावमा घोषणा गरेका प्रतिबद्धताबमोजिम कुनैपनि काम गर्न सक्नुभएन ।’

प्रधानमन्त्री ओलीले अहिलेसम्म सम्झनलायक एउटा पनि राम्रो काम गर्न नसकेको उनको आरोप छ । उनले भने, ‘मेलम्ची खानेपानी परियोजनापनि हाम्रै पालामा भएको हो । नारायणघाट–मुग्लिन सडक खण्डको स्तरोन्नती हाम्रै पालामा भएको हो । यो सरकारले के नयाँ काम गरेको छ र ?’

वर्तमान सरकारले चीन र भारतबाट रेल ल्याउने भनेर चर्चामात्रै गरेको सुनाउँदै उनले भने, ‘भाषण गरेरमात्रै रेल आउँदैन् । रेल ल्याउने प्राविधिक पक्ष लागत लगायत अन्य विषयमा कुनैपनि छलफल तथा अध्ययन भएको छैन ।’

सरकारले बिना टेण्डर र बिना सूचना बुढीगण्डकी जलविद्युत परियोजना एकलौटी रुपमा चिनियाँ कम्पनीलाई दिएको भन्दै पौडेलले कडा आपत्ति जनाए । उनले भने, ‘प्रधानमन्त्रीलाई यो अधिकार कसले दियो ?’

उनले प्रधानमन्त्री ओली अहिले सफल हुने दिशामा नरहेको समेत स्पष्ट पारे । उनले थपे, ‘नेकपाभित्रै यतिवेला प्रधानमन्त्रीको कामकारबाही र कदमलाई लिएर माधव नेपाल पक्षले गम्भिर कुरा उठाएको छ ।

नेकपाभित्र अहिले विद्रोहको स्थिति सिर्जना भएको छ ।’ त्यस्तै उनले कोशीमा पानीको गहिराई नभएकोले कसरी पानीजहाज चल्छ भन्दै उनले प्रधानमन्त्री ओलीलाई प्रश्न समेत गरे । नेता पौडेलले ३३ केजी सुन प्रकरण कोट्याउँदै भने, ‘यो सुनकाण्ड कहाँ पुग्यो ? सिण्डिकेटको चर्चा सेलायो ।’

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण उल्लेख गर्दै उनले भने, ‘सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्ने कुरा साँचो होइन, खोज्न नसकेर होइन, नचाहेर नखोजेको हो । राज्य अपराधीलाई संरक्षण गर्न चाहन्छ । यस्ता कुराले राज्यमा विद्रोह पैदा गर्छ ।’ निर्मला पन्तलाई न्याय माग्दै देशका विभिन्न ठाउँमा दिनदिनै प्रदर्शन हुने गरेको छ ।

यसमा तपाइको मत

समाचार बाट अन्य

अङ्गीकृत नागरिकताले राष्ट्रियतामा असर पार्न सक्छ : गृहमन्त्री थापा

२ मंसिर, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले नागरिकताका कारण कैयौं राष्ट्रको अखण्डता गुमेको भन्दै यस विषयमा सरकार संवेदनशील रहेको बताएका छन् । आइतबार राज्य व्यवस्था समितिमा नेपाल नागरिकतासम्बन्धी विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले...

सिन्धुलीको दूधौलीमा भोलि सार्वजनिक बिदा

२ मङ्सिर, सिन्धुली । हरिबोधनी एकादशी तथा तुलसी विवाहको दिन यही मङ्सिर ३ गते दूधौली नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । उक्त नगरपालिकामा दनुवार समुदायको बाहुल्यता रहेको र सो समुदायले यस दिनलाई हरिबोधनी अर्थात बड्की...

ट्रकले च्यापिएर हेटौंडामा दुईजनाको मृत्यु

२ मंसिर, हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-९ पशुपति नगरमा ट्रकले च्यापिएर दुईजनाको मृत्यु भएको छ । बाराबाट मकै बोकेर आएको ना६ख ७०१७ नम्बरको ट्रक पल्टिदा मोटरसाइकल र अटो च्यापिएका थिए । सोही दुर्घटनामा घाइते भएका...

हिउँदे अधिवेशनको पहिलो बैठकको एजेण्डा चिकित्सा शिक्षा विधेयक !

२ मंसिर, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक संसदको आगामी अधिवेशनको पहिलो बैठकमै पेश गर्ने निर्णय गरेको छ । समितिको आइतबार बसेको बैठकले मंसिर ९ गतेबाट दफावार छलफल सुरु गर्ने निर्णय...

शिक्षक पेशा छाडेर तरकारीखेती

२ मङ्सिर, सुर्खेत । लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट छन् । ५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२ वर्ष भयो । यसमा उनलाई गर्व लागेको छ । विसं २०५३...

‘पञ्चायती’ मा युवतीमाथि बलत्कारको माग !

२ मंसिर, काठमाडौं । पञ्चायती (गाउँका भद्रभलाद्मीको सभा) मै एक युवतीलाई सार्वजनिक बलात्कार गर्नुपर्ने माग राखिएको छ । त्यसको विरोध गर्दा एक सांसद कुटिएका छन् । सर्लाहीको कविलासी नगरपालिका-६ मदनपुरमा शुक्रबार बसेको पञ्चायतीमा राष्ट्रियसभा सदस्य...

सीमा समस्या समाधानको माग गर्दै स्थानीय तह धाउँदै डडेल्धुराका महिला

२ मंसिर, डडेल्धुरा । सीमाको समस्या झेल्दै आएका स्थानीयले समस्या समाधान गरिदिन अनुरोध गर्दै स्थानीय तहमा धाउन थालेका छन् । डडेल्धुराको परशुराम नगरपालिका सीमा क्षेत्रका महिलाहरु सामुहिक रुपमा सीमासँग जोडिएका आफ्ना समस्या समाधानको माग गर्दै...

‘यू-टर्न’ नलिनेहरु नेता नै होइनन्ः इमरान खान

२ मंसिर, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ‘यू-टर्न’ लिन नसक्ने नेता कहिल्यै सफल नहुने बताएका छन् । पत्रकारहरुसँगको कुराकानीमा प्रधानमन्त्री खानले भने, ‘यू-टर्न नलिने कहिल्यै सफल नेता हुँदैन र जसले ‘यू-टर्न’ लिन जान्दैन...

लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार शुरु

२ मंसिर, रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा पूर्वीय दर्शनको विविधता विषयमा छलफल गर्न शनिबारदेखि अन्तर्राष्ट्रिय सेमिनार शुरु भएको छ । नेपाल र चीनका दुई विश्वविद्यालयको आयोजनामा एशियाली प्राकृतिक दर्शनको विविधिकरण विषय सेमिनार शुरु भएको हो...

रुकुम पश्चिममा गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या

२ मंसिर, रुकुम । रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको...