पढ्ने उमेरमा घरधन्दा

डोटी — बोगटान ६, गगुडाकी ९ वर्षीया कृष्णा चन्द बिहान ओछ्यानबाट उठेलगत्तै घरायसी काममा व्यस्त हुन्छिन् । पानीपँधेरो, घरआँगन सरसफाइ, लिपपोत जस्ता काम उनले दिनहुँ गर्नुपर्छ ।
वनबाट घाँस, दाउरा, स्याउला, सोत्तर ल्याएर मात्र उनलाई विद्यालय जाने समय मिल्छ । विद्यालयबाट फर्केपछि ३ वर्षको भाइको स्याहार गर्ने, खाना पकाउने, भाँडा माझ्ने जिम्मेवारी उनकै काँधमा आउँछ । कृष्णाका हरेक दिन यसरी नै बित्ने गरेको उनकी आमा सरस्वती चन्द बताउँछिन् ।

यस्तो दैनिकी कृष्णाको मात्र होइन । ग्रामीण भेकका अधिकांश बालबालिकाको हो । केआई सिंह गाउँपालिका–१ की पूणे खातीकी १२ वर्षीया शारदा भूल स्कुलबाट पढेर आएपछि कोठामा राखिएको किताब भोलिपल्ट स्कुल जाँदा मात्र छुन पाउने बताउँछिन् । ‘समय नपाएकाले पढ्न मन मरिसक्यो, कहिल्यै कामबाट फुर्सद हुन्न,’ उनले भनिन् ।

घरायसी कामको बोझले पढ्ने, लेख्ने वातावरण नपाउने गरेको गुनासो बालबालिकाहरूको छ । यद्यपि अभिभावकहरूले घरायसी कामका कारण छोराछोरीहरूको पढाइमा असर परिरहेको महसुस गर्न सकेका छैनन् । ‘वनमा गएर सोत्तर स्याउला ल्याउने कृष्णा मात्र हो र ?’ उनकी आमा घरायसी काम सामान्य रूपमा लिनुपर्ने तर्क राख्दै भन्छिन्, ‘हामीले पनि त्यसै गरी सानैबाट काम गरेर गृहस्थी सम्हालेका हौं ।’ कृष्णाले भने घरायसी कामका कारण पढाइ लेखाइका लागि खासै फुर्सद नहुँदा पढ्ने मोह पनि घट्दै गएको बताइन् ।

‘पढ्ने फुर्सद हुन्न अनि पढाइ कमजोर हुन्छ,’ उनले भनिन्, ‘स्कुलकै भरमा कति पढाइ हुन्छ र ? कमजोर पढाइले गर्दा पढ्ने रहर पनि पलाउँदैन ।’ ग्रामीण क्षेत्रमा सानै उमेरबाट बालिकाहरूलाई क्षमताभन्दा बढी घरायसी काममा लगाउने चलन छ । पढाइ–लेखाइ तथा शिक्षा दिक्षा दिने जिम्मेवारी विद्यालय र शिक्षकको हो भन्ने बुझाइ आम अभिभावकहरूको छ ।

तर सो बुझाइ गलत रहेको जिल्ला शिक्षा अधिकारी अनन्तराम पौडेल बताउँछन् । ‘सैद्धान्तिक रूपमा विद्यार्थीको सिकाइ उपलब्धिका ३ चरण ज्ञान, अपेक्षा र सुदृढीकरण भन्ने हुन्छन्,’ पौडेलले सैद्धान्तिक कुरा राख्दै प्रस्टाए, ‘ज्ञान र अपेक्षाका चरणहरूमा विद्यार्थीका इच्छा, आकांक्षा, पढाउने विधि, तरिका, व्यवहार, विद्यालयको व्यवस्थापन कुराहरू आउँछन् भने सुदृढीकरणमा घरमा गरिने गृहकार्य, पढ्ने, अभिभावकहरूको माया ममता, परामर्श पाउने कार्य हुन्छ । तीमध्ये सुदृढीकरणको चरण ग्रामीण क्षेत्रमा प्राय: ग्याप छ ।’

घरायसी कामको बोझले विद्यार्थीहरू नियमित विद्यालयमा नआउने, कक्षाकोठामा पढाइभन्दा घरायसी कामको चिन्ता बढी लिने गरेको मष्टेश्वर मावि गगुडाका शिक्षक चक्रबहादुर चन्द बताउँछन् । उनले ग्रामीण क्षेत्रको चेतनाको कमी, घरमा काम गर्ने जनशक्तिको अभाव र गरिबीका कारण बालबालिकाले घरायसी काममा बढी समय दिनुपर्ने बाध्यता रहेको बताए ।

नवज्योति आधारभूत विद्यालयकी शिक्षिका रेखा रावल पनि विद्यार्थीहरूलाई घरायसी कामले पढ्ने फुर्सद नभएको स्विकार्छिन् । ‘केटाभन्दा केटीहरूलाई फुर्सद कम हुन्छ,’ उनले भनिन्, ‘अभिभावकहरू पढ त भन्छन् तर पढ्ने समय कति बेला दिने, आराम गर्ने समय कति बेला तोक्ने भन्ने योजना नहुँदा बालबालिका घरायसी काममै अलमलिएका हुन्छन् ।’

जंगलबाट घाँस, दाउरा, स्याउला सोत्तर ल्याउने, खाना पकाउने, कुटानी, पिसानी गर्ने जस्ता घरायसी काममा बालिकाहरूलाई लगाइन्छ । बालकहरूलाई भने गाईबस्तु हेर्ने, दाउरा खोज्ने, चिर्ने, किनमेल गर्ने र हलो जोत्ने जस्ता काम दिइन्छ । निजीमा भन्दा सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाहरूलाई घरायसी काममा लगाउने गरिन्छ ।

बिहि, चैत्र ८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सेक्सका लागी नेपाली नेता र व्यापारीले धमाधाम मगाउन थाले विदेशबाट युवती !

बैशाख । नेपाली समाज सेक्सका मामिलामा पछिल्लोपटक उदार बन्न थालेको छ । नेपालमा अहिलेसम्म ‘रेड लाइट’ एरिया छैन् । लुकीछिपी यौन व्यवसाय भने फस्टाइरहेको छ । नेपालको कानुनले यौन व्यवसायलाई अवैध मानेको छ ।...

गुण्डा नाइके मनोज पुन भन्दा डरलाग्दा उसका सुराकी युवासंघका केन्द्रिय सदस्य पक्राउ हुन साथ यस्तो भनेपछि भयो हंगामा -पढ्नुहोस

बुटवल, ६ बैशाख । गुन्डा नाईके मनोज पुनका सहयोगीहरु धमाधम पक्राउ पर्न थालेका छन । हिजो मात्र रुपन्देही प्रहरीले पुनको अपराध यात्रामा सहयोग गर्ने पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको प्रहरीले पुनलाई सहयोग गरेको...

गृहमन्त्रीको निर्देशनः चन्दा उठाउने र विस्फोट गराउनेलाई नछोड्नु

चितवन, ६ वैशाख । गृहमन्त्री रामबहादुर थापाले देश भित्र र बाहिरका शत्रुहरु अस्थिरता पैदा गर्ने तयारीमा रहेको भन्दै सुरक्षालाई मजबुत बनाउन निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षणपछि आज बिहान निर्देशन दिँदै मन्त्री...

चितवन पुगेका प्रचण्ड बने २ सन्तान पिता – पढ्नुहोस्

बैशाख, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा माझी र मुसहर बालबालिकालाई विद्यालयमा भर्ना गराएका छन् । अध्यक्ष प्रचण्डले बुधबार पश्चिम चितवनको मेघौलीमा अल्पसंख्यक समुदायका ९ वर्षीय अरुण मुसहर र साढे ४ वषर्ीय...

एयरपोर्टमा नक्कली पासपोर्ट पत्ता लगाउने डिभाइस जडान,अब अपराधी उम्किन नसक्ने – पढ्नुहोस्

काठमाडौँ, ६ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अब कुनै पनि अपराधी उम्कन नपाने भएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिहीबार ‘माइन्ड डिभाइस’ गरेकाले अब कुनै पनि अपराधी भाग्न नपाएने भएका हुन् । प्रहरीको खोजीमा रहेका व्यक्तिहरुलाई...

बाम एकताका दुई नेताबारे ज्योतिष शास्त्र भन्छ– ओलीलाई राजयोग, प्रचण्डलाई दशा

६ वैशाख २०७५ काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाम एकताका लागि कस्सिए पनि यसको निचोडका सम्बन्धमा अल्झिएका छन् । विहीबार दुवैले अनौपचारिक भेट गरेका...

ओली-प्रचण्डको ‘वान टु वान’ वार्ता सम्पन्न, के कुरा भयो ?

 ६ बैशाख २०७५ काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष ‘प्रचण्ड’ले बिहीबार ‘वान टु वान’ वार्ता गरेका छन् । दुई अध्यक्षबीच करिब साढे तीन घण्टा कुराकानी भएको छ ।...

सरकारलाई चुनौती दिँदै अनिश्चितकालिन बन्दको घोषणा

सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । उनीहरुले बुधबार पत्रकार सम्मेलन गरी अनिश्चितकालीन यातायात बन्द लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । नेपाल यातायत ब्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक...

हेर्नुहोस यी हुन् वर्ष २०७४ का ‘चर्चित’ अपराधिक घटना

२०७४ सालको सुरुवातदेखि नै प्रहरी संगठन भित्र विभिन्न उतारचढाव आए। जसका कारण अदालत र सरकारबीच नै दरार पैदा भयो। आइजिपी नियुक्तिको विवाद चरम उत्कर्षमा पुगेको भएपनि त्यसले प्रहरीको काममा भने खासै फरक पारेन। यो...

सरकारविरुद्ध यातायात व्यवसायीहरूको आन्दोलन चर्किदै

सरकारले यातायात व्यवसायीहरूमाथि ज्यादती गरेको भन्दै ठूला पाँच वटा यातायात व्यवसायी समितिहरूले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारविरुद्ध आन्दोलन घोषणा गरेका छन् । सिण्डिकेट तोड्ने सरकारी निर्णयको विरोधमा यातायत व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका हुन् । काठमाडौंमा...