नेपाली म्याराडोना मणि शाहको निधन

३१ बैशाख २०७५,काठमाडौं । नेपाली म्याराडोना उपनामले चिनिने पूर्व खेलाडी मणि शाहको निधन भएको छ । उपचारको क्रममा नर्भिक अस्तालमा सोमबार सान्झ निधन भएको महाविर क्लबका अध्यक्ष दिवाकर घलेले जानकारी दिए नेपाली टिमबाट सन् १९८५ बाट १९९८ सम्म खेलेका मणिले १० गोल गरेका छन् ।

१० नम्बर जर्सीमा मैदानमा लामो समय खेलेका मणि म्याराडोनाको उपनामले चिचिन्थे । लामो समयदेखि कलेजोको समस्याका कारण विरामी थिए । आइतबार साँझ नर्भिक अस्पताल भर्ना भएका ५१ वर्षीय मणि भेन्डिलेटर कक्षमा उपचारत थिए ।

मणि शाहको पार्थिव शरीर दशरथ रंगशालामा भोलि (मंगलबार) साढे ८ बजे लगिने अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले बताए ।

उनी नेपाली फुटबलमा चर्चित मिड्फिल्डर र फर्वाड थिए । नेपाललाई ऐतिहासिक सफलता समेत दिलाएका मणि सफल फुटबल खेलाडीसमेत हुन् । सन् १९९३ मा बंगलादेशको ढाकामा सम्पन्न छैटौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले स्वर्ण जित्दा मणिको योगदान अतुलनीय थियो । फाइनल खेलको अन्तिम समयमा भारतविरुद्ध गोल गर्दै खेल पेनाल्टीमा पुर्याएका थिए ।

पेनाल्टीमा उत्कृष्ट गोल गर्दै मणिले नेपाललाई स्वर्ण पदक दिलाएका थिए । नेपाली टिमबाट सन् १९८५ बाट १९९८ सम्म खेलेका मणिले १० गोल गरेका छन् । १० नम्बर जर्सीमा मैदानमा लामो समय खेलेका मणि म्याराडोनाको उपनामले चिचिन्थे । स्रोत : baahrakhari.com

यसमा तपाइको मत

समाचार बाट अन्य

गोरेको बयानले सुन काण्डमा संलग्न व्यक्तीको नाम खुल्दै, एमाले नेता पक्राउ

काठमाडौँ, जेठ ११ २०७५ साढे ३३ किलो सुन तस्करी मुख्य नाइके पक्राउ परेसंगै यसमा संलग्नहरुको नाम खुल्नेक्रम जारी छ । जिल्ला अदालत मोरङमा गोरेको बयान लिने काम पनि जारी रहेकाले अझै सुन तस्करीमा संलग्न...

अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिए शेष घले

११ जेठ,२०७५ काठमाडाैं । गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । गत वर्ष १०१ औं स्थानमा रहेका घले यो वर्ष ठूलो फड्को मार्दै ८१...

अहिलेको कम्युनिस्ट सरकार आफै पतन हुने बाटोमा छ : उपेन्द्र यादव

११ जेठ,२०७५ सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले  अहिले बनेको बहुमतको कम्युनिष्ट सरकारले आफैं समाप्त हुने गरी काम गरिरहेको आरोप लगाएका छन् । कम्युनिस्ट आफैं समाप्त हुने र उनीहरु समाप्त हुने बखतसम्म...

स्पेनले छान्यो विश्वकप टोली, रियल मड्रिडकै ६ खेलाडी, मोराटा टीममा परेनन्

७ जेठ,२०७५ काठमाडौं । रसियामा हुने विश्वकप फुटबलका लागि स्पेनले आफ्नो २३ सदस्यीय टोलीको घोषणा गरेको छ । टोलीमा रियल मड्रिडका ६ जना खेलाडी परेका छन् । स्पेनको टोलीमा परेका सर्जियो रामोस, कार्भाजल, नाचो, इस्को...

मुम्बईमाथि सन्दीपको टिम दिल्ली११ रनले विजयी – सन्दीपले लिए ३ विकेट

६ जेष्ट २०७५ काठमाडौं।  इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत दिल्ली डेयरडेभिल्सले मुम्बई इन्डियनमाथि ११ रनको जित दर्ता गरेको छ । १९.३ ओभरमाा मुम्बईलाई अल आउट गर्दै दिल्लीले जित आफ्नो पक्षमा बनाएको हो । १७५...

सन्दीपसंग बलिङ कला सिक्न मन छ : स्पिनर अमित मिश्रा

६ जेठ २०७५ – भारतीय स्पिनर अमित मिश्राले नेपाली बलर सन्दीप लामिछानेको बलिङबाट आफू प्रभावित भएको बताएका छन् । आईपीएल क्रिकेटमा सन्दीप रहेकै टिम दिल्ली डेयरडेभिल्समा रहेका अमितले अभ्यासका क्रममा सन्दीपको बलिङ क्षमतासँग परिचित हुन...

डा. देवकोटाले अन्तिम इच्छा प्रधानमन्त्री ओली समक्ष यसरी राखे ,- गरीबका छोरा छोरीले पनि डाक्टर पढ्ने वाताबरण बनाईदिनुहोस !

६ जेठ २०७५ काठमाडौँ। नेकपाले वरिष्ठ चिकित्सक डा उपेन्द्र देवकोटाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अभिनन्दनपत्र प्रदान गरेको छ । बाँसबारीस्थित न्यूरो अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन नेकपा एमाले केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागका...

नेकपाको कार्यालय पेरिसडाँडामा रहने !

३ जेष्ट २०७५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको कार्यालय हाल नेकपा माओवादी केन्द्रको कार्यालय रहेको पेरिसडाँडामा रहने भएको छ ।  दुई पार्टीबीचको एकतापछि सम्पर्क कार्यालय पेरिसडाँँडामा रहने सहमति भएको माओवादी उच्च स्रोतले जानकारी दिएको...

एकीकृत पार्टीको विधान बालुवाटार बैठकबाटअनुमोदन

३ जेठ, २०७५ काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले विधान अनुमोदन गरेको हो । दुई...

अध्यक्ष ओलीले बिर्सदा एमाले स्थायी कमिटीबाट आउट हुने को हुन् ?

३ जेठ,२०७५ काठमाडौं । नेकपा एमालेको ‘अन्तिम’ स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यसो नाम लिस्ट हेरेपछि भने- लौ ! मैले त हाम्रो स्थायी कमिटीमा २५ जना जस्तो लागेर २५ मा सहमति गरेँ,...