‘नेपाल आइडल सिजन–२’ भोली बाट सुरु, विजेताले गाडी नपाउने

काठमाडौँ- ‘नेपाल आइडल सिजन–२’ भोली बाट सुरु हुँदैछ । भैरहवामा अडिसन सुरु गर्दै नेपाल आइडलको सिजन–२ सुरु हुन लागेको हो ।

भैरहवाको जेसिस किन्डर गार्डेन हाइस्कुलमा मंगलबार अडिसन लिने नेपाल आइडल युनिटले चैत ११ गते धनगढीमा अडिसन लिनेछ । धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमीमा अडिसन लिने बताएको छ ।

वैशाख ३ गते हेटौंडाको सिद्धार्थ सेकेन्डरी स्कुलमा अडिसन लिने नेपाल आइडल युनिट वैशाख ८ गते धरानको विष्णु मेमोरियल हाइयर सेकेन्डरी स्कुल पुगेर सहभागी प्रतिस्पर्धीको आवाज सुन्नेछ । वैशाख १४ गते पोखराका संगीतप्रेमीले श्री जनप्रिय सेकेन्डरी स्कुल पुगेर अडिसन दिन सक्नेछन् । काठमाण्डु अडिसनको मिति भने तोकिएको छैन ।

अडिसन राउन्डमा चित्तबुझ्दो स्वर भएका सहभागीलाई निर्णायकले काठमाण्डु बोलाउने छन् । काठमाडौंमा विभिन्न राउन्ड हुँदै नेपाल आइडल युनिटले सिजन–२ को आइडल छान्नेछ ।
सिजन–२ मा पनि पुरानै निर्णायक दोहोरिने नेपाल आइडलका प्रवन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेलले बताए । गतवर्ष न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक थिए ।

कार्यक्रम सञ्चालक रिमा विश्वकर्मा र सुशील नेपालमध्ये एक जनालाई परिवर्तन गरिएको छ । नायिका रिमा विश्वकर्मा यथावत् रहेपनि सुशील नेपाल भने सिजन–२ मा देखिने छैनन् ।

नेपाललाई आसिफ शाहले रिप्लेस गरेका छन् । आसिफ यही वर्ष प्रदर्शनमा आएको चलचित्र ‘२–रुपैयाँ’ का नायक हुन् । आसिफ म्युजिक भिडियो निर्देशकसँगै गायक र टेलिभिजन कार्यक्रम प्रस्तोता पनि हुन् ।

हजारौं प्रतिस्पर्धीबाट सिजन–१ को नेपाल आइडल साढे ४ करोड भोट पाएर पोखराका बुद्ध लामा बन्न सफल भएका थिए । आयोजकका अनुसार ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ मत आएको थियो । जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै पहिलो नेपाल आइडल लामाले जितेका थिए ।

फष्ट रनरअप मोरङका निशान भट्टराई हुँदा सेकेन्ड रनरअपमा ललितपुरका प्रताप दासले बाजी मारेका थिए ।

उपाधिसँगै लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका थिए । साथै १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट दिने नेपाल आइडलले जनाएको थियो । यद्यपि लामाले केही दिन अगाडि आफूलाई नेपाल आइडलले गाडी नदिएको भन्दै सञ्चारमाध्यमसँग गुनासो गरेका थिए ।

यता यसबारेमा प्रवन्ध निर्देशक पौडेलले गाडी अहिले पनि बुद्धसँगै पोखरामा रहेको बताए । ‘आन भर्खरै मात्र पनि बुद्धसँग मेरा कल भएको थियो । सम्झौता अनुसार उसले गाडीको कर तिर्नुपर्छ ।

अरु हामीले घोषणा गरेको नगद तथा एल्बमको कन्ट्रयाक साइन अनुसार दिएका छौं,’ पौडेलले भने, ‘बुझाईमा कमजोरी भएको हो । तीन दिनपछि बुद्ध यहीँ आउने कुरा छ । त्यसपछि सबै कुरा मिल्छ ।’

निशानले १५ लाख रुपैयाँ नगद पाउँदा प्रतापले १० लाख रुपैयाँमा चित्त बुझाएका थिए । फाइनल कतारको राजधानी दोहामा भएको थियो । यो वर्ष भने फाइनल नेपालमा हुनेछ ।

यो वर्षको नेपाल आइडलले भने गाडी पुरस्कार नपाउने भएका छन् । प्रवन्ध निर्देशक पौडेलले भने, ‘गाडी दिँदा समस्या भयो । यो वर्षबाट हामी गाडिको सट्टा पैसा नै दिने छौं । ५० हजार नगद, एल्बमका र वल्र्ड टुर गरिदिने छौं ।’

गत वर्षझैं यो वर्ष पनि एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनोट गरिने नेपाल आइडलले जनाएको छ । शो एपीवान टेलिभिजनले प्रशारण गर्नेछ । कार्यक्रम झण्डै ६ महिना सञ्चालन हुनेछ । नेपाल आइडल नेपालमा सञ्चालन भएको अहिलेसम्मकै ठूलो सांगीतिक रियालिटी शो हो ।

सोम, चैत्र ५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

संगीत बाट अन्य

विश्वका कान्छा निर्देशक सौगात विष्ट निर्देशित ‘हैरान’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । फिल्म ‘हैरान’ को टिजर सार्वजनिक गरिएको छ । विश्वका कान्छा निर्देशक सौगात विष्ट निर्देशित ‘हैरान’ दोस्रो फिल्म हो । फिल्मको गीत रिलिज गरिएको केही दिनमै फिल्मको टिजर रिलिज गरिएको हो । फिल्मको रिलिज्ड टिजरमा...

हलवालाहरुको राजनीति र हेपाईले गर्दा म दुखि छु ” नेप्टे निर्माता रोहित रुम्बा

काठमाडौं । गत शुक्रबारबाट रिलिजमा आएको फिल्म ‘नेप्टे’का निर्माता तथा कलाकार रोहित रुम्बाले आफूलाई हलवालाहरुले हेपेको बताएका छन् । काठमाडौंमा पत्रकार सम्मेलनको गर्दै निर्माता रुम्बाले आफ्नो फिल्मले ५६ हल पाएको तर ती हलमा शो...

आफ्नो ज्यान हत्केलामा राखी यसरी बचाएका थिए अक्षय कुमारले ऐश्वर्या रायलाई

काठमाडौँ । अक्षय कुमार खुल्ला मन भएका अत्यन्तै स्पष्टवादी व्यक्ति हुन् र उनीसँग हरेक मुश्किललाई सजिलै निपट्न सक्ने खुबी रहेको छ । खेलाडी अक्षय कुमार पर्दामा प्रशस्तै खतरनाक स्टन्टहरु देखाउने गर्छन र उनको यो एक्सन...

यी हुन् विश्वकै ‘बदनाम’ भएका सेलिब्रेटी , यस्ता छन् बदनामीका कारण

स्क्रिनमा देखिएका स्टार तपार्ईका लागि आदर्श लाग्न सक्छन् । तर, यदि यी सेलेब्सको वास्तविक जीवनबारे थाहा भयो भने तपाईलाई उनीहरुप्रति घृणा जाग्न पनि सक्छ । सिनेमा, टेलिभिजन र सामाजिक इभेन्टसमा सभ्य लाग्ने सेलिव्रेटीको बानीमा...

“सब गलत हो मलाई गाउन नदिने भन्ने कुरा सत्य हैन” गायिका ज्योति मगर

पछिल्लो समय मिडियामा आएको कुरा गलत हो भन्दै ज्योति मगरले खण्डन गरेकी छिन । केहि दिन अघि हामीले उनको म्युजिक भिडियो “स्याल कुखुरी” को सुटिंग समय गरेको भिडियो अन्तर्वार्तामा उनले गीत संगीतको क्षेत्रको बारेमा...

ह्यात ग्राउण्डमा २५ रुपैयाँमा भेट्न पाईने भयो गायक राजु लामा लाई / भिडियो सहित

पाली सांगीतिक क्षेत्रको चर्चित ब्याण्ड ‘मंगोलियन हर्ट’ २५ रुपैयाँमै हेर्न पाइने भएको छ । ‘उभोउभो खासा म जाँदा’, ‘नतानुँ त तानुँतानुँ लाग्ने’, ‘बादल पारिको देशबाट’जस्ता गीतमार्फत श्रोता तथा दर्शकको मनमटुमा बस्न सफल ‘मंगोलियन हर्ट’ले २५...

गुल्मेली गायक तथा सर्जक रामु जि सि को शब्द रचना मा भर्खर बजार नंया गित आश्रम l भिडियो

बैशाख ५ काठमाडौं नेपाली लोक गित सङ्गित को क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाई सक्नु भएका गुल्मेली गायक तथा सर्जक रामु जि सि को शब्द रचना मा भर्खर बजार नंया गित आश्रम नामक लोक दोहोरी...

मोडलिंग संगै निर्देशनमा सिर्जनाको फड्को – हेर्नुहोस, (भिडियो सहित)

बैशाख ०५, काठमाण्डौ – दर्जनौ भन्दा बढी म्युजिक भिडियोहरुमा अभिनय गरेर चर्चा बटुल्दै गरेकि मोडल सिर्जना पौडेलले निर्देशनमा समेत पाईला चाल्दै छिन । अन्जु पन्तको म संग तिमीले, प्रमोद खरेलको खै कसररी बोलाउ मैले,श्रीयशी चेम्जुंगको...

‘सिरानीसँग रोमान्स गर्थें’ अभिनेत्री आँचल शर्मा

सामीप्यराज तिमल्सेना ‘नाइँ नभन्नू ल ४’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी हुन्, अभिनेत्री आँचल शर्माले । पहिलो फिल्मबाट औसत प्रतिक्रिया पाएकी आँचल दोस्रो फिल्म ‘जोनी जेन्टलमेन’ले भने आफूलाई राम्री अभिनेत्रीको रूपमा स्थापित गर्ने कुरामा विश्वस्त...

भित्री बस्त्र कति महँगा लगाउँछन् नेपाली सेलिब्रेटी ? – पढ्नुहोस्

सामान्यतया अरूलाई देखाउन र आफ्नो पर्सनालिटीका लागि मान्छेहरू महँगो कपडा लगाउँछन् । तर, बाहिरी कपडाहरू मात्र होइन, भित्री कपडाहरू पनि महँगा र ब्रान्डेडमै मोह बढ्दै गएको छ । ५ हजार रुपैयाँसम्मका अन्डरवेयर र १० हजार रुपैयाँसम्म...