तमु धीं दक्षिण कोरिया थेगु शाखाको तमु ल्होसार/ल्होछार डिसेम्बर ३० मा हुने

बोम्जन गुरुङ, सउल

तमु धीं दक्षिण कोरिया थेगु शाखाले यहि आउँदो डिसेम्बर ३० मा तमु ल्होसार/ल्होछार मनाउने भएको छ । खी-ल्हो (कुकुर वर्ग) लाई विदाई गर्दै फो-ल्हो (मृग वर्ग) लाई स्वागत गरि (स्यों कैं) दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सहित आयोजना गरिने भएको हो ।

“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।” भन्ने तमु (गुरुङ) समुदायको विश्वब्यापी नारालाई आत्मासाथ गर्दै दक्षिण कोरियाको दक्षिणी भेग थेगु शहरको सुविधा सम्पन्न हल “मेईल गार्डन”मा ल्होसार/ल्होछार मनाउने तीव्र तयारी भईरहेको तमु धीं दक्षिण कोरिया थेगु शाखाका अध्यक्ष हर्क गुरुङले जानकारी दिए । तमु (गुरुङ) समुदायको महान् पर्व ल्होसार/ल्होछारको कार्यक्रम आयोजना सँगै आफ्नो जातीय संस्कृति, भेषभूषा र परम्पराको संरक्षण एवं सम्बर्द्वनमा प्रत्यक्ष टेवा पुग्नेमा सोही संस्था सम्बद्व सचिव बिल गुरुङ बताउँछन् ।

यसपटकको फो-ल्होसार/ल्होछारका लागि नेपाली लोक तथा दोहोरी क्षेत्रमा अत्यन्तै व्यस्त र चर्चित गायिका, गुरुङ चलचित्रकी नायिका तथा मोडल काजल गुरुङ नेपालबाट आउने भएकी छिन् । कलाकार गुरुङको गायन र नृत्यकलाले दर्शकहरुलाई मोहित बनाउने कुरामा आयोजक ढुक्क छ । “बुझें मैले नि”, “नाकमा झुम्के बुलाकी”, “नौ रङ्गी सपना”, “सालैजो” लगायत थुप्रै लोक तथा दोहोरी गीतमा आफ्नो सुमधुर आवाज दिईसकेकी र गुरुङ सँस्कृतिमा आधारित चलचित्र डिठ्ठा (मुखिया)का नायिका साथै थुप्रै म्यूजिक भिडियोमा मोडलिङ गर्न समेत भ्याएकी कलाकार गुरुङले ल्होसारको रौनकता र माहौललाई पूर्ण मनोरञ्जनात्मक बनाउनेमा आयोजकको दावी छ । बहु प्रतिभाशाली कलाकार गुरुङले नेपालका विभिन्न गाउँ, शहरका मेला महोत्सवहरुमा सयौं स्टेज कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिईसकेकी उनि कार्यक्रमको शिलशिलामा एक दर्जन जति विदेश भ्रमण समेत गरिसकेकी छिन् ।

यसै वर्ष गठित तमु धीं दक्षिण कोरिया थेगु शाखाद्वारा पहिलो पटक आयोजना हुन गइरहेको यस कार्यक्रममा स्थानीय कलाकारहरुद्वारा तमु (गुरुङ)को मौलिक बाजागाजा सहित छैंडु नाच, लोपोन्मुख घाँटु तथा मारुनी नृत्य र कौरा नृत्य जस्ता बेजोड साँस्कृतिक प्रस्तुति साथै हाँस्य प्रहशनबाट आनन्दित हुने अवसर दर्शकहरुले प्राप्त गर्नेछन् । यस कार्यक्रममा रमाईलो जमघट सँगै स्वादिष्ट नेपाली परिकारको व्यवस्था गरिने र कार्यक्रम दिउँसो १२:०० बजेदेखि ०७:०० बजेसम्म हुने कार्यक्रम संयोजक गणेश गुरुङले जानकारी गराएका छन् ।

आमन्त्रित अतिथि तथा दर्शकहरुको उत्साहजनक उपस्थितिको अपेक्षासँगै कोरियामा रहेका सम्पूर्ण तमु (गुरुङ) दाजुभाइ तथा दिदीबहिनीहरु, सबै संघ-संस्थाहरु, बुद्धिजीबीहरु, पत्रकारहरु, व्यवसायीहरुलाई निमन्त्रणा-पत्र पठाउने र प्रचार-प्रसार तीव्र पारिएको छ । यदि सूचना वा पत्र प्राप्त नभए तमु धींको आधिकारिक फेसबुक सूचनालाई आधार मानेर २०१८ डिसेम्बर ३० तारिक आइतबारका दिन उपस्थित जनाई तमु (गुरुङ) फो-ल्होसार/ल्होछार कार्यक्रम सभ्य र भव्य सफल पारिदिनु हुन र सो दिनमा अन्य कार्यक्रम नजुधाईदिन तमु धीं दक्षिण कोरिया थेगु शाखाले कोरिया स्थित सम्पूर्ण संघ-संस्था एवं नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक अनुरोध समेत गरेको छ ।

तमु ल्होसार/ल्होछार कार्यक्रम तपसिल :

मिति : २०१८ डिसेम्बर ३० तारिक आइतबार ।
समय : दिउँसो ठीक १२:०० बजेदेखि बेलुकी ०७:०० बजेसम्म ।
स्थान : 대구공역시 중구 계산동 2가 71 본지 매일 시문사 11층 (मेइल गार्डन)

यसमा तपाइको मत

समाचार बाट अन्य

बलात्कार गरेको भन्दै आफ्नै श्रीमानविरुद्ध उजुरी

चन्द्रपुर: रौतहटको चन्द्रपुर नपा ५ की ३३ वर्षीया एक महिलाले आफ्नै श्रीमानविरुद्ध बलात्कारको मुद्दा दर्ता गरेकी छन्। पटकपटक कुटपिट तथा मानसिक यातना दिँदै जबरजस्ती करणी गर्दै आएको उल्लेख गर्दै ती महिलाले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी...

कुटपिटबाट एक व्यक्तिको हत्या,

सप्तरी– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका सुरक्षा गार्ड (पाले) २७ वर्षीय रिकेश भनिने पर्शुराम मिश्रलाई युवाको एक समूहले कुटपिट गर्दा आइतबार राति मृत्यु भएको छ । गाउँपालिका कार्यालयको चौरमा लागुऔषध सेवन गरिरहेका युवाको समूहलाई गाँजा खान...

टोखामा गर्भवती महिलाको घाँटी थिचेर हत्या

२ पुस, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–८, मिलन टोलमा एक महिलाले गएराति सौताको हत्या गरेकी छन् । अन्य आफन्त समेतलाई संलग्न गराएर मुगुको सोरू गाउँपालिकाकी २६ वर्षीया विष्णुमाया मल्लले मुगुको टोरु गाउँपालिका–८ घर भएकी...

बर्षकै उत्कृष्ट नायक–नायिका रणवीर र आलिया

यो बर्ष सकिनै लाग्दा बलिउडमा अवार्डको मौसम सुरु भएको छ । सन् २०१८ सकिएर नयाँ बर्ष आउन केहि दिन मात्र बाँकी रहँदा ‘स्टार स्क्रिन अवार्ड २०१८’ आयोजना गरिएको छ । यो अवार्डमा सहभागी हुन...

भाग्दै गर्दा मेलम्ची आयोजनाका ८ कर्मचारी पक्राउ,

२ पुस, काठमाडौं । क्रिष्मस डे मनाउने बहानामा कार्यक्षेत्र छाडेर काठमाडौं आएका मेलम्ची खानेपानी आयोजनाका ८ जना विदेशी कर्मचारी समातिएका छन् । आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीका कर्मचारीहरु भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिइएको...

शक्तिले लिए क्रिकेट यात्राबाट बिदाइ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिएका छन् । नेपालले पाएको एकदिवसीय मान्यतापछि नेदरल्याण्ड्सविरुद्धको पहिलो खेल खेल्न त्यहाँ जानुअघि गत साउनमा सन्यासको घोषणा गरेका शक्तिले आजदेखि औपचारिक बिदाइ लिएका हुन् । त्यतिबेला गौचनले...

ज्ञानेन्द्रको स्वागतमा पोखरा विमानस्थलमा नाराबाजी

२ पुस, पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा उनका समर्थकहरुले सोमबार बिहान पोखरा विमानस्थलमा राष्ट्रिय झण्डा बोकेर गणतन्त्रविरोधी नारा लगाएका छन् । राजतन्त्रका समर्थकहरुले गणतन्त्रलाई फाँसी दे भन्दै नारा लगाएका छन् । नारा लगाउने क्रममा...

चिठी लेखेर श्रीमती गायब…….

श्रीमानलाई तीन पानाको चिठी लेखेर रोल्पा नगरपालिकाकी दिलकुमारी डाँगी बेपत्ता भएकी छन्। मंसिर २६ गते छोरालाई स्कुलपुर्‍याउन गएकी दिलकुमारी उतैबाट वेपत्ता भएको उनका श्रीमान बखत डाँगीले बताए । दिलकुमारी जाने सम्भावना भएका माइती र...

सचेत बन्नुहोस नक्‍कली नोटको फन्दामा पर्नुहोला

काभ्रे जिल्लामा पछिल्लो समय नेपाली र विदेशी नक्‍कली नोटको बिगबिगी बढ्दै गएको छ। बैंक श्रोतका अनुसार पहिल्लो समय हजार र पाँच सयका नक्‍कली नोटहरु बजारमा भेटिन थालेको हो। बैंक तथा सहकारीमा पैंसा डिपोजीट गर्न आउने...

सन्दिप लामिछानेको नयाँ गीत ‘यो झरीमा’ रिलिज भिडियो:

नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको सांगीतिक एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । युटुब च्यानलमार्फत छामिछानेले उक्त गीतको लिरिकल भिडियो सार्वजनिक गरेका  हुन् । बन्दना जोशीको शब्द तथा अफ्सर...