हजारको नोट बोक्नुभएको छ, होसियार ? नक्कली पर्ला नि !

४ कात्तिक काठमाडौं । दशैंको समयमा नयाँ नोटको प्रचलन बढी हुने गर्छ । यही क्रममा तपाईले एक हजार रुपैयाँका नयाँ नोटहरु बोक्नुभएको छ भने होस गर्नुहोला, त्यो नोट नक्कली पनि पर्न सक्छ । एक हजार रुपैयाँका साथै एक सय रुपैयाँको पनि नक्कली नोट बजारमा पुगेको हुन सक्ने प्रहरीले संकेत गरेको छ ।

नेपाल प्रहरीले आइबार राजधानीमा नक्कली नोट र त्यसका कारोबारीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीले नक्कली नेाटका बेही कारोबारीहरु त पक्राउ, गर्‍यो, तर बजारमा त्यस्ता नक्कली नोटहरु कति गइसकेका छन् भन्ने चाहिँ यकिन हुन सकेको छैन । यस्तो स्थितिमा तपाईको गोजीसम्म आइपुगेको नोट पनि नक्कली पर्न सक्ने खतरा बढेको छ ।

दशैंका बेलामा नक्कली नोटको बिगबिगी भइरहेको सूचना आएपछि प्रहरीले कारवाही अघि बढाएको थियो । यही क्रममा साँच्चै नै नक्कली नोटहरु फेला परेका छन्, यसले नेपाली अर्थतन्त्रमै नकारात्मक प्रभाव पार्न सक्ने देखएकिो छ । विगतमा नक्कली भारुको मात्रै चर्चा हुने गर्दथ्यो, अब नेपाली नोटसमेत नक्कली छाप्ने अपराध सुरु भएको पाइएको छ ।

अभियुक्तहरुको साथबाट बरामद गरिएका एक हजार रुपैयाँका नक्कली नोटहरु झट्ट हेर्दाखेरि ठ्याक्कै सक्कलीजस्तै देखिन्छन् ।
नोट लिँदा नक्कली वा सक्कली हो एकिन गरेर मात्रै लिन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाको सुझाव छ । यदि कसैले नक्कली नोट दिएमा तुरुन्तै नजिकको प्रहरी कार्यालयमा खबर गर्नुपर्ने उनी बताउँछन्

कसरी चिन्ने नक्कली नोट ?

नोट लिँदा नक्कली हो वा सक्कली हो एकिन गरेर मात्रै लिन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाको सुझाव छ । यदि कसैले नक्कली नोट दिए तुरुन्तै नजिकको प्रहरी कार्यालयमा खबर गर्नुपर्ने उनी बताउँछन् ।

नक्कली नोट र सक्कली नोटमा धेरै फरक हुने भएकाले पनि छुट्याउन धेरै गाह्रो नहुने उनी बताउँछन् । ‘सक्कली नोट खस्रो हुन्छ । साथै अंकहरुसमेत केही उठेका हुन्छन्’ निरौलाले अनलाइनखबरसँग भने, ‘छाम्दाखेरि चिल्लो छ र अंकहरु उठेका छैनन् भने त्यो नोट नक्कली हो ।’

निरौलाका अनुसार सक्कली नोटको बीच भागमा सुरक्षा धागो हुन्छ । नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ । तर, नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।

चाडबाडकै बेला किन आउँछ ?

नक्कली नोटको कारोबार ठूला चाडपर्व र चुनावका बेला धेरै हुने गरेको कार्यकारी निर्देशक निरौला बताउँछन् ।

चाडबाड तथा चुनावका बेलामा सुरक्षा अंग र राज्यको ध्यान शान्ति सुरक्षामा हुने हुँदा यस्तो मौकामा नक्कली नोटको कारोबार गर्न सहज हुने ठानेर अपराधिक गिरोहले नक्कली नोटको कारोबार गर्न सक्ने निरौलाको भनाइ छ ।

दशैंका बेला जताततै भीड हुने भएकाले पनि नक्कली नोटको कारोबार बढी हुने गरेको उनको अनुभव छ । राष्ट्र बैंकको बैंकिङ कार्यालय थापाथलीका प्रमुख समेत रहेका निरौला भन्छन्, ‘दशैंमा जताततै भीड हुन्छ, व्यापारीले पनि राम्रोसँग नोट हेर्न फुर्सद पाउँदैनन् यसकारण पनि नक्कली नोटको कारोबार भइरहेको छ ।’

कीर्तिपुरमा भेटियो नक्कली नोट छाप्ने मेसिन !

शनिबार महानगरीय प्रहरी परिसर काठमाडौको टोली कीर्तिपुर नगरपालिका -४ स्थित कृष्णबहादुर क्षेत्रको साढे ४ तल्ले घरमा पुग्यो । सो घरको पहिलो तल्लाका दुईवटा कोठा नारायण श्रेष्ठ र इन्द्रबहादुर श्रेष्ठले भाडामा लिएका थिए । ती कोठाहरुमा छापा मार्दा प्रहरीले नक्कली नोट छाप्ने मेसिन, केही नक्कली नोटहरु र छपाइमा प्रयोग गर्ने सामाग्रीहरु बरामद गर्‍यो ।

नक्कली नोट छापेको आरोपमा पक्राउ परेका ईन्द्रबहादुर श्रेष्ठ पर्साको बिरुवा गुठी घर भई हाल मच्छेगाउँमा बस्दै आएका थिए । २७ वर्षे श्रेष्ठ यसअघि सिरहा जिल्लाबाट हात हतियार खरखजाना मुद्दामा ११ महिना जेल बसेर छुटेका व्यक्ति भएको प्रहरीको भनाइ छ । उनी नक्कली नोट छाप्ने प्रमुख योजनाकार रहेको प्रहरीको दाबी छ

सँगै पक्राउ परेका इन्द्रबहादुर श्रेष्ठका सहयोगी २५ वर्षीय नारायण श्रेष्ठको घर गोरखाको सहिल लखन गाउँपालिका वडा नं ८ मा पर्छ । त्यसैगरी नक्कली नोटको कारोबारमा पक्राउ परेका अन्य व्यक्तिहरुमा मकवानपुरको हर्नामडी -९ घरभई हाल मूलपानी बस्ने बर्ष २५ का साहिल थापामगर पनि छन् ।

त्यसैगरी पर्साको बिरुवागुठी- ३ घर भई हाल जोरपार्टी बस्ने वर्ष २८ का राज श्रेष्ठ छन् । कागेश्वरी मनहरा ११ घर भई हाल कुमारीगाल बस्ने वर्ष २९ का विकास दोचे पनि नक्कली नोटको कारोबारमा समातिएका छन् ।

३ लाख ७० हजारका नक्कली नोट !

>प्रहरीले श्रेष्ठको कोटाबाट रु. एक हजारका दरका नक्कली नोट ३७० थान बरामद गरेको छ । तर, छापिइसकेका कति नोट बजारमा पुगेका छन् भन्ने खुलिसकेको छैन । प्रहरीले पक्राउ गरिएका व्यक्तिहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।
नक्कली नोट होटल रेष्टुरेन्टमा पैसा तिर्ने क्रममा प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ । किराना पसलमा पनि नक्कली नोट दिने गरिएको पाइएको छ
प्रहरीले ब्रोदर कम्पनीको पैसा छाप्ने मेसिन एक थान, २ बट्टा मसी र २ बण्डल पेपर बरामद गरेको छ । गोर्खा फाइनाइन्सको ट्याग भएको पैसा बण्डल बनाउन प्रयोग गरिने सामाग्री १२ थान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

श्रेष्ठको कोठाबाट एनआइसी बैंकको नक्कली चेकसमेत भेटिएको प्रहरीले जनाएको छ । नक्कली नोट बनाउन प्रयोग गरिएका सक्कली हजारका तीन वटा नोट पनि प्रहरीले बरामद गरेको छ । साथमा एक सय रुपैयाँमा सक्कली ३ थान नोट फेला परेका छन् । यसबाट सयको नोट पनि नक्कली छापिएको हुन सक्ने संकेत देखिएको छ । श्रेष्ठको कोठाबाट प्रहरीले लालीगुराँस अंकित रबरस्टाम्प, कैंची र ४ वटा मोबाइलसमेत बरामद गरेको छ ।

अभियुक्तहरुले नक्कली नोट होटल रेष्टुरेन्टमा पैसा तिर्ने क्रममा प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ । त्यसैगरी किराना पसलमा पनि नक्कली नोट दिने गरिएको पाइएको छ । नक्कली नोट बजारमा दिँदा सक्कलीसँग मिसाएर दिने गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

के सजायँ हुन्छ ?

नक्कली नोटका कारोबारीहरुलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने मुलुकी अपराध संहिताको दफा २५६ मा व्यवस्था छ ।

तर, नक्कली नोटहरु बजारमा छरिएमा त्यसले अर्थतन्त्रमा पार्न सक्ने नकारात्मक प्रभाव चाहिँ अपराधीले पाउने यस्तो सजायँ भन्दा धेरै नै बढी हुन्छ । यसका साथै आफूसँग भएको नोट नक्कली पर्‍यो कि भनेर उपभोक्तहरुमा त्रास बढ्छ ।

भारतमा यसैगरी नक्कली नोटको कारोबार र कालो धनको वृद्धि भएका कारण मोदी सरकारले नोटबन्दीको नीति ल्याएर पुराना नोटहरु खारेज गरेको थियो ।स्रोत :www.onlinekhabar.com

यसमा तपाइको मत

समाचार बाट अन्य

सिस्नु हानाहान गरी सङ्क्रान्ति मनाउँदै

१ माघ, जाजरकोट । परापूर्वकालदेखि जाजरकोटका गाउँगाउँमा सिस्नु हानाहान गरी माघे सङ्क्रान्ति मनाउने कार्य शुरु भएको छ । चेली, बुहारीले टाढाटाढाबाट माइती घरमा गएर मिठो, मसिनो खाने चलनसमेत रहेको छ । मङ्गलबार बिहानैदेखि जिल्लाको पूर्वी...

निर्मला हत्यामा आधारित बन्यो चलचित्र ‘कोपिला’

काठमाण्डु। बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको घटना अब फिल्मको पर्दामा देख्न पाइने भएको छ । शिवम् अधिकारीको निर्देशनमा फिल्म बनेको हो । सोमबार भरतपुरमा एक कार्यक्रम गर्दै फिल्मको ईन्डक्ल्याप गरिएको छ...

विवेकशील साझा र नयाँ शक्तिबीच एकता हुनसक्ने सम्भावना

काठमाण्डौ – विवेकशील साझा पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यले विवेकशील नेपाली दलसँग गरिएको पार्टी एकता नै भावनात्मक हुन नसक्दा फुटको नियति भोग्नु परेको बताउनु भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो...

१३ वर्षीया बालिका बलात्कार पछि हत्या गर्ने दम्पतीलाई जन्मकैदको फैसला

सुनसरी :धरानकी अनुसा राई हत्या प्रकरणमा जिल्ला अदालत सुनसरीले २ जनाविरुद्ध जन्म कैदको फैसला सुनाएको छ । १३ वर्षीया बालिका राईको बलात्कार पछि हत्या अभियोगमा धरान–१६ का वलिमान राई र उनकी श्रीमती पदमकु मारी राईविरुद्ध...

प्रभाससँग भएका पाँच सर्वाधिक महँगा बस्तुहरू,जीमखानकै डेढ करोड भारू !

तेलेगु सुपरस्टार प्रभासले सन् २००० मा ‘एश्वर’ सिनेमाबाट डेब्यू गर्दै आफ्नो सिनेमा यात्रा सुरू गरेका थिए। सन् २०१५ मा रिलिज भएको ‘बाहुबली’ सिनेमाले उनलाई भारतभर र भारतीय सिनेमाका पारखी दर्शकहरूमाझ बृहत चर्चा दिलायो। आज यी...

कोमल वलीका नाममा नेकपाभित्र लफडा !

१ माघ, काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष प्रदेश कमिटीहरु गठनको निर्णय संशोधन गर्न तयार नभएपछि नेकपा स्थायी कमिटीले बनाएको कार्यदल अवरुद्ध अवस्थामा पुगेको छ । शुरुदेखि नै काम गर्न...

पत्रकारको हत्यामा दोषी ठहरिए राम रहीम

दुई महिला बलात्कार मुद्दामा २० वर्ष जेल सजाय पाएका डेरा सच्चा सौदा प्रमुख राम रहीम पत्रकार रामचन्द्र छत्रपतिको हत्यामा दोषी ठहरिएका छन्। भारत चुकुलाको विशेष सिबिआइ अदालतले रहीमका साथै कुलदीप सिंह, निर्मल सिंह र कृष्णलाललाई...

दुई अस्पताल खारेजीको तयारी, आन्दोलन गर्ने कांग्रेको चेतावनी

काठमाडौं : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका पूर्वसभापतिको नाममा स्थापित अस्पताललाई सरकारले विघटन गर्न खोजेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताललाई सरकारले विघटन...

स्मार्ट लाइसेन्सको प्रिन्ट गुणस्तरीय नभएको निश्कर्ष

१ माघ, काठमाडौं । यातायात व्यवस्था विभागले आउटसोर्सिङ गरेर छापिएको स्मार्ट लाइसेन्स गुणस्तरीय नभएको निश्कर्ष निकालेको छ । त्यसैका अधारमा तत्कालका लागि आउटसोर्सिङ कम्पनी मालिका इन्कर्पोरेटमार्फत हुने छपाइ रोकिएको छ । कम्पनीले करिब ४ लाख...

मलाइका र अर्जुनको ‘अफेयर’ले सलमानलाई किन टाउको दुखाइ ?

नयाँदिल्ली : अभिनेत्री मलाइका अरोरा र अर्जुन कपुरको ‘अफेयर’ले यतिबेला बलिउड बजार तातेको छ । दुबैजना केही समययता डिनर, पार्टी लगायत सार्वजनिक कार्यक्रममा संगै देखिँदैआएका छन् । अर्का अभिनेता सलमान खानलाई भने उनीहरुको निकटता चित्त...