प्रतिकुलतामा चालिएको कदम

एलिसा सिं_दक्षिण काेरिया

लोकतन्त्रमा लोकको अाम भावना अनुसार शासन गरिन्छ। जनभावनानिर्वाचनको माध्यमबाट प्रकट गर्ने बैधानिक प्रबन्ध गरिएको हुन्छ। प्रकट भएको जनभावना छानिएको जन प्रतिनीधिबाट प्रयोग गर्नको लागि पनि तदअनुकुलको कानुनि ब्यबस्था हुन्छ नै। कानुन र कार्यबिधीले निश्चित गरेको दायरामा रहेर निर्वाचित जन प्रतिनिधिले जनताको अधिकारको प्रयोग गर्दछन। यसरि निर्वाचित जन प्रतिनिधीबाट जनभावना अनुसार काम गर्नु पर्ने नैतिक र संबैधानिक बाध्यता हुन्छ। राज्य सञ्चालनको संदर्भमा संबिधानुकुल भए नभएकको परक शक्ति संतुलनको संबैधानिक ब्यबस्थानुसार अदालतले गर्छ। यदि जनभावना अनुकुल राज्य सञ्चालन भएन र अाफुले दिएको अधिकारको समुचित प्रयोग भयो वा भएन भनेर मूल्याङ्कन गर्ने प्रयोजनको लागि अावधिक निर्वाचनको ब्यबस्था गरिएको हुन्छ। यसरि जनअधिकारको प्रयोग गर्दा जनभावाना विपरित नहोस भनेर जनप्रतिनिधीहरु पुनर्चिर्वाचित हुनु पर्ने कारणले पनि सजग रहन बाध्य हुन्छन भन्ने बिश्वास गरिन्छ। सूचना प्रविधिको सर्वसुलभताको कारणले गर्दा अाजको समय उल्लेखित तरिकाले जनमत बुझ्ने कुरालाइ अौपचारिकतामा सिमित गरिदिएको छ। हुन त सामाजिक सञ्जालमा तथा सञ्चार माध्यममा ब्यक्त हुन हुने मतहरु इस्यु बेस हुन्छन। यसले समग्रतमा सरकारको पर्फमेन्समा मत निर्माण चाँहि गरेको हुँदैन। सरकारको हरेक गतिबिधिमा जनताको प्रतिक्रिया प्राप्त हुने हुँदा यो स्वयं सरकारको लागि पनि अत्यन्तै सकारात्मक बिषय पनि हो।
संबिधानले वा भनौ लोकतान्त्रिक ब्यबस्थाको सौन्दर्य भनौ प्रतिपक्षको ब्यबस्था पनि गरेको हुन्छ। सत्ताधारिहरुले देश र जनताको हित विपरित काम गरेमा प्रतिपक्षले त्यसमा पनि खबरदारि गर्दै सरकारलाइ सहिबाटोमा ल्याउन मद्दत गरिरहेका हुन्छन। प्रतिपक्षको निरन्तरको खवरदारिबाट पनि सत्ताधारिहरुले अाफ्ना गल्ति कमजोरिहरु सुधार गरेनन भने प्रतिपक्षलाइ अागामी चुनावको एजेण्डा निर्माण गरेर निर्वाचनमा जान र सत्ता हासिल गर्न सहजबाटो बनिदिन्छ। यसरि हेर्दा सरकारलाइ जनचाहाना अनुसार अाफ्नो गतिबिधीहरु भइरहेको छ छैन भन्ने कुराको जानकारि सामाजिक सञ्जाल वा सञ्चार माध्यमबाट भए जस्तै प्रतिपक्षलाइ पनि जनभावानानुसार सरकारको गतिबिधिमा प्रश्न उठाउन धेरै ठूलो मद्दत पुग्दछ। अब यसरि हेर्दा सामाजिक सञ्जाल तथा सञ्चार माध्यमको सहि प्रयोग हुन सके जनता, सरकार र प्रतिपक्ष सबैलाइ अत्यन्त उपयोगि माध्यम बन्न सक्दछ भन्ने कुरामा दुईमत हुने कुरै भएन।
बिशेष गरेर नेपालको सन्दर्भमा ठूला मिडिया हाउसहरुले समाचार संप्रेषणमा तथस्टता अपनाएको भने पाइदैन। बिशेषत: सकारात्मक समाचार संदर्भहरु प्राथमिकतामा पर्दैनन। यस्ता मिडिया हाउसहरु निश्चित अाग्रह प्रेरित भइ सरकार सञ्चालनमा रहेको दल र पात्र अनुसार समाचारका हेडलाइनहरु प्रस्तुत गर्ने गर्छन। यसले गर्दा कतिपय अवश्थामा जन सामान्यमा भ्रम उत्पन्न हुने गर्दछ। लामो समयको संक्रमण र संक्रमणबाट जरजर बनेको देशको अबश्था, देशमा बिध्यमान ब्यापक बेरोजगारिले देशको कुल जनसख्याको लगभग एकतिहाइ जनसख्या रोजगारि लगाएत अन्य संदर्भमा देश बाहिर रहेको अबश्था छ। देशमै रहेको जनसख्याले दैनानुदिन भोगेको अबिकास, अभाव, भ्रष्टाचार र पारिवारिक बिछोडको फ्रस्टेसन एकातिर छ भने अर्को तिर रोजगारिको शिलशिलामा देश बाहिर रहेको पचासौं लाख जनसख्यामा पनि फ्रस्ट्रेसन हुने नै भयो। यो दृष्टिकोणबाट हेर्ने हो भने नेपाल जन मानस अहिले निराशामा रहेको प्रष्ट हुन्छ। निराश मनोभावमा रहेको जनसंख्यालाइ थोरै मात्र अझ बढि निराशाको स्थिति बन्यो भने प्रतिक्रियात्मक हुने हुन्छ। जुन अहिको समयमा अामरुपमा सामाजिक सञ्जालको माध्यमबाट ब्यक्त भइरहेको छ।
सरकारका वा जसकसैको हरेक कामको सकारात्मक र नकारात्मक प्रभाब स्वभाविक रुपमा हुने गर्दछ। यो निरप्रेक्ष हुने कुरै भएन। सरकारमा रहेको दलले कस्तो बर्गको प्रतिनिधित्व गर्छ। कम वा वेसि उसका नीति कार्यक्रमहरुमा प्रतिबिम्बित हुन्छ नै। अाफुले चुनेर पठाएको जन प्रतिनीधिले हाम्रो समस्यामा काम गरेको छ कि छैन भन्ने कुरा अाम जनताको मुख्य सरोकारको बिषय हुन्छ। त्यी बिषयहरु सरकारको प्राथमिक्तामा पर्यो परेन जन सरोकार त्यसैमा हुन्छ। जनसरोकारको बिषयमा काम गर्दै वा काम हुने सुनिश्चितता नभएको संदर्भमा राष्ट्रको लागि महत्वपुर्ण तथा जन सरोकार कम रहेको बिषय प्रथमिक्ताको साथ सार्वजनिक रुपमा देखा पर्दा फ्रस्ट्रेसनको पारो त बढ्नै भयो। फ्रस्टेसनमा रहेको ब्यक्तिको मनोदशा अनुसारको अभिब्यक्ति सामाजिक सञ्जालमा देखिने स्वभाविक पनि हो ।
हाल केहि समय अधि देखि सामाजिक सञ्जालमा तिब्र असन्तुष्टिको रुपमा अाइरहेको बिषयहरु पनि यिनै परिप्रेक्षबाट अभिप्रेरित छन। समाजिक सञ्जालमा अाएका कतिपय बिषय अत्यन्त जायज र न्याय संगत छन भने कतिपय बिषय अाग्रह प्रेरित दुष्प्रचार पनि छन। सामाजिक सञ्जालमा धेरै उठेको बिषय कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछिको हत्याको हो। जुन सामाजिक सञ्जालमा जोडदार उठ्नु पर्ने बिषय हो उठेको पनि हो तर दुर्भाग्यबस अाजको मितिसम्म पनि दोषी उपर कारबाहि भएर निरुपण हुन सकेको छैन। त्यसैगरि जोडतोडका साथ सामाजिक सञ्जाल मार्फत उठेको उप चुनावको बिषय पनि हो र त्यसलाइ रियलाइजेशनका साथ टुङ्गो लगाइएको छ। त्यस पछि हालका दिनमा जोडतोडका साथ उठेको अर्को बिषय हो राजदुत नियुक्तिको सिफारिसको सरकारि निर्णय। जुन कुरा अाग्रह प्रेरित दुष्प्रचार थियो जुन धेरै दिन टिकेन र त्यसको खास अर्थ पनि रहेन। अब अहिले राष्ट्रपति उपराष्ट्रपति कार्यलयको निर्माणको लागि स्थानान्तरण गरिएका अन्य कार्यालयहरु र राष्ट्रपति कार्यलयलाइ उपलब्ध गराउन खोजिएको सवारि साधनको बिषयमा सामाजिक सञ्जालमा धेरै चर्चा परिचर्चा भएको बिषय हो। यसमा सकारात्मक र नकारात्मक दुबै कोणबाट टिका टिप्पणी भएको भएता पनि नकारात्मक टिप्पणि नै बेसि भएको पाइएको छ।
कुनै पनि देशको नागरिकलाइ अाफ्नो देशको राष्ट्रपतिको कार्यालय सुबिधा सम्पन्न भएको, अरु देशको राष्ट्र प्रमुख हाम्रो देशमा अाँउदा बिशिष्ट पाहुनालाइ सुबिधा सम्पन्न ठाँउमा स्वागत गर्न पाउने बिषय गौरवको बिषय लाग्छ नै। त्यसै गरेर बिशिष्ट पाउनुहरु अाँउदा छिमेकिसंग सवारिसाधनहरु भाडामा लिनु पर्ने स्थिति नहोस वा पाँहुना अाफैले सवारि साधन लिएर अाउनु पर्ने स्थिति नबनोस भन्ने चाहाना हुन्छ नै। तर अहिलेको वर्तमानमा यो बिषय प्राथमिक बिषय हो वा होइन त्यो बिषय सरकारले निर्धारण गरेर उपयुक्त समयमा गरेको भए बान्छनीय हुने थियो। खास गरेर अहिले तमाम बिषयहरु छन जुन जनताको दैनिकिसंग प्रत्यक्ष सरोकार राख्दछ। एउटा भोको पेटले, एउटा सिटामोलको अभाव बेहोरिरहेको जनताले, ५० रुपैयाको जग्गा धनि पुर्जा निकाल्न ५०० घुस दिनु परेको जनताले, सार्वजनिक सवारि साधनको प्रयोग गर्दा अस्तब्यस्तता भोगेको जनताले, खानेपानिको लागि ३० बर्ष मेलेम्ची कुरेको जनताले, रोजगारिकोलागि जन्मभुमि र प्रियजनसंग बिछोडिएको परिवारले, सामाजिक कलंकको रुपमा रहेको छुवाछुतको प्रताडाना बेहोरेको जनताले, बोक्सि, छाउपडि, दाइजो लगाएत कुसंस्कारबाट पिडित जनले, कञ्चनपुरमा बलत्कार पछि हत्या भएकि निर्मलाको अाफन्त (तमाम हामी न्याय प्रेमी नेपाली जनताले) यि कुराहरुमा प्रत्याभुति नहुँञ्जेल महामहिम राष्ट्रपति र राष्ट्रपति संस्था प्रतिको अत्यन्त अादर र सम्मानभावका बाबजुद जायजै भए पनि हाललाइ यो स्तरको सुबिधा जायज मान्न सकिएन।
( एलिसा सिं दक्षिण काेरियामा सकृय समाजसेवी हुन । )

यसमा तपाइको मत

समाचार बाट अन्य

बलात्कार गरेको भन्दै आफ्नै श्रीमानविरुद्ध उजुरी

चन्द्रपुर: रौतहटको चन्द्रपुर नपा ५ की ३३ वर्षीया एक महिलाले आफ्नै श्रीमानविरुद्ध बलात्कारको मुद्दा दर्ता गरेकी छन्। पटकपटक कुटपिट तथा मानसिक यातना दिँदै जबरजस्ती करणी गर्दै आएको उल्लेख गर्दै ती महिलाले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी...

कुटपिटबाट एक व्यक्तिको हत्या,

सप्तरी– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका सुरक्षा गार्ड (पाले) २७ वर्षीय रिकेश भनिने पर्शुराम मिश्रलाई युवाको एक समूहले कुटपिट गर्दा आइतबार राति मृत्यु भएको छ । गाउँपालिका कार्यालयको चौरमा लागुऔषध सेवन गरिरहेका युवाको समूहलाई गाँजा खान...

टोखामा गर्भवती महिलाको घाँटी थिचेर हत्या

२ पुस, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–८, मिलन टोलमा एक महिलाले गएराति सौताको हत्या गरेकी छन् । अन्य आफन्त समेतलाई संलग्न गराएर मुगुको सोरू गाउँपालिकाकी २६ वर्षीया विष्णुमाया मल्लले मुगुको टोरु गाउँपालिका–८ घर भएकी...

बर्षकै उत्कृष्ट नायक–नायिका रणवीर र आलिया

यो बर्ष सकिनै लाग्दा बलिउडमा अवार्डको मौसम सुरु भएको छ । सन् २०१८ सकिएर नयाँ बर्ष आउन केहि दिन मात्र बाँकी रहँदा ‘स्टार स्क्रिन अवार्ड २०१८’ आयोजना गरिएको छ । यो अवार्डमा सहभागी हुन...

भाग्दै गर्दा मेलम्ची आयोजनाका ८ कर्मचारी पक्राउ,

२ पुस, काठमाडौं । क्रिष्मस डे मनाउने बहानामा कार्यक्षेत्र छाडेर काठमाडौं आएका मेलम्ची खानेपानी आयोजनाका ८ जना विदेशी कर्मचारी समातिएका छन् । आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीका कर्मचारीहरु भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिइएको...

शक्तिले लिए क्रिकेट यात्राबाट बिदाइ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिएका छन् । नेपालले पाएको एकदिवसीय मान्यतापछि नेदरल्याण्ड्सविरुद्धको पहिलो खेल खेल्न त्यहाँ जानुअघि गत साउनमा सन्यासको घोषणा गरेका शक्तिले आजदेखि औपचारिक बिदाइ लिएका हुन् । त्यतिबेला गौचनले...

ज्ञानेन्द्रको स्वागतमा पोखरा विमानस्थलमा नाराबाजी

२ पुस, पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा उनका समर्थकहरुले सोमबार बिहान पोखरा विमानस्थलमा राष्ट्रिय झण्डा बोकेर गणतन्त्रविरोधी नारा लगाएका छन् । राजतन्त्रका समर्थकहरुले गणतन्त्रलाई फाँसी दे भन्दै नारा लगाएका छन् । नारा लगाउने क्रममा...

चिठी लेखेर श्रीमती गायब…….

श्रीमानलाई तीन पानाको चिठी लेखेर रोल्पा नगरपालिकाकी दिलकुमारी डाँगी बेपत्ता भएकी छन्। मंसिर २६ गते छोरालाई स्कुलपुर्‍याउन गएकी दिलकुमारी उतैबाट वेपत्ता भएको उनका श्रीमान बखत डाँगीले बताए । दिलकुमारी जाने सम्भावना भएका माइती र...

सचेत बन्नुहोस नक्‍कली नोटको फन्दामा पर्नुहोला

काभ्रे जिल्लामा पछिल्लो समय नेपाली र विदेशी नक्‍कली नोटको बिगबिगी बढ्दै गएको छ। बैंक श्रोतका अनुसार पहिल्लो समय हजार र पाँच सयका नक्‍कली नोटहरु बजारमा भेटिन थालेको हो। बैंक तथा सहकारीमा पैंसा डिपोजीट गर्न आउने...

सन्दिप लामिछानेको नयाँ गीत ‘यो झरीमा’ रिलिज भिडियो:

नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको सांगीतिक एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । युटुब च्यानलमार्फत छामिछानेले उक्त गीतको लिरिकल भिडियो सार्वजनिक गरेका  हुन् । बन्दना जोशीको शब्द तथा अफ्सर...