थेगु नेपाली मन्च गठन सम्पुर्ण संघ सस्थाहरु एकै छातामुनी

 दक्षिण कोरिया

         दक्षिण कोरियाको एक प्रमुख सहर थेगु र यस क्षेत्र वरपर क्रियासिल रहेका करिब 2 दर्जन भन्दा बढी संघ सस्थाहरु तथा यहाँ निरन्तर सुचारुमा रहेका सेल्टरहरु एउटै छाता सँस्था भित्र रहने भएका छन । गत अक्टोबर महिनाको २८ तारिख आइतबार दक्षिण कोरियाको थेगु शहर स्थित तारा रेस्टुरेन्टमा “थेगु नेपाली सेल्टर ” र ” मगर संघ थेगु साखा” को सयुक्त आयोजनामा भएको एक भेलाले “थेगु नेपाली मन्च ” गठन गरेको हो । थेगु क्षेत्रमा रहेका बिभिन्न सँस्थाहरुलाई एक सुत्रमा बाँधी कुनै पनि सस्थाले यस क्षेत्रमा गर्ने सार्बजनिक कार्यक्रमहरु मन्चको स्विकृती र सल्लाह लिएर मात्र गर्ने निर्णय पनि उक्त भेलाले गरेको छ । मन्चमा आबद्द कुनै सँस्थाले कार्यक्रम गर्दा अन्य सँस्थाहरु पनि एक अर्कामा सहयोगी हुने र सम्पूर्ण प्रवासी नेपालीहरुको दु:ख सुखमा हातेमालो गर्ने उदेश्य लिएको जानकारी सँस्थाका नव निर्वाचित संयोजक नगेन्द्र घर्ती मगरले दिनुभयो । सँस्थाहरुले त्यसरि कार्यक्रमहरु गर्दा मन्चले पूर्ण रुपमा साथ र सहयोग गर्न सहज हुने पनि उहाँको कथन थियो । साथै थेगु वरपर रहेका अन्य सँस्थाहरुलाई पनि थेगु नेपाली मन्चमा आबद्द भईदिनको लागि मन्चको तर्फबाट नवनिर्वाचित सह संयोजक रमेश रानाले आग्रह गर्नु भयो । नवगठित थेगु नेपाली मन्चको कार्य समितिमा पदाधिकारी हरु निम्न प्रकार रहेकाे छ।

प्रमुख सल्लाहकार : श्री बाबुराम गुरुङ

सल्लाहकार:-श्री डा.रोसन शर्मा पौडेल ,डा.मधुसूदन आत्रेय , श्री फडिन्द्र भट्टराई

संयोजक : श्री नगेन्द्र घर्ती मगर

उप संयोजक : श्री रमेश राना मगर

सचिव : श्री प्रकाश बराल

उपसचिव : श्री बिष्णु वाग्ले

 कोषाध्यक्षमा समितिको पहिलो बैठकले निर्णय गरि पदस्थापन गर्ने भएको छ,भने विभिन्न संघ सस्था तथा सेल्टरका प्रमुखहरु सोतह यसै समितिको सदस्य रहने छन । उक्त छ्लफल तथा बैठकको संचालन मगर संघ थेगु साखाका बरिस्ठ उपाध्यक्ष श्री ज्ञानु श्रीस मगरले गर्नु भएको थियो भने बैठकको सभापतिमा मगर संघ दक्षिण कोरियाका उपाध्यक्ष तथा मगर संघ थेगु साखाका संरक्षक श्री नगेन्द्र घर्ती मगरले गर्नु भएको थियो। उक्त बैठकमा डेढ दर्जन भन्दा बढी संघ सँस्थाहरुको उपस्थिती रहेको थियो । साथै बिभिन्न सँस्थाका प्रतिनिधिहरुले आ आफ्नो सँस्थाको उदेश्य र महत्त्वको साथै आफुले गर्ने आगामी कार्यक्रमको योजनाको बारेमा बताएका थिए । सम्पुर्ण संघ सँस्थाहरुको उदेश्य समान भएको हुँदा यस क्षेत्रमा संचालित सेल्टरहरुलाई आगामी दिनमा अगाडि बढाउनको लागि सबै सँस्थाहरुको महत्वपूर्ण जिम्मेवारी र पुर्ण सहयोग रहने कुरामा छलफल सहित निर्णय गरिएको थियो ।लगत्तै उक्त दिनमा प्रवासी मजदुरहरुको हकहितको लागि ग्याङसान माइग्रेन्ट सेन्टरमा संयोजकको भुमिकामा रहेर आफ्नो अतुलनीय योगदान दिनुभएका श्री धुर्ब थापार परोपकारी समाज कुजिका सक्रिय सदस्य श्री निमेष गुरुङलाई सामुहिक रुपमा बिदाइ तथा सम्मान गरिएको थियो।

यसमा तपाइको मत

समाचार बाट अन्य

सिन्धुलीको दूधौलीमा भोलि सार्वजनिक बिदा

२ मङ्सिर, सिन्धुली । हरिबोधनी एकादशी तथा तुलसी विवाहको दिन यही मङ्सिर ३ गते दूधौली नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । उक्त नगरपालिकामा दनुवार समुदायको बाहुल्यता रहेको र सो समुदायले यस दिनलाई हरिबोधनी अर्थात बड्की...

ट्रकले च्यापिएर हेटौंडामा दुईजनाको मृत्यु

२ मंसिर, हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-९ पशुपति नगरमा ट्रकले च्यापिएर दुईजनाको मृत्यु भएको छ । बाराबाट मकै बोकेर आएको ना६ख ७०१७ नम्बरको ट्रक पल्टिदा मोटरसाइकल र अटो च्यापिएका थिए । सोही दुर्घटनामा घाइते भएका...

हिउँदे अधिवेशनको पहिलो बैठकको एजेण्डा चिकित्सा शिक्षा विधेयक !

२ मंसिर, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक संसदको आगामी अधिवेशनको पहिलो बैठकमै पेश गर्ने निर्णय गरेको छ । समितिको आइतबार बसेको बैठकले मंसिर ९ गतेबाट दफावार छलफल सुरु गर्ने निर्णय...

शिक्षक पेशा छाडेर तरकारीखेती

२ मङ्सिर, सुर्खेत । लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट छन् । ५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२ वर्ष भयो । यसमा उनलाई गर्व लागेको छ । विसं २०५३...

‘पञ्चायती’ मा युवतीमाथि बलत्कारको माग !

२ मंसिर, काठमाडौं । पञ्चायती (गाउँका भद्रभलाद्मीको सभा) मै एक युवतीलाई सार्वजनिक बलात्कार गर्नुपर्ने माग राखिएको छ । त्यसको विरोध गर्दा एक सांसद कुटिएका छन् । सर्लाहीको कविलासी नगरपालिका-६ मदनपुरमा शुक्रबार बसेको पञ्चायतीमा राष्ट्रियसभा सदस्य...

सीमा समस्या समाधानको माग गर्दै स्थानीय तह धाउँदै डडेल्धुराका महिला

२ मंसिर, डडेल्धुरा । सीमाको समस्या झेल्दै आएका स्थानीयले समस्या समाधान गरिदिन अनुरोध गर्दै स्थानीय तहमा धाउन थालेका छन् । डडेल्धुराको परशुराम नगरपालिका सीमा क्षेत्रका महिलाहरु सामुहिक रुपमा सीमासँग जोडिएका आफ्ना समस्या समाधानको माग गर्दै...

‘यू-टर्न’ नलिनेहरु नेता नै होइनन्ः इमरान खान

२ मंसिर, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ‘यू-टर्न’ लिन नसक्ने नेता कहिल्यै सफल नहुने बताएका छन् । पत्रकारहरुसँगको कुराकानीमा प्रधानमन्त्री खानले भने, ‘यू-टर्न नलिने कहिल्यै सफल नेता हुँदैन र जसले ‘यू-टर्न’ लिन जान्दैन...

लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार शुरु

२ मंसिर, रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा पूर्वीय दर्शनको विविधता विषयमा छलफल गर्न शनिबारदेखि अन्तर्राष्ट्रिय सेमिनार शुरु भएको छ । नेपाल र चीनका दुई विश्वविद्यालयको आयोजनामा एशियाली प्राकृतिक दर्शनको विविधिकरण विषय सेमिनार शुरु भएको हो...

रुकुम पश्चिममा गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या

२ मंसिर, रुकुम । रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको...

बदलियो किलोग्रामको परिभाषा, हाम्रो जीवनमा के असर गर्छ ?

२ मंसिर, काठमाडौं । वैज्ञानिकहरुले किलोग्राम (केजी)को परिभाषा परिवर्तन गरेका छन् । नयाँ परिभाषालाई ५० भन्दा बढी देशले सर्वसम्मतीले अनुमति दिइसकेका छन् । पहिले यसलाई प्लाटिनमबाट बनेको एक सिलको वजनसँग परिभाषित गरिन्थ्यो जसलाई ‘ली ग्रान्ड...