ओली विवादको भुङ्ग्रोमा डढिरहँदा, प्रचण्ड होलबडी चेकअपमा

  २०७५ मङ्सिर १८ मंगलबार

सम्मेलन १३ मंसिरदेखि १७ मंसिरसम्म चल्ने भनेर प्रचार गरिएको थियो । तर, १४ गते सम्मेलनको उद्घाटन भयो । १५ गते प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओली सम्मेलनमा सहभागि भए, सम्बोधन गरे । सम्मेलन आयोजना, विदेशी पाहुनालाई पठाइएको निमन्त्रणा, सुरक्षा व्यवस्था लगायत विषयलाई लिएर सरकार र सत्ताधारी पार्टी नेकपाको आलोचना भइरहँदा दाहाल बाहिरबाहिरै घुमिरहेका थिए ।प्रधानमन्त्रीले सम्बोधन गरेको दिन दाहालको नवलपरासीमा सम्बोधन गर्ने कार्यक्रम थियो । उनी सम्मेलनमा सहभागि हुने भनेरै त्यतातिर गएनन् ।

आयोजक संस्थाले गरेको दावी र पाहुनालाई दिएको निमन्त्रणा हेरेर दाहालले पनि सम्मेलनमा सहभागि हुने मनस्थिति बनाएका थिए । तर, निकटस्थहरुले पार्टीमा यो बारे कुनै पनि कुरा नभएको र भोलि विवादमा परिन्छ भनेपछि उनले बहाना खोजे, अस्पताल जाने र होलबडी चेकअप गराउने । ‘यहाँनेर दाहालको स्वास्थ्य जाँचप्रति पूर्वाग्रह राख्न भने पटक्कै खोजिएको होईन’
उनकै प्रमुख स्वकीय सचिवका अनुसार केही दिन पहिले मात्रै प्रचण्डले होलबडी चेकअप गराएका थिए ।

अनि एक हप्ता नपुग्दै फेरि होलबडी चेकअप किन ? उनका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले हुलहालमा भएकाले धेरै कुरा गर्न सकिदैन भने । छोटोमा उनले भने, ‘अहिले नियमिति जाँच गराइरहनु भएको छ । अस्ति पनि जाँच गराउनु भएको थियो ।’ अहिले के त, दाँत दुखेको हो ? दाँत होइन होलबडी चेकअप नै हो, उनले जवाफ दिए । सम्मेलनको छेकोमा परेका जिल्लाका कार्यक्रममा भने दाहाल सम्मेलन सकिएपछि मात्रै गएका छन् ।यत्ति कुरा सुनेपछि थाहा भइहाल्यो, बहाना खोज्न प्रचण्डलाई कस्ले सक्छ ? आयोजकले सम्मेलन गरिबी, आतंकवाद, विकास, सुशासन र सांसदहरूको भूमिका, अन्तर–धार्मिक संगठन र नागरिक समाजको भूमिका, जलवायु परिवर्तन, सञ्चार माध्यमको भूमिका, विश्वव्यापी शान्ति प्रक्रिया, शान्ति परियोजना लगायत विभिन्न विषयमा केन्द्रित हुने भनेकाले सम्मेलनमा सहभागि हुनुपर्छ भन्ने उनको धारणा थियो । तर, परिस्थिति त्यस्तो रहेन ।

अर्का अध्यक्ष ओली विवादको भुङ्ग्रोमा डढिरहेको देखिदेखि त्यसमा पस्न उचित लागेन । तर, आफ्नै पार्टीको सरकारले राजकीय महत्वका साथ गरेको सम्मेलन छोडेर जिल्लाका कार्यक्रममा जाँदा उपेक्षा गरेको अपजस आउने डर भो । उपाय निकाल्दै जाँदा के त ? होलबडी चेकअप ।

hamrakura.com  बाट

यसमा तपाइको मत

स्वास्थ्य बाट अन्य

बलात्कार गरेको भन्दै आफ्नै श्रीमानविरुद्ध उजुरी

चन्द्रपुर: रौतहटको चन्द्रपुर नपा ५ की ३३ वर्षीया एक महिलाले आफ्नै श्रीमानविरुद्ध बलात्कारको मुद्दा दर्ता गरेकी छन्। पटकपटक कुटपिट तथा मानसिक यातना दिँदै जबरजस्ती करणी गर्दै आएको उल्लेख गर्दै ती महिलाले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी...

कुटपिटबाट एक व्यक्तिको हत्या,

सप्तरी– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका सुरक्षा गार्ड (पाले) २७ वर्षीय रिकेश भनिने पर्शुराम मिश्रलाई युवाको एक समूहले कुटपिट गर्दा आइतबार राति मृत्यु भएको छ । गाउँपालिका कार्यालयको चौरमा लागुऔषध सेवन गरिरहेका युवाको समूहलाई गाँजा खान...

टोखामा गर्भवती महिलाको घाँटी थिचेर हत्या

२ पुस, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–८, मिलन टोलमा एक महिलाले गएराति सौताको हत्या गरेकी छन् । अन्य आफन्त समेतलाई संलग्न गराएर मुगुको सोरू गाउँपालिकाकी २६ वर्षीया विष्णुमाया मल्लले मुगुको टोरु गाउँपालिका–८ घर भएकी...

बर्षकै उत्कृष्ट नायक–नायिका रणवीर र आलिया

यो बर्ष सकिनै लाग्दा बलिउडमा अवार्डको मौसम सुरु भएको छ । सन् २०१८ सकिएर नयाँ बर्ष आउन केहि दिन मात्र बाँकी रहँदा ‘स्टार स्क्रिन अवार्ड २०१८’ आयोजना गरिएको छ । यो अवार्डमा सहभागी हुन...

भाग्दै गर्दा मेलम्ची आयोजनाका ८ कर्मचारी पक्राउ,

२ पुस, काठमाडौं । क्रिष्मस डे मनाउने बहानामा कार्यक्षेत्र छाडेर काठमाडौं आएका मेलम्ची खानेपानी आयोजनाका ८ जना विदेशी कर्मचारी समातिएका छन् । आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीका कर्मचारीहरु भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिइएको...

शक्तिले लिए क्रिकेट यात्राबाट बिदाइ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिएका छन् । नेपालले पाएको एकदिवसीय मान्यतापछि नेदरल्याण्ड्सविरुद्धको पहिलो खेल खेल्न त्यहाँ जानुअघि गत साउनमा सन्यासको घोषणा गरेका शक्तिले आजदेखि औपचारिक बिदाइ लिएका हुन् । त्यतिबेला गौचनले...

ज्ञानेन्द्रको स्वागतमा पोखरा विमानस्थलमा नाराबाजी

२ पुस, पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा उनका समर्थकहरुले सोमबार बिहान पोखरा विमानस्थलमा राष्ट्रिय झण्डा बोकेर गणतन्त्रविरोधी नारा लगाएका छन् । राजतन्त्रका समर्थकहरुले गणतन्त्रलाई फाँसी दे भन्दै नारा लगाएका छन् । नारा लगाउने क्रममा...

चिठी लेखेर श्रीमती गायब…….

श्रीमानलाई तीन पानाको चिठी लेखेर रोल्पा नगरपालिकाकी दिलकुमारी डाँगी बेपत्ता भएकी छन्। मंसिर २६ गते छोरालाई स्कुलपुर्‍याउन गएकी दिलकुमारी उतैबाट वेपत्ता भएको उनका श्रीमान बखत डाँगीले बताए । दिलकुमारी जाने सम्भावना भएका माइती र...

सचेत बन्नुहोस नक्‍कली नोटको फन्दामा पर्नुहोला

काभ्रे जिल्लामा पछिल्लो समय नेपाली र विदेशी नक्‍कली नोटको बिगबिगी बढ्दै गएको छ। बैंक श्रोतका अनुसार पहिल्लो समय हजार र पाँच सयका नक्‍कली नोटहरु बजारमा भेटिन थालेको हो। बैंक तथा सहकारीमा पैंसा डिपोजीट गर्न आउने...

सन्दिप लामिछानेको नयाँ गीत ‘यो झरीमा’ रिलिज भिडियो:

नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको सांगीतिक एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । युटुब च्यानलमार्फत छामिछानेले उक्त गीतको लिरिकल भिडियो सार्वजनिक गरेका  हुन् । बन्दना जोशीको शब्द तथा अफ्सर...