कृति आजाद बिरोध प्रदर्शनमा शंकरदेव ने बि संघ र प्रहरी बिच झडप

१ जेष्ट २०७५ काठमाडौँ कृति आजाद को नेपाल प्रतिको नजर विरुद्ध शंकर देव क्याम्पसमा पुत्ला दहन भएको छ । शंकरदेव ने बि संघ द्वारा गरीएको बिरोध कार्यक्रममा बृहत भेलाले नालायक सरकार राजिनामा दे, सिमा सुरक्षा कायम गर, भारतीय हस्तक्षेप बन्द गर, जस्ता नारा लगाएका थिए ।

बिरोध कार्यक्रम शंकर देव क्याम्पस बाटशुरु भएको जुलुस पुतलीसडक परिक्रमा गरी कोणसभा परिणत भएको थियो ।
कोण सभालाइ ने बि संघ नेताहरु अमृत वोस्ती , नवीन पौडेल , अमृत जुङ कार्की , टीका भण्डारी , दिपक ओझा , विवेक लामा , सुसान्त बस्नेत , समीर बस्नेत आदिले कोणलाइ सम्बोधन गरेका थिए ।


कोणसभालाई लाइ सम्बोधन गर्दै अमृत वोस्तीले कामना न्युजलाइ बताउदै,वास्तवमा भन्ने हो भने अोलीजी कहिल्यै राष्ट्रवादी थिएनन् । उनी केवल एमालेका अध्यक्ष थिए। उनको उदेश्य जसरीपनि पाटीलाई जिताउने थियो।

त्यसको लागि उनले अवलम्बन गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन जुनसुकै रणनीति तयार पार्न र कार्यन्वयन गर्न पछि परेनन्। भारतको हेपाहा र मिचाहा प्रवृत्तिले निराश र पिडित अाम नेपालीहरुमा एक प्रकारको अाक्रोश सधै रहने गरेको छ।

भारतीय नाकाबन्दीले जन अाक्रोशको पारो उचाइमा थियो। अाम नागरीकको मनोभावना राम्ररी बुझेका उनले जनताको बोलीमा लय मिलाइदिए ।

भारतलाई अोठे भट्टेशराप गरेर सत्ताको रोटी सेक्ने नेपाली कम्युनिस्टहरूको पुरानै रणनीतिको प्रयोग गर्न सफल भए। राष्ट्रवादको चर्को नारा त केवल सत्ता प्राप्तिको सिंढी मात्र थियो जो अाज प्रमाणित भएको छ। चुनाव जित्न रणनीतिको प्रयोग गर्नु गलत होईन। तर उनले जनताको सच्चा राष्ट्रभक्तिको भावनासँग खेलवाड गरे।

धेरैलाई उनिप्रति ठूलो विस्वास र भरोसा थियो तर अाज उनिहरु अाफुले धोका पाएको अनुभुति गरेकाछन। हैन द्वैध चरित्रको पनि हद हुन्छ नि। यिनले त सीमा नै नाघे।कतिसम्म मूर्ख बनाउन सकेको? निवाचन अघि सिमानामा अग्लो पर्खाल लाउनु पर्छ भन्थे, अहिले खुले-अाम सीमा मिच्दा चुं गर्दैनन्।

चुनाब अघि कोशी ब्यारेजको साँचो खोसेर ल्याउँछु भन्थे, अहिले पानी जहाजको ललिपप देखाएर उच्च बाँध निर्माण गर्ने प्रपञ्च रच्दैछन। चुनाब अघि देशका सबै पुर्वाधार अाफै बनाइनुपर्छ हामी बनउछम भन्थे, अाज विकासकालागि छिमेकीको सहयोग खोजेको छु भन्दैछन्‌। २५ वर्ष अघि अान्द्रा भुँडी निस्कनेगरि बल लगाएर रोकेको अरुण तेस्रो, अाज प‌र्भुका महान हातबाट शिलान्यास गर्दै छन। जय राष्ट्रवाद !!!!!

यसमा तपाइको मत

समाचार बाट अन्य

गोरेको बयानले सुन काण्डमा संलग्न व्यक्तीको नाम खुल्दै, एमाले नेता पक्राउ

काठमाडौँ, जेठ ११ २०७५ साढे ३३ किलो सुन तस्करी मुख्य नाइके पक्राउ परेसंगै यसमा संलग्नहरुको नाम खुल्नेक्रम जारी छ । जिल्ला अदालत मोरङमा गोरेको बयान लिने काम पनि जारी रहेकाले अझै सुन तस्करीमा संलग्न...

अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिए शेष घले

११ जेठ,२०७५ काठमाडाैं । गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । गत वर्ष १०१ औं स्थानमा रहेका घले यो वर्ष ठूलो फड्को मार्दै ८१...

अहिलेको कम्युनिस्ट सरकार आफै पतन हुने बाटोमा छ : उपेन्द्र यादव

११ जेठ,२०७५ सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले  अहिले बनेको बहुमतको कम्युनिष्ट सरकारले आफैं समाप्त हुने गरी काम गरिरहेको आरोप लगाएका छन् । कम्युनिस्ट आफैं समाप्त हुने र उनीहरु समाप्त हुने बखतसम्म...

स्पेनले छान्यो विश्वकप टोली, रियल मड्रिडकै ६ खेलाडी, मोराटा टीममा परेनन्

७ जेठ,२०७५ काठमाडौं । रसियामा हुने विश्वकप फुटबलका लागि स्पेनले आफ्नो २३ सदस्यीय टोलीको घोषणा गरेको छ । टोलीमा रियल मड्रिडका ६ जना खेलाडी परेका छन् । स्पेनको टोलीमा परेका सर्जियो रामोस, कार्भाजल, नाचो, इस्को...

सन्दीपसंग बलिङ कला सिक्न मन छ : स्पिनर अमित मिश्रा

६ जेठ २०७५ – भारतीय स्पिनर अमित मिश्राले नेपाली बलर सन्दीप लामिछानेको बलिङबाट आफू प्रभावित भएको बताएका छन् । आईपीएल क्रिकेटमा सन्दीप रहेकै टिम दिल्ली डेयरडेभिल्समा रहेका अमितले अभ्यासका क्रममा सन्दीपको बलिङ क्षमतासँग परिचित हुन...

डा. देवकोटाले अन्तिम इच्छा प्रधानमन्त्री ओली समक्ष यसरी राखे ,- गरीबका छोरा छोरीले पनि डाक्टर पढ्ने वाताबरण बनाईदिनुहोस !

६ जेठ २०७५ काठमाडौँ। नेकपाले वरिष्ठ चिकित्सक डा उपेन्द्र देवकोटाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अभिनन्दनपत्र प्रदान गरेको छ । बाँसबारीस्थित न्यूरो अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन नेकपा एमाले केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागका...

नेकपाको कार्यालय पेरिसडाँडामा रहने !

३ जेष्ट २०७५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको कार्यालय हाल नेकपा माओवादी केन्द्रको कार्यालय रहेको पेरिसडाँडामा रहने भएको छ ।  दुई पार्टीबीचको एकतापछि सम्पर्क कार्यालय पेरिसडाँँडामा रहने सहमति भएको माओवादी उच्च स्रोतले जानकारी दिएको...

एकीकृत पार्टीको विधान बालुवाटार बैठकबाटअनुमोदन

३ जेठ, २०७५ काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले विधान अनुमोदन गरेको हो । दुई...

अध्यक्ष ओलीले बिर्सदा एमाले स्थायी कमिटीबाट आउट हुने को हुन् ?

३ जेठ,२०७५ काठमाडौं । नेकपा एमालेको ‘अन्तिम’ स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यसो नाम लिस्ट हेरेपछि भने- लौ ! मैले त हाम्रो स्थायी कमिटीमा २५ जना जस्तो लागेर २५ मा सहमति गरेँ,...

प्रचण्डलाई माधवको सुझाव- सबै कुरा संयोजन समितिमा राख्नुस्, -आशंकामा नबस्नुस्,

१ जेठ,२०७५ काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रिया अवरुद्ध भइरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता संयोजन समिति...