चक्रपथमा बाटो काट्नेको ज्यान जोखिममा ,

१८ मंसिर, काठमाडौं । चक्रपथको कलंकी-कोटेश्वर खण्ड विस्तारको अन्तिम चरणमा छ । यो खण्डका अधिकांश क्षेत्रमा सडक फराकिलो बनेका छन्, सडक बनेपनि आवश्यक ट्राफिक पूर्वाधार तयार नगरिँदा दैनिक हजारौं यात्रुले जोखिमपूर्ण रुपमा सडक वारपार गर्दैछन् ।

यसले चक्रपथलाई जोखिमयुक्त मात्रै बनाएको छैन, साँच्चिकै अवैज्ञानिक पनि ठहराएको छ । ठाउँ-ठाउँमा आकाशे पुल नबनाउँदा र अत्यावश्यक स्थानमा पनि जेब्रा क्रसिङहरु नराखिँदा चक्रपथमा बाटो काट्नु ज्यानको जोखिम मोल्नु जस्तै भएको छ ।

पर्याप्त जेब्रा क्रसिङ नहुँदा यात्रुलाई जथाभावी बाटो काट्नुको विकल्प छैन । कतिपय स्थानमा आकोशपुल र जेब्रा क्रसिङको नजिकको स्थानमाबाट पनि नियम मिचेर यात्रुले बाटो काटिरहेको देखिन्छ ।

विशेष गरी सडक वारपार गर्ने बालबालिका, विशेष अवस्थाका बिरामी तथा पांग र वृद्धवृद्धालाई चक्रपथमा बाटो काट्नु भनेको एउटा काल काट्नु जस्तै भएको बताउँछन् सानेपाका गोपाल महर्जन । चक्रपथमा स्कुल समयमा असुरक्षित तवरले बाटो काट्ने  विद्यार्थीको लाम नै देखिन्छ ।

‘यस्तो चिल्लो र फराकिलो रोड देखेपछि गाडी र बाइकहरु उडुँला जसरी आइरहेका हुन्छन्,’ उनी भन्छन्,’बाटो काट्न ४ ठाउँमा विरुाम लिनुपर्छ । कुन चाँही गाडीले हावामा उडाइदिन्छ कि जस्तो डर हुन्छ ।’

सडकको वारपारी हेर्दै ज्यान जोखिममा राखेर यो खण्डमा दैनिक सयौं हजारौंले सडक वारपार गर्दैछन् ।

कोटश्वर, ग्वार्की, सातदोबेाटो, एकान्तकुना, बल्खु, सानेपा र कलंकीमा मात्रै जेब्रा क्रसिङ बनाइएको छ । त्यसभन्दा बाहेेकका स्थानमा तत्कालै जेब्रा क्रसिङ बनाउने कुनै योजना छैन ।

सडक विभाग अन्तरगतको यो आयोजनाले थप जेब्रा क्रसिङको आवश्यकता महसुस नगरेको होइन, तर चीन सरकारले आयोजना सम्पन्न गरेर हस्तान्तरण गरिसकेको छैन । त्यसपछि मात्रै सडकका संरचना परिवर्तन गरेर आवश्यक स्थानमा जेब्रा क्रसिङ राख्न्े योजना छ ।

पहिलेको योजनाअनुसार जेब्रा क्रसिङहरु राखेर आयोजनाले सडक हस्तान्तरण गर्नासाथै सडक विभागले यो सडकलाई पुनः यात्रु तथा सवारी मैत्री हुने गरी पुनर्निर्माण गर्ने योजना त बनाएको छ । तर, सडक निर्माण सकिने चरणमै चक्रपथको यात्रा जोखिमपूर्ण बनेको छ ।

हाल आयोजना अन्तरगत चीन सरकारको सहयोगमा काटेश्वर, ग्वार्को र बागडोलमा मात्रै आकाशे पुल निर्माण गरिएको छ । करिब ३ किलोमिटर पार गरेपछि मात्रै अहिले आकाशे पुलहरु भेटिन्छन् ।

मुख्य चोकहरुमै आकाशे पुल नभएपछि यो सडकमा बाटो काट्नु नै जोखिमपूर्ण छ । अन्य ६ स्थानमा आकाशे पुल निर्माणको योजना त बनेको छ, तर कहिले बनेर सञ्चालनमा आउँछ भन्ने अझै अनिश्चित छ । प्रत्येक किलोमिटर एउटा आकाशे पुलको परिकल्पना गरिएको भने छ ।

सडक विभागका अधिकारीहरुका अनुसार सडकको डिजाइनमै त्रुटी हुँदा यस्तो समस्याहरु आएका हुन् । चक्रपथ शहरी सडक भएपनि यसलाई राजमार्गको शैलीमा डिजाइन गरिएको छ । चिनियाँ कम्पनीले दिएको डिजाइनलाई जस्ताको तस्तै स्वीकार्दा नेपालको सडक संरचना, आवश्यक्ता, स्थानीय परिवेश र नेपाली चालक र पैदल यात्रुहरुको प्रवृत्ति अनुकुल यो सडक बनेन ।

एक्प्रेश-वेको शैलीमा डिजाइन गरिँदा योसडक निकै अवैज्ञानिक भयो । सडकममा बीचका ४ लेनमा ५० किलोमिटर प्रतिघण्टाका दरले सवारी चलाउन सकिन्छ । यो सहरी सडकमा अत्याधिक गति हो । सर्भिस लेन २० किलोमिटर प्रतिघण्टाका दरले सवारी चलाउन मिल्ने गरी डिजाइन भएको छ ।

सडकका विभिन्न भागहरुमा सवारीलाई क्रसिङहरु दिन कुनै पूर्वाधारहरु बनाइएका छैनन् । जसले गर्दा क्रस लिन सवारीहरुलाई पनि ठूलै जोखिम उठाउनुपर्छ । कतिपय स्थानमा त विकल्पहरु पनि छैनन् । सडक पार गर्न टाढा पुगेर फर्किएर आउनुपर्ने बाध्यता छ ।

सडकको अवैज्ञानिक डिजाइनले रातको समयमा सवारी चलाउनु पनि यहाँ जोखिमपूर्ण हुने देखिएको छ । २-२ वटा स्पीड लनेहरु छुट्टनिे सडकका बीच भागमा ‘मिडियन’हरु राखिएका छैनन् । यसका कारण तीब्र गतिमा चक्रपथमा चल्ने सवारीले जतिसुकै बला दुर्घटना गराउने जोखिम उच्च छ । रातको समयमा सवारी सुरक्षाका लागि के गर्ने भन्ने पाटोहरुलाई बेवास्ता गरिएको छ ।

मिडियन नहुँदा बाटो काट्नेलाई पनि लगातार ८ लेनसम्म एकोहोरो हिडिँरहन दबाव पर्छ । बीचमा मिडियन भए त्यसको छेकोमा उभिएर फेरि अर्को लेनबाट आएका सवारी हेरेर बाटो काट्न सजिलो हुन्थ्यो । तर, मिडियन नै नभएपछि चक्रपथमा बाटो काट्न कम्ती सास्ती र जोखिमयुक्त छैन ।

यसका कारण चक्रपथ सवारी दुर्घटनाको ‘ब्ल्याक स्पट’ बन्ने खतरा बढेको सडक विभागका अधिकारीहरु नै स्वीकार्छन् ।

नेपालमा लेन मिचेर सवारी ‘ओभरटेक’ गर्ने चलन अनियन्त्रित जस्तै छ । झन चक्रपथ फराकिलो हुँदा चालकहरुमा आत्मविश्वास धेरै हुने भएकाले यो सडकमा दुर्घटनाको जोखिम उच्च छ ।

onlinekhabar.com बाट

यसमा तपाइको मत

समाचार बाट अन्य

बलात्कार गरेको भन्दै आफ्नै श्रीमानविरुद्ध उजुरी

चन्द्रपुर: रौतहटको चन्द्रपुर नपा ५ की ३३ वर्षीया एक महिलाले आफ्नै श्रीमानविरुद्ध बलात्कारको मुद्दा दर्ता गरेकी छन्। पटकपटक कुटपिट तथा मानसिक यातना दिँदै जबरजस्ती करणी गर्दै आएको उल्लेख गर्दै ती महिलाले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी...

कुटपिटबाट एक व्यक्तिको हत्या,

सप्तरी– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका सुरक्षा गार्ड (पाले) २७ वर्षीय रिकेश भनिने पर्शुराम मिश्रलाई युवाको एक समूहले कुटपिट गर्दा आइतबार राति मृत्यु भएको छ । गाउँपालिका कार्यालयको चौरमा लागुऔषध सेवन गरिरहेका युवाको समूहलाई गाँजा खान...

टोखामा गर्भवती महिलाको घाँटी थिचेर हत्या

२ पुस, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–८, मिलन टोलमा एक महिलाले गएराति सौताको हत्या गरेकी छन् । अन्य आफन्त समेतलाई संलग्न गराएर मुगुको सोरू गाउँपालिकाकी २६ वर्षीया विष्णुमाया मल्लले मुगुको टोरु गाउँपालिका–८ घर भएकी...

बर्षकै उत्कृष्ट नायक–नायिका रणवीर र आलिया

यो बर्ष सकिनै लाग्दा बलिउडमा अवार्डको मौसम सुरु भएको छ । सन् २०१८ सकिएर नयाँ बर्ष आउन केहि दिन मात्र बाँकी रहँदा ‘स्टार स्क्रिन अवार्ड २०१८’ आयोजना गरिएको छ । यो अवार्डमा सहभागी हुन...

भाग्दै गर्दा मेलम्ची आयोजनाका ८ कर्मचारी पक्राउ,

२ पुस, काठमाडौं । क्रिष्मस डे मनाउने बहानामा कार्यक्षेत्र छाडेर काठमाडौं आएका मेलम्ची खानेपानी आयोजनाका ८ जना विदेशी कर्मचारी समातिएका छन् । आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीका कर्मचारीहरु भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिइएको...

शक्तिले लिए क्रिकेट यात्राबाट बिदाइ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिएका छन् । नेपालले पाएको एकदिवसीय मान्यतापछि नेदरल्याण्ड्सविरुद्धको पहिलो खेल खेल्न त्यहाँ जानुअघि गत साउनमा सन्यासको घोषणा गरेका शक्तिले आजदेखि औपचारिक बिदाइ लिएका हुन् । त्यतिबेला गौचनले...

ज्ञानेन्द्रको स्वागतमा पोखरा विमानस्थलमा नाराबाजी

२ पुस, पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा उनका समर्थकहरुले सोमबार बिहान पोखरा विमानस्थलमा राष्ट्रिय झण्डा बोकेर गणतन्त्रविरोधी नारा लगाएका छन् । राजतन्त्रका समर्थकहरुले गणतन्त्रलाई फाँसी दे भन्दै नारा लगाएका छन् । नारा लगाउने क्रममा...

चिठी लेखेर श्रीमती गायब…….

श्रीमानलाई तीन पानाको चिठी लेखेर रोल्पा नगरपालिकाकी दिलकुमारी डाँगी बेपत्ता भएकी छन्। मंसिर २६ गते छोरालाई स्कुलपुर्‍याउन गएकी दिलकुमारी उतैबाट वेपत्ता भएको उनका श्रीमान बखत डाँगीले बताए । दिलकुमारी जाने सम्भावना भएका माइती र...

सचेत बन्नुहोस नक्‍कली नोटको फन्दामा पर्नुहोला

काभ्रे जिल्लामा पछिल्लो समय नेपाली र विदेशी नक्‍कली नोटको बिगबिगी बढ्दै गएको छ। बैंक श्रोतका अनुसार पहिल्लो समय हजार र पाँच सयका नक्‍कली नोटहरु बजारमा भेटिन थालेको हो। बैंक तथा सहकारीमा पैंसा डिपोजीट गर्न आउने...

सन्दिप लामिछानेको नयाँ गीत ‘यो झरीमा’ रिलिज भिडियो:

नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको सांगीतिक एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । युटुब च्यानलमार्फत छामिछानेले उक्त गीतको लिरिकल भिडियो सार्वजनिक गरेका  हुन् । बन्दना जोशीको शब्द तथा अफ्सर...