कम्युनिस्ट शासनमा गरीबलाई यस्तो आपत, समाजवादको नारा हावा गफैमा सिमित

धनगढी । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक समाजवादको गफ दिने गरेपनि व्यावहारिक अवस्था अर्कै देखिएको छ ।
दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्दै गएपछि सुदूरपश्चिमका गरीब सर्वसाधारण मारमा परेका छन् । केही दिनयता उपभोग्य सामग्री दाल, चामल, खानेतेल, चिनी, तरकारी, फलफूल लगायतको मूल्य बढेको छ ।

सामानको मूल्य बढेसँगै भान्सा पनि महंगिएको धनगढीकी शारदा क्षेत्रीले बताइन् । उनले भनिन्, ‘पहिलेको तुलनामा भान्सामा दैनिक प्रयोग हुने खाद्य सामग्रीको मूल्य बढेको छ ।’

खानेतेल प्रतिपोका (आधा लिटर) ७५ रुपैयाँमा किन्दै आएकोमा अहिले बढेर ८० रुपैयाँ पुगेको उनले बताइन् । ‘तेलमात्र हैन, चामल, पिठोदेखि तरकारी लगायतको मूल्यवृद्धि भएको छ,’ उनले भनिन् ।

धनगढीस्थित शिवशक्ति भोजनालयका सञ्चालक धर्मराज भट्ट पनि खाद्य सामग्रीको मूल्य बढेको बताउँछन् । तरकारीको मूल्य पनि अकासिएको उनको भनाइ छ । ‘हरेक तरकारीको मूल्य प्रतिकिलो पाँचदेखि १० रुपैयाँसम्म बढेको छ,’ उनले भने । नागरिक दैनिकले समाचार लेखेको छ ।

धनगढीमा एक साताअघि प्रतिकिलो ६४ रुपैयाँमा बिक्री भएको मसिनो चामल अहिले ७० रुपैयाँ, १ सय ८५ रुपैयाँ पर्ने पिठो (५ किलोको प्याकेट) दुई सय १० रुपैयाँ, ७५ रुपैयाँमा पाइने खानेतेल आधा लिटर ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

बैतडीमा पनि खाद्यान्नमा प्रतिकिलो पाँचदेखि ३० रुपैयाँसम्म मूल्य बढेको छ । नयाँ आर्थिक वर्ष लागेसँग बढ्न थालेको बजारभाउ यतिबेला अकासिएको छ ।

‘स्थानीय किसानले उत्पादन गरेका सामानको भाउ बढेको छैन,’ पाटन नगरपालिका–६, का हरिश विष्टले भने, ‘तर बाहिरबाट ल्याइएका सामानको मूल्य छोइनसक्नु छ ।’ दालचामलदेखि नुन तेल, चिनी, तरकारीको भाउ बढेपछि सर्वसाधारण समस्यामा परेका छन् । विशेषगरी मजदुरी गरेर गुजारा चलाउने वर्ग मूल्यवृद्धिले पिल्सिएको छ ।

सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएपछि दैनिक उपभोग्य सामानको मूल्य झन् बढेको उपभोक्ताको गुनासो छ । खुद्रादेखि होलसेल पसलेले आफूखुशी हरेक सामानको मूल्य बढाएका छन्।

नियमनकारी निकायको फितलो बजार अनुगमनले उपभोक्ता ठगिएको उद्योग वाणिज्य संघ, बैतडीका अध्यक्ष नरबहादुर चन्दले बताए । बजारमा खाद्यान्न, तरकारी, फलफूल, पेयपदार्थ, तेल, मासु, पानी, औषधिलगायत वस्तु तथा सेवामा मूल्यवृद्धिसँगै गुणस्तरहीन सामान बेच्ने क्रम रोकिएको छैन ।

अनियन्त्रित मूल्यवृद्धिको मारमा विपन्नदेखि मध्यम वर्ग नराम्ररी पिल्सिएको जगन्नाथ बुहमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले बताए । उनका अनुसार मूल्यवृद्धि नियन्त्रण गर्ने र बजारलाई उपभोक्तामैत्री बनाउनेतर्फ कसैले चासो दिएको छैन ।

‘मूल्य आफैंमा स्थिर नहुने भए पनि एक्कासि बढ्दा समस्या उत्पन्न भएको छ । बिचौलियाकै कारण किसानले उत्पादन गरेको दूध, घ्यू, तरकारीको भाउ बढ्दै गएको छ तर किसानले मूल्य पाएका छैनन्,’ पाटन नगरपालिका–४ का लालबहादुर महराले भने, ‘बिचौलियाले भने दोब्बर फाइदा लिएका छन् ।’

मूल्यवृद्धिसँगै बजारमा कालोबजारी पनि बढेको छ। पेट्रोलियम पदार्थमा पनि कालोबजारी हुने गरेको स्थानीय बताउँछन् । सतबाँजस्थित नेपाल आयल निगमको अधिकृत बिक्रेता भण्डारी आयल स्टोरले पेट्रोल ल्याउन छाडेपछि अन्य पसलेले एक लिटर पेट्रोल एक सय ३० देखि एक सय ५० रुपैयाँसम्ममा बिक्री गर्न थालेका छन् ।

गोठालापानी, शाहीलेकलगायत बजारमा बोतलमा राखेर पेट्रोल बिक्री भइरहेको छ । मूल्यवृद्धि, खाद्यान्नमा मिसावट र अराजकता नियन्त्रण गर्न स्थानीय तहले कुनै पहल नगरेको उपभोक्ताको गुनासो छ ।

बझाङमा पनि दैनिक उपभोग्य सामानको मूल्य बढेको छ । सरकारले करको दर र दायरा बढाएसँगै दैनिक उपभोग्य सामानको मूल्य बढेको हो । बझाङमा चामल, दाल, तेल, चिनी, पिठो, पेट्रोल र डिजेलको मूल्य अकासिएको छ ।

दसैंको मुखमा एकाएक उपभोग्य सामानको मूल्य बढ्दा मर्कामा परेको बताउँदै जयपृथ्वी नगरपालिका–३ का कलक नेपालीले भने, ‘दैनिक भारी बोकेर गुजारा चलाउँछु, खाद्यान्नमा मूल्य बढ्दा हामीजस्ता न्यून कमाइ भएकालाई घरधन्दा चलाउनै मुस्किल छ ।’

उनले दसैंको मुखमा मूल्य घट्नुको साटो बढ्न थालेको भन्दै चिन्ता गरे । ‘मजदुरी गेरबापत पाउने ज्याला बढेको छैन, उही छ,’ उनले भने, ‘तर बिहान–बेलुका खाने चिजको मूलय महिनादिनमै अकासिएको छ ।’

धनगढीमा सामानको मूल्य बढेको र ढुवानी भाडा पनि महंगिएकाले बझाङमा पनि मूल्य समायोजन गर्नुपरेको बझाङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा स्थानीय व्यापारी जगत मल्ल बताउँछन् । बझाङमा धनगढीबाट सामान आपूर्ति गरिन्छ ।

यसमा तपाइको मत

समाचार बाट अन्य

सिस्नु हानाहान गरी सङ्क्रान्ति मनाउँदै

१ माघ, जाजरकोट । परापूर्वकालदेखि जाजरकोटका गाउँगाउँमा सिस्नु हानाहान गरी माघे सङ्क्रान्ति मनाउने कार्य शुरु भएको छ । चेली, बुहारीले टाढाटाढाबाट माइती घरमा गएर मिठो, मसिनो खाने चलनसमेत रहेको छ । मङ्गलबार बिहानैदेखि जिल्लाको पूर्वी...

निर्मला हत्यामा आधारित बन्यो चलचित्र ‘कोपिला’

काठमाण्डु। बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको घटना अब फिल्मको पर्दामा देख्न पाइने भएको छ । शिवम् अधिकारीको निर्देशनमा फिल्म बनेको हो । सोमबार भरतपुरमा एक कार्यक्रम गर्दै फिल्मको ईन्डक्ल्याप गरिएको छ...

विवेकशील साझा र नयाँ शक्तिबीच एकता हुनसक्ने सम्भावना

काठमाण्डौ – विवेकशील साझा पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यले विवेकशील नेपाली दलसँग गरिएको पार्टी एकता नै भावनात्मक हुन नसक्दा फुटको नियति भोग्नु परेको बताउनु भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो...

१३ वर्षीया बालिका बलात्कार पछि हत्या गर्ने दम्पतीलाई जन्मकैदको फैसला

सुनसरी :धरानकी अनुसा राई हत्या प्रकरणमा जिल्ला अदालत सुनसरीले २ जनाविरुद्ध जन्म कैदको फैसला सुनाएको छ । १३ वर्षीया बालिका राईको बलात्कार पछि हत्या अभियोगमा धरान–१६ का वलिमान राई र उनकी श्रीमती पदमकु मारी राईविरुद्ध...

कोमल वलीका नाममा नेकपाभित्र लफडा !

१ माघ, काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष प्रदेश कमिटीहरु गठनको निर्णय संशोधन गर्न तयार नभएपछि नेकपा स्थायी कमिटीले बनाएको कार्यदल अवरुद्ध अवस्थामा पुगेको छ । शुरुदेखि नै काम गर्न...

पत्रकारको हत्यामा दोषी ठहरिए राम रहीम

दुई महिला बलात्कार मुद्दामा २० वर्ष जेल सजाय पाएका डेरा सच्चा सौदा प्रमुख राम रहीम पत्रकार रामचन्द्र छत्रपतिको हत्यामा दोषी ठहरिएका छन्। भारत चुकुलाको विशेष सिबिआइ अदालतले रहीमका साथै कुलदीप सिंह, निर्मल सिंह र कृष्णलाललाई...

दुई अस्पताल खारेजीको तयारी, आन्दोलन गर्ने कांग्रेको चेतावनी

काठमाडौं : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका पूर्वसभापतिको नाममा स्थापित अस्पताललाई सरकारले विघटन गर्न खोजेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताललाई सरकारले विघटन...

स्मार्ट लाइसेन्सको प्रिन्ट गुणस्तरीय नभएको निश्कर्ष

१ माघ, काठमाडौं । यातायात व्यवस्था विभागले आउटसोर्सिङ गरेर छापिएको स्मार्ट लाइसेन्स गुणस्तरीय नभएको निश्कर्ष निकालेको छ । त्यसैका अधारमा तत्कालका लागि आउटसोर्सिङ कम्पनी मालिका इन्कर्पोरेटमार्फत हुने छपाइ रोकिएको छ । कम्पनीले करिब ४ लाख...

१२ वर्षपछि जापान जाँदै वायुसेवा निगमको जहाज

काठमाडौं : वायुसेवा निगमले १२ वर्षपछि पुनः जापान उडानको तयारी थालेको छ । सातामा दुईवटा उडान गरिरहेको निगमले जहाजको संख्या कम भएकै कारण १३ वर्षसम्म गरेको नियमित उडानलाई बन्द गरेको थियो । निगमले सन् १९९४...

बाइडबडी विमान प्रकरणमा देउवाकाे संलग्नताबारे छानबिन गर्न कांग्रेस नेता पाैडेलको माग

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बाइडबडी विमान खरिद प्रकरणमा संलग्न रहे/नरहेको बारे छानबिन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारसँग माग गर्नु भएको छ । कांग्रेस वरिष्ठ नेता पौडेलले सभापति देउ वाले आफू त्यस प्रकरणमा...