डा. सुनिल श्रेष्ठको सुझाव, ‘शरीरलाई यसरी क्यान्सर प्रतिरोधी बनाउने’

क्यान्सरको नाम सुन्नसाथ तपाई/हाम्रो आंग जिरिङ्ग हुन्छ । भन्छौं, ‘यस्तो रोग त सत्रुलाई पनि नलागोस् ।’

तर, हामीले कामना गरेभन्दा फरक छ नतिजा । प्रतिदिन क्यान्सर रोगी बढेका बढ्यै छन् । यसले विश्व समुदायलाई थर्कमान बनाइरहेको छ ।

क्यान्सरले किन दुनियालाई सताइरहेको छ ? यसबाट कसरी छुटकारा पाउने ? के शरीरलाई क्यान्सर प्रतिरोधी बनाउन सकिदैन ? यावत् प्रश्न हरेकको मनमा छ ।

वास्तवमा क्यान्सर छुटै रोग होइन । यो त सम्बन्धित रोगहरुको संकलन हो । यस्तो क्यान्सर जुनुसुकै उमेर समूहका मानिसको कुनै पनि अंगामा लाग्न सक्छ ।

कसरी शरीरमा क्यान्सर हुन्छ ?

हाम्रो शरीर फरक फरक आकार प्रकारका स-साना कोष तथा कोषिकाहरू मिलेर बनेको हुन्छन् ।

सामान्य अवस्थामा नयाँ बन्ने कोष तथा कोषिकाहरूको वृद्धिक्रम कोषभित्र रहेको डिएनएको कारण नियन्त्रणमा हुन्छ । तर, त्यस्ता कोष या कोषिकाहरु कुनै कारणबस खराबी उत्पन्न भएमा त्यो क्यान्सरको रुप बन्न जान्छ ।

क्यान्सर लागेको एउटा कोष या कोषिकाका् कारण नयाँ कोष या कोषिकाहरु पनि क्यान्सर नै लागेर जन्मन्छन् । विस्तारै कोष तथा कोषिकाहरुको उत्पादन अनियन्त्रित हुन जान्छ र स-साना गिर्खा बन्न पुग्छन् । यो एक ठाँउबाट अर्को ठाउँमा फैलने गर्छ । तर, क्यान्सर एक व्यक्तिबाट अर्कोमा भने सर्दैन ।

किन हुन्छ ? कसरी थाहा पाउने ?

कतिपयमा बंशाणुगत कारणले क्यान्सर लाग्ने गर्छ ।

अस्वस्थ्यकर खानपान, अव्यवस्थित जीवनशैली, वातावरणीय प्रदूषण पनि क्यान्सरका प्रमुख कारण हुन् । शारीरिक रुपमा निस्क्रिय दैनिकीले क्यान्सरको सम्भावनालाई बढाएर लाने गर्छ ।

संसारभरमा ६ जना मानिसको मृत्यु हुँदा त्यसमध्येको एक क्यान्सरपीडित हुन्छन् ।

विश्वमा हुने कूल मृत्युको करिब १३ प्रतिशत कारण क्यान्सरलाई मानिने गरिएको छ । जसमध्ये एक तिहाईलाई खानपिन र रहनसहनमा हुने असन्तुलनको कारण क्यान्सर लाग्ने गरेको अनुसन्धानहरुले देखाएका छन् ।

क्यान्सर भएका अंगको प्रकृतिअनुसार फरक फरक लक्षण देखा पर्ने गर्छ । शरीरमा देखा परेको कुनै रोगको उपचारपछि एक महिनाभन्दा लामो समयसम्म पनि निको नभएको अवस्थामा क्यान्सर भएको हुन सक्छ । यसबारे सजग हुन आवश्यक छ ।

सबैभन्दा बढी कहाँ हुन्छ ?

विभिन्न अध्ययनले केही अंगको विभाजन गरेको छ जसमा सबैभन्दा बढी क्यान्सर हने गर्छ । जसमध्ये महिलामा स्तन, पाठेघरको क्यान्सर हो भने पुरुषहरुमा प्रोष्टेट क्यान्सर हो । यसबाहेक फोक्सो, घाँटी, छाला, ठूलो आन्द्रालगायतका क्यान्सर बढीभन्दा बढी हुने गर्छ ।

क्यान्सर कुन चरणसम्म निको हुन्छ ?

विशेषगरी क्यान्सर चार चरणमा देखा पर्ने गर्छ । क्यान्सर यस्तो रोग हो जुन पहिलो र दोस्रो चरणमा रहेका बिरामीलाई उपचारको माध्ययमबाट सजिलै निको पार्न सकिन्छ । तर, तेस्रो वा चौथो चरणमा पुगेपछि भने उपचारको लागि लामो समय दिनुपर्छ । तर, पूर्ण रूपमा निको पार्न भने निकै कठिन हुन्छ ।

कसरी शरीरलाई क्यान्सर प्रतिरोधी बनाउने त ?

– खानपान र जीवनशैलीको सन्तुलनबाट धेरै हदसम्म क्यान्सरको रोकथाम गर्न सकिन्छ । किनकी अस्वस्थकर खानपान र अव्यवस्थित जीवनशैलीले क्यान्सर हुनमा सहयोगी भूमिका खेल्छ । त्यसैले, स्वस्थ र सन्तुलित भोजन लिन जरुरी हुन्छ ।

– क्यान्सरबाट बच्नका लागि तनाव व्यवस्थापन पनि उत्तिकै महतवपूर्ण हुन्छ । यसको लागि योग, ध्यानको साहारा लिन सकिन्छ ।

– धुम्रपान तथा मध्यपानलाई तत्काल त्याग्ने प्रण गर्नुपर्छ । यसकै कारण विश्वका अधिकांश मानिस क्यान्सरबाट शिकार हुनुपरेको छ ।

-स्तन क्यान्सरबाट सुरक्षित हुनको लागि आमाले बच्चालाई उचित स्तनपान गराँउन जरुरी हुन्छ ।

– हामीले स्वास्थ्य परीक्षणमा त्यति ध्यान दिने गर्दैनौँ । तर, क्यान्सरबाट बच्नको लागि नियमित स्वास्थ परीक्षण गर्नुपर्छ ।

यसो गर्दा आफ्नो स्वास्थ्य अवस्थाबारे राम्रोसँग जानकारी हुन्छ र कुनै रोग लागेको भए पहिलो अवस्थामा थाहा पाउन सकिन्छ । त्यसपछि तत्काल उपचार गर्दा रोगले भयाभह रुप लिन पाउँदैन ।

लेखक नेपाल क्यान्सर अस्पताल, ललितपुरमा कार्यरत छन्

http://onlinekhabar.com baata

यसमा तपाइको मत

समाचार बाट अन्य

बलात्कार गरेको भन्दै आफ्नै श्रीमानविरुद्ध उजुरी

चन्द्रपुर: रौतहटको चन्द्रपुर नपा ५ की ३३ वर्षीया एक महिलाले आफ्नै श्रीमानविरुद्ध बलात्कारको मुद्दा दर्ता गरेकी छन्। पटकपटक कुटपिट तथा मानसिक यातना दिँदै जबरजस्ती करणी गर्दै आएको उल्लेख गर्दै ती महिलाले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी...

कुटपिटबाट एक व्यक्तिको हत्या,

सप्तरी– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका सुरक्षा गार्ड (पाले) २७ वर्षीय रिकेश भनिने पर्शुराम मिश्रलाई युवाको एक समूहले कुटपिट गर्दा आइतबार राति मृत्यु भएको छ । गाउँपालिका कार्यालयको चौरमा लागुऔषध सेवन गरिरहेका युवाको समूहलाई गाँजा खान...

टोखामा गर्भवती महिलाको घाँटी थिचेर हत्या

२ पुस, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–८, मिलन टोलमा एक महिलाले गएराति सौताको हत्या गरेकी छन् । अन्य आफन्त समेतलाई संलग्न गराएर मुगुको सोरू गाउँपालिकाकी २६ वर्षीया विष्णुमाया मल्लले मुगुको टोरु गाउँपालिका–८ घर भएकी...

बर्षकै उत्कृष्ट नायक–नायिका रणवीर र आलिया

यो बर्ष सकिनै लाग्दा बलिउडमा अवार्डको मौसम सुरु भएको छ । सन् २०१८ सकिएर नयाँ बर्ष आउन केहि दिन मात्र बाँकी रहँदा ‘स्टार स्क्रिन अवार्ड २०१८’ आयोजना गरिएको छ । यो अवार्डमा सहभागी हुन...

भाग्दै गर्दा मेलम्ची आयोजनाका ८ कर्मचारी पक्राउ,

२ पुस, काठमाडौं । क्रिष्मस डे मनाउने बहानामा कार्यक्षेत्र छाडेर काठमाडौं आएका मेलम्ची खानेपानी आयोजनाका ८ जना विदेशी कर्मचारी समातिएका छन् । आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीका कर्मचारीहरु भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिइएको...

शक्तिले लिए क्रिकेट यात्राबाट बिदाइ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिएका छन् । नेपालले पाएको एकदिवसीय मान्यतापछि नेदरल्याण्ड्सविरुद्धको पहिलो खेल खेल्न त्यहाँ जानुअघि गत साउनमा सन्यासको घोषणा गरेका शक्तिले आजदेखि औपचारिक बिदाइ लिएका हुन् । त्यतिबेला गौचनले...

ज्ञानेन्द्रको स्वागतमा पोखरा विमानस्थलमा नाराबाजी

२ पुस, पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा उनका समर्थकहरुले सोमबार बिहान पोखरा विमानस्थलमा राष्ट्रिय झण्डा बोकेर गणतन्त्रविरोधी नारा लगाएका छन् । राजतन्त्रका समर्थकहरुले गणतन्त्रलाई फाँसी दे भन्दै नारा लगाएका छन् । नारा लगाउने क्रममा...

चिठी लेखेर श्रीमती गायब…….

श्रीमानलाई तीन पानाको चिठी लेखेर रोल्पा नगरपालिकाकी दिलकुमारी डाँगी बेपत्ता भएकी छन्। मंसिर २६ गते छोरालाई स्कुलपुर्‍याउन गएकी दिलकुमारी उतैबाट वेपत्ता भएको उनका श्रीमान बखत डाँगीले बताए । दिलकुमारी जाने सम्भावना भएका माइती र...

सचेत बन्नुहोस नक्‍कली नोटको फन्दामा पर्नुहोला

काभ्रे जिल्लामा पछिल्लो समय नेपाली र विदेशी नक्‍कली नोटको बिगबिगी बढ्दै गएको छ। बैंक श्रोतका अनुसार पहिल्लो समय हजार र पाँच सयका नक्‍कली नोटहरु बजारमा भेटिन थालेको हो। बैंक तथा सहकारीमा पैंसा डिपोजीट गर्न आउने...

सन्दिप लामिछानेको नयाँ गीत ‘यो झरीमा’ रिलिज भिडियो:

नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको सांगीतिक एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । युटुब च्यानलमार्फत छामिछानेले उक्त गीतको लिरिकल भिडियो सार्वजनिक गरेका  हुन् । बन्दना जोशीको शब्द तथा अफ्सर...