बम विस्फोट गराएकी २६ बर्षीय युवती पक्राउ !

३० बैशाख २०७५ ,झापाको मेचीनगरस्थित सूर्योदय यातायात प्रालिको बस ग्यारेजमा आइतबार बिहान बम विस्फोट गराएको आरोपमा मेचीनगर–८ निवासी २६ वर्षीया स्मृति रिजाललाई प्रहरीले पक्राउ गरेको छ । रिजाल नेकपामा आबद्ध रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए ।

बिहान करीब ३ बजे प्रालिको बस ग्यारेजमा सकेट बम विस्फोटबाट प्रालिको मे १ ख २७३३ र मे १ ख २७२६ नं को बस, गाडीको डिजल ट्यांकी, झ्यालका सिसा र टायरमा क्षति पुगेको जनाइएको छ । यता, नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको बिहान समान्य असर परेको थियो ।

बिहान लामो तथा छोटो दूरीका सवारी नचले पनि बिहान १० बजेदेखि यातायात चल्न थालेका छन् भने बजार तथा पसल खुलेका छन् । उता दमक नगरपालिकास्थित दमक बस पार्कमा शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

समाचार बाट अन्य

गोरेको बयानले सुन काण्डमा संलग्न व्यक्तीको नाम खुल्दै, एमाले नेता पक्राउ

काठमाडौँ, जेठ ११ २०७५ साढे ३३ किलो सुन तस्करी मुख्य नाइके पक्राउ परेसंगै यसमा संलग्नहरुको नाम खुल्नेक्रम जारी छ । जिल्ला अदालत मोरङमा गोरेको बयान लिने काम पनि जारी रहेकाले अझै सुन तस्करीमा संलग्न...

अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिए शेष घले

११ जेठ,२०७५ काठमाडाैं । गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । गत वर्ष १०१ औं स्थानमा रहेका घले यो वर्ष ठूलो फड्को मार्दै ८१...

अहिलेको कम्युनिस्ट सरकार आफै पतन हुने बाटोमा छ : उपेन्द्र यादव

११ जेठ,२०७५ सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले  अहिले बनेको बहुमतको कम्युनिष्ट सरकारले आफैं समाप्त हुने गरी काम गरिरहेको आरोप लगाएका छन् । कम्युनिस्ट आफैं समाप्त हुने र उनीहरु समाप्त हुने बखतसम्म...

स्पेनले छान्यो विश्वकप टोली, रियल मड्रिडकै ६ खेलाडी, मोराटा टीममा परेनन्

७ जेठ,२०७५ काठमाडौं । रसियामा हुने विश्वकप फुटबलका लागि स्पेनले आफ्नो २३ सदस्यीय टोलीको घोषणा गरेको छ । टोलीमा रियल मड्रिडका ६ जना खेलाडी परेका छन् । स्पेनको टोलीमा परेका सर्जियो रामोस, कार्भाजल, नाचो, इस्को...

सन्दीपसंग बलिङ कला सिक्न मन छ : स्पिनर अमित मिश्रा

६ जेठ २०७५ – भारतीय स्पिनर अमित मिश्राले नेपाली बलर सन्दीप लामिछानेको बलिङबाट आफू प्रभावित भएको बताएका छन् । आईपीएल क्रिकेटमा सन्दीप रहेकै टिम दिल्ली डेयरडेभिल्समा रहेका अमितले अभ्यासका क्रममा सन्दीपको बलिङ क्षमतासँग परिचित हुन...

डा. देवकोटाले अन्तिम इच्छा प्रधानमन्त्री ओली समक्ष यसरी राखे ,- गरीबका छोरा छोरीले पनि डाक्टर पढ्ने वाताबरण बनाईदिनुहोस !

६ जेठ २०७५ काठमाडौँ। नेकपाले वरिष्ठ चिकित्सक डा उपेन्द्र देवकोटाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अभिनन्दनपत्र प्रदान गरेको छ । बाँसबारीस्थित न्यूरो अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन नेकपा एमाले केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागका...

नेकपाको कार्यालय पेरिसडाँडामा रहने !

३ जेष्ट २०७५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको कार्यालय हाल नेकपा माओवादी केन्द्रको कार्यालय रहेको पेरिसडाँडामा रहने भएको छ ।  दुई पार्टीबीचको एकतापछि सम्पर्क कार्यालय पेरिसडाँँडामा रहने सहमति भएको माओवादी उच्च स्रोतले जानकारी दिएको...

एकीकृत पार्टीको विधान बालुवाटार बैठकबाटअनुमोदन

३ जेठ, २०७५ काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले विधान अनुमोदन गरेको हो । दुई...

अध्यक्ष ओलीले बिर्सदा एमाले स्थायी कमिटीबाट आउट हुने को हुन् ?

३ जेठ,२०७५ काठमाडौं । नेकपा एमालेको ‘अन्तिम’ स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यसो नाम लिस्ट हेरेपछि भने- लौ ! मैले त हाम्रो स्थायी कमिटीमा २५ जना जस्तो लागेर २५ मा सहमति गरेँ,...

प्रचण्डलाई माधवको सुझाव- सबै कुरा संयोजन समितिमा राख्नुस्, -आशंकामा नबस्नुस्,

१ जेठ,२०७५ काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रिया अवरुद्ध भइरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता संयोजन समिति...