ओलीको राष्ट्रघातबिरुद्ध भोली बैशाख ३० गते नेपाल बन्द, संघर्षमा साथ दिन सबै राष्ट्रप्रेमीलाई विप्लवको आग्रह !

काठमाडौं – प्रधनमन्त्री केपी ओलीले अरुण तेस्रो जलबिद्युत आयोजना भारतलाई बुझाएपछि नेपाल कम्युनिष्ट पार्टीले त्यसको कडा शब्दमा बिरोध गरेको छ । शुक्रबार राति ओलीले अरुण तेस्रो मोदीलाई बुझाएलगत्तै शनिबार बिहानै नेकपा महासचिव नेत्रविक्रम चन्द ले एक विज्ञप्ति जारी गर्दै ओलीले गरेको राष्ट्रघात बिरुद्ध कडा संघर्षमा उत्रिने उद्घोष गरेका छन् । ओली-प्रचण्ड दलाल संसदीय व्यवस्थाका पहरेदार बनेको भन्दै महासचिव विप्लवले उनीहरु आफैले बनाएको संविधानमा किटान गरिएका जनताका अधिकारहरुलाई समेत कुल्चिएर नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डतामाथि गम्भीर आघात पुग्ने काम गरिरहेका बताएका छन् । महासचिव विप्लवद्वारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ-केपी र मोदीले संयुक्त रुपमा गरेको राष्ट्रघाती अरुण–३ को शिलन्यास, मोदीको सिधै जनकपुर आगमन र त्यहाँ गरिएको कथित नागरिक अभिनन्दन, संवेदनशील र रणनैतिक महत्वको उनको मुस्ताङ भ्रमण, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र अत्याधुनिक सैन्य हेलिकप्टर, जहाजको अवतरण, नेपाली सुरक्षा शक्तिलाई मनोवैज्ञानिक रुपमा पार्न खोजिएको हिनताबोधले पुनः नयाँ आयाममा भएको गम्भीर राष्ट्रघात पटाक्षेप हो ।ओली नेतृत्वको सरकार मोदीका सामू लम्पसार परेपछि सामाजिक सञ्जालमा मात्र नभएर देशैभरी प्रतिवाद भैराखेको अवस्थामा महासचिव विप्लवले कडा संघर्षको घोषणा गरेका हुन् । जनताको स्तर र केही संघ÷संगठनहरुले गरेका यस्तो प्रतिवाद र प्रतिरोधको हाम्रो पार्टी सम्मान र समर्थन गर्दछ महासचिव विप्लवले भनेका छन्- मोदीको भ्रमणका क्रममा केपी सरकारले गरेको राष्ट्रघात, नेपाली जनताको स्वाभिमानमा पारेको चोटको प्रतिरोध गर्नुपर्ने अनिवार्यता ठान्दै हाम्रो पार्टीले यही वैशाख ३० गते आइतबारका दिन नेपाल बन्दको घोषणा गरेका छ ।ओलीको लम्पसारवादी सरकार र भारतीय साम्राज्यवादी सरकारका बीचमा भएको राष्ट्रघाती सन्धि, सम्झौता, मोदीको नेपाल भ्रमणका क्रममा नेपाली जनतामाथि गरिएको दमनको प्रतिरोधमा नेपाल बन्द आवहान गरिएको विप्लवले बताएका छन् । उनले राष्ट्रघातको विरोधमा गरिएको नेपाल बन्दलाई सबै देशभक्त, राष्ट्रवादी, जनवादी र वामपन्थीहरुलाई सहयोग, समर्थन र ऐक्यबद्धता जनाइदिन समेत अपिल गरेका छन् । नेपाल र नेपाली जनताको पूर्ण मुक्तिका लागि निरन्तर संघर्ष गर्दै आएको नेकपाका कैयौं नेता र कार्यकर्ताहरुलाई सरकारले दिनदिनै गिरफ्तार गर्ने, बेपत्ता बनाउने र चरम यातना दिने गरेको भन्दै उनले आफ्नो फासिस्ट चरित्र सच्याउन ओली सरकारलाई चेतावनी समेत दिएका छन् ।साथै पार्टी र सङ्गठनको कामका हिडिरहेका अवस्थामा बिना कारण गिरफ्तार गरिएका आफ्ना नेता कार्यकर्तालाई तत्काल रिहा गर्न पनि माग गरेका छन । गिरफ्तार गरिएका आफ्ना नेता कार्यकर्ताको बिना सर्त रिहाइ नगरिए थप कडा संघर्षका कार्यक्रम घोषणा गर्ने नेकपाले जनाएको छ ।यसअघि नेकपाले अरुण तेस्रो भारतलाई नबुझाउँ चेतावनी दिएको थियो । नेकपाको कडा चेतावनी र जनस्तरबाट समेत ब्यापक बिरोध हुँदाहुँदै पनि ओली-प्रचण्ड गठबन्धन सरकारले अरुण तेस्रो मोदीलाई सुम्पिएको छ । हेर्नुहोस् विज्ञप्ति हाम्रो पार्टी नेपाल र नेपाली जनताको पूर्ण मुक्तिका लागि निरन्तर संघर्ष गर्दै आएको छ । यसरी संघर्ष गर्दैगर्दा हाम्रा कैयौं नेता र कार्यकर्ताहरुलाई यो सरकारले दिनदिनै गिरफ्तार गर्ने, बेपत्ता बनाउने, चरम यातना दिइरहेको छ । यसरी एकातिर यो दलाल संसदीय व्यवस्थाका पहरेदारहरुले उनीहरुले आफै बनाएको संविधानमा किटान गरिएका जनताका अधिकारहरुलाई पनि कुल्चि रहेका छन् भनें अर्कोतिर आफूलाई राष्ट्रवादी भन्ने गरेको यो केपी प्रचण्डको सरकारले नेपालको राष्ट्रियता, राष्ट्रिय खण्डतामा गम्भीर आघात पुग्ने काम गरिराखेको छ । यसैको पछिल्लो ृंखलाको रुपमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण, उक्त, भ्रमणका क्रममा केपी र मोदीले संयुक्त रुपमा गरेको राष्ट्रघाती अरुण–३ को शिलन्यास, मोदीको सिधै जनकपुर आगमन र त्यहाँ गरिएको कथित नागरिक अभिनन्दन, संवेदनशील र रणनैतिक महत्वको उनको मुस्ताङ भ्रमण, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र अत्याधुनिक सैन्य हेलिकप्टर, जहाजको अवतरण, नेपाली सुरक्षा शक्तिलाई मनोवैज्ञानिक रुपमा पार्न खोजिएको हिनताबोधले पुनः नयाँ आयाममा भएको गम्भीर राष्ट्रघात पटाक्षेप हो । आज मोदीको भ्रमण र केपी नेतृत्वको सरकारको मोदीका सामू परेको लम्पसारको सामाजिक सञ्जालमा मात्र नभएर देशैभरी प्रतिवाद भैराखेका छन् । जनताको स्तर र केही संघ÷संगठनहरुले गरेका यस्तो प्रतिवाद र प्रतिरोधको हाम्रो पार्टी सम्मान र समर्थन गर्दछ । मोदीको भ्रमणका क्रममा केपी सरकारले गरेको राष्ट्रघात, नेपाली जनताको स्वाभिमानमा पारेको चोटको प्रतिरोधको गर्नु पर्ने अनिवार्यता ठान्दै हाम्रो पार्टीले यही वैशाख ३० गते आइतबारका दिन नेपाल बन्दको घोषणा गरेका छ । केपीको लम्पसारवादी सरकार र भारतीय साम्राज्यवादी सरकारका बीचमा भएको राष्ट्रघाती सन्धि, सम्झौता, मोदीको नेपाल भ्रमणका क्रममा नेपाली जनतामाथि गरिएको दमनको प्रतिरोध नेपाल बन्दका रुपमा गरिएको छ । उक्त नेपाल बन्दलाई सबै देशभक्त, राष्ट्रवादी, जनवादी र वामपन्थीको सहयोग, समर्थन र ऐक्यबद्धताको अपेक्षा राखेका छौं ।
श्रोत :प्रहार न्युज

यसमा तपाइको मत

समाचार बाट अन्य

गोरेको बयानले सुन काण्डमा संलग्न व्यक्तीको नाम खुल्दै, एमाले नेता पक्राउ

काठमाडौँ, जेठ ११ २०७५ साढे ३३ किलो सुन तस्करी मुख्य नाइके पक्राउ परेसंगै यसमा संलग्नहरुको नाम खुल्नेक्रम जारी छ । जिल्ला अदालत मोरङमा गोरेको बयान लिने काम पनि जारी रहेकाले अझै सुन तस्करीमा संलग्न...

अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिए शेष घले

११ जेठ,२०७५ काठमाडाैं । गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । गत वर्ष १०१ औं स्थानमा रहेका घले यो वर्ष ठूलो फड्को मार्दै ८१...

अहिलेको कम्युनिस्ट सरकार आफै पतन हुने बाटोमा छ : उपेन्द्र यादव

११ जेठ,२०७५ सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले  अहिले बनेको बहुमतको कम्युनिष्ट सरकारले आफैं समाप्त हुने गरी काम गरिरहेको आरोप लगाएका छन् । कम्युनिस्ट आफैं समाप्त हुने र उनीहरु समाप्त हुने बखतसम्म...

स्पेनले छान्यो विश्वकप टोली, रियल मड्रिडकै ६ खेलाडी, मोराटा टीममा परेनन्

७ जेठ,२०७५ काठमाडौं । रसियामा हुने विश्वकप फुटबलका लागि स्पेनले आफ्नो २३ सदस्यीय टोलीको घोषणा गरेको छ । टोलीमा रियल मड्रिडका ६ जना खेलाडी परेका छन् । स्पेनको टोलीमा परेका सर्जियो रामोस, कार्भाजल, नाचो, इस्को...

सन्दीपसंग बलिङ कला सिक्न मन छ : स्पिनर अमित मिश्रा

६ जेठ २०७५ – भारतीय स्पिनर अमित मिश्राले नेपाली बलर सन्दीप लामिछानेको बलिङबाट आफू प्रभावित भएको बताएका छन् । आईपीएल क्रिकेटमा सन्दीप रहेकै टिम दिल्ली डेयरडेभिल्समा रहेका अमितले अभ्यासका क्रममा सन्दीपको बलिङ क्षमतासँग परिचित हुन...

डा. देवकोटाले अन्तिम इच्छा प्रधानमन्त्री ओली समक्ष यसरी राखे ,- गरीबका छोरा छोरीले पनि डाक्टर पढ्ने वाताबरण बनाईदिनुहोस !

६ जेठ २०७५ काठमाडौँ। नेकपाले वरिष्ठ चिकित्सक डा उपेन्द्र देवकोटाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अभिनन्दनपत्र प्रदान गरेको छ । बाँसबारीस्थित न्यूरो अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन नेकपा एमाले केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागका...

नेकपाको कार्यालय पेरिसडाँडामा रहने !

३ जेष्ट २०७५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको कार्यालय हाल नेकपा माओवादी केन्द्रको कार्यालय रहेको पेरिसडाँडामा रहने भएको छ ।  दुई पार्टीबीचको एकतापछि सम्पर्क कार्यालय पेरिसडाँँडामा रहने सहमति भएको माओवादी उच्च स्रोतले जानकारी दिएको...

एकीकृत पार्टीको विधान बालुवाटार बैठकबाटअनुमोदन

३ जेठ, २०७५ काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले विधान अनुमोदन गरेको हो । दुई...

अध्यक्ष ओलीले बिर्सदा एमाले स्थायी कमिटीबाट आउट हुने को हुन् ?

३ जेठ,२०७५ काठमाडौं । नेकपा एमालेको ‘अन्तिम’ स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यसो नाम लिस्ट हेरेपछि भने- लौ ! मैले त हाम्रो स्थायी कमिटीमा २५ जना जस्तो लागेर २५ मा सहमति गरेँ,...

प्रचण्डलाई माधवको सुझाव- सबै कुरा संयोजन समितिमा राख्नुस्, -आशंकामा नबस्नुस्,

१ जेठ,२०७५ काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रिया अवरुद्ध भइरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता संयोजन समिति...