बडा दशैँ २०७५ को शुभकामना सहित चर्चित मोडेल देबराज काफ्लेको “ए परदेशी फर्क” ( भिडियो सहीत )

बडा दशैं २०७५ को  दशैँ गीतको भिडियो  ‘ए परदेसी फर्कले यस बर्ष दशैँ तिहारलाई लक्षित  गरी बजारमा आएका भिडियोहरुमाझ  छुट्टै पहिचान बनाउन सफल भएको छ । नेपाली समुदायको दर्दनाक पिडालाई मध्येनजर गर्दै श्रीमान् परदेशमा दुख कष्ट गरेको र श्रीमतीले घरमा बसेर बिलौना गरेको कथा वस्तुलाई गितमा समेटिएको छ । डिल्ली काफ्लेको लय सिर्जना रहेको यो गितमा शब्द आचल विरही रानाको रहेको छ भने स्वर चर्चित गायिका पूर्ण कला बि सी , डिल्ली काफ्ले र सागर बस्नेतको रहेको छ । त्यस्तै भिडियोमा चर्चित मोडल देबराज काफ्ले र ऋचा थापाले अभिनय गरेका छन् । दर्जनौं भिडियोमा अभिनय गरिसकेका काफ्लेले पछिल्लो समय भर्खरै बजारमा आएको परदेशको पिडामा समाबेश गरिएको ए परदेसी फर्क भन्ने बोलको गितमा पनि अभिनय गरेका हुन् । ‘ए परदेसी फर्क’ गीतको भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्काले गरेका छन् ।

भिडियो हेर्नको लागी तलको लिंक क्लिक गर्नुहोस्  :-

गीतको भिडियोमा देशप्रेम, देशभक्ति, पारिवारिक माया, मिलन र बिछोडका मर्मस्पर्शी क्षणहरुलाई समेट्न कोशिस गरेको देवराज काफ्लले बताए । आफ्नै गाउँघर, पाखापखेरो, पानी पँधेरोमा रमाऔं , गाउँको माया गरौं, कृषि पेशालाई सम्मान गरौं, जोश र जागँर छउन्जेल पराई भुमिमा काम गर्ने र बुढो अशक्त भएपछि नेपाल आएर भन्दा बरु आफ्नै बाँझो जग्गा जोतौं, फाटेको कपडा टालेर लगाऔं, आफ्नै भुमिमा आऊ  पियारा भन्ने जस्ता शब्द र भाव गितले बोकेको उनले बताए । उनले भने , ‘यो सबैको गित हो, वास्तविकता हो, पिडा, बेदना वा बाध्यता हो, त्यसैले सबैले यो भिडियोलाई सकेको प्रचार प्रसार गर्नुहुन पनि हाम्रो सम्पूर्ण  टिम अनुरोध गर्दछौं ।’ उनले अगाडी थपे ‘ यसो भनिरहदा युटुभमा भ्युज बढि बनाएर पैसा कमाउ भन्ने हाम्रो सोच होइन र छैन पनि  ।’ ‘समाजमा जनजागरण ल्याउनुपर्छ, आफ्नो कला, भेष, भुषा, माटो, मातृभूमिलाई आजैदेखि माया गर्ने गरौं । खोले सिस्नु खाने वा टालेर लाउने तर मायालुसँगै बस्ने सोच जीवन संगिनीले अहिलेको समयमा व्यक्त गर्नु अर्को यसको सकारात्मक पक्ष हो जसले यस गितलाई अझ यथार्थपरक बनाएको छ ।’ उनले भने । बाबु, आमा, श्रीमान श्रीमाती, छोराछोरी बीचको माया, ममता, सम्बन्धलाई मजबुद रुपमा पस्किने जमर्को गरी सोही मर्म र भावनालाई अभिनय मार्फत जिवन्तता दिने प्रयास गरेको उनले बताए । मोडेल देबराज काफ्लेले भने म एक राष्ट्रसेवक भएको नाताले यो गीतमा देशप्रेम, देशभक्त्ती मातृभूंमिप्रतिको माया पारीवारिक सम्बन्ध समेतलाई उत्कृष्ट ढंगबाट गीतमा व्यक्त गरिएको हुँदा यो गीतको कथा बस्तु मन परेर अभिनय गरेको बताए । स्मरण रहोस चर्चित मोडेल देबराज काफ्ले नेपाल प्रहरी संगठनका प्रहरी निरीक्षक समेत हुन् ।

 

यसमा तपाइको मत

समाचार बाट अन्य

सिन्धुलीको दूधौलीमा भोलि सार्वजनिक बिदा

२ मङ्सिर, सिन्धुली । हरिबोधनी एकादशी तथा तुलसी विवाहको दिन यही मङ्सिर ३ गते दूधौली नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । उक्त नगरपालिकामा दनुवार समुदायको बाहुल्यता रहेको र सो समुदायले यस दिनलाई हरिबोधनी अर्थात बड्की...

ट्रकले च्यापिएर हेटौंडामा दुईजनाको मृत्यु

२ मंसिर, हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-९ पशुपति नगरमा ट्रकले च्यापिएर दुईजनाको मृत्यु भएको छ । बाराबाट मकै बोकेर आएको ना६ख ७०१७ नम्बरको ट्रक पल्टिदा मोटरसाइकल र अटो च्यापिएका थिए । सोही दुर्घटनामा घाइते भएका...

हिउँदे अधिवेशनको पहिलो बैठकको एजेण्डा चिकित्सा शिक्षा विधेयक !

२ मंसिर, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक संसदको आगामी अधिवेशनको पहिलो बैठकमै पेश गर्ने निर्णय गरेको छ । समितिको आइतबार बसेको बैठकले मंसिर ९ गतेबाट दफावार छलफल सुरु गर्ने निर्णय...

शिक्षक पेशा छाडेर तरकारीखेती

२ मङ्सिर, सुर्खेत । लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट छन् । ५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२ वर्ष भयो । यसमा उनलाई गर्व लागेको छ । विसं २०५३...

‘पञ्चायती’ मा युवतीमाथि बलत्कारको माग !

२ मंसिर, काठमाडौं । पञ्चायती (गाउँका भद्रभलाद्मीको सभा) मै एक युवतीलाई सार्वजनिक बलात्कार गर्नुपर्ने माग राखिएको छ । त्यसको विरोध गर्दा एक सांसद कुटिएका छन् । सर्लाहीको कविलासी नगरपालिका-६ मदनपुरमा शुक्रबार बसेको पञ्चायतीमा राष्ट्रियसभा सदस्य...

सीमा समस्या समाधानको माग गर्दै स्थानीय तह धाउँदै डडेल्धुराका महिला

२ मंसिर, डडेल्धुरा । सीमाको समस्या झेल्दै आएका स्थानीयले समस्या समाधान गरिदिन अनुरोध गर्दै स्थानीय तहमा धाउन थालेका छन् । डडेल्धुराको परशुराम नगरपालिका सीमा क्षेत्रका महिलाहरु सामुहिक रुपमा सीमासँग जोडिएका आफ्ना समस्या समाधानको माग गर्दै...

‘यू-टर्न’ नलिनेहरु नेता नै होइनन्ः इमरान खान

२ मंसिर, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ‘यू-टर्न’ लिन नसक्ने नेता कहिल्यै सफल नहुने बताएका छन् । पत्रकारहरुसँगको कुराकानीमा प्रधानमन्त्री खानले भने, ‘यू-टर्न नलिने कहिल्यै सफल नेता हुँदैन र जसले ‘यू-टर्न’ लिन जान्दैन...

लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार शुरु

२ मंसिर, रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा पूर्वीय दर्शनको विविधता विषयमा छलफल गर्न शनिबारदेखि अन्तर्राष्ट्रिय सेमिनार शुरु भएको छ । नेपाल र चीनका दुई विश्वविद्यालयको आयोजनामा एशियाली प्राकृतिक दर्शनको विविधिकरण विषय सेमिनार शुरु भएको हो...

रुकुम पश्चिममा गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या

२ मंसिर, रुकुम । रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको...

बदलियो किलोग्रामको परिभाषा, हाम्रो जीवनमा के असर गर्छ ?

२ मंसिर, काठमाडौं । वैज्ञानिकहरुले किलोग्राम (केजी)को परिभाषा परिवर्तन गरेका छन् । नयाँ परिभाषालाई ५० भन्दा बढी देशले सर्वसम्मतीले अनुमति दिइसकेका छन् । पहिले यसलाई प्लाटिनमबाट बनेको एक सिलको वजनसँग परिभाषित गरिन्थ्यो जसलाई ‘ली ग्रान्ड...