एक वर्षसम्म फेसबुक नचलाउँदा १ हजार डलर पुरस्कार,

आफ्नो फेसबुक अकाउन्टलाई एक वर्षसम्म निस्क्रिय पार्नका लागि एकजना फेसबुक प्रयोगकर्ताका लागि औषतमा १ हजार डलर दिनुपर्ने एक अध्ययनले देखाएको छ ।

प्लस वन जर्नलमा छापिएको शोधमा फेसबुकको बजार मूल्यको आधारमा प्रयोगकर्ताको मूल्यांकन गरिएको थियो ।

अमेरिकाको टफ्ट्स विश्वविद्यालयका शोधकर्ताहरुले प्रयोगकर्तालाई कम्तीमा एक दिन वा बढीमा एक वर्षसम्म आफ्नो फेसबुक अकाउन्ट बन्द गर्नका लागि कति रकम तिर्नुपर्दछ भनी बोलकबोल गरेका थिए ।

विश्वभर झण्डै दुई अर्ब प्रयोगकर्ता रहेको फेसबुक प्रयोगकर्ताले निःशुल्क रुपमा चलाउँदै आएका छन् । तर एकजना प्रयोगकर्ताको अकाउन्ट यदि एक वर्षसम्म बन्द गर्न लगाउने हो भने झण्डै १ हजार डलर तिर्नुपर्नेछ ।

मानिसहरुले फेसबुकमार्फत जुन सुविधा सित्तैमा लिइरहेका छन् यदि त्यसलाई मौद्रिक मूल्यमा गणना गर्ने हो भने त्यो वार्षिक कम्तीमा पनि एक हजार डलर बराबरको हुन आउँदछ ।

शोधकर्ताहरुले विभिन्न तीनवटा क्षेत्रमा नमूना छनोट गरी अकाउन्टको बोलकबोल गरेका थिए । कलेजका विद्यार्थीका दुईवटा नमूनाका साथै एउटा सर्वसाधारण र अर्को अनलाइन नमूना लिइएको थियो ।

त्यसक्रममा फेसबुक प्रयोगकर्तालाई उनीहरुको फेसबुक अकाउन्ट निश्चित समयका लागि बन्द गरिने, त्यस अवधिका लागि उनीहरुले फेसबुक चलाउन नपाउने र त्यसका लागि उनीहरुले मागे अनुरुपको पैसा भुक्तानी गरिने बताइएको थियो । आफ्नो अकाउन्ट बन्द गरेबापत सबैभन्दा धेरै रकम माग गर्नेमा विद्यार्थीहरु थिए ।

बोलकबोलमा समावेश गराइएका धेरैले एक वर्षसम्म फेसबुक नचलाएर बस्नु आफ्नो लागि असम्भव रहेको बताएका थिए ।

यस अध्ययनले फेसबुकका प्रति प्रयोगकर्ताको जुन मूल्य देखाएको छ, त्यो फेसबुक कम्पनीको वास्तविक मूल्यको तुलनामा गणना गर्दा निकै बढी हो । फेसबुक कम्पनीको बजार मूल्य ४ सय २० अर्ब डलरलाई यसका २ अर्ब २० करोड प्रयोगकर्तामा बाँड्ने हो भने त्यो झण्डै प्रति व्यक्ति १९० डलर हुन आउँछ । यो रकम उल्लेखित अध्ययनमा फेसबुक प्रयोगकर्ताले बोलकबोल गरेको आफ्नो वार्षिक मूल्यको झण्डै एक चौथाइ मात्र हो । onlinekhabar.com

यसमा तपाइको मत

विज्ञान/प्रविधि बाट अन्य

सिस्नु हानाहान गरी सङ्क्रान्ति मनाउँदै

१ माघ, जाजरकोट । परापूर्वकालदेखि जाजरकोटका गाउँगाउँमा सिस्नु हानाहान गरी माघे सङ्क्रान्ति मनाउने कार्य शुरु भएको छ । चेली, बुहारीले टाढाटाढाबाट माइती घरमा गएर मिठो, मसिनो खाने चलनसमेत रहेको छ । मङ्गलबार बिहानैदेखि जिल्लाको पूर्वी...

निर्मला हत्यामा आधारित बन्यो चलचित्र ‘कोपिला’

काठमाण्डु। बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको घटना अब फिल्मको पर्दामा देख्न पाइने भएको छ । शिवम् अधिकारीको निर्देशनमा फिल्म बनेको हो । सोमबार भरतपुरमा एक कार्यक्रम गर्दै फिल्मको ईन्डक्ल्याप गरिएको छ...

विवेकशील साझा र नयाँ शक्तिबीच एकता हुनसक्ने सम्भावना

काठमाण्डौ – विवेकशील साझा पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यले विवेकशील नेपाली दलसँग गरिएको पार्टी एकता नै भावनात्मक हुन नसक्दा फुटको नियति भोग्नु परेको बताउनु भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो...

१३ वर्षीया बालिका बलात्कार पछि हत्या गर्ने दम्पतीलाई जन्मकैदको फैसला

सुनसरी :धरानकी अनुसा राई हत्या प्रकरणमा जिल्ला अदालत सुनसरीले २ जनाविरुद्ध जन्म कैदको फैसला सुनाएको छ । १३ वर्षीया बालिका राईको बलात्कार पछि हत्या अभियोगमा धरान–१६ का वलिमान राई र उनकी श्रीमती पदमकु मारी राईविरुद्ध...

प्रभाससँग भएका पाँच सर्वाधिक महँगा बस्तुहरू,जीमखानकै डेढ करोड भारू !

तेलेगु सुपरस्टार प्रभासले सन् २००० मा ‘एश्वर’ सिनेमाबाट डेब्यू गर्दै आफ्नो सिनेमा यात्रा सुरू गरेका थिए। सन् २०१५ मा रिलिज भएको ‘बाहुबली’ सिनेमाले उनलाई भारतभर र भारतीय सिनेमाका पारखी दर्शकहरूमाझ बृहत चर्चा दिलायो। आज यी...

कोमल वलीका नाममा नेकपाभित्र लफडा !

१ माघ, काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष प्रदेश कमिटीहरु गठनको निर्णय संशोधन गर्न तयार नभएपछि नेकपा स्थायी कमिटीले बनाएको कार्यदल अवरुद्ध अवस्थामा पुगेको छ । शुरुदेखि नै काम गर्न...

पत्रकारको हत्यामा दोषी ठहरिए राम रहीम

दुई महिला बलात्कार मुद्दामा २० वर्ष जेल सजाय पाएका डेरा सच्चा सौदा प्रमुख राम रहीम पत्रकार रामचन्द्र छत्रपतिको हत्यामा दोषी ठहरिएका छन्। भारत चुकुलाको विशेष सिबिआइ अदालतले रहीमका साथै कुलदीप सिंह, निर्मल सिंह र कृष्णलाललाई...

दुई अस्पताल खारेजीको तयारी, आन्दोलन गर्ने कांग्रेको चेतावनी

काठमाडौं : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका पूर्वसभापतिको नाममा स्थापित अस्पताललाई सरकारले विघटन गर्न खोजेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताललाई सरकारले विघटन...

स्मार्ट लाइसेन्सको प्रिन्ट गुणस्तरीय नभएको निश्कर्ष

१ माघ, काठमाडौं । यातायात व्यवस्था विभागले आउटसोर्सिङ गरेर छापिएको स्मार्ट लाइसेन्स गुणस्तरीय नभएको निश्कर्ष निकालेको छ । त्यसैका अधारमा तत्कालका लागि आउटसोर्सिङ कम्पनी मालिका इन्कर्पोरेटमार्फत हुने छपाइ रोकिएको छ । कम्पनीले करिब ४ लाख...

मलाइका र अर्जुनको ‘अफेयर’ले सलमानलाई किन टाउको दुखाइ ?

नयाँदिल्ली : अभिनेत्री मलाइका अरोरा र अर्जुन कपुरको ‘अफेयर’ले यतिबेला बलिउड बजार तातेको छ । दुबैजना केही समययता डिनर, पार्टी लगायत सार्वजनिक कार्यक्रममा संगै देखिँदैआएका छन् । अर्का अभिनेता सलमान खानलाई भने उनीहरुको निकटता चित्त...