के.सी दाजु भाईको नेपाली सांगीतिक क्षेत्रमा आगमन

नेपाली सांगीतिक क्षेत्रमा स्याङ्गजा जिल्लालाई उर्बर भुमि मानिन्छ। पशुपती शर्मा, रामजी खाण, खुमन अधिकारी, भगवान भण्डारी, पुर्श्वोत्तम न्यौपाने, बिष्णु माझि जस्ता हस्तीहरु जन्मिएको जिल्ला हो । यही जिल्ला बाट २ जना दाजु भाइहरुले नेपाली सांगीतिक क्षेत्रमा पाइला टेकेका छन। दिनेश के सी र त्रिलोचन के सी भर्खरै मात्र बजारमा आएको गीत स्याङ्गजा पेल्काचौरे ठाडो भाकामा त्रिलोचन के सी ले शब्द रचना गरेका छन् भने दिनेश के सी ले लय संकलन गरेका छन् ।

विबिध कला र सस्कृतिको खानि रहेको स्याङ्जा जिल्ला पुतली नगर नगरपालिका वडा नं १२ पेल्काचौर  लाई समेटिएको पेल्काचौरे ठाडो भाका सालैजोको भिडियो सार्बजनिक भएको छ। यहि बिहिबार ५ बजे बिबिध कार्यक्रमको आयोजना गरि सार्बजनिक गरिएको  छ। पेल्काचौरको विभिन्न ठाउँलाई समेटी बनाईएको उक्त गित उक्त क्षेत्रमा गाईने प्रचलित गित हो।

चर्चित गायक, गायिका शर्मिला गुरुङ र प्रसाद खप्तरी मगरको आवाजमा सजिएको ठाडो भाकाको शब्द रचना त्रिलोचन के सी र दिपक गुरुंगले गरेका हुन् भने लय संकलक दिनेस के सी ले गरेका हुन्। म्युजिक भिडियोमा शर्मिला गुरुङ , प्रसाद खप्तरी मगर, साजन गुरुङ, पवित्रा गुरुङ, काजल गुरुङ, मनिस गुरुङले अभिनय गरेका छन्।भिडियो पनि निकै उत्कृस्ट निर्माण भएको छ। रातिको चार बजे सम्म लगायर छायांकन गरिएको उक्त भिडियोको निर्देशन साजन गुरुङ ले गरेका हुन। कामना डिजिटल प्रा. ली को ब्यानरमा निर्माण भएको भिडियोको छायांकन सुरेस श्रेष्ठले गरेका हुन्। शृंगार श्याम मल्ल ले गरेका हुन् भने सम्पादन पदम सुवेदी गरेका हुन् ।  कलर मिलन वि क ले गरेका हुन् ।

मुख्य पेल्काचौर सेवा समिति बहराईनको सहयोगमा निर्माण भएको हो भने यसका संयोजक दिपक गुरुङ हुन् । उनि बिगत लामो समय देखि बैदेशिक रोजगारीको शिलशिलामा बहराईनमा कार्यरत छन् ।   म्युजिक भिडियोको प्रस्तुति मनकामना युवा क्लब पेल्काचौर स्याङ्जाको रहेको छ। कामना न्युज डट कम संग कुरा गर्दै मनकामना युवा क्लबका अध्यक्ष राजेन्द्र शर्माले भने विभिध कला र सस्कृतिको खानी रहेको यस पेल्काचौरमा कला र सस्कृतिको रक्षाका लागि यस म्युजिक भिडियोको निर्माण गरिएको हो। मनकामना युवा क्लब कला र सस्कृतिको जगेर्नाका लागि सधै तत्पर रहने बताए ।

यसमा तपाइको मत

संगीत बाट अन्य

प्रभाससँग भएका पाँच सर्वाधिक महँगा बस्तुहरू,जीमखानकै डेढ करोड भारू !

तेलेगु सुपरस्टार प्रभासले सन् २००० मा ‘एश्वर’ सिनेमाबाट डेब्यू गर्दै आफ्नो सिनेमा यात्रा सुरू गरेका थिए। सन् २०१५ मा रिलिज भएको ‘बाहुबली’ सिनेमाले उनलाई भारतभर र भारतीय सिनेमाका पारखी दर्शकहरूमाझ बृहत चर्चा दिलायो। आज यी...

मलाइका र अर्जुनको ‘अफेयर’ले सलमानलाई किन टाउको दुखाइ ?

नयाँदिल्ली : अभिनेत्री मलाइका अरोरा र अर्जुन कपुरको ‘अफेयर’ले यतिबेला बलिउड बजार तातेको छ । दुबैजना केही समययता डिनर, पार्टी लगायत सार्वजनिक कार्यक्रममा संगै देखिँदैआएका छन् । अर्का अभिनेता सलमान खानलाई भने उनीहरुको निकटता चित्त...

निर्मलाका हत्यारा नपक्रने, होटलमा बसेका जोडी किन पक्रने ? प्रहरीलाई ज्योति मगरको प्रश्न,

लोक गायिका ज्योती मगरले प्रहरीले होटलमा बसेका जोडीलाई बिनासित्ती पक्रेको भन्दै प्रहरीमाथि आक्रोश पोखेकी छिन। ठूलाबडाले ठूला-ठूला तारे होटलमा मोज मस्ती गर्दा नपक्रने तर सामान्य जोडीलाई पक्रने गरेको भन्दै उनले प्रहरीमाथि व्यंग्य गरेकी हुन्।...

महेश बाबूको जोडी बन्दै कट्रिना केफ !

बलिउड अभिनेत्री कट्रिना केफका वर्ष २०१८ मा २ वटा फिल्महरु रिलिज भएका थिए । फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मा अभिनेता आमिर खानका साथ र अर्को फिल्म ‘जीरो’ मा अभिनेता शाहरुख खानका साथ कट्रिनाले स्क्रिन...

राजकुमार हिरानीमाथि यौन दुर्व्यवहारको आरोप !

बलिउडमा ‘मि टू’को प्रकरण हाबी छ । केहि समय अगाडि चर्किएको यो अभियान विचमा सिथिल बनेको थियो । अब, फेरि यो प्रकरण चर्किज थालेको छ । आइतबार बलिउडका सफल निर्देशक राजकुमार हिरानीमाथि उनीसँगै काम...

‘सिरियल किसर’इमरान हाश्मी चुम्बनको प्रश्नले किन दिक्क छन् ?

नायक इमरान हाश्मीको नाम सुन्ने वित्तिकै दर्शकको दिमागमा उनले चुम्बन गरेका चलचित्रको याद आउँछ । यसैले, इमरानलाई बलिउडका ‘सिरियल किसर’को उपमा समेत दिइएको छ । तर, नायक हाश्मीले बलिउडमा अन्य थुप्रै चलचित्रमा पनि काम...

भ्यालेन्टाइन डेमा बिहे गर्दै बर्षा र संजोग

लामो समयदेखि प्रेममा रहेको जोडी नायिका बर्षा राउत र नायक संजोग कोइरालाले भ्यालेन्टाइन डेको दिनमा बिहे गर्ने भएका छन् । यो जोडीले केही समयदेखि बिहेको तयारी समेत गरेको थियो । नायिका बर्षा राउतले आफूहरुले बिहे...

६ जनासँगको अफेयरपछि विवाह

मुम्बई : बलिउडकी अभिनेत्री विपाशा वसुले ७ जनवरीमा आफ्नो ३९औं जन्मदिन मनाएकी छन्। विपाशा फिल्ममा आउनुभन्दा पहिले सुपर मोडल थिइन्। विपाशालाई हरर फिल्मका लागि स्मरण गरिन्छ। अहिलेसम्म विपाशाले धेरै हरर फिल्ममा काम गरेकी छन्।...

तोडफोड भएपछि रोकियो ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’को शो

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’को शो रद्द भएको छ । कोलकक्ताको हलमा विरोध प्रदर्शन तथा तोडफोड भएपछि उक्त चलचित्रको शो रोकिएको हो । यो चलचित्र पूर्व प्रधानमन्त्री मनमोहन सिंहको जीवनीमा आधारित...

देशभर मल्टिप्लेक्स नै मल्टिप्लेक्स, टार्गेट भाटभटेनी

चलचित्र हेर्ने दर्शकले अत्याधुनिक र सुविधासम्पन्न हलको खोजी गर्न थालेपछि अहिले हल संचालकहरु वाध्य भएर आफ्नो हलको पूर्ननिर्माणमा लागेका छन् । साथमा, अहिले मल्टिप्लेक्स हल निर्माणमा समेत बाढी आएको छ । अहिले देशभर मल्टिप्लेक्स हल...