औषधी सेवन गर्दा हामी के गल्ती गर्छौ ?

कुनैपनि रोग निदानका लागि औषधी सेवन गरिन्छ । तर, औषधी कसरी सेवन गर्ने ? यसको तौर-तरिका पनि जान्नुपर्छ । कुनैपनि औषधी सेवन गर्दा त्यसको प्रभाव कस्तो रहन्छ ? यसबारे बुझ्नुपर्छ । अतः औषधीलाई सही ढंगले सेवन गर्दा मात्र त्यसले प्रभावकारी रुपमा काम गर्छ ।

किनपनि यो कुरा बुझ्न आवश्यक छ भने, अहिले धेरैजसो औषधी सेवन गर्न बाध्य छन् । हरेकजसो केही न केही रोग पालेर बसेका छन् । उनीहरुमध्ये धेरैले चिकित्सकको प्रेस्किप्सन अनुसार औषधी त खरिद गरेका छन्, तर कसरी सेवन गर्ने भन्ने कुरामा ध्यान दिएका छैनन् ।

औषधी सेवन गर्ने तौर तरिका नमिल्दा त्यसले उल्टो असर गर्न सक्छ ।

चपाउने चक्की पनि हानिकारक

बिना पानी औषधी सेवन गर्दा एसोफैगसको अल्सर हुने संभावना हुन्छ । एक अध्ययन अनुसार कुनैपनि औषधीले एसोफैगसनमा अल्सर हुने संभावना अधिक हुन्छ । त्यती मात्र होइन, अध्ययनले के पनि भन्छ भने चपाएर खाने भिटामिन सिको चक्कीले समेत गलालाई हानी गर्छ ।

के हुन्छ समस्या ?

कतिपय व्यक्तिलाई लाग्छ कि पानीसँग गोली सेवन गर्दा त्यो सजिलै घुल्छ । तर, यसको सत्यता फरक छ । जब औषधीसँग पानी सेवन गरिन्छ, त्यसको उदेश्य भनेको उक्त औषधी सजिलै र चाडै सही स्थानमा पुग्न सकोस् भन्ने हो । यदि पानी पिइएन भने गोली भोजन नलीमा फस्छ । यसले गर्दा छातीमा दुखाई हुन्छ ।

औषधी सेवन गर्दा तपाई कुन पोजिसनमा हुनुहुनुन्छ ? त्यसबारे पनि हेक्का राख्नुपर्छ । औषधी सेवन गरिरहँदा उभिएर वा बसेर खानुपर्छ । सुतेको अवस्थामा कहिले पनि औषधी सेवन गर्नुहुन्न । चिकित्सकका अनुसार कुनैपनि औषधी खाइसकेपछि तुरुन्तै सुत्नु पनि हुँदैन । यसका लागि लगभग १५ मिनेटको समय ग्याप राख्नुपर्छ ।

-औषधीलाई सधै कम्तीमा एक गिलास पानीसँग पिउनुपर्छ ।

दिनभरमा कम्तीमा आठ गिलास पानी पिउनुपर्छ । यसले गर्दा एसोफैगसलाई असर पर्दैन ।

कुरा सामान्य हो, चक्की औषधी सेवन गर्दा पानी पिउनैपर्छ । यद्यपी कतिपयले पानी पिउन आवश्यक ठान्दैनन् । वा पिउनुपर्छ भन्ने हेक्का हुँदैन । कतिले एक घुड्की पानी पिउँछन् । जबकी यस्तो बानीले हानी गर्छ ।

बिना पानी औषधी सेवन गर्दा गलाको नली अर्थात एसोफैगसलाई नोक्सान गर्छ । यसरी सेवन गर्दा बेलाबखत आँखाबाट आँशु पनि आउँछ । यदि ठूलो साइजको ट्याबलेट पानी बिना निल्नु भयो भने यसले गलाको नलीमा जलन हुन्छ, छातीमा पनि पीडा हुन्छ । गलाको नली एकदमै नाजुक टिश्युले बनेको हुन्छ । यदि ट्याबलेट गलाको नलीमा अड्कियो भने त्यसले एकदम हानी पुर्‍याउँछ । साथै खतरनाक पनि हुनसक्छ । अचातक तिब्र दुखाईसँगै सास फेर्न समेत हम्मे पर्नसक्छ ।

.onlinekhabar.com baata

यसमा तपाइको मत

स्वास्थ्य बाट अन्य

महिलाको कपाल मुन्डन गर्ने तीनजना पक्राउ

  सप्तरीमा एक महिलाको कपाल मुन्डन गर्ने तीन जनालालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही खड्ग नगरपालिका-१ सिस्वा बेल्हीका ५२ वर्षीय रुपनारायण राम, ३५ वर्षीय अहिल्या राम र २० वर्षीय सुनिल राम छन्...

यी कुरा खुवाउनु होस् आफ्ना बच्चालाइ

बच्चाको स्वास्थ्य सँधै बाबुआमाका लागि चासो र चिन्ताको विषय हुन्छ । आफ्ना बच्चाहरुले सानोतिनो रोग लाग्दा पनि उनीहरु अतालिन्छन् । तर, बच्चाहरुलाई कसरी स्वस्थ राख्ने भन्ने चाहिँ धेरै बाबुआमालाई जानकारी छैन । उनीहरु बिरामी भएपछि...

आज गाँसिने, भोली टुट्ने,कस्तो हाउडे प्रेम

अहिलेका युवा-युवती ‘फास्ट फुड कल्चर’ मा हुर्किरहेका छन् । उनीहरुलाई हरेक चीज जाँडो चाहिन्छ । किशोरावस्थामै प्रेममा पर्छन् उनीहरु । तर यस्तो हाउडे प्रेम धेरै समय टिक्दैन । आज हेराहेर, भोली प्रेम र पर्सी ब्रेकअप...

कागतीका बेफाइदा के के छन् ?

 कागती बहुउपयोगी फल हो । यसको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिनुका साथै सौन्दर्यमा पनि यसको उपयोगिता उत्तिकै छ । पानीमा कागतीको रस निचोरेर पिउनाले शरीरलाई भिटामिन सी, पोटासियम र फाइबर मिल्छ । तर, यसको...

जोन्सन बेबी पाउडर हानीकारक रहेको भारतीय मिडियाको दावी

जोन्सन एन्ड जोन्सनका बालबालिका लक्षित उत्पादनहरू नेपालमा पनि निकै लोकप्रिय छन् । जसमध्ये एक हो, बेबी पाउडर । तर, हालैको एउटा भारतीय अनलाइनले भने यो बेबी पाउडरमाथि प्रश्न चिन्ह उठाएको छ । जोन्सन एन्ड जोन्सनको...

के तपाइलाई सय वर्ष को जीवन चाहिएको छ?उसो भए गर्नुस यी काम !

‘ब्लू जोन्स’ का लेखक डान ब्यूटनरले संसारका ती पाँच स्थानको अध्ययन गरे जहाँका मानिसहरु लामो जीवन बाँचेका कारण चर्चित छन् । ती हुन् – जापानको ओकिनावा, कोस्टा रिकाको निकोया, ग्रिसको इकारिया, क्यालिफोर्नियाको लोमा लिन्डा र...

जवानीमै कपाल फुल्यो ? कसरि गर्ने समाधान ?

कपाल फुल्नु एउटा प्राकृतिक प्रक्रिया हो । सामान्यतया यसले उम्मेर छिप्पिन थालेको संकेत गर्छ । तर, आजकाल कम उमेरमै धेरै मानिसहरुका कपाल सेताम्य हुन थालेका छन् । खासगरी गुणस्तरहीन स्याम्पु र सौन्दर्यका साधनको प्रयोगले समयभन्दा...

यस्ता समस्या भएको बेला यौन सम्पर्क गर्न नहुने;

लगातार यौनाङ्ग आगोले पोलेजस्तो जलन वा दुखाई हुन्छ, पिसाब पोल्ने र बारम्बार पिसाब गर्न जानुपर्छ भने यसले संकेत गर्छ पिसाबनलीमा संक्रमण अर्थात युरिनरी ट्र्याक्ट इन्फेक्सन (युटिआई)को समस्या भएको छ । नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार...

किन जन्माउने बच्चा?यी हुन् कारण

  प्रत्येक दम्पत्तिको जीवनमा सन्तानको विशेष महत्व हुन्छ । त्यसैले त सन्तान नजन्मिएसम्म परिवार पूरा भएको मानिदैन । तर, बिहेपछि कतिपय पति-पत्नी बच्चा जन्माउने कुरालाई लिएर चिन्तित हुन्छन् । बच्चाको आगमनसँगै उनीहरुको स्वच्छन्दता हरण हुन्छ र...

रुद्राक्ष र स्वास्थ्यको कनेक्सन,किन गरिन्छ रुद्राक्षको प्रयोग ?

रुद्राक्ष, जो चित्रहरुमा देवीदेवता एवं ऋषिमुनीहरुले पहिरिएको देखिन्छ । पाखुरामा, नाडीमा, गलामा रुद्राक्ष लगाएको पाइन्छ । अहिले पनि रुद्राक्ष धारण गर्ने सिलसिला जारी छ । रुद्राक्ष खेती गर्नेदेखि व्यवसाय गर्नेसम्म छन् । खासगरी मठ-मन्दिरमा,...