मनाङको छैटौं जित

१९ मंसिर, काठमाडौं । मनाङ मस्र्याङ्दी क्लबले शहिद स्मारक ए डिभिजन लिग फुटबलमा लगातार छैटौं जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा मनाङले जावलाखेल युथ क्लबलाई १-० गोलअन्तरले पराजित गरेको हो ।

निकै कमजोर मानिएको जावलाखेलमाथि मनाङले कठिन जित निकालेको हो । मनाङको जितमा अञ्जन विष्टले पेनाल्टी गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको मनाङले खेलको दोस्रो हाफमा गोल गर्न सफल भयो । खेलको ६२औं मिनेटमा अफिज ओलावालेलाई डिबक्सभित्र फल गरेपछि मनाङले पेनाल्टी पाएको थियो, जसमा अञ्जनले गोल गरेका हुन् ।

जितसँगै मनाङले आफ्नो अपराजित यात्रालाई कायमै राख्दै ६ खेलबाट १८ अंक बनाएको छ । पराजित जावलाखेलले भने ६ खेलमध्ये एक खेलमा जित एक खेलमा बराबरी र चार खेलमा हार ब्यहोर्दै ४ अंक बनाएको छ ।

.onlinekhabar.com baata

https://www.youtube.com/watch?v=l_GNk2RoYpo

यसमा तपाइको मत

खेलकूद बाट अन्य

शक्तिले लिए क्रिकेट यात्राबाट बिदाइ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिएका छन् । नेपालले पाएको एकदिवसीय मान्यतापछि नेदरल्याण्ड्सविरुद्धको पहिलो खेल खेल्न त्यहाँ जानुअघि गत साउनमा सन्यासको घोषणा गरेका शक्तिले आजदेखि औपचारिक बिदाइ लिएका हुन् । त्यतिबेला गौचनले...

विराट कोहलीले बनाए नयाँ कीर्तिमान

भारतीय टोलीका कप्तान विराट कोहली टेस्ट क्रिकेटमा सबैभन्दा कम इनिङ (पाली) खेलेर २५ शतक प्रहार गर्ने विश्वकै दोस्रो ब्याट्सम्यान बनेका छन्। अस्ट्रेलियाविरुद्घको दोस्रो टेस्ट क्रिकेटको तेस्रो दिन आइतबार शतक पूरा गरेसँगै कोहलीले यस्तो कीर्तिमान...

रोनाल्डोको गोलमा लिग लिडर युभेन्टसको जित

१ पुस, काठमाडौं । इटालियन सिरी ए मा लिग लिडर युभेन्टसले जित हात पारेको छ । शनिबार राति भएको खेलमा युभेन्टसले टोरिनोलाई १–० गोलअन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डोले गोल गरे...

शक्ति गौचनको अन्तिम खेल,पोखरा ७ विकेटले पराजित,

२९ मंसिर, काठमाडौं । भेट्रार बलर शक्ति गौचनको अन्तिम खेलमा पनि पोखरा पल्टन पराजित भएको छ । शनिबार भएको दोस्रो खेलमा चितवन टाइगर्सले शक्ति उपकप्तान रहेको पोखरा पल्टनलाई ७ विकेटले हरायो । जितसँगै ४ अंक...

ईपीएल क्रिकेट : चितवनको पहिलो जित

२८ मंसिर, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा चितवनले पहिलो जित हात पारेको छ । चितवन टाइगर्सले विराटनगर वारियर्सलाई पाँच रनले पराजित गरेको हो । त्रिवि क्रिकेट मैदानमा चितवन टाइगर्सले दिएको १९७ रनको...

ए डिभिजन लिगमा एनआरटीको लगातार सातौं हार

२७ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) ले लगातार सातौं हार ब्यहोरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा एनआरटी सरस्वती युथ क्लबसँग १–०...

ए डिभिजिन लिगमा आज तीन खेल हुँदै

२७ मंसिर, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज हुने संक लिगको तेस्रो स्थानमा रहेको संकटा हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै लिग...

एक हातले बल क्याच गरेर, भट्टले पाए ५० हजार

राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) मा मैदान बाहिर बसेर एक हातले बल क्याच गरेका सरून भट्टले नगद ५० हजार पुरस्कारपाएका छन्। कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको इपिएलमा दर्शकदिर्घामा बसेर मैदानबाट आएको बल एक हातले क्याच...

ईपीएल:आजको खेलमा ,पोखरा र चितवनलाई जित्नैपर्ने दबाव

२५ मंसिर, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् ।टियु क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा साविक विजेता विराटनगर वारियर्सले पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्दै छ । आफ्नो...

मेस्सीलाई रोनाल्डोलेप्र तिस्पर्धा गर्न‘सिरी ए’ मा आउन चुनौती दिए,

 २४ मंसिर, काठमाडौं । जारी सिजनको सुरुमा स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस लागेका क्रिष्टियानो रोनाल्डोले उनको प्रतिस्पर्धीको रुपमा हेरिने लियोनल मेस्सीलाई पनि ‘सिरी ए’ मा आउन चुनौती दिएका छन् । इटालियन दैनिक पत्रिका...