प्रहरी जवानहरुसँग खाना खाएपछि गृहमन्त्रीले भने– रासनको विभेद हटाउँछु

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आज (बुधबार) बिहान खाना खाने बेलामा महानगरीय प्रहरी वृत्त अनामनगर पुगे । उनी खाना खानका लागि प्रहरी वृत्त पुगेका होइनन् । तर, उनले प्रहरीको मेसमा बसेर जवानहरुसँगै खाना खाए ।

महानगरीय प्रहरी वृत्त अनामनगरको आकस्मिक निरीक्षण गर्न पुगेका गृहमन्त्री थापाले वृत्तको उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डार कक्षलगायतको निरीक्षण गरे ।
सबै निरीक्षण सकेपछि उनी मेस पनि हेर्नुपर्यो भन्दै वृत्तको मेसतिर लागे । खाना खाइरहेका प्रहरीहरु गृहमन्त्री आएको देखेर जर्याकजुरुक उठ्न खोजे । तर, थापा उनीहरुलाई नउठ्न आग्रह गर्दै भान्सातिर लागे ।

भान्सामा पुगेर मन्त्रीले सोधे, “हामी पनि यही खाना खान्छौं, पुग्छ ?” उनको प्रश्नमा भान्सामा रहेका जवानहरु सुरुमा त अकमकिए । मन्त्रीले साँच्चिकै भनेको थाहा पाएपछि एक जवानले भने– पुग्छ हजुर ! ‘त्यसो भए हामीलाई पनि खाना ल्याउनुहोस् भन्दै मन्त्री खाना खाइरहेका प्रहरीहरुसँगै बसे । आज भान्सामा दाल, भात, आलु र गोभीको तरकारी, साग र आलुको अचार बनेको रहेछ । ‘गृहमन्त्री आउने जानकारी पाएको भए मासु पनि पकाउन हुन्थ्यो,’ एक जवानले टिप्पणी गरे । अचानक आइपुगेका गृहमन्त्रीलाई वृत्तका प्रहरीले सलामीसमेत अर्पण गर्न पाएनन् ।

खाना खाएपछि मन्त्री थापाले प्रहरीहरुलाई जनताको जिउधनको सुरक्षाका लागि दत्तचित्त भएर लाग्न  निर्देशन दिए । सुरक्षा निकायका अन्य अंगभन्दा नेपाल प्रहरीको रासनमा विभद रहेकोबारे आफू जानकार रहेको भन्दै गृहमन्त्रीले त्यो असमानता हटाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

साभार : बाह्रखरी

बुध, चैत्र ७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सेक्सका लागी नेपाली नेता र व्यापारीले धमाधाम मगाउन थाले विदेशबाट युवती !

बैशाख । नेपाली समाज सेक्सका मामिलामा पछिल्लोपटक उदार बन्न थालेको छ । नेपालमा अहिलेसम्म ‘रेड लाइट’ एरिया छैन् । लुकीछिपी यौन व्यवसाय भने फस्टाइरहेको छ । नेपालको कानुनले यौन व्यवसायलाई अवैध मानेको छ ।...

गुण्डा नाइके मनोज पुन भन्दा डरलाग्दा उसका सुराकी युवासंघका केन्द्रिय सदस्य पक्राउ हुन साथ यस्तो भनेपछि भयो हंगामा -पढ्नुहोस

बुटवल, ६ बैशाख । गुन्डा नाईके मनोज पुनका सहयोगीहरु धमाधम पक्राउ पर्न थालेका छन । हिजो मात्र रुपन्देही प्रहरीले पुनको अपराध यात्रामा सहयोग गर्ने पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको प्रहरीले पुनलाई सहयोग गरेको...

गृहमन्त्रीको निर्देशनः चन्दा उठाउने र विस्फोट गराउनेलाई नछोड्नु

चितवन, ६ वैशाख । गृहमन्त्री रामबहादुर थापाले देश भित्र र बाहिरका शत्रुहरु अस्थिरता पैदा गर्ने तयारीमा रहेको भन्दै सुरक्षालाई मजबुत बनाउन निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षणपछि आज बिहान निर्देशन दिँदै मन्त्री...

चितवन पुगेका प्रचण्ड बने २ सन्तान पिता – पढ्नुहोस्

बैशाख, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा माझी र मुसहर बालबालिकालाई विद्यालयमा भर्ना गराएका छन् । अध्यक्ष प्रचण्डले बुधबार पश्चिम चितवनको मेघौलीमा अल्पसंख्यक समुदायका ९ वर्षीय अरुण मुसहर र साढे ४ वषर्ीय...

बाम एकताका दुई नेताबारे ज्योतिष शास्त्र भन्छ– ओलीलाई राजयोग, प्रचण्डलाई दशा

६ वैशाख २०७५ काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाम एकताका लागि कस्सिए पनि यसको निचोडका सम्बन्धमा अल्झिएका छन् । विहीबार दुवैले अनौपचारिक भेट गरेका...

हेर्नुहोस यी हुन् वर्ष २०७४ का ‘चर्चित’ अपराधिक घटना

२०७४ सालको सुरुवातदेखि नै प्रहरी संगठन भित्र विभिन्न उतारचढाव आए। जसका कारण अदालत र सरकारबीच नै दरार पैदा भयो। आइजिपी नियुक्तिको विवाद चरम उत्कर्षमा पुगेको भएपनि त्यसले प्रहरीको काममा भने खासै फरक पारेन। यो...

सरकारविरुद्ध यातायात व्यवसायीहरूको आन्दोलन चर्किदै

सरकारले यातायात व्यवसायीहरूमाथि ज्यादती गरेको भन्दै ठूला पाँच वटा यातायात व्यवसायी समितिहरूले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारविरुद्ध आन्दोलन घोषणा गरेका छन् । सिण्डिकेट तोड्ने सरकारी निर्णयको विरोधमा यातायत व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका हुन् । काठमाडौंमा...

बिस्केट जात्राको सुरक्षामा खटिएका प्रहरीमाथि ढुंगामुढा गर्ने १३ जना समातिए

भक्तपुरको बिस्केट जात्रामा खटिएका प्रहरीमाथि ढुंगामुढा भएको छ । जात्राको सुरक्षामा खटिएका प्रहरीमाथि भक्तपुर नगरपालिका–३, तौमडीचोकमा बिहीबार बिहान ०२ः१५ बजे ढुंगामुढा भएको हो । प्रहरीले बिस्केट जात्रामा ढुंगामुढा गर्ने र खुकुरी देखाएर अराजक गतिविधि देखाउने...

‘बाजेको सेकुवा’का सञ्चालक चेतन भण्डारीको पनि संलग्नता देखियो ‘ ३३ केजी सुन तस्करमा , पूर्व डिआईजी पनि अनुसन्धान घेरामा !

काठमाडौँ । फ्लाई दुबईको विमानबाट आएको ३३ किलो सुन विमानस्थल कटाएर अर्को व्यक्तिलाई ह्याण्डओभर गर्ने जिम्मा लिने ब्यक्ति थिए एल.बी मगर । २०७४ माघ ९ गते विमानस्थलमा सुन आईपुग्यो, तर एलबी आउन पाएनन्...

रहस्यमय बन्दै ३३ किलो सुन प्रकरण– प्रहरी अधिकृतदेखि पूर्वमन्त्रीसम्म अनुसन्धानको घेरामा !

५ बैशाख २०७५, काठमाडौं । माघ ७ मा काठमाडौं भित्रिएको साढे ३३ किलो सुन गायब भएको प्रकरण झनपछि झन रहस्यमय बन्न थालेको छ ।  यो घटनासँग जोडिएका तीन जनाको ज्यान गइसकेको छ भने केही...