पाटीमा सबैको सहज पँहुच हुनुपर्ने वातावरण बनाउन नेता साउदलाइ आग्रह

अादर्श के सि, दक्षिण काेरिया

    नेपाली काँग्रेसको अन्र्तराष्टिय भातृ संगठन जन सम्पर्क समिति दक्षिण कोरीयाले आयोजनामा नेपालको समसामहिक घटनाक्रम र पाटीका गतिबिधि सग सम्बन्धि अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ। उक्त भेटघाट तथा अन्र्तक्रिया कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण प्रकाश(एन.पी.) साउदले सम्बोधन गर्नु भएको थियो ।कार्यक्रममा सम्बाेधन गदै नेता साउदले चुनाव हार पछि पाटि कमजोर भएको हाेला भनेर देखिए पनि पाटि उहि ठाउँमा भएको बरु यसलाई अझ सकृय बनाउन टोल स्तर बाट जागरण र सृदृढीकरण अभियानहरु चलाइने उहाले बताउनु भयो । चुनावमा हार हुनुमा केही प्राविधिक त्रुटीहरु समेत रहेको भन्दै अब त्यस्ता त्रुटीहरु नदोहरीने प्रतिबद्धता पनि नेता साउदले ब्यक्त गर्नु भयो । संक्रमण कालको अन्त्य नभएको भन्दै मुलुकको समृद्धीको लागी नेपाली काँग्रेस आफुलाइ समेत सच्चाउदै अगाडी बढनु पर्ने उहाले बताउनु भयो ।

    बर्तमान राजनीतिक परिबेश , पार्टी संगठन र संमृद्द नेपालको लागि युवा शक्तिको विशेष भुमिका हुने भन्दै नेपाली काँग्रेसले युवाको शक्तीलाई उत्प्रेरणा गर्ने कुरामा समेत जोड दिनु भएको थियो । कार्यक्रममा अाेखलढुङ्गा जिल्ला उपसभापति  तेजेन्रद्र खनाल , आवासीय नेपाली सघ (एनअाएन)का अध्यक्ष लक्ष्मी लामा गुरुङ , जनसम्र्पक समिती दक्षिण कोरीयाका पुर्व सभापति नवराज सिवाकोटी,निवर्तमान  सभापति गिरीराज कुँवर,सल्लाहकार भजेन्द्र क्षेत्री  लगाएतले नेता साउदलाइ सुझाब सहितको मन्तब्य राखेका थिए ।

     अन्र्तराष्टिय भातृ संगठन जन सम्पर्क समितिहरुको पाटी प्रति लगानी र योगदान उत्तिकै रहेको भएपनि पाटी नेतृत्व र नेताले त्यसको वेवस्था गरेको गुणासो समेत गरीएको थियो । “हामीले दुख गरेर तपाइहरुलाइ सम्मान गर्छौ ,पाटी प्रति सके जति लगानी गछौ तर तपाइहरु भुल्नु हुन्छ” आगामी दिनमा सुधार गर्नुहोला, सभापति गिरीराज कुँवर, नवराज सिवाकोटी र सल्लाहकार भजिन्द्र क्षेत्रीले साउदलाइ सुझाब दिनु भएको थियो । अनुशासन हिन ब्यक्ति हरु पाटि सग पहुच राख्ने तर इमानदार कार्यकर्ताहरु कहिले पनि नेता सग आफ्ना समस्या राख्न नपाउने प्रबृत्ति काे अन्त्य गर्न सुझाव समेत दिइएकाे थियो ।अब नेपाली काँग्रेस का नेता कार्यकर्ता हरु अाफनाे चरित्र मा सुधार गरि पाटि र परिवारको हितका लागि काम गर्ने वातावरण बनाउन समेत अाग्रह गरिएको थियो । सिमित नेतालाइ भेटने ब्यक्ती मात्रै पाटीमा हावी भएको भन्दै यस्तो प्रवृतिले पाटी झन कमजोर भएको समेत उहाहरुले आक्रोस पोख्नु भयो । कतिपय महत्वपुर्ण विषयमा समेत नेताहरुलाइ भेटन जादा भेटन नपाएर फर्कनु परेको तर प्रभावहिन ब्यक्तीहरुले भेटघाट र अन्य अवसरहरुमा पहुच राख्ने प्रचलनले कार्यकर्तामा निराशा हुने अवस्था आएको भन्दै नेताहरुले यस्ता गतिबिधीहरुलाइ तत्काल सुधार्न पनि आग्रह गरिएको थियो । आइतबार सौलमा भएको सो कार्यक्रममा स्वागत मन्तब्य राख्दै उपसभापति जितेन्द्र महताले नेपाली काँग्रेसको आन्तरिक विवाद अन्त्य गर्न खवदारी समेत गर्नु भयो । क्रियाशिल सदस्यता लगाएतका बिषयमा फेरी विवाद छताछुल्ल हुन थालेको भन्दै उपसभापति महताले यसले राम्रो संकेत नदिने बताउनु भयो । कार्यक्रममा कोरीयाको महान चाड छुसकको अवसरमा अधिबेशन मार्फत विभिन्न संगठन तथा समाजमा निर्वाचित नेपाली काँग्रेस आस्थावान पदाधिकारीहरुलाइ समेत सम्मान गरिएको जन सम्पर्क समिति दक्षिण कोरीयाका महामन्त्री कुमार थापाले जानकारी दिनु भयो । सभापति आस्थाविन्दु मल्लले संगठन बलियो भएपछि ब्यक्ती पनि बलियो हुने भन्दै सबैलाइ संगठन र पाटीलाइ बलियो बनाउन तिर दृढ हुन अनुरोध गर्नु भयो । पछिल्लो समय जनसम्पर्क समितिले केन्द्रिय स्तरका नेताहरुको सहभागितामा आधा दर्जनको हाराहारीमा बिभिन्न कार्यक्रमहरु हरु गरेको भन्दै यस्ता कार्यक्रमको उपलब्धीहरुको पनि रक्षा गर्नु पर्ने मल्लले बताउनु भएको थियो ।

यसमा तपाइको मत

समाचार बाट अन्य

अङ्गीकृत नागरिकताले राष्ट्रियतामा असर पार्न सक्छ : गृहमन्त्री थापा

२ मंसिर, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले नागरिकताका कारण कैयौं राष्ट्रको अखण्डता गुमेको भन्दै यस विषयमा सरकार संवेदनशील रहेको बताएका छन् । आइतबार राज्य व्यवस्था समितिमा नेपाल नागरिकतासम्बन्धी विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले...

सिन्धुलीको दूधौलीमा भोलि सार्वजनिक बिदा

२ मङ्सिर, सिन्धुली । हरिबोधनी एकादशी तथा तुलसी विवाहको दिन यही मङ्सिर ३ गते दूधौली नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । उक्त नगरपालिकामा दनुवार समुदायको बाहुल्यता रहेको र सो समुदायले यस दिनलाई हरिबोधनी अर्थात बड्की...

ट्रकले च्यापिएर हेटौंडामा दुईजनाको मृत्यु

२ मंसिर, हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-९ पशुपति नगरमा ट्रकले च्यापिएर दुईजनाको मृत्यु भएको छ । बाराबाट मकै बोकेर आएको ना६ख ७०१७ नम्बरको ट्रक पल्टिदा मोटरसाइकल र अटो च्यापिएका थिए । सोही दुर्घटनामा घाइते भएका...

हिउँदे अधिवेशनको पहिलो बैठकको एजेण्डा चिकित्सा शिक्षा विधेयक !

२ मंसिर, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक संसदको आगामी अधिवेशनको पहिलो बैठकमै पेश गर्ने निर्णय गरेको छ । समितिको आइतबार बसेको बैठकले मंसिर ९ गतेबाट दफावार छलफल सुरु गर्ने निर्णय...

शिक्षक पेशा छाडेर तरकारीखेती

२ मङ्सिर, सुर्खेत । लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट छन् । ५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२ वर्ष भयो । यसमा उनलाई गर्व लागेको छ । विसं २०५३...

‘पञ्चायती’ मा युवतीमाथि बलत्कारको माग !

२ मंसिर, काठमाडौं । पञ्चायती (गाउँका भद्रभलाद्मीको सभा) मै एक युवतीलाई सार्वजनिक बलात्कार गर्नुपर्ने माग राखिएको छ । त्यसको विरोध गर्दा एक सांसद कुटिएका छन् । सर्लाहीको कविलासी नगरपालिका-६ मदनपुरमा शुक्रबार बसेको पञ्चायतीमा राष्ट्रियसभा सदस्य...

सीमा समस्या समाधानको माग गर्दै स्थानीय तह धाउँदै डडेल्धुराका महिला

२ मंसिर, डडेल्धुरा । सीमाको समस्या झेल्दै आएका स्थानीयले समस्या समाधान गरिदिन अनुरोध गर्दै स्थानीय तहमा धाउन थालेका छन् । डडेल्धुराको परशुराम नगरपालिका सीमा क्षेत्रका महिलाहरु सामुहिक रुपमा सीमासँग जोडिएका आफ्ना समस्या समाधानको माग गर्दै...

‘यू-टर्न’ नलिनेहरु नेता नै होइनन्ः इमरान खान

२ मंसिर, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ‘यू-टर्न’ लिन नसक्ने नेता कहिल्यै सफल नहुने बताएका छन् । पत्रकारहरुसँगको कुराकानीमा प्रधानमन्त्री खानले भने, ‘यू-टर्न नलिने कहिल्यै सफल नेता हुँदैन र जसले ‘यू-टर्न’ लिन जान्दैन...

लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार शुरु

२ मंसिर, रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा पूर्वीय दर्शनको विविधता विषयमा छलफल गर्न शनिबारदेखि अन्तर्राष्ट्रिय सेमिनार शुरु भएको छ । नेपाल र चीनका दुई विश्वविद्यालयको आयोजनामा एशियाली प्राकृतिक दर्शनको विविधिकरण विषय सेमिनार शुरु भएको हो...

रुकुम पश्चिममा गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या

२ मंसिर, रुकुम । रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको...