ठगी अभियोगमा एईसीसी ग्लोबलका सोनु अग्रवाल पक्राउ

२२ मंसिर,२०७५  काठमाण्डौं । ठगी र बैंकिङ कसुरसम्बन्धी अभियोगमा एईसीसी ग्लोबल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सोनु अग्रवाल पक्राउ परेका छन् ।

कन्सल्टेन्सीमा २५ प्रतिशत स्वामित्व रहेका सचिन उपाध्यायले सोनु अग्रवालका दाजु रञ्जित अग्रवालविरुद्ध ठगी अभियोगमा जाहेरी दिएका थिए । प्रहरी बृत्त कालिमाटीबाट खटिएको टोली अग्रवालको घर पुग्दा सोनुले आफु नै रञ्जित भएको दावी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

तर, बृत्तमा ल्याएर केरकार गर्दा उनी रञ्जित नभई सोनु भएको खुलेको थियो । कालिमाटी वृत्तका डीएसपी देबेन्द्रबहादुर पालले भने– पासपोर्ट चेक गर्दा उनी नेपाली मूलका अष्ट्रेलियन नागरिक सोनु अग्रवाल रहेको खुल्यो ।’

सोनु एइसीसी ग्लोबलका प्रबन्ध निर्देशक हुन् भने उनका दाजु रञ्जित नेपालका कन्ट्री हेड हुन् ।

रञ्जितले पूर्वकन्ट्री हेड सचिन उपाध्यायलाई दिएको १० लाखको चेक नक्कली भेटिएपछि प्रहरीले उनलाई बैंकिङ कसुरमा पक्राउ गर्न खोजेको थियो । तर, सोनुले दाजुलाई भगाएर आफु नै रञ्जित भएको गलत बयान दिँदैसँगै उनी पक्राउ परेका छन् ।

यस्तो छ विवादको चुरो

एइसीसी ग्लोबल नेपालीहरुले सञ्चालन गरेको विश्वब्यापी कम्पनी हो जो झण्डै ९ बर्षको छोटो अवधिमा तिब्र गतिमा फैलिएको थियो ।

अष्ट्रेलियाको मेलवर्नमा मुख्यालय रहेको यो कम्पनीका संस्थापक हुन् बिद्यार्थीका रुपमा अष्ट्रेलिया पुगेका सोनु अग्रवाल र सौरभ बैद्य । केही महिनाअगाडि दुई पार्टनरवीच सुरु भएको विवाद अहिले नेपालको अदालत र प्रहरीसम्म पुगेको छ ।

एईसीसी ग्लोबलको पार्टनरबाट सौरभले बिदा लिए पनि उनका भिनाजु एवं तत्कालीन नेपाल प्रमुख सचिन उपाध्यायसँगको लेनदन विवाद चुलिएको थियो ।

एईसीसीको नेपालस्थित कम्पनीको २५ प्रतिशत सेयर आफ्नो नाममा हुनुपर्ने सचिनको दाबी छ । सोनु, सौरभ, सचिन र रञ्जितबीच भएको करारनामा सम्झौतामा आफ्नो नाममा २५ प्रतिशत सेयर सुनिश्चित गरिएको भए पनि अहिले आएर आफूलाई सेयरबाट बिमुख गरिएको दावीसहित सचिनले जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरेका छन् ।

साथै स्टाफको तलव खुवाउन दशैैं अगाडि दिएको १० लाख रुपैयाँको फिर्ता माग्दा आफ्नो हस्ताक्षर नै नचल्ने चेक दिएको भन्दै उनले बैंकिङ कसुरमा कारबाहीका लागि रञ्जित अग्रवालबिरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

पार्टनरसीप विवादका कारण नेपालबाट छोटो समयमा फैलिएको बहुराष्ट्रिय शिक्षा सेवा प्रदायक यो कम्पनी धारासायी हुने अवस्थामा पुगेको छ । विवादका कारण काठमाण्डौंको अफिस केही साता बन्द रहेको थियो ।

यसमा तपाइको मत

समाचार बाट अन्य

सिस्नु हानाहान गरी सङ्क्रान्ति मनाउँदै

१ माघ, जाजरकोट । परापूर्वकालदेखि जाजरकोटका गाउँगाउँमा सिस्नु हानाहान गरी माघे सङ्क्रान्ति मनाउने कार्य शुरु भएको छ । चेली, बुहारीले टाढाटाढाबाट माइती घरमा गएर मिठो, मसिनो खाने चलनसमेत रहेको छ । मङ्गलबार बिहानैदेखि जिल्लाको पूर्वी...

निर्मला हत्यामा आधारित बन्यो चलचित्र ‘कोपिला’

काठमाण्डु। बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको घटना अब फिल्मको पर्दामा देख्न पाइने भएको छ । शिवम् अधिकारीको निर्देशनमा फिल्म बनेको हो । सोमबार भरतपुरमा एक कार्यक्रम गर्दै फिल्मको ईन्डक्ल्याप गरिएको छ...

विवेकशील साझा र नयाँ शक्तिबीच एकता हुनसक्ने सम्भावना

काठमाण्डौ – विवेकशील साझा पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यले विवेकशील नेपाली दलसँग गरिएको पार्टी एकता नै भावनात्मक हुन नसक्दा फुटको नियति भोग्नु परेको बताउनु भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो...

१३ वर्षीया बालिका बलात्कार पछि हत्या गर्ने दम्पतीलाई जन्मकैदको फैसला

सुनसरी :धरानकी अनुसा राई हत्या प्रकरणमा जिल्ला अदालत सुनसरीले २ जनाविरुद्ध जन्म कैदको फैसला सुनाएको छ । १३ वर्षीया बालिका राईको बलात्कार पछि हत्या अभियोगमा धरान–१६ का वलिमान राई र उनकी श्रीमती पदमकु मारी राईविरुद्ध...

कोमल वलीका नाममा नेकपाभित्र लफडा !

१ माघ, काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष प्रदेश कमिटीहरु गठनको निर्णय संशोधन गर्न तयार नभएपछि नेकपा स्थायी कमिटीले बनाएको कार्यदल अवरुद्ध अवस्थामा पुगेको छ । शुरुदेखि नै काम गर्न...

पत्रकारको हत्यामा दोषी ठहरिए राम रहीम

दुई महिला बलात्कार मुद्दामा २० वर्ष जेल सजाय पाएका डेरा सच्चा सौदा प्रमुख राम रहीम पत्रकार रामचन्द्र छत्रपतिको हत्यामा दोषी ठहरिएका छन्। भारत चुकुलाको विशेष सिबिआइ अदालतले रहीमका साथै कुलदीप सिंह, निर्मल सिंह र कृष्णलाललाई...

दुई अस्पताल खारेजीको तयारी, आन्दोलन गर्ने कांग्रेको चेतावनी

काठमाडौं : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका पूर्वसभापतिको नाममा स्थापित अस्पताललाई सरकारले विघटन गर्न खोजेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताललाई सरकारले विघटन...

स्मार्ट लाइसेन्सको प्रिन्ट गुणस्तरीय नभएको निश्कर्ष

१ माघ, काठमाडौं । यातायात व्यवस्था विभागले आउटसोर्सिङ गरेर छापिएको स्मार्ट लाइसेन्स गुणस्तरीय नभएको निश्कर्ष निकालेको छ । त्यसैका अधारमा तत्कालका लागि आउटसोर्सिङ कम्पनी मालिका इन्कर्पोरेटमार्फत हुने छपाइ रोकिएको छ । कम्पनीले करिब ४ लाख...

१२ वर्षपछि जापान जाँदै वायुसेवा निगमको जहाज

काठमाडौं : वायुसेवा निगमले १२ वर्षपछि पुनः जापान उडानको तयारी थालेको छ । सातामा दुईवटा उडान गरिरहेको निगमले जहाजको संख्या कम भएकै कारण १३ वर्षसम्म गरेको नियमित उडानलाई बन्द गरेको थियो । निगमले सन् १९९४...

बाइडबडी विमान प्रकरणमा देउवाकाे संलग्नताबारे छानबिन गर्न कांग्रेस नेता पाैडेलको माग

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बाइडबडी विमान खरिद प्रकरणमा संलग्न रहे/नरहेको बारे छानबिन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारसँग माग गर्नु भएको छ । कांग्रेस वरिष्ठ नेता पौडेलले सभापति देउ वाले आफू त्यस प्रकरणमा...