प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई मृगौला दिने पिताको लागि गरे यस्तो ठुलो सहयोग – पढ्नुहोस्

३० जेठ, काठमाडौं । उपचार खर्चका नाममा विशिष्ठ र पहुँचवाला व्यक्तिलाई राज्यकोषबाट रकम दिने प्रचलनलाई नेपाल कम्युनिस्ट पार्टीको सरकारले पनि निरन्तरता दिएको छ । सरकारी खर्च कटौति गर्ने राम्रो निर्णयबाट प्रशंसा बटुलेको सरकारले उपचार खर्चका नाममा राज्यकोष दोहन भने रोक्न नसकेको देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेयता उपचार खर्चका नाममा बिगतमा जस्तो धेरै व्यक्तिलाई मनपरी रकम वितरणमा रोक लागे पनि केही विशिष्ठ व्यक्तिलाई मन्त्रिपरिषदबाटै निर्णय गरेर दिइएको पाइएको छ ।

उपचार खर्च पाएकामध्ये कांग्रेस नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्का तथा नेकपा नेता तथा पूर्व सांसद जागृतप्रसाद भेटवालको भने निधन भइसकेको छ । यद्यपि बिगतमा जस्तो निवेदनकै भरमा उपचार खर्च दिने प्रवृत्तिलाई भने सरकारले नियन्त्रण गर्न खोजेको छ ।

कम्युनिष्ट पार्टीको सरकार गठन भइसकेपछि राजपा अध्यक्ष महन्थ ठाकुर, कांग्रेेस नेता स्वर्गीय खुमबहादुर खड्का, नेकपा नेता स्वर्गीय जागृत भेटवाल र नेकपाका नेता विश्वेश्वरा दाहाल तथा लव प्रधान मित्रलाई मन्त्रिपरिषदबाट निर्णय गरेर उपचार खर्च दिइएको छ ।

यद्यपि राजपा अध्यक्ष तथा पूर्वमन्त्री ठाकुरले भने राज्यकोषबाट दिने निर्णय भएको उपचार खर्च नलिएको स्रोतले जनाएको छ । दिल्लीको मेदान्त अस्पतालमा उपचार गराएका ठाकुरको हकमा सरकारले गत वैशाख ४ गतेको निर्णयअनुसार बिल बमोजिम भुक्तानी गर्न दिल्लीस्थित दूतावासलाई निर्देशन दिएको थियो ।

सरकारको निर्णयबारे जानकारी गराउन मेदान्त अस्पताल पुगेका कार्यवाहक राजदूत भरत रेग्मीले बिल बमोजिम भुक्तानी गर्ने जानकारी दिएका थिए । तर ठाकुरले उपचार खर्च लिन रुचि नदेखाएको र उनको उपचार खर्च अरु नै व्यक्तिले व्यहोरेको स्रोतले जनाएको छ ।

यद्यपि सरकारको निर्णयअनुसार बिल बमोजिम भुक्तानी गर्ने निर्णय भइसकेकाले ठाकुर परिवारले बिल पेश गरेमा सो रकम भुक्तानी हुनेछ ।

मन्त्रिपरिषदको चैत १४ गतेको बैठकबाटै खुमबहादुर खड्कालाई १५ लाख र जागृत भेटवाललाई पनि १५ लाख रुपैयाँ उपचार खर्च बापत दिने निर्णय भएको थियो ।

त्यस्तै चैत २४ गतेको मन्त्रिपरिषद बैठकले चितवनको भरतपुर-११ का बासिन्दा ध्रुव घिमिरेलाई उपचार खर्च बापत ७ लाख रुपैयाँ दिइएको छ । घिमिरे तीनै व्यक्ति हुन् जसकी छोरी अन्जनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो मिर्गौला दिएकी थिइन् । ओलीको मिर्गौलाले काम नगरेपछि अन्जनाको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

अन्जना नाताले ओलीकै भाइबुहारी पनि पर्छिन् । उनका पिता ध्रुव घिमिरे तत्कालिन एमालेका कार्यकर्ता हुन् । घिमिरेले आफूलाई ओलीसँग भेट गर्न नदिइएको र गुनासो नसुनेको भनेर पार्टीमा असन्तुष्टि जनाउने गरेका थिए ।

सरकारले नेकपाका पुराना नेता तथा विराटनगरका पूर्वमेयर लव प्रधानलाई ९ लाख रुपैयाँ र नेकपाकै पूर्वसांसद तथा शहीद रामनाथ दाहालकी पत्नी विश्वेश्वरा दाहाललाई उपचार खर्च बापत ७ लाख रुपैयाँ दिइएको छ । उनीहरु दुवैलाई वैशाख ११ को मन्त्रिपरिषद बैठकबाट उपचार खर्च दिने निर्णय भएको थियो ।

सरकारले उपचार खर्च दिएका व्यक्ति पटकपटक सांसद, मन्त्री वा राज्यका बिभिन्न पदमा पुगेका व्यक्ति नै हुने गरेका छन् । ओली नेतृत्वको सरकारले उपचार खर्च लगायत राज्यकोषबाट रकम बाँड्ने प्रचलन बन्द गर्ने भने पनि अझै केही व्यक्ति अपवादमा परेका छन् ।

 

यसमा तपाइको मत

समाचार बाट अन्य

गुन्डागर्दीमा संलग्न लामा (उर्फ भाले) पक्राउ

काठमाडौं । गुन्डा दिनेश लामा (उर्फ भाले)लाई प्रहरीले पक्राउ गरेको छ । लामा काठमाडौंको ठमेल क्षेत्रलाई आधार बनाएर गुन्डागर्दीमा संलग्न रहँदै आएको जनाइएको छ । ठमेलका व्यवसायीलाई धम्की दिने उनलाई उजुरीको आधारमा पक्राउ गरिएको बताइएको...

कुल भाडामध्ये निर्धारित घरबहाल कर कटाएर बाँकी रकम घरबेटीलाई तिर्नु पर्ने कानुन !

काठमाडौं ।तपाई कुनै घरको कोठा, फ्ल्याट या घर नै भाडा लिएर बसिरहनु भएको छ ? तपाईले तिरेको कुल घर भाडामध्ये स्थानीय तहद्वारा निर्धारण गरिएको घरबहाल कर तिरे नतिरेको थाहा छ तपाईँलाई र या शंका...

स्थानिय तहमा राणा शासनको झझल्कोः सावाँ भन्दा व्याज बढी ? – दलियो कालो मोसो !

गुल्मी । गणतन्त्रको उदयपछि लोकतन्त्र संस्थागत गरिदैछ र गाउँ गाउँमा सिंहदरबार आयो भनिदैछ । ती गाउँ गाउँ सिंहदरबारहरुले राणाकालिन न्याय–निसाफको झल्को दिने गरेको हामीलाई प्राप्त समाचारले स्पष्ट पारेको छ । त्यही राणाकालिन शासनकालको झल्को...

विदेशबाट फर्केपछि श्रीमतीमाथि शंका : छोरी र पत्नीले बाँधेर शरीरमा नुन खुर्सानी दले !

काठमाडौँ । वैदेशिक रोजगारी सकेर कतारबाट फर्किएका सप्तरीको खड्क नगरपालिका–३ गरुराहका सत्यनारायण रामलाई श्रीमती र छोरीले चरम यातना दिएका छन् । सोमबार कतारबाट फर्किएका सत्यनारायणले आफू विदेशमा रहँदा श्रीमती पर–पुरुषसँग लागेको आशंका गरेपछि श्रीमती र...

राष्ट्र बैंकले जलायो ४ खर्ब १२ अर्बका नोट, अहिले कति छ बजारमा ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले हालसम्म (असार ५ गतेसम्म) ४ खर्ब १२ अर्ब १३ करोड ८४ लाख रुपैयाँ बराबरको नेपाली नोट नष्ट गरेको छ । राष्ट्र बैंकले सबैभन्दा बढी ५ रुपैयाँको नोट जलाएको हो...

ओली बेइजिङमा रहेकै बेला चीनबाट यसरी मिचियो नेपाली भूमी – बाहिरियो यस्तो खतरनाक तथ्य

काठमाडौं– नेपालको असल छिमेकी मानिएको उत्तरी चीनबाट सीमा नाकामा जोडिएको नेपाली भूमी मिचिरहेको तथ्य बाहिर आएको छ। दुई तिहाई भुभाग भारतसँग जोडिएको नेपालको भूमी यसअघि भारतले मात्रै मिचिरहेको खबर सार्वजनिक भएपनि यसपटक उत्तरी सीमामा रहेको...

प्रचण्ड सिंगापुर उड्दा पूर्वएमालेहरुको सातो गयो – पार्टी फुट्नेदेखि सरकार ढल्नेसम्मको खतरा

काठमाडौं । नेपाल कम्यनिस्ट पार्टीका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंगापुर गएको विषयलाई लिएर नेपाली राजनीतिमा अर्कै बहस हुन थालेको छ । बेलाबेला उपचारको बहाना बनाएर सिंगापुर, बैंकक जाने गरेका प्रचण्डको यस पटकको भ्रमणलाई...

अर्काकी पत्नी, अर्काकी प्रेमिका : मध्यारातमा काठमाडौं मै यसरि चल्छ यौन मस्ती ,तपाई हाम्रो श्रीमती नि हुन् सक्छन,एक पटक पढ्नुहोस

निर्मला (नाम परिवर्तन)का पति अमेरिकामा थिए । काठमाडौंमा उनको प्रेमी थिए, बिक्रम शर्मा (नाम परिवर्तन) । शर्मासँग उनी लामो समय डेटिङमा रहिन् । कहिले ककनी, कहिले धुलिखेलमा यो जोडीले प्रेम अनुरागमा समय बितायो ।...

एका बिहानै पत्रकार रबि लामिछानेले दिए यस्तो कडा चेतावनी,यदि मैले गलत गरेको छु भने पनि ३० बर्ष जेल बस्न तयार छु तर करोडौ जनताको साथ् छ

देशको सान पत्रकार रवि लामिछाने ले फेसबुक लाइभमा आयेर भनेका छन , उनी कुनै गलत काम गरेका छैनन र गलत काम नगरेपछि किन डराउने? उनले अमेरिकाको नागरिकता बिधिपुर्बक टोडेको र केही व्यक्तिगत कारणबस अमेरिका बस्न...

होटलमा बस्न गएकी युवतीकाे शव रगताम्मे अवस्थामा, युवा ट्वाइलेटमा झुण्डिएकाे अवस्थामा !

भक्तपुर । सूर्यविनायक नगरपालिका–९ बाँसघारीस्थित गारनिस होटलको कोठा नं २०३ मा बुधबार दिउँसो दुई व्यक्तिको शव भेटिएको छ । होटलको उक्त कोठामा भक्तपुर नगरपालिका दरबारस्क्वायर बस्ने ३० वर्षीय जीवनतोयना श्रेष्ठ र दोलखा बोच गाउँपालिका–८ बस्ने...