आइजीपी खनाल भन्छन् : अपराधीको निधारमा केही लेखिएको हुन्न कसरी चिन्नु

१६ मङ्सिर २०७५, नुवाकोट सर्वसाधारणलाई स्थानीयतहबाटै शान्ति सुरक्षा बढाउन नुवाकोटमा भूकम्पले भत्किएका प्रहरी चौकीहरुको पुनर्निर्माण गरिएको छ । सदरमुकाम विदुरमा निर्मित तीनवटा प्रहरी कार्यालय तथा आवासको आइतवार एकै पटक उद्घाटन गरिएको छ ।

नेपाल सरकारको भुकम्प पुर्ननिर्माण कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालयको हातामा निर्मित आवास भवन, जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन र प्रहरी चेकपोष्ट कार्यालय भवनको एकैपटक प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरे । ती भवनहरु सर्वसाधारणको सुरक्षाका लागि सरकारले भुकम्प पुनर्निर्माण कोष अन्र्तगत निर्माण गरेको हो ।

भवनहरुको उद्घाटन गर्दै महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीमा अब पहिलेको जस्तो स्थिति नरहेको उल्लेख गर्दै गल्ती नदोहोर्‍याउने बताए । प्रहरीले आमनागरिकको जिउधनको सुरक्षाका लागि नेपाल सरकारको नीति अनुसार आफ्ना कार्य गर्ने र नेपालको कानुन अनुसार क्रियाशील हुन कुनै पनि कसर बाँकी नराख्ने बताए ।

नेपाल प्रहरीको विगत नकोट्याउन अनुरोध गर्दै खनालले आफुले २८ वर्ष सेवा गरेको संगठनको टिप्पणी गर्नु भन्दा पहिलेका गल्तीलाई सुधार गरि प्रहरी समुदायसँगै अगाडि बढी अपराधीलाई कारवाहीको दायरामा ल्याएरै छाड्ने बताए । उनले नुवाकोट मानव वेचविखन प्रभावित भएकाले प्रहरीले विशेष रुपमा योजना बनाएको पनि वताए ।

नेपालका केही घटनाक्रमले नेपाल प्रहरी संगठनलमाथि अविश्वास र प्रश्नचिन्ह खडा भए पनि अब प्रहरीले सुरक्षा, देशको कानुन कार्यान्वयन र सरकारको सुरक्षा नीतिलाई कार्यान्वयन गर्न लागिरहने खनालले प्रतिवद्धता जनाए । गाउँ समाजको सुरक्षा नागरिक अगुवाहरुले नै गर्नुपर्ने र यसबाट समाजमा अपराधको श्रृंखला घटेर जाने उनको भनाई छ ।

उनले आफू विदेश जाँदा गलत मान्छेलाई भेटेको विषयले चर्चा पाइरहेको प्रसंग उल्लेख गर्दै अपराधीको निधारमा केही पनि नलेखिएको हुनाले चिन्न समस्या हुने बताए ।  कुनै पनि अपराधी आफ्नो अगाडि नआओस भन्ने आफ्नो मान्यता रहेकाले यो विषयलाई बिनाकारण नलम्ब्याउन उनले अनुरोध गरे ।

विदुर नगरपालिका–२ स्थित जिल्ला प्रहरी कार्यालय हातामा निर्मित दुई तले, १२ कोठे प्रहरी अधिकृत आवास तथा जुनियर प्रहरी व्यारेक भवन कुल एक करोड ७१ लख १५ हजार आठसय ३२ रुपैयाँ,  प्रहरी पोष्टको एक करोड ३३ लाख आठ हजार ६ सय ३७ र जिल्ला ट्राफिक प्रहरी कार्यालयको एक करोड २८ लाख ५१ हजार चार सय ४५ रुपैयाँ लागत  रहेको छ ।

प्रहरी पोस्ट र ट्राफिक कार्यालय भवन दुवै दुईतले १०/१० कोठे रहेको छ । सो भवन भूकम्प प्रतिरोधी रहनुका साथै बन्दीका लागि सुविधायुक्त शौचालय  रहेको प्रहरी प्राविधिक इन्जिनियर अनिल रानाले बताए ।स्रोत : annapurnapost.com

यसमा तपाइको मत

समाचार बाट अन्य

बलात्कार गरेको भन्दै आफ्नै श्रीमानविरुद्ध उजुरी

चन्द्रपुर: रौतहटको चन्द्रपुर नपा ५ की ३३ वर्षीया एक महिलाले आफ्नै श्रीमानविरुद्ध बलात्कारको मुद्दा दर्ता गरेकी छन्। पटकपटक कुटपिट तथा मानसिक यातना दिँदै जबरजस्ती करणी गर्दै आएको उल्लेख गर्दै ती महिलाले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी...

कुटपिटबाट एक व्यक्तिको हत्या,

सप्तरी– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका सुरक्षा गार्ड (पाले) २७ वर्षीय रिकेश भनिने पर्शुराम मिश्रलाई युवाको एक समूहले कुटपिट गर्दा आइतबार राति मृत्यु भएको छ । गाउँपालिका कार्यालयको चौरमा लागुऔषध सेवन गरिरहेका युवाको समूहलाई गाँजा खान...

टोखामा गर्भवती महिलाको घाँटी थिचेर हत्या

२ पुस, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–८, मिलन टोलमा एक महिलाले गएराति सौताको हत्या गरेकी छन् । अन्य आफन्त समेतलाई संलग्न गराएर मुगुको सोरू गाउँपालिकाकी २६ वर्षीया विष्णुमाया मल्लले मुगुको टोरु गाउँपालिका–८ घर भएकी...

बर्षकै उत्कृष्ट नायक–नायिका रणवीर र आलिया

यो बर्ष सकिनै लाग्दा बलिउडमा अवार्डको मौसम सुरु भएको छ । सन् २०१८ सकिएर नयाँ बर्ष आउन केहि दिन मात्र बाँकी रहँदा ‘स्टार स्क्रिन अवार्ड २०१८’ आयोजना गरिएको छ । यो अवार्डमा सहभागी हुन...

भाग्दै गर्दा मेलम्ची आयोजनाका ८ कर्मचारी पक्राउ,

२ पुस, काठमाडौं । क्रिष्मस डे मनाउने बहानामा कार्यक्षेत्र छाडेर काठमाडौं आएका मेलम्ची खानेपानी आयोजनाका ८ जना विदेशी कर्मचारी समातिएका छन् । आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीका कर्मचारीहरु भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिइएको...

शक्तिले लिए क्रिकेट यात्राबाट बिदाइ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिएका छन् । नेपालले पाएको एकदिवसीय मान्यतापछि नेदरल्याण्ड्सविरुद्धको पहिलो खेल खेल्न त्यहाँ जानुअघि गत साउनमा सन्यासको घोषणा गरेका शक्तिले आजदेखि औपचारिक बिदाइ लिएका हुन् । त्यतिबेला गौचनले...

ज्ञानेन्द्रको स्वागतमा पोखरा विमानस्थलमा नाराबाजी

२ पुस, पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा उनका समर्थकहरुले सोमबार बिहान पोखरा विमानस्थलमा राष्ट्रिय झण्डा बोकेर गणतन्त्रविरोधी नारा लगाएका छन् । राजतन्त्रका समर्थकहरुले गणतन्त्रलाई फाँसी दे भन्दै नारा लगाएका छन् । नारा लगाउने क्रममा...

चिठी लेखेर श्रीमती गायब…….

श्रीमानलाई तीन पानाको चिठी लेखेर रोल्पा नगरपालिकाकी दिलकुमारी डाँगी बेपत्ता भएकी छन्। मंसिर २६ गते छोरालाई स्कुलपुर्‍याउन गएकी दिलकुमारी उतैबाट वेपत्ता भएको उनका श्रीमान बखत डाँगीले बताए । दिलकुमारी जाने सम्भावना भएका माइती र...

सचेत बन्नुहोस नक्‍कली नोटको फन्दामा पर्नुहोला

काभ्रे जिल्लामा पछिल्लो समय नेपाली र विदेशी नक्‍कली नोटको बिगबिगी बढ्दै गएको छ। बैंक श्रोतका अनुसार पहिल्लो समय हजार र पाँच सयका नक्‍कली नोटहरु बजारमा भेटिन थालेको हो। बैंक तथा सहकारीमा पैंसा डिपोजीट गर्न आउने...

सन्दिप लामिछानेको नयाँ गीत ‘यो झरीमा’ रिलिज भिडियो:

नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको सांगीतिक एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । युटुब च्यानलमार्फत छामिछानेले उक्त गीतको लिरिकल भिडियो सार्वजनिक गरेका  हुन् । बन्दना जोशीको शब्द तथा अफ्सर...