चरी लाई इन्काउन्टर गर्ने डिआईजी पुष्कर भन्छन् – ‘अब रेशम चौधरीलाई पनि छाड्दैनौं

काठमाडौं । गुण्डा नाइके कथित डन दिनेश अधिकारी ‘चरी’लाई इन्काउन्टर गरेर सिध्याउने डिआईजी पुष्कर कार्कीले प्रहरीको मोस्ट वान्टेड सुचिमा रहेका नव निर्वाचित सांसद रेशम चौधरीलाई समेत नछोड्ने बताएका छन् ।

एक टेलिभिजनलाई अन्तर्वार्ता दिदै डिआईजी कार्कीले यस्तो बताएका हुन्। गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समाचारले नेपालको राजनीतिक माहोल तातिरहेका बेला त्यहि निर्वाचनबाट सांसद बनेका चौधरीलाई नछोड्ने बताएपछि कार्कीको चर्चा चल्न थालेको छ ।

पछिल्लो समयमा नेपालमा निर्वाचनका समाचारहरुले निकै चर्चा पाइरहेका छन् । निर्वाचनको नतिजा बाहिर आए पनि समानुपातिक सांसदहरुको सुची निर्वाचन आयोगले अझै सार्बजनिक गरेको छैन । सोसँग सम्बन्धित समाचारहरु आउनेक्रम जारी नै छ ।

प्रहरीको मोस्ट वान्टेड सुचिमा हुँदाहुँदै पनि हालै भएको निर्वाचनमा कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा रेशम चौधरी निर्वाचित भएका थिए।चौधरी ३४ हजार ३ सय ४१ मतसहित निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी वाम गठबन्धबाट एमाले उम्मेदवार मदन कुमारी शाह (गरिमा)ले १३ हजार ४ सय ६ मत मात्र पाएकि थिइन् । चौधरी र शाहबीचको मतान्तर २० हजार ९ सय ३५ छ ।

चौधरीलाई टिकापुर घटनाका मुख्य दोषीको रुपमा प्रहरीले मोस्ट वान्टेड सुचिमा राखेको छ ।उनलाई यसका अलावा बिभिन्न अपराधिक कृयाकलापमा संलग्न रहेको आरोप समेत लागेको छ । गुण्डा नाइके ‘चरी’को इन्काउन्टर गर्ने चर्चित डीआईजी पुष्कर कार्कीले रेशम चौधरीलाई प्रहरीले जसरी पनि पक्राउ गर्ने बताएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का प्रमुख समेत रहेका कार्कीले आवश्यक परे चौधरीलाई सिआईबीले पक्राउ गरेर अदालतमा बुझाउने स्पष्ट पारे । उनको कार्यकालमा गुण्डागर्दी र अपराध नियन्त्रणका घटनामा कमि आएको बताइन्छ।

बिहि, चैत्र ८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सेक्सका लागी नेपाली नेता र व्यापारीले धमाधाम मगाउन थाले विदेशबाट युवती !

बैशाख । नेपाली समाज सेक्सका मामिलामा पछिल्लोपटक उदार बन्न थालेको छ । नेपालमा अहिलेसम्म ‘रेड लाइट’ एरिया छैन् । लुकीछिपी यौन व्यवसाय भने फस्टाइरहेको छ । नेपालको कानुनले यौन व्यवसायलाई अवैध मानेको छ ।...

गुण्डा नाइके मनोज पुन भन्दा डरलाग्दा उसका सुराकी युवासंघका केन्द्रिय सदस्य पक्राउ हुन साथ यस्तो भनेपछि भयो हंगामा -पढ्नुहोस

बुटवल, ६ बैशाख । गुन्डा नाईके मनोज पुनका सहयोगीहरु धमाधम पक्राउ पर्न थालेका छन । हिजो मात्र रुपन्देही प्रहरीले पुनको अपराध यात्रामा सहयोग गर्ने पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको प्रहरीले पुनलाई सहयोग गरेको...

गृहमन्त्रीको निर्देशनः चन्दा उठाउने र विस्फोट गराउनेलाई नछोड्नु

चितवन, ६ वैशाख । गृहमन्त्री रामबहादुर थापाले देश भित्र र बाहिरका शत्रुहरु अस्थिरता पैदा गर्ने तयारीमा रहेको भन्दै सुरक्षालाई मजबुत बनाउन निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षणपछि आज बिहान निर्देशन दिँदै मन्त्री...

चितवन पुगेका प्रचण्ड बने २ सन्तान पिता – पढ्नुहोस्

बैशाख, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा माझी र मुसहर बालबालिकालाई विद्यालयमा भर्ना गराएका छन् । अध्यक्ष प्रचण्डले बुधबार पश्चिम चितवनको मेघौलीमा अल्पसंख्यक समुदायका ९ वर्षीय अरुण मुसहर र साढे ४ वषर्ीय...

बाम एकताका दुई नेताबारे ज्योतिष शास्त्र भन्छ– ओलीलाई राजयोग, प्रचण्डलाई दशा

६ वैशाख २०७५ काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाम एकताका लागि कस्सिए पनि यसको निचोडका सम्बन्धमा अल्झिएका छन् । विहीबार दुवैले अनौपचारिक भेट गरेका...

हेर्नुहोस यी हुन् वर्ष २०७४ का ‘चर्चित’ अपराधिक घटना

२०७४ सालको सुरुवातदेखि नै प्रहरी संगठन भित्र विभिन्न उतारचढाव आए। जसका कारण अदालत र सरकारबीच नै दरार पैदा भयो। आइजिपी नियुक्तिको विवाद चरम उत्कर्षमा पुगेको भएपनि त्यसले प्रहरीको काममा भने खासै फरक पारेन। यो...

सरकारविरुद्ध यातायात व्यवसायीहरूको आन्दोलन चर्किदै

सरकारले यातायात व्यवसायीहरूमाथि ज्यादती गरेको भन्दै ठूला पाँच वटा यातायात व्यवसायी समितिहरूले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारविरुद्ध आन्दोलन घोषणा गरेका छन् । सिण्डिकेट तोड्ने सरकारी निर्णयको विरोधमा यातायत व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका हुन् । काठमाडौंमा...

बिस्केट जात्राको सुरक्षामा खटिएका प्रहरीमाथि ढुंगामुढा गर्ने १३ जना समातिए

भक्तपुरको बिस्केट जात्रामा खटिएका प्रहरीमाथि ढुंगामुढा भएको छ । जात्राको सुरक्षामा खटिएका प्रहरीमाथि भक्तपुर नगरपालिका–३, तौमडीचोकमा बिहीबार बिहान ०२ः१५ बजे ढुंगामुढा भएको हो । प्रहरीले बिस्केट जात्रामा ढुंगामुढा गर्ने र खुकुरी देखाएर अराजक गतिविधि देखाउने...

‘बाजेको सेकुवा’का सञ्चालक चेतन भण्डारीको पनि संलग्नता देखियो ‘ ३३ केजी सुन तस्करमा , पूर्व डिआईजी पनि अनुसन्धान घेरामा !

काठमाडौँ । फ्लाई दुबईको विमानबाट आएको ३३ किलो सुन विमानस्थल कटाएर अर्को व्यक्तिलाई ह्याण्डओभर गर्ने जिम्मा लिने ब्यक्ति थिए एल.बी मगर । २०७४ माघ ९ गते विमानस्थलमा सुन आईपुग्यो, तर एलबी आउन पाएनन्...

रहस्यमय बन्दै ३३ किलो सुन प्रकरण– प्रहरी अधिकृतदेखि पूर्वमन्त्रीसम्म अनुसन्धानको घेरामा !

५ बैशाख २०७५, काठमाडौं । माघ ७ मा काठमाडौं भित्रिएको साढे ३३ किलो सुन गायब भएको प्रकरण झनपछि झन रहस्यमय बन्न थालेको छ ।  यो घटनासँग जोडिएका तीन जनाको ज्यान गइसकेको छ भने केही...