अध्यक्ष ओलीले बिर्सदा एमाले स्थायी कमिटीबाट आउट हुने को हुन् ?

पदेन सदस्यमध्येबाट एकजना नेकपाको स्थायी कमिटीमा नपर्ने !

३ जेठ,२०७५ काठमाडौं । नेकपा एमालेको ‘अन्तिम’ स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यसो नाम लिस्ट हेरेपछि भने- लौ ! मैले त हाम्रो स्थायी कमिटीमा २५ जना जस्तो लागेर २५ मा सहमति गरेँ, यहाँ त २६ जना पो रहेछौं । त्यसपछि बैठकले सबैले एकले अर्कोलाई हेर्न थाले ।

एकीकृत पार्टीको ४३ सदस्यीय स्थायी कमिटीमा एमालेबाट २५ र माओवादीबाट १८ जना रहने सहमति ओली र प्रचण्डबीच दिउँसो भएको थियो । त्यसलगत्तै बसेको बैठकमा पदेन सहित २६ स्थायी कमिटी सदस्य रहेको झल्याँस्स सम्झिएछन् ओलीले ।

त्यसो भए अब एकजना को आउट होला स्थायी कमिटीबाट ? अथवा एमालेको २६ भएपछि माओवादीबाट पनि एक थपिन्छन् ? यसको टुंगो सम्भवतः पछि लाग्ला । तर, एमालेबाट २५ स्थायी कमिटी सदस्यमा एकजना को नअट्ने भन्ने चर्चा चाहिँ मदन आश्रति स्मृति दिवसको अवसरमा विहानै चल्यो ।

स्थायी कमिटीको संख्या नबढाउने हो भने अहिलेको एमालेको स्थायी कमिटीबाट एकजना आउट हुनेछन् । सम्भवतः पदेन सदस्यमध्येबाट एक बाहिरिनेछन् ।

एमाले स्थायी कमिटीमा को-को ?

एमाले स्थायी कमिटीमा अध्यक्ष र दुई बरिष्ठ नेतासहित १५ पदाधिकारी छन् । बरियताक्रम अनुसार अध्यक्ष ओली, बरिष्ठ नेता झलनाथ खनाल,माधवकुमार नेपाल पदाधिकारीकै हैसियतमा छन् । त्यस्तै उपाध्यक्ष बामदेव गौतम, अष्टलक्ष्मी शाक्य,युवराज ज्ञवाली र भीम रावल छन् ।

महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष बिद्या भण्डारी राष्ट्रपति भएपछि एक उपाध्यक्ष खाली छ । महासचिव ईश्व पोखरेल, उपमहासचिव बिष्णु पौडेल, घनश्याम भुसाल र सचिवहरु प्रदिप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई स्थायी कमिटीका पदाधिकारी हुन् ।

स्थायी कमिटीका अन्य सदस्यहरुमा सुवास नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, छबिलाल विश्वकर्मा, किरण गुरुङ र सत्यनारायण मण्डल छन् । २२ जना स्थायी कमिटी सदस्य बाहेक अन्य चारजना पदेन स्थायी कमिटी सदस्य रहेका छन् ।

अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, सल्लाहकार परिषद अध्यक्ष केशव बडाल, निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी अधिकारी र लेखा परीक्षण आयोगका अध्यक्ष डा.पुष्प कडेल स्थायी कमिटीका पदेन सदस्य हुन् । उनीहरु पनि पार्टी एकतामा स्वतः स्थायी कमिटी सदस्य बन्दैछन् तर २५ मा सिमित गरिँदा एकजना नपर्न सक्छन् ।

कँडेल हालसालै राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भएकाले कतिपयले उनी बाहिरिन सक्ने आँकलन गरेका छन् । यद्यपि योजना आयोगको उपाध्यक्ष पद राजनीतिक नियुक्ति भएकाले उनी पार्टीको जिम्मेवारीबाट अलग हुन नपर्ने तर्क पनि गरिँदैछ । स्रोत : अनलाइनखबर 

यसमा तपाइको मत

राजनीति बाट अन्य

गोरेको बयानले सुन काण्डमा संलग्न व्यक्तीको नाम खुल्दै, एमाले नेता पक्राउ

काठमाडौँ, जेठ ११ २०७५ साढे ३३ किलो सुन तस्करी मुख्य नाइके पक्राउ परेसंगै यसमा संलग्नहरुको नाम खुल्नेक्रम जारी छ । जिल्ला अदालत मोरङमा गोरेको बयान लिने काम पनि जारी रहेकाले अझै सुन तस्करीमा संलग्न...

अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिए शेष घले

११ जेठ,२०७५ काठमाडाैं । गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । गत वर्ष १०१ औं स्थानमा रहेका घले यो वर्ष ठूलो फड्को मार्दै ८१...

अहिलेको कम्युनिस्ट सरकार आफै पतन हुने बाटोमा छ : उपेन्द्र यादव

११ जेठ,२०७५ सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले  अहिले बनेको बहुमतको कम्युनिष्ट सरकारले आफैं समाप्त हुने गरी काम गरिरहेको आरोप लगाएका छन् । कम्युनिस्ट आफैं समाप्त हुने र उनीहरु समाप्त हुने बखतसम्म...

सन्दीपसंग बलिङ कला सिक्न मन छ : स्पिनर अमित मिश्रा

६ जेठ २०७५ – भारतीय स्पिनर अमित मिश्राले नेपाली बलर सन्दीप लामिछानेको बलिङबाट आफू प्रभावित भएको बताएका छन् । आईपीएल क्रिकेटमा सन्दीप रहेकै टिम दिल्ली डेयरडेभिल्समा रहेका अमितले अभ्यासका क्रममा सन्दीपको बलिङ क्षमतासँग परिचित हुन...

डा. देवकोटाले अन्तिम इच्छा प्रधानमन्त्री ओली समक्ष यसरी राखे ,- गरीबका छोरा छोरीले पनि डाक्टर पढ्ने वाताबरण बनाईदिनुहोस !

६ जेठ २०७५ काठमाडौँ। नेकपाले वरिष्ठ चिकित्सक डा उपेन्द्र देवकोटाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अभिनन्दनपत्र प्रदान गरेको छ । बाँसबारीस्थित न्यूरो अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन नेकपा एमाले केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागका...

नेकपाको कार्यालय पेरिसडाँडामा रहने !

३ जेष्ट २०७५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको कार्यालय हाल नेकपा माओवादी केन्द्रको कार्यालय रहेको पेरिसडाँडामा रहने भएको छ ।  दुई पार्टीबीचको एकतापछि सम्पर्क कार्यालय पेरिसडाँँडामा रहने सहमति भएको माओवादी उच्च स्रोतले जानकारी दिएको...

एकीकृत पार्टीको विधान बालुवाटार बैठकबाटअनुमोदन

३ जेठ, २०७५ काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले विधान अनुमोदन गरेको हो । दुई...

प्रचण्डलाई माधवको सुझाव- सबै कुरा संयोजन समितिमा राख्नुस्, -आशंकामा नबस्नुस्,

१ जेठ,२०७५ काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रिया अवरुद्ध भइरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता संयोजन समिति...

कांग्रेस फुट्छ ?

पुरञ्जन आचार्य, कांग्रेस केन्द्रीय कार्य समितिको निर्वाचन परिणामको समीक्षा बैठकपछि एकजना प्रभावशाली कांग्रेस केन्द्रीय सदस्यले लामो सुस्केरा हालेर भने, ‘कांग्रेस सुध्रिने लक्षण छैन ।’ सभापति शेरबहादुर देउवा मात्र होइन, संस्थापन विरोधी पक्ष पनि आफ्नै स्वार्थ...

कृति आजाद बिरोध प्रदर्शनमा शंकरदेव ने बि संघ र प्रहरी बिच झडप

१ जेष्ट २०७५ काठमाडौँ कृति आजाद को नेपाल प्रतिको नजर विरुद्ध शंकर देव क्याम्पसमा पुत्ला दहन भएको छ । शंकरदेव ने बि संघ द्वारा गरीएको बिरोध कार्यक्रममा बृहत भेलाले नालायक सरकार राजिनामा दे, सिमा...