मेलिना राईको आवाजमा रहेको पेल्काचौर गाउँ चिनारी गित सार्बजनिक – भिडियो सहित

रमाईलो प्रकृतिले सजिएको स्वर्ग जस्तो ठाउँ।

जाहा गएनी नभुलौ कहिले पेल्काचौर गाउँ।।

प्राकृतिक सौन्दर्यले सजिसजावट रहेको गाउँ जाहा विभिन्न जात जाति र विभिन्न कला सस्कृतिको खानि पेल्काचौर गाउँ हो। जुन ठाउँ साच्चिकै स्वर्ग भन्दा फरक नपर्ला यहि ठाउँलाई आधार मानेर पेल्काचौर गाउँ चिनारी गीतको म्युजिक भिडियो बजारमा आएको छ ।

पंचमुखी नकुचाको भिरैमा।

मनकामना डाडागाउँको शिरैमा ।।

जस्ता जीवन्त गीतका शब्द रचना गीतकार दिपक गुरुङले गरेका हुन् भने संगीत तेजेन्द्र गुरुङले गरेका हुन् । स्वर चर्चित गायिका मेलिना राईको रहेको छ भिडियोमा चर्चित कलाकार रजनी गुरुङ (मंगली) को रहेको छ। भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् भने सम्पादन पदम सुबेदी कलर मिलन वि क ले गरेका हुन्। कामना डिजिटल प्रा.ली को ब्यानरमा निर्माण गरिएको यो भिडियोको छायांकन सुरेस श्रेष्ठले गरेका हुन्। ड्रोन पाइलट सन्तोष महरा हुन्।

पेल्काचौरको सम्पूर्ण रमणीय स्थलहरु पेल्काचौर,डाँडागाउँ, टामा,गैरिस्वारा,डोबाटा,चन्द्रकोट,राम्चे सिम्ले,फेरा,लगायत सम्पूर्ण ठाउँमा भिडियोको छायांकन गरिएको छ भिडियोमा। आधिखोलालाई पनी समेटिएको छ। गित तथा म्युजिक भिडियो पेल्काचौर सेवा समिति बहराईनको बिशेष सहयोगमा निर्माण भएको हो जसको संयोजक गीतकार दिपक गुरुङ हुन् । भिडियोलाई मनकामना युवा क्लबको प्रस्तुति रहेको छ ।

कामना न्युज संग कुरा गर्दै मनकामना युवा क्लबका अध्यक्ष राजेन्द्र शर्माले भने –  विविध सस्कृतिको खानी रहेको पेल्काचौर स्याङ्जाको भौगोलिक सौन्दर्य लाई देश तथा बिदेशमा पुर्याउनको लागि यो गाउँ चिनारी गीतको म्युजिक भिडियो निर्माण गरेका हौ यस भिडियोले पेल्काचौरको धार्मिक, भौगोलिक, सास्कृतिक सौन्दर्यलाई यस भिडियोले देश तथा बिदेशमा चिनाउनको लागि  बिशेष टेवा दिने बताए। पेल्काचौरमा  दशैं पुर्णिमा र ल्होसारमा विशेष मेला लाग्ने गर्दछ। उक्त ठाउँमा सत्य मनकामना देवीको मन्दिर रहेको छ। सत्य मनकामना  मन्दिरमा  गएर  पवित्र मनले दर्शन गरेर कुनै एउटा वर मागे  देवीले पुरा गरिदिने किंवदन्ती रहेको छ ।

त्यस्तै गीतकार दिपक गुरुङले पनि कामना न्युजसंग कुरा गर्दै विभिन्न जात जाति र विभिन्न कला सस्कृतिको खानि रहेको यस क्षेत्र धार्मिक तथा पर्यटकीय क्षेत्र भएकोले पनि विश्वमाझ पुर्याउनका पनि यस गीतको रचना गरेको बताए। आशा छ यो गीतलाई सबैले मन पराइदिने माया गरिदिने कुरामा बिस्वस्त रहेको बताए । गीतकार दिपक गुरुङ बिगत लामो समय देखि बैदेशिक रोजगारीको सिलसिलामा बहराइनमा कार्यरत छन् र उनि समाजसेवी पनि हुन् उनले पेल्काचौर क्षेत्रको बिकासमा बिषेस योगदान दिएका छन् ।

यसमा तपाइको मत

समाचार बाट अन्य

सिस्नु हानाहान गरी सङ्क्रान्ति मनाउँदै

१ माघ, जाजरकोट । परापूर्वकालदेखि जाजरकोटका गाउँगाउँमा सिस्नु हानाहान गरी माघे सङ्क्रान्ति मनाउने कार्य शुरु भएको छ । चेली, बुहारीले टाढाटाढाबाट माइती घरमा गएर मिठो, मसिनो खाने चलनसमेत रहेको छ । मङ्गलबार बिहानैदेखि जिल्लाको पूर्वी...

निर्मला हत्यामा आधारित बन्यो चलचित्र ‘कोपिला’

काठमाण्डु। बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको घटना अब फिल्मको पर्दामा देख्न पाइने भएको छ । शिवम् अधिकारीको निर्देशनमा फिल्म बनेको हो । सोमबार भरतपुरमा एक कार्यक्रम गर्दै फिल्मको ईन्डक्ल्याप गरिएको छ...

विवेकशील साझा र नयाँ शक्तिबीच एकता हुनसक्ने सम्भावना

काठमाण्डौ – विवेकशील साझा पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यले विवेकशील नेपाली दलसँग गरिएको पार्टी एकता नै भावनात्मक हुन नसक्दा फुटको नियति भोग्नु परेको बताउनु भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो...

१३ वर्षीया बालिका बलात्कार पछि हत्या गर्ने दम्पतीलाई जन्मकैदको फैसला

सुनसरी :धरानकी अनुसा राई हत्या प्रकरणमा जिल्ला अदालत सुनसरीले २ जनाविरुद्ध जन्म कैदको फैसला सुनाएको छ । १३ वर्षीया बालिका राईको बलात्कार पछि हत्या अभियोगमा धरान–१६ का वलिमान राई र उनकी श्रीमती पदमकु मारी राईविरुद्ध...

प्रभाससँग भएका पाँच सर्वाधिक महँगा बस्तुहरू,जीमखानकै डेढ करोड भारू !

तेलेगु सुपरस्टार प्रभासले सन् २००० मा ‘एश्वर’ सिनेमाबाट डेब्यू गर्दै आफ्नो सिनेमा यात्रा सुरू गरेका थिए। सन् २०१५ मा रिलिज भएको ‘बाहुबली’ सिनेमाले उनलाई भारतभर र भारतीय सिनेमाका पारखी दर्शकहरूमाझ बृहत चर्चा दिलायो। आज यी...

कोमल वलीका नाममा नेकपाभित्र लफडा !

१ माघ, काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष प्रदेश कमिटीहरु गठनको निर्णय संशोधन गर्न तयार नभएपछि नेकपा स्थायी कमिटीले बनाएको कार्यदल अवरुद्ध अवस्थामा पुगेको छ । शुरुदेखि नै काम गर्न...

पत्रकारको हत्यामा दोषी ठहरिए राम रहीम

दुई महिला बलात्कार मुद्दामा २० वर्ष जेल सजाय पाएका डेरा सच्चा सौदा प्रमुख राम रहीम पत्रकार रामचन्द्र छत्रपतिको हत्यामा दोषी ठहरिएका छन्। भारत चुकुलाको विशेष सिबिआइ अदालतले रहीमका साथै कुलदीप सिंह, निर्मल सिंह र कृष्णलाललाई...

दुई अस्पताल खारेजीको तयारी, आन्दोलन गर्ने कांग्रेको चेतावनी

काठमाडौं : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका पूर्वसभापतिको नाममा स्थापित अस्पताललाई सरकारले विघटन गर्न खोजेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताललाई सरकारले विघटन...

स्मार्ट लाइसेन्सको प्रिन्ट गुणस्तरीय नभएको निश्कर्ष

१ माघ, काठमाडौं । यातायात व्यवस्था विभागले आउटसोर्सिङ गरेर छापिएको स्मार्ट लाइसेन्स गुणस्तरीय नभएको निश्कर्ष निकालेको छ । त्यसैका अधारमा तत्कालका लागि आउटसोर्सिङ कम्पनी मालिका इन्कर्पोरेटमार्फत हुने छपाइ रोकिएको छ । कम्पनीले करिब ४ लाख...

मलाइका र अर्जुनको ‘अफेयर’ले सलमानलाई किन टाउको दुखाइ ?

नयाँदिल्ली : अभिनेत्री मलाइका अरोरा र अर्जुन कपुरको ‘अफेयर’ले यतिबेला बलिउड बजार तातेको छ । दुबैजना केही समययता डिनर, पार्टी लगायत सार्वजनिक कार्यक्रममा संगै देखिँदैआएका छन् । अर्का अभिनेता सलमान खानलाई भने उनीहरुको निकटता चित्त...