नेपाली सुपरस्टार एक्सन नायक नीखिल उप्रेती सँग भारतिय नायिकाले गरिन् बिहेको प्रस्ताव

निखिल उप्रेती नेपाली सिनेमा जगत्का चर्चित नायक हुन् । चलचित्र पिँजडाबाट आफ्नो करिअर सुरु गरेका उप्रेतीका थुप्रै फ्यान छन् । तर, उनको बिर्सने बानीले धेरैलाई भुलिसके, तर कतिपय यस्ता फ्यान छन् जसलाई बिर्सन सक्दैनन् । तिनै फ्यानको किस्सा उप्रेतीले गज्जबका महेश तिमल्सिनालाई सुनाए ।

मेरो एक्सनको नक्कल गर्न घरको छतबाट हामफाल्ने बाबुछोरा

केही समयअघि म पूर्वको दमक गएको थिएँ । त्यहाँ मैले दुईजना अचम्मका बाबुछोरालाई भेटेँ । उहाँहरू दुवैजना मेरो फ्यान हुनुहुँदो रहेछ । ती बाबुछोराले मेरो बन्जीजम्पको एक्सन गर्ने भनेर घरको छतबाट हामफालेका रहेछन् । जसले गर्दा दुवैजनाको टाउकोमा टाँका लगाएको देखेँ ।

अझ बाबुचाहिँले त हातै भाँचेको थियो । उनीहरूको त्यो अवस्था देखेर मलाई एकछिन हाँसो उठ्यो । पछि मैले उहाँहरूलाई सम्झाएँ । जुन कुरा मेरो मस्तिष्कमा अझै पनि ताजा छ । मलाई अहिले उहाँहरू कस्तो हुनुभयो होला भन्ने जिज्ञासा छ, भेट्न मन लागिराछ ।

७५ वर्षीया वृद्धाले मलाई मनपर्‍यो भनेपछि…

म ‘दुनियाँ’ चलचित्रको सुटिङका लागि पोखरा गएको थिएँ । त्यो सुटिङ हेर्नका लागि हजारौँ मानिस त्यहाँ उपस्थित थिए । त्यो भिडमा एकजना ७५ वर्षकी हजुरआमा हुनुहुँदो रहेछ । उहाँ त्यो हजारौँको भिडलाई छिचोल्दै मसमक्ष आउनुभयो । उहाँले हो म तिमीलाई असाध्यै मन पराउँछु भन्नुभयो ।

अनि मैले तपाईंलाई मेरो केचाहिँ राम्रो लाग्छ त ? भनेर सोध्दा ती ७५ वर्षीया हजुरआमाले मलाई बाबुको फाइट निकै मनपर्छ भन्नुभयो । उहाँले त्यो उमेरमा फाइटको तारिफ गर्नुभयो । त्यसैले कसैलाई मन पराउन न उमेर चाहिँदो रहेछ न त रिजन र लजिक नै ।

मेरो एक्टिङ गर्दा खुट्टा भाँच्नेलाई पाँच हजार दिएँ

म काठमाडौंस्थित रानीबनमा फिल्मको सुटिङमा व्यस्त थिएँ । त्यही वेलामा एकजना महिला आउनुभयो र भन्नुभयो, ‘तपाईंको एक्सनले मेरो छोराले खुट्टा भाँच्यो सहयोग गर्नुपर्‍यो ।

’ तर, विडम्बना ! त्यो दिन मेरो खल्तीमा पैसा नै थिएन । मैले त्यो बच्चाको उपचारका लागि साथीसँग सापट गरेर पाँच हजार रुपैयाँ दिएको थिएँ । जुन घटना अझै पनि ताजै छ ।

जँड्याहाले नाटक गर्‍यो एक हजार दिएँ

म सुटिङकै क्रममा काठमाडौंमा थिएँ । सुटिङ भइरहेको समयमा एउटा मान्छे आएर मेरो छोराको भात भाँचियो सहयोग गर्नुप¥यो भन्यो । पछि मैले त्यो जँड्याहा हो भन्ने थाहा पाएँ । अनि मैले उसलाई धेरै प्रश्न गरेँ । उसले सबै नाटकी कुरा गरेको मैले थाहा पाएँ । तैपनि उसले राम्रो नाटक गरेका कारण एक हजार रुपैयाँ दिएर पठाएको छु ।

जहाँ गएँ त्यहाँ निखिल भेटेँ

म चलचित्र सुटिङका लागि जहाँ–जहाँ पुगेँ, त्यहाँ एउटा न एउटा निखिल भेटेँ । म सुटिङमा व्यस्त भएको ठाउँमा धेरै केटाकेटी आउँथे । तिनीहरूमध्ये एउटालाई यो हाम्रो गाउँको निखिल उप्रेती हो, यसले टिभीको निखिलको जस्तै फाइट गर्छ भन्थे ।

त्यसरी केटाकेटीले भन्दा म’मा खुसीको सीमा नै रहन्नथ्यो । त्यसैले म गर्वका साथ भन्छु । मेरा धेरै बालबालिका फ्यान छन् । त्यसैले म आफूलाई भाग्यमानी सम्झन्छु ।

मेरो भिडियो हेरेपछि मात्र स्कुल जाने पाँच वर्षकी नानी

मिथिला दिदीले फोन गरेर भन्नुभयो, ‘मलाई एउटा परिवारले तिम्रो नम्बर मागिरहेको छ, म नम्बर दिऊँ ?’ मैले हुन्छ भनेँ । त्यो परिवारमा एउटा छोरा एउटा छोरी रहेछन् । छोरी भर्खर ५ वर्षकी थिइन् ।

उनी त्यो उमेरमै मेरो डाइहार्ट फ्यान भइछिन् । उनलाई स्कुल पठाउन उसको बाबाममीलाई धेरै गाह्रो परिरहेको रहेछ । उसलाई स्कुल पठाउनुप¥यो भने सधैँ मेरो फिल्म अथवा भिडियो देखाउनुपर्ने । यति मात्र नभएर बिस्तारैै त्यो नानीले आफ्नो नाम निखिल राख्दिनका लागि बुवाआमालाई भनिछन् ।

तर, छोरी मान्छेको नाम कसरी निखिल राख्ने ? त्यसपछि त्यो परिवारले मलाई भेटाएर त्यो छोरीलाई सम्झाउन चाहेछ । मैले फोनमै ऊसँग कुरा गरेँ । उसलाई सम्झाएँ अनि उनले भाइको नाम निखिल राख्ने सर्त राखिन् ।

मलाई भेट्न युकेबाट नेपाल आउने फ्यान

एउटा सानो भाइ थियो । जो आफ्नो परिवारसँग युकेमा बस्थ्यो । ऊ त्यहीँ जन्मेको रहेछ । त्यो भाइलाई युकेमा उसका बुवाआमाले मेरो फिल्म देखाउनुभएको रहेछ । फिल्म हेर्दाहेर्दै उसको मप्रतिको लगाब बढेछ । केही समयपछि उसका बुवाममी दसैँका लागि नेपाल आउन चाहन्थे ।

तर, ऊ नेपाल आउन मान्दैनथ्यो । उसको बाबाआमाले नेपालमा निखिललाई भेटाइदिउँला भन्ने सर्त राखेपछि मात्र ऊ नेपाल आउन तयार भएछ । त्यसपछि नेपाल आएपछि पनि उसले मान्दै नमानेपछि उसको बुवाआमाले उसलाई लिएर म सुटिङ गरिरहेकै स्थानमा आउनुभएको थियो । उसले मलाई धेरै प्रश्न गरेको थियो । जुन मलाई अहिले पनि याद आइरहेको छ ।

अनमोल केसी नै मेरो फ्यान

अहिलेका चर्चित नायक एवं मोडल अनमोल केसी बच्चा वेलामा मेरो डाइहार्ड फ्यान थिए । ऊ स्कुल जान नमानेर म नै उसलाई सम्झाउन जान्थेँ । एकदिन म सुटिङकै क्रममा चक्रपथमा थिएँ । त्यहाँ भुवनदाइ बिहानै आएर मलाई घरमा जाने सर्त राख्नुभयो, म गएँ ।

भुवनदाइले मेरो छोरो अनमोल तेरो डाइहार्ट फ्यान हो भन्नुभयो । स्कुल जान पनि मान्दैन, तैँले एकपटक सम्झाइदेन भनेपछि म उहाँको घरमा गएर सम्झाएँ । तर, मैले अहिले भेटेको छैन ।

बलिउडकी चर्चित नायिकाले बिहे गर्छु भनेपछि…

बलिउडकी एक चर्चित नायिका जसको नाम म भन्न चाहन्नँ । उनी मेरी निकै नै डाइहार्ड फ्यान हुन् । उनी नेपालमा १० दिनका लागि सुटिङमा आउँदा मप्रति यति धेरै क्रेजी भइछिन् कि म त्यसको वर्णन नै गर्न सक्दिनँ ।

उनले जीवनमा मजत्तिको राम्रो मान्छे कहिल्यै देखेकी थिइनन् रे । तर, म खासै राम्रो मान्छे भने होइन । यति हुँदाहुँदै उनले मलाई विवाहको प्रस्ताव गरिन् । तर, त्यसलाई अस्वीकार गर्नुपर्ने मेरो बाध्यता थियो । पछि मलाई भेट्नका लागि उनको सबै टिम नै आएका थिए । उनको दिमागबाट मलाई हटाउनका लागि म दिल्लीसमेत गएको थिएँ ।

यो पनि पढ्नुहोस् :

क्रिकेट जेंटलमेन गेम है. यहां उम्मीद की जाती है कि खिलाड़ी खेलभावना को ऊपर रखें और बड़ा दिल दिखाएं. ये बात श्रीलंका में हुई निदाहास सीरीज में फिर से पुख्ता हो गई है. खासकर तब जब बांग्लादेश की टीम अपनी नासमझी और फुहड़पन्न के चलते पिछले मैच में अपनी भद्द पिटवा चुकी थी. बांग्लादेश की टीम अपने नागिन डांस के फेर में ऐसी फंसी कि खुद ही उसका शिकार हो गई.

पहले जीत का वीडियो देख लीजिए:

यहां संडे को जब इंडिया और बांग्लादेश फाइनल खेलने उतरे तो लग रहा था कि मैच किसी भारतीय मैदान पर हो रहा है. कोलंबो का ये प्रेमदासा स्टेडियम भारतीय सपोर्ट में खचाखच भरा हुआ था और हर कोई बांग्लादेश को हारते देखने की दुआ कर रहा था. इंडिया जीतेगा, इंडिया जीतेगा की धुन पूरे स्टेडियम में लहरा रही थी

औऱ श्रीलंकाई फैन्स इस लय को और बढ़ा रहे थे. इंडिया आखिरी ओवर की आखिरी गेंद पर दिनेश कार्तिक ने मैच जिस चमत्कारिक तरीके से जिताया, पूरा स्टेडियम गूंज उठा.

अब आते हैं इंडियन टीम के कप्तान रोहित शर्मा के उस कदम पर जिसने श्रीलंका में सबसे दिल जीत लिए. मैच के बाद रोहित शर्मा ने टीम के साथ पूरे ग्राउंड का चक्कर काटा. हाथ में तिरंगा नहीं श्रीलंका का नेशनल फ्लेग था. ये श्रीलंका के क्राउड का अभिवादन करने का तरीका था. इसकी सबने तारीफ की. ये अपने आप में एक दुर्लभ दृश्य था जब किसी टीम का कप्तान दूसरे मुल्क का झंडा लेकर मैदान पर चक्कर लगा रहा हो.

कोलंबो के प्रेमदासा स्टेडियम में भारतीय टीम को फुल सपोर्ट मिला.

साथ ही इस क्रिकेट के दीवाने देश में बांग्लादेश की तरफ से जो भी हुआ था, उससे भी रोहित शर्मा का इस तरह झंडा लेकर अभिवादन करना खास हो गया. आने वाली कई पीढ़ियों को खेलभावना को ऊपर रखने के लिए इस तस्वीर के जरिए ये नसीहत दी जाएगी.

सोम, चैत्र ५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

मनोरंजन बाट अन्य

विश्वका कान्छा निर्देशक सौगात विष्ट निर्देशित ‘हैरान’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । फिल्म ‘हैरान’ को टिजर सार्वजनिक गरिएको छ । विश्वका कान्छा निर्देशक सौगात विष्ट निर्देशित ‘हैरान’ दोस्रो फिल्म हो । फिल्मको गीत रिलिज गरिएको केही दिनमै फिल्मको टिजर रिलिज गरिएको हो । फिल्मको रिलिज्ड टिजरमा...

हलवालाहरुको राजनीति र हेपाईले गर्दा म दुखि छु ” नेप्टे निर्माता रोहित रुम्बा

काठमाडौं । गत शुक्रबारबाट रिलिजमा आएको फिल्म ‘नेप्टे’का निर्माता तथा कलाकार रोहित रुम्बाले आफूलाई हलवालाहरुले हेपेको बताएका छन् । काठमाडौंमा पत्रकार सम्मेलनको गर्दै निर्माता रुम्बाले आफ्नो फिल्मले ५६ हल पाएको तर ती हलमा शो...

आफ्नो ज्यान हत्केलामा राखी यसरी बचाएका थिए अक्षय कुमारले ऐश्वर्या रायलाई

काठमाडौँ । अक्षय कुमार खुल्ला मन भएका अत्यन्तै स्पष्टवादी व्यक्ति हुन् र उनीसँग हरेक मुश्किललाई सजिलै निपट्न सक्ने खुबी रहेको छ । खेलाडी अक्षय कुमार पर्दामा प्रशस्तै खतरनाक स्टन्टहरु देखाउने गर्छन र उनको यो एक्सन...

यी हुन् विश्वकै ‘बदनाम’ भएका सेलिब्रेटी , यस्ता छन् बदनामीका कारण

स्क्रिनमा देखिएका स्टार तपार्ईका लागि आदर्श लाग्न सक्छन् । तर, यदि यी सेलेब्सको वास्तविक जीवनबारे थाहा भयो भने तपाईलाई उनीहरुप्रति घृणा जाग्न पनि सक्छ । सिनेमा, टेलिभिजन र सामाजिक इभेन्टसमा सभ्य लाग्ने सेलिव्रेटीको बानीमा...

“सब गलत हो मलाई गाउन नदिने भन्ने कुरा सत्य हैन” गायिका ज्योति मगर

पछिल्लो समय मिडियामा आएको कुरा गलत हो भन्दै ज्योति मगरले खण्डन गरेकी छिन । केहि दिन अघि हामीले उनको म्युजिक भिडियो “स्याल कुखुरी” को सुटिंग समय गरेको भिडियो अन्तर्वार्तामा उनले गीत संगीतको क्षेत्रको बारेमा...

ह्यात ग्राउण्डमा २५ रुपैयाँमा भेट्न पाईने भयो गायक राजु लामा लाई / भिडियो सहित

पाली सांगीतिक क्षेत्रको चर्चित ब्याण्ड ‘मंगोलियन हर्ट’ २५ रुपैयाँमै हेर्न पाइने भएको छ । ‘उभोउभो खासा म जाँदा’, ‘नतानुँ त तानुँतानुँ लाग्ने’, ‘बादल पारिको देशबाट’जस्ता गीतमार्फत श्रोता तथा दर्शकको मनमटुमा बस्न सफल ‘मंगोलियन हर्ट’ले २५...

गुल्मेली गायक तथा सर्जक रामु जि सि को शब्द रचना मा भर्खर बजार नंया गित आश्रम l भिडियो

बैशाख ५ काठमाडौं नेपाली लोक गित सङ्गित को क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाई सक्नु भएका गुल्मेली गायक तथा सर्जक रामु जि सि को शब्द रचना मा भर्खर बजार नंया गित आश्रम नामक लोक दोहोरी...

मोडलिंग संगै निर्देशनमा सिर्जनाको फड्को – हेर्नुहोस, (भिडियो सहित)

बैशाख ०५, काठमाण्डौ – दर्जनौ भन्दा बढी म्युजिक भिडियोहरुमा अभिनय गरेर चर्चा बटुल्दै गरेकि मोडल सिर्जना पौडेलले निर्देशनमा समेत पाईला चाल्दै छिन । अन्जु पन्तको म संग तिमीले, प्रमोद खरेलको खै कसररी बोलाउ मैले,श्रीयशी चेम्जुंगको...

‘सिरानीसँग रोमान्स गर्थें’ अभिनेत्री आँचल शर्मा

सामीप्यराज तिमल्सेना ‘नाइँ नभन्नू ल ४’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी हुन्, अभिनेत्री आँचल शर्माले । पहिलो फिल्मबाट औसत प्रतिक्रिया पाएकी आँचल दोस्रो फिल्म ‘जोनी जेन्टलमेन’ले भने आफूलाई राम्री अभिनेत्रीको रूपमा स्थापित गर्ने कुरामा विश्वस्त...

भित्री बस्त्र कति महँगा लगाउँछन् नेपाली सेलिब्रेटी ? – पढ्नुहोस्

सामान्यतया अरूलाई देखाउन र आफ्नो पर्सनालिटीका लागि मान्छेहरू महँगो कपडा लगाउँछन् । तर, बाहिरी कपडाहरू मात्र होइन, भित्री कपडाहरू पनि महँगा र ब्रान्डेडमै मोह बढ्दै गएको छ । ५ हजार रुपैयाँसम्मका अन्डरवेयर र १० हजार रुपैयाँसम्म...